सहर निर्माता
११ वैशाख २०७२
•
२० मिनेट पाठ
सहर निर्माता
रियल स्टेट व्यवसाय चरम मन्दीबाट गुजि्ररहेथ्यो। व्यवसायी गहिरो भय र निराशामा थिए। चर्काे ब्याजदरमा ऋण लिएर घरजग्गामा लगानी गरेकाहरू बैंकको टोकसोले खिइँदै थिए। मन्दीले दिनदिनै अँध्यारिँदै गरेको व्यवसायमा तत्काल आशाको झिनो किरणसम्म उदाउने संकेत थिए।अनिश्चयपूर्ण भविष्यको भयले कतिपय घरजग्गा कारोबारी पलायन भइसकेका थिए भने बाँकी रहेकाहरू पनि हात झिक्दै थिए।

भेषराज लोहनी पनि बडो असमञ्जसमा थिए ती दिन। तर, व्यवसाय नै छाडेर हिँड्न कदापि तयार थिएनन्। उनको सकस प्रतिपल ओह्रालो मात्रै झरिरहेको समग्र कारोबारलाई नै कसरी प्रगतिको उकालो चढाउने भन्नेतिर केन्द्रित थियो। त्यसो त उनको सपना पनि सानो थिएन– हाउजिङमा देशकै सबैभन्दा ठूलो परियोजना सम्पन्न गर्ने।

२०६४ साल। अन्योलकै बीच अर्बौं लगानीको 'ग्रिनहिल सिटी हाउजिङ' परियोजनाको काम अघि बढाइसकेका थिए लोहनीले। त्यसको दुई वर्षमै व्यवसाय मन्दीको गहिरो भासमा फस्न पुग्यो। तर, लोहनीले सधैं सकारात्मक सोच राखे। विश्वास जगाए– हरेक बिहान अँध्यारो चिरेर सूर्य उदाउँछ नै। हुन सक्छ, घरजग्गा व्यवसायमा भर्खरै रात परेको छ, बिहानीको प्रतीक्षा अलिक लामोचाहिँ हुन सक्छ। यही सोच र आशाले उनलाई हिम्मत हार्न दिएन।

३ सय २० रोपनी क्षेत्रफलमा आठ सयवटा घर निर्माण गरेर काठमाडौंभित्रै अर्काे सहरको कल्पना गरेका थिए लोहनीले। मन्दीपछि बैंकले ब्याजदर झन् बढायो। घरजग्गा बिक्री नै हुँदैनथे। उनले भने आफ्नो काम गराइमा त्यसको अंश मात्र पनि परेको संकेत देखाएनन्। परियोजनामा निरन्तर खटिइरहे। नभन्दै अहिले रियल स्टेट व्यवसायमा सूर्याेदय भइसकेको छ। अँध्यारोमा आत्तिएर भाग्नेहरू कहाँ पुगे। लोहनीले भने देशकै ठूलो हाउजिङ परियोजनाको सफल नेतृत्वकर्ताका रूपमा विशाल परिचय बनाइसकेका छन्।

हालैको एक मध्याह्न 'बबरमहल रिभिजिटेड' मा गफिँदै गर्दा चम्किँदो कारोबारको टलक ४२ वर्षे लोहनीको मुहारमा पनि प्रस्टै अनुभूति भइरहेथ्यो। अहिलेको स्थानसम्म आइपुग्न झेलेका संघर्षकथा सुनाउँदै थिए उनी। अनि व्यवसाय विस्तारका नयाँनयाँ योजना उप्काउँदै थिए। 'अब पाँच अर्बको एउटा नयाँ परियोजना अघि बढाउँदै छ,' उनले सुनाए।

ग्रिनहिल परियोजनाअगावै आफूलाई सफल व्यवसायी बनाइसकेका लोहनी कुनै कर्पाेरेट घरानाका सदस्य थिएनन्। खेतीकिसानी गर्ने परिवार हो उनको। पिता धेरथोर जग्गा कारोबार पनि गर्थे। त्यही देखेर उनलाई सानैदेखि त्यसको रस पस्यो। जग्गा कारोबारसम्बन्धी थुपै्र कुरा जाने। स्कुल–कलेज पढ्दा पनि त्यो क्रम टुटेन।

