घोरथली (सिन्धुपाल्चोक)- सेनाको हेलिकप्टर आइतबार सिन्धुपाल्चोक, घोरथली–६ स्थित गहुँ बारीमा रोकिँदा त्यहाँ गहुँका बाला थिएनन्। बोट भने हरिया थिए। रोग लागेर हरियोमै बाला झरेका होइनन्। महाभूकम्पको नौ दिन बित्दा पनि राहत सामग्री नपाएपछि स्थानीयले बारीमा रहेको हरिया गहुँका बाला पोलेर र भुटेर खाएका रहेछन्।उनीहरूले आधाजसो हरियो बाला लुछिसकेका छन्। यही गतिमा बाला टिप्ने क्रम जारी रहे बाँकी बचेका पनि २–४ दिनमै सकिने निश्चित छ। 'बारीमा उभिएर हेर्छौं, कोही आउँदैन। केही नभएपछि बारीको हरियो गहुँ टिपेर पोलेर खान बाध्य भएका हौं,' घोरथली–९ की दिलकुमारी विश्वकर्माले भनिन्।
घोरथली गाविस बाह्रबिसेबाट १३ किलोमिटर मात्र टाढा छ। भूकम्पले पूरै गाउँ ध्वस्त पारेको ९ दिनसम्म त्यहाँ बाहिरबाट कोही पुगेका थिएनन्। भूकम्पले गाउँका सबै घर तहननहस पारेको छ। झन् दिनदिनै पानी परिदिँदा जताततै पहिरो गएको छ। पाँच सञ्चारकर्मीको समूह आइतबार घोरथली पुग्दा स्थानीय भन्दै थिए, 'हामीलाई कसैले हेरेन हजुर।'
'केही बचेको छैन। यहाँका ४ सयभन्दा बढी घर ध्वस्त भएका छन्। अहिलेसम्म हेर्न कोही आएको छैन,' घोरथली–६ का ४६ वर्षीय खिलबहादुर खत्रीले दुःख बिसाए।
शनिबार असिना पानी परेपछि त झन् गाउँमा त्रास थपिएको छ। भूकम्पले कमजोर बनाएका भीर पानीसँगै बग्न थालेकाले रातमा समेत जाग्राम बस्नुपरेको उनीहरूले सुनाए।
'हिजो असिनापानी पर्योा, रातभर रुझेर बस्यौं। अब भूकम्पले पहिले लाने हो कि पहिरोले, काल कुरेर बस्नुबाहेक अरू कुनै काम होला जस्तो छैन,' खिलबहादुरले भने।
घोरथलीबासीले अहिलेसम्म एउटा पनि पाल पाएका छैनन्। केहीले पुरिएका भकारी झिकेर त्यसैलाई छाना बनाएका छन् भने अधिकांश खुला आकाशमा रात बिताउँछन्। केहीले टनेलमा (गोलभेँडा) खेती गरेकाले त्यहाँ पनि सुतिरहेका छन्। खानेपानीका सबै ट्यांकी फुटेका छन्, धारामा पानी आउन बन्द भएको छ। 'आकाशबाट परेको पानी खेतमा संकलन गरी पिउँछौं,' घोरथली–४, मानडाँडाका मीनबहादुर विश्वकर्माले भने।
भूकम्पका कारण घाइते भएकाले उपचार पाएका छैनन्। कुनै चिकित्सक टोली गाउँ पुगेका छैनन्। गाउँमा रहेको स्वास्थ्य चौकीमा पनि अहेव छैनन्। मोबाइल फोनमा नेटवर्क बिग्रेको छ। भएको एउटा बाटो पनि पहिरोले लतारेपछि घोरथलीबासी अहिले सबैतिरबाट हेपिएको महसुस गर्दैछन्। अपांगता भएकादेखि सांगसम्म घाइते भएर हल न चलको अवस्थामा छन्।
'घाइते भएका एक जनालाई पनि उपचार गर्न लान सकिएको छैन। घाइते, मृत्यु भएकाको बारेमा बुझ्न सरकारी टोली पनि आएको छैन। घाइते गम्भीर छन्। उपचार नपाए उनीहरू पनि नरहन सक्छन्,' मीनबहादुरले भने।
भग्नावशेषमा पुरिएका गाईवस्तु गन्हाउन थालेका छन्। मरेका गाईवस्तुको व्यवस्थापन हुन सकेको छैन। हरेराम खत्रीका मात्र ७ गाई, २ गोरु र २५ बाख्रा पुरिएका छन्। प्रायः सबैको केही न केही चौपाया पुरिएका छन्।
घोरथलीमा मुख्यगरी जनजाति, दलित, बाहुनक्षेत्रीको बसोबास छ। चार घन्टा पैदल यात्राको दूरीमा रहेको सिम्लेमा सरकारले त्रिपाल, पाल, चामल, चिउरा, ब्ल्यांकेट बाँडेको छ, तर उनीहरू त्यहाँ पुग्न सकेका छैनन्। 'बाटो भत्केको छ। पहिरो गएको छ। सिम्लेसम्म पनि जान सकिँदैन,' घोरथली–९, कामीटोलका २६ वर्षे रामकाजी विश्वकर्माले बताए।
रामकाजीको गाउँमा समेत थुप्रै घाइते भएका छन्। 'मोबाइलको नेटवर्कले काम गर्दैन। गाउँमा विद्युत छैन। घर सबै भत्किए, विद्युत आए पनि मोबाइल चार्ज गर्ने ठाउँ छैन। सबैका मोबाइल स्विच अफ भएका छन्,' उनले भने, 'भूकम्प गएको दुई दिनसम्म गाउँ विकास समितिका सचिवलाई फोन गर्यौंँ, तर फोन उठेन। अब कोसँग गुहार माग्ने?'
