काठमाडौं-नौ महिना बितिसक्दा पनि कृषि विकास मन्त्रालयले ‘नो रिटर्न कार्यविधि' पास नगर्दा डेरी उद्योगमा गर्नुपर्ने अनुगमन र नियमन प्रभावित भएको छ।दुग्ध विकास बोर्डले कार्यविधि बनाएर मन्त्रालय पठाएको नौ महिना बितिसके पनि हालसम्म कार्यान्वयनमा नआएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले बताए। ‘कार्यविधि पास भएर आएको भए, नियमन तथा अनुगमन गर्न सजिलो हुन्थ्यो,' उनले नागरिकसँगको भने, ‘मन्त्रालयको दराजमा कार्यविधि थन्क्याउँदा उद्योगीलाई समस्या भयो।'
‘दूध जति बिक्री हुन्छ, त्यतिमात्रै उद्योगबाट लैजानुपर्ने हुन्छ। अन्यथा बिक्री नभएको दूध उद्योगले फिर्ता नलिने गरी कार्यविधि बनाइएको हो। नो रिटर्न प्रणाली गत असारबाटै कार्यान्वयनमा आइसक्यो। अझैसम्म पनि कार्यविधि पास भएको छैन,' डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले भने, ‘सरकारको ढिलासुस्तीका कारण कार्यविधि पास नभएको हो।'
नो रिटर्न प्रणाली लागु भएपछि उपभोक्ताले समेत स्वच्छ दूध सेवन गर्न पाएको उद्योगीको भनाइ छ। नो रिटर्न प्रणाली लागु हुनुभन्दा पहिले बिक्रेताले बेच्न नसकेको दूध उद्योगले फिर्ता लिने र त्यही दूधलाई नयाँ प्याकेटमा प्याक गरेर पठाउने चलन थियो। तर, यो व्यवस्था लागु भएपछि स्वच्छ र सफा दूध सेवन गर्न पाएको उद्योगको भनाइ छ।
बोर्डले बनाएको कार्यविधिमा बेलाबेला उद्योगमा अनुगमन गर्ने र दूध गुणस्तर सुधार गर्ने उद्देश्य थियो। बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूध गुणस्तर कायम गराउन कार्यविधि बनाएर मन्त्रालयमा पेस गरेको बताए। ‘कार्यविधि स्वीकृत हुनासाथ कार्यान्वयनमा आउँछ,' उनले भने।
मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले कार्यविधि बनाएर मन्त्रालयमा पठाएको रहेछ भने तत्काल स्वीकृत गर्ने बताए। ‘बोर्ड आफैले स्वीकृत गर्योव होला भनेर मन्त्रालय चुप लागेर बसेको हो,' उनले भने, ‘अब तत्काल स्वीकृत भएर कार्यान्वयनमा आउँछ।'
कार्यविधिमा डेरी उद्योगको अनुगमन तथा नियमन गर्ने उल्लेख छ। बिक्री नभएको दूध पुनः प्रयोगमा ल्याउने र नयाँ–नयाँ दुग्धजन्य पदार्थ बनाएर बजार पठाउने कामलाई कार्यविधिले निरुत्साहित गर्ने उनले बताए।
‘बिक्री भएर बाँकी दूध उद्योगीले फिर्ता ल्याउने र अन्य प्रडक्ट बनाएर पठाउने गरेका छन्,' पन्तले भने, ‘त्यसलाई निरुत्साहित गर्न कार्यविधि बनाइ मन्त्रालय पठाइएको हो।'
एसोसिएसनका अध्यक्ष केडियाले कार्यविधि स्वीकृतिबिना नो रिटर्न प्रणाली लागु गरिएको बताए। ‘कार्यविधि आएको छैन,' उनले भने, ‘कार्यविधिबिनै नो रिटर्न प्रणाली लागु गरेको छ।'
बोर्डका अनुसार बिक्री नभएको दूध फिर्ता लिने र अन्य प्रडक्ट उत्पादन गरी बजार पठाउने काम रोकिने छ। मन्त्रालयका अनुसार यसक्षेत्रमा भएको विकृति रोक्न कार्यविधिले सहयोग पुग्छ। ठूलो लगानीमा खुलेका उद्योगलाई यो कार्यविधिले सहयोग पुर्याकउने मन्त्रालयले जनाएको छ।
महर्जनका अनुसार कार्यविधि पास नहुँदा बोर्डले नियमन गर्न नसकेको बताए। कार्यविधि स्वीकृत नहुँदा नियमनका लागि आवश्यक पैसा नभएको हो। ‘कार्यविधि स्वीकृत नभएपछि बोर्डले अनुगमन नै गर्दैन,' उनले भने, ‘अहिले अनुगमन पनि स्थगित छ।'
मुलुकमा वार्षिक १६ लाख टन दूध खपत हुँदै आएको छ। त्यसमध्ये गाईको दूध ४ लाख ९२ हजार ३ सय ७९ टन र भैंसीको ११ लाख ८८ हजार ४ सय ३३ टन हुने गर्छ। काठमाडौं उपत्यकामा दैनिक ४ लाख ५० हजार लिटर दूध खपत हुँदै आएको छ। यसमा बाँकी रहे कम्पनीले फिर्ता लिँदैनन्।