उनको सोचचाहिँ सानैदेखि कानुन व्यवसायी बन्ने थियो। कानुन र मानविकीमा स्नातक गरे। अध्ययनपछि ३ वर्ष पत्रकारिता गरे। 'चिरफार अर्धसाप्ताहिक' को प्रकाशन र सम्पादन सम्हाले। तर, आर्थिक अभावले चलाउन नसकेपछि त्यसबाट हात झिके।

२०५५ सालमा पिताको निधनपछि उनले व्यावहारिक जिम्मेवारीमा फस्नुपर्यो । सात सन्तानमध्ये सबैभन्दा जेठा उनै थिए। पारिवारिक दायित्व व्यवस्थापन गर्दै अघि बढेका उनले त्यसपछि झापामै देवकोटा मावि सञ्चालन गरे।

२०५७ सालमा विवाह गरेपछि उनी २०५८ सालमा राजधानी छिरे। केही महिना कानुन व्यवसायी भएर काम गरे। 'त्यति बेलासम्म ममा व्यवसायसम्बन्धी कुनै सोच थिएन,' उनी सम्झन्छन्, 'कानुन व्यवसायी भएरै दिन बितिरहेको थियो।'

एकाएक उनलाई बच्चैदेखि रस पसेको जग्गासम्बन्धी कारोबार गर्न मन लाग्यो। कानुन व्यवसायबाट कमाएको र पुर्ख्यौली सम्पत्तिसमेत गरी ५० लाख रुपैयाँ ०५८ सालमै गोठाटारमा आठ रोपनी जग्गा किने। त्यही नै उनको जिन्दगीको टर्निङ प्वाइन्ट बन्यो। त्यसैको बलमा उनले बागमती प्रोपर्टी डिलर्स प्रालि सुरु गरे। २०६१ सम्म रियल स्टेट व्यवसायी बनिसकेका उनले कानुनी पेसा पनि छाडिसकेका थिएनन्। त्यसपछि भने उनलाई रियल स्टेटकै कामले भ्याइनभ्याइ भो। कानुन व्यवसाय छाडिदिए।

'मलाई त जीवनभर कानुन व्यवसायी नै रहुँला भन्ने थियो तर समय मोडियो, रियल स्टेट व्यवसायी बन्न पुगेँ,' लोहनी भन्छन्। प्रगतिले हौसला बढाउँछ। जिन्दगीमा कल्पनै नगरेको बाटोमा फलीफाप भएपछि उनी ठूलाठूला परियोजना सोच्न थाले। जति बेला मन्दीले ग्रस्त पारेको थियो, बैंकमा तरलता अभाव थियो। 'मैले त सही समयमै व्यवसाय थालेको थिएँ तर वातावरण प्रतिकूल बन्न पुग्यो। अनेक समस्या निम्तिए,' उनी सम्झन्छन्, 'तर, प्रतिकूलताबाट भागेर समस्या समाधान हुनेवालाई थिएन। त्यसैलाई अनुकूल मानेर अघि बढेँ, धैर्य गरेँ।'

२०६२ देखि २०६५ सम्म थुप्रै बैंक खुले। उनीहरूको लगानी घरजग्गामै केन्द्रित थियो। बैंकहरू व्यवसायीलाई बोलाई–बोलाई ऋण लिइदिन आग्रह गर्थे। घरजग्गामा थेगिनसक्नु लगानी भो। तर, २०६६ पछि नै मन्दीले घेरिहाल्यो। बोलाई–बोलाई ऋण दिने तिनै बैंकले ब्याजदर ८ प्रतिशतबाट कसेर १७ प्रतिशतसम्म पुर्यािए। 'थुप्रै व्यवसायीले हात झिकिसकेका थिए। हामीले प्रतिकूल समयमा पनि ग्राहकलाई घरजग्गा उपलब्ध गराउँदै चुनौती सामना गरिरह्यौं,' उनले सम्भि्कए, 'बिस्तारै रियल स्टेट तङ्ग्रिँदै गयो, केही राहत महसुस भो।'

मन्दीका बेला उनीहरूले नयाँ योजना ल्याए– निर्माण भइसकेका घर बेचे। बाँकी जग्गा पनि २०७५ भित्र घर निर्माण गरिदिने सर्तमा बिक्री गरे। दुई वर्षको बीचमा ४ सय युनिट बिक्री भयो। यसमा जग्गा किन्ने बढी आए। ७५ वटा घर बिक्री भए। वाचा पुर्या उँदै उनीहरूले अहिले बिक्री भइसकेको जग्गामा कम्पनीको प्रत्यक्ष निगरानीमै घर बनाइरहेका छन्। ग्राहकले गरेको त्यही विश्वासकै कारण मन्दीमा पनि टिकिरहन सकेको लोहन बताउँछन्। 'ग्राहकको विश्वासपछि बैंकमा ऋण घट्न थाल्यो, हामीले काम पनि रोकेनौं,' उनले भने।

२०६१ सालमा भक्तपुरको बालकोटमा रोजभिलेज कम्पनीमार्फत ८३ रोपनी जग्गा लिएर १ सय ४७ वटा घर निर्माण गरिरहेका लोहनीको यो प्रोजेक्ट देशकै चौथो ठूलो हाउजिङ परियोजना हो। बालकोटका १ सय ३० वटा घर बिक्री भइसकेका छन्। अरू बन्दै छन्, पहिल्यै बुकिङ भइसके।

'कुनै ठूलो घरानाको रकमी मान्छे थिइनँ म। सबैका साथले नै ठूलो प्रोजेक्ट सफल भएको हो, त्यसयता पछि फर्केर हेर्नुपरेको छैन', उनी भन्छन्, 'झापाबाट आउँदा मसँग जम्मा २५ लाख रुपैयाँ थियो, अहिले ग्रिनहिल सिटीमै ५ अर्बको लगानी छ।'

सुरुमा गट्ठाघरमा सानो अफिस राखेका उनी त्यहाँबाट तीनकुने सरे। त्यसपछि बिजुलीबजारमा भव्य अफिस राखेर व्यवसायलाई निरन्तरता दिइरहेछन्।

लोहनीका अनुसार उनी दस वर्षको छँदादेखिै बुबाको जग्गा कारोबारमा सघाउँथे। बुबा अन्नबाली, खसीबाख्रा पनि किनबेच गरिरहन्थे। पैसा उठाउन उनी पनि जान्थे। खेतबारीमा पुग्थे, कामदारसँग बसेर रेखदेख गर्थे। बच्चैदेखि नयाँनयाँ अनुभव सँगाल्ने मौका पाए उनले। १६ वर्षको हुँदासम्म त जग्गासम्बन्धी धेरै कुरामा जानकार भइसकेका थिए। मालपोत जाने, तिरो तिर्ने, रजिस्ट्रेसनका काम आफैं गर्थे। त्यो अहिलेसम्म काम लागिरहेको छ।

'त्यति बेलै जग्गा नापजाँच गर्न जान्ने भइसकेको थिएँ,' उनी भन्छन्, '१६ वर्ष पुगेपछि बुबाले कति जग्गा मेरै नाममा पास गर्न थाल्नुभो, त्यो अनुभवले अहिलेका प्रोजेक्टमा पनि सजिलो पारेको छ।'

रोजभिलेजपछि ठूलो काम गर्न सक्छु भन्ने आँट पलाएकैले ग्रिनहिल सिटी प्रोजेक्ट सुरु गरेका रहेछन् उनले। अहिले ग्रिनहिलका कारण हाउजिङ व्यवसायमा नयाँ आयाम थपिएको छ। २०६४ देखि थालिएको परियोजना २०७५ सालभित्र सक्ने लक्ष्य छ उनको छ। यसअन्तर्गत ३ सय २० रोपनी जग्गामा ८ सयवटा घर निर्माण भइरहेका छन्। यो अहिलेसम्मकै सबैभन्दा ठूला हाउजिङ परियोजना हो। परियोजनाभित्र ३६ फिट चौडाइको बाटो र अन्य खुला सामुदायिक क्षेत्र निर्माणका लागि १ सय ६ रोपनी जग्गा छुट्याइएको छ।

पशुपतिनाथबाट १० मिनेट तथा बौद्धबाट पाँच मिनेट दुरीको स्वच्छ र शान्त स्थलमा बनिरहेको परियोजना बसोबासका लागि एकदमै उपयुक्त एवं वातावरणमैत्री छ। नजिकै अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी, स्कुल र अस्पताल पनि छन्। लोहनीका अनुसार त्यहाँ 'कारपोर्च' सहितको भूकम्पप्रतिरोधक अढाईतले घर बन्दै छन्। परिवारका साथ आरामदायी जीवन बिताउन चाहनेहरूको इच्छा ग्रिनहिल सिटीले पूरा गर्ने दाबी गर्छन् उनी। परियोजनाले आफ्नै २ करोड रुपैयाँ लगानीमा मूलपानी, शिवचोकदेखि ग्रिनहिल सिटीसम्म ५ सय ५० मिटर लम्बाइ तथा ८ मिटर चौडा कालोपत्रे बाटो निर्माण गरेको छ। 'हामीले परियोजना अघि बढाउँदा स्थानीयको हितलाई समेत ध्यान दिएका छौं। बाटो कालोपत्रे हुँदा स्थानीयलाई आवागमन सहज भएको छ। धुलो उड्न छाडेको छ,' उनले भने।

परियोजनाको जग्गा खरिद गर्नै लोहनीलाई एक वर्ष लागेको थियो। उपभोक्तालाई रिङरोडबाट नजिकै सस्तो मूल्यमा घर उपलब्ध गराउनकै लागि त्यहाँ एकैचोटि ठूलो परियोजना आँटेको उनको भनाइ छ। अहिले त्यहाँ ७० देखि ८५ लाखसम्ममा ३ आनामा अढाईतले घर उपलब्ध छ।

हरेक मध्यमवर्गीय नेपालीको सपना हो– एउटा घर। हाउजिङ र कोलोनीले त्यो सपना साकार पार्दै छन्। परियोजना थाल्दा नै नाफा मात्रै नभएर, त्यसलाई कसरी मध्यमवर्गीयको पहुँचमा पुर्यापउने भन्ने सोच आफूहरुको हुने लोहनी बताउँछन्। 'डेभलपर्सले बनाएका घर पक्की हुँदैन, समयमा हस्तान्तरण गर्दैन, पैसा उठाएर घर नै दिँदैन भन्ने बुझाइ व्याप्त छ,' उनी भन्छन्, 'हामी त्यसलाई गलत साबित गर्दै सुलभ मूल्यमा घर हस्तान्तरण गरिरहेका छौं, गुणस्तरीय सामान प्रयोग गरेर बनाएकैले धमाधम बिक्री पनि भइरहेको छ।' जग्गा र निर्माणसामग्री एकैचोटि ठूलो मात्रामा किन्दा सस्तो पर्ने भएकाले आफूहरूले घर पनि सस्तैमा उपलब्ध गराउन सकेको उनको भनाइ छ।

लोहनीले अब अरू दुई प्रोजेक्ट थाल्ने योजना बनाएका छन्– इमाडोल र हरिसिद्धिमा। इमाडोलमा यसै वर्ष जग्गा खरिद गरेर १ सय २५ घर निर्माणका लागि खाका बनाइरहेका छन्। 'मंसिरदेखि काम सुरु हुन्छ,' उनले भने।

हरिसिद्धिमा भने तत्काल काम थाल्न अवरोध छ। हरिसिद्धि टायल कारखाना रहेको जग्गा एनबी गु्रपसँग खरिद गर्न २५ करोड रुपैयाँ दिइसके पनि अहिलेसम्म पास नहुँदा ठूलो पैसा फ्रिज भएको लोहनी बताउँछन्। 'एनबी समूहले स्थानीयका समस्या नसल्ट्याई काम गरेकाले हामीलाई पनि असर गर्योि,' उनले भने।