घोरथली गाविसका सबै वडामा पहिरोको त्रास छ। २०४४ सालपछि यो ठाउँमा पहिरो गएको थिएन। २०४५ सालको भूकम्पमा पनि पहिरो गएन। ९ दिनअघिको भूकम्पले पहिरोको मूल खोलिदिएको छ। 'राति पहिरो आयो, टहरामा बसेका थियौं, भागाभाग भयो। नभागेको भए पहिरोले पुर्ने रहेछ,' घोरथली–७ की कविता थामीले भनिन्।
त्यहाँ ठूल्ठूला भीर छन्। भीरमुनि घरबारविहीनहरू पाल टाँगेर बसेका छन्। पहिरोले गाउँलेलाई पटकपटक झम्टिरहेको छ। 'भूकम्प गएपछि हाम्रो गाउँमाथि चारवटा पहिरो गएको छ। पहिरोमा पुरिएर २ जना मरिसके,' घोरथली–९ की दिलकुमारी विश्वकर्माले भनिन्।
उनका अनुसार बस्तु चराइरहेका बेला पहिरो आउँदा लोकबहादुर विश्वकर्मा र नाका थामी पुरिएका हुन्। भूकम्प आएको थाहा पाएपछि घोरथलीका बासिन्दा आफ्ना लालाबाला च्यापेर खेतखेतै कुदी एकै डल्लो बनेर बसेका थिए। पटकपटक भूकम्प आएका बेला यसैगरी भाग्दा बालबालिकामा नकारात्मक असर परेको छ। अहिले जस्तापाता बज्दा पनि बालबालिका रुने, चिच्याउने गर्छन्। 'छिसि्रक्क केही भयो कि बच्चाहरू यहाँ नबसौं, अन्तै जाऊँ भन्छन्,' दिलकुमारीका आँखा रसाए।
ससाना बालबालिकाले अभिभावकलाई गाउँ छाड्न दबाब दिइरहेका छन्। पटकपटकको भूकम्पको झट्काले उनीहरू अत्तालिएका छन्। बाबुआमालाई पनि पिरलो छ– भोक लाग्यो भनेर बालबालिका रुन्छन् खुवाउने चिज केही छैन। पकाउने भाँडासमेत पुरिए। पानी तताउनसमेत भाँडा भेटिँदैन। 'बच्चा यहाँ नबस्ने भन्छन्। कुन ठाउँ जाने, लैजाने ठाउँ छैन,' उनले भनिन्।
भूकम्पले घर ढाल्दा सबै अन्न पुरिए। प्रत्येक दिन उनीहरू बारीको डिलमा उभिएर आकाशतिर हेर्छन्। हेलिकप्टर आउला र राहत सामग्री झार्ला अनि घाइते बोकेर जाला भन्ने उनीहरूको आस छ। उनीहरूको इच्छा अहिलेसम्म पूरा भएको छैन। कहिले पूरा हुन्छ त्यो पनि ठेगान छैन।
जमिन ठाउँठाउँमा चिरिएका छन्। गाउँभन्दा माथि एक मिटरको धाँजा फाटेको छ। अलि ठूलो पानी परे त्यो ढिस्को कुनै पनि बेला बगेर गाउँ नै पुर्न सक्छ।
'अर्काको बारीमा गयो भने मकै भाँचिएला भन्ने चिन्ता हुन्छ। आफ्नो बारी चिरिएर पहिरो जान ठिक्क परेको छ। टाउको अड्याउने ठाउँ समेत पाइएन,' घोरथली–६ का पञ्चे थामीले व्यथा सुनाए।
घोरथली–५ मा स्वास्थ्य चौकी थियो। स्वास्थ्य चौकी भवन पनि ध्वस्त भएको छ। स्वास्थ्य चौकीका अहेव भूकम्प आउनुअघि नै सुत्केरी स्याहार बिदा लिई सप्तरी गएका छन्।
भूकम्पले घोरथली–६ मा रहेको सेतीदेवी प्राथमिक विद्यालयको भवन समेत ध्वस्त पारेको छ। २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका तीनवटै भवन भत्किएका हुन्। 'अब चौरमा बसेर पढ्ने होला,' त्यही विद्यालयमा ५ कक्षामा अध्ययनरत धनमाया गुरुङले भनिन्।
'हामी जसरी पनि कक्षा सञ्चालन गर्छौं। जिल्ला शिक्षा कार्यालयसँग पाल मागेर वैