क्वालालम्पुर (मलेसिया)-भूकम्पले नेपालमा धेरै मान्छेको मृत्यु भएको थाहा पाए पछि मलेसियाबाट बिष्णु गिरीले घरमा फोन लगाइन्। मुस्कलले दाईसंग सम्पर्क भयो।‘आमालाई दिनुन बोल्छु’ उनले आमासंग बोल्ने इच्छा गरिन्। ‘आमा चौरतिर जानु भएको छ’ दाईले यथार्थ लुकाएर जवाफ फर्काए । नआत्तिन सान्त्वना दिए। अर्कोदिन बाबाको फोन आयो । ‘नानी मैले आमालाई बचाउन सकिन’ बाबा फोनमा भक्कानिए । बिष्णु मुर्छित भएर भुँइमा ढलिन् । रुँदारुँदा उनका आँखा सुन्निएका छन् । कमजोर शरीर धानिदैन । चक्कारले थचक्कै लडाउँछ।
सिन्धुपाल्चोककी बिष्णु जस्तै भूकम्पमा परेर परिवार गुमाउने नेपाली मलेसियामा धेरै छन् । धादिङका नवराज विश्वकर्माले परिवारका ६ जना सदस्य गुमाए । ‘परिवार नै सखाप भयो,’ नागरिकन्यूजसंग नवराजले भने, ‘विदेशमा बसेर अब कस्का लागि कमाउने ?’ उनी मंगलबार नै नेपाल फर्किए । पत्नी, छोरा, आमा, बुबा, भाई र बैनीको भूकम्पमा परेर मृत्यु भएपछि संसार नै रित्तिएको महसुस गर्दैछन् उनी ।
सिन्धुलीकी चन्द्रीका सार्कीको परिवारका पाँचजनालाई भुकम्पले निल्यो । बा, आमा, बहिनी, ज्वाँई र बहिनीको छोरीसहित परिवारका सबैको ज्यान गएको उनले बताइन् । मलेसियाकै जोहोरबारुमा रहेकी दिदीले फोन गरेर उनलाई पािरवारको क्षति विवरण जानकारी गराएकी थिइन् । ‘घरमा फोन लागेको छैन,’ उनले भनिन्, ‘छिमेकमा धेरैजनाको मृत्यु भएको छ रे।’
बाबा र आमाको मृत्यु भएको खबरले दाङकी कविता घर्तीमगरलाई यतिबेला न भोक लाग्छ न त निद्रा नै लाग्छ । उनी नेपाल जान चाहन्छिन् तर कम्पनी मालिकले दिदैन । मलेसिया आएको ७ महिना भयो । ‘यो महिनामा बा आमालाई पैसा पठाउने बिचार थियो,’ उनले नागरिकन्यूजसंग भनिन् ‘मेरो त सर्वश्व खोसियो ।’ उनले परिवार वियोगमा धक फुकाएर रुन पनि पाएकी छैनन् । ‘घरमा यस्तो हुँदा पनि कामबाट छुट्टी दिदैनन् ।’ उनले भनिन् ‘काम गर्दा धक फुकाएर रुन पनि पाइदैन, रातिमा घर सम्झेर रुन्छु ।’
सिन्धुपाल्चोकका सोसमान स्याङबो बुबा, पत्नी र छोरा गुमाएकको शोक बोकेर मंगलबार नेपाल फर्किए । किताब किन्न बजार गएको छोरा बाँचेको खबरले उनलाई थोरै राहत दिएको छ । बाँचेको छोरालाई बारम्बार फोन गर्छन् ‘बाबु म आजै आउँछु तिमी नआत्तिउ है ।’ हिम्मत जुटाएर छोरालाई सान्त्वना दिने सोसमान फोन काटेपछि रोकिराखेको आँशु बग्न नपाउँदै रुमालमा पोको पार्छन् । ‘आजै नेपाल फर्कदैछु,’ उनले भने ‘बचेको एउटा छोरा पनि निकै आत्तिएको छ ।’
सिन्धुपाल्चोककै दावा थिङ तामाङले बा, आमा र तीनजना बैनीहरु गुमाएका छन् । उनका काकाका दुई छोरीहरुले पनि भुकम्पमा ज्यान गुमाए । पिठमा चपक्कै टाँसिएको हलुंगो खाली झोला बोकेर ग्रहुंगो मन लगाउँदै उनी मंगलबार क्वालालम्पुरबाट काठमाण्डौं फर्किए । ‘पासपोर्ट र जहाजको टिकट इमिग्रेसन काउण्टरमै छाडेछु,’ उनले विमानस्थलको प्रतिक्षा कक्षमा भने ‘म त पागल जस्तै भएको छु, कतिखेर घर पुगौंला भएको छ ।’