लोहनीको बुझाइमा हाउजिङ जोखिमको व्यवसाय पनि हो। जोखिम नमोल्ने व्यक्ति यो क्षेत्रमा टिक्नै सक्दैन। नेपालमा हाउजिङ व्यवसाय बल्ल उठ्दै छ। 'अहिले त कुल बजारको ३ प्रतिशत मात्र आपूर्ति भएको छ', उनले भने, 'कुनै प्रतिस्पर्धा छैन, अझ थुप्रै राम्रा कम्पनी आउन जरुरी छ। १२ वर्षमा जम्मा ३ हजार व्यक्तिगत घर र ६ हजार फ्ल्याट बनेका छन्।'

अहिले यो व्यवसायमा चौधरी, गोल्छा, गोल्यान, अग्रवाललगायत कर्पाेरेट गु्रपले पनि लगानी गरिरहेका छन्।

व्यवसायमा देखिएका समस्या निराकरण गर्न घरजग्गा कारोबारसम्बन्धी ऐन आउन जरुरी रहेेको लोहनीको ठम्याइ छ। ऐनको तयारी भएको लामो समय बिते पनि लागू हुन सकेको छैन। ऐन अभावमा नीतिगत अप्ठ्याराले व्यवसायी मर्कामा छन्। घरजग्गा व्यवसायसम्बन्धी नीति नहुँदा २०६८ सालदेखि नै यस क्षेत्रमा नयाँ परियोजना आउन सकेका छैनन्। 'भएकै सम्पन्न गर्न पनि व्यवसायीलाई कठिन छ, नयाँ आउने सम्भावना त ज्यादै कम,' लोहनीले भने, 'राज्यले न नीतिगत सहयोग गरेको छ न त लगानी जुटाउन पहल।'

टाउन प्लानिङ गर्दा पनि सरकारले निजीक्षेत्रलाई सहभागी बनाए मात्र व्यवस्थित बसोबास योजना बन्न सक्ने उनलाई लाग्छ। संसारमा व्यवस्थित बसोबास भएका देश नै आर्थिक रुपमा समृद्ध छन्। हाम्रोमा ठीक विपरीत भएको छ। बसोबास व्यवस्थित नहँुदा राजधानी कुरूप बन्दै छ।

घरजग्गा व्यवसाय अगाडि बढाउन नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसन, सरकार र डेभलपर्सको भूमिका रहन्छ। त्यसो त व्यवसायीबीच आपसी सहकार्यको अभावलाई पनि व्यवसाय संकटमा पर्नुको एउटा कारण ठान्छन् लोहनी। 'व्यवसायीबीच पनि खुट्टा तानातान छ, यसले यसले समस्या निम्त्याएको छ,' उनले भने।

व्यवसायीले परियोजना बनाउका स्थानमा बत्ती, पानी, सडकलगायत पूर्वाधारण पुर्या।इदिए उपभोक्ताले अझ सस्तोमा घर पाउँथे। यत्तिका समय रियल स्टेटमा बिताएको अनुभवपछि लोहनीले बुझेको सत्य हो यो। तर, सरकार हाउजिङलाई खानेपानी नै दिनुहुँदैन भन्ने सोचाइ राख्छ। 'ब्रोकरलाई लाइसेन्स प्रणाली विकास नगरेकाले विकृति बढेको छ। सरकारले कुन बस्ने ठाउँ, कुन व्यापारिक क्षेत्र, कुन उत्पादन क्षेत्र भनेर किटान गरेको छैन, यसैले राजधानी कुरुप बनाएको हो,' उनले ठहर्याचए, 'अब थप बिग्रन नदिन ठूलाठूला प्रोजेक्ट गर्नेलाई हदबन्दी छुट दिनुपर्छ, त्यसो हुँदा उपभोक्ताले पनि राहत पाउँछन्।'

सादा जीवन रुचाउने लोहनीले झापामा ३० बिघामा मलेसियन सकुवाको १५ हजार बिरुवा पनि रोपेका छन् । अब त्यसलाई ५० हजार पुर्या उने योजनामा छन्। जिन्दगीलाई थुप्रै पेसामा परीक्षण गरेका उनलाई सर्वाधिक रुचि लागेको चाहिँ घरजग्गा कारोबारमै हो। 'रियल स्टेट मानव सभ्यता रहेसम्म चल्ने व्यवसाय हो,' उनले अठोट गरेका छन्, 'दीर्घकालसम्मै यही व्यवसायमा हुन्छु।
अर्को समाचार
एक दशकपछि निगमको मुम्बई उडान सुरु
१९ भदौ २०७२
•
४ मिनेट पाठ
एक दशकपछि निगमको मुम्बई उडान सुरु
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक दशपछि पुनः भारतीय सहर मुम्बई उडान सुरु गरेको छ। पहिलो उडानबाट ५२ यात्रु गएका थिए। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरेको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाजबाट गत शुक्रदेखि मुम्बई उडान सुरु गरेको थियो।निगमले भारतका धार्मिक पर्यटक, उद्योगपति, व्यवसायी तथा भारत हुँदै आउन चाहने तेस्रो मुलुकका पर्यटक लक्ष्य गरी मुम्बईका लागि नियमित उडान सुरु गरिएको जनाएको छ।

निगमका अनुसार मुम्बईका लागि पहिलो उडान तोकिएकै समयमा दिउँसो २ः१० बजे भएको थियो। पहिलो उडानमा यात्रु कम देखिए पनि मुम्बई सेक्टरका लागि आशालाग्दो प्रतिक्रिया प्राप्त भएका छन्। अब आक्रमक बजारीकरण गएर उल्लेख्य बजार हिस्सा ओगट्ने योजना छ।

निगमका अनुसार मुम्बईका लागि साताका सोमबार र शुक्रबार एक–एक उडान गर्ने तालिका बनाइएको छ। आगामी डेढ महिनासम्म यो सेक्टरमा प्रवर्द्धनात्मक भाडा दर तोकिएको छ। काठमाडौंबाट मुम्बई एकतर्फी करसहित ११ हजार १ सय ९ रुपैयाँ तथा दुईतर्फी २२ हजार ४९ रुपैयाँ तोकिएको छ। दुईतर्फी टिकट खरिद गर्दा अर्को एकथान सिँत्तैमा उपलब्ध गराइने व्यवस्था पनि छ।

यसअघि निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित 'बि७५७–२००' सिरिजको जहाजबाट सन् २००५ सम्म मुम्बई उडान गरेको थियो। तालिका अद्यावधिक गर्न नसकेर तथा जहाजमा प्राविधिक समस्या बढेपछि उडान बन्द गरेको थियो।

हाल भारतको निजी वायुसेवा कम्पनी जेट एयरवेजले मुम्बईबाट काठमाडौंका लागि दैनिक एक उडान गरिरहेको छ। विनाशकारी भूकम्पअघि दैनिक दुई उडान गर्थ्यो।र् उडान गरेको थियो। तालिका अद्यावधिक गर्न नसकेर तथा जहाजमा प्राविधिक समस्या बढेपछि मुम्बई गन्तव्यका उडान बन्द गरेको थियो।

त्यसैगरी निगमले भदौ १५ बाट भारतकै अर्को सहर बैंगलोर उडान सुरु गरेको थियो। त्यहाँ पनि एक दशकपछि सेवा सुरु गरेको थियो। बैंगलोरका लागि प्रतियात्रु करसहित प्रवर्द्धनात्मक भाडा दर एकतर्फी करसहित १० हजार ९२ तथा दुईतर्फी करिब २१ हजार रुपैयाँ तोकिएको छ।

बैंगलोरका लागि साताका दुई दिन मंगलबार र शनिबार एक–एक उडान गर्ने तालिका बनाइएको निगमले जनाएको छ। यसअघि निगमले बि७५७–२०० सिरिजको जहाजबाट सन् २००६ सम्म बैंगलोर उडान गरेको थियो।

त्यसैगरी निगमले आगामी अक्टोबरपछि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई र चीनको ग्वाङझाओ उडान सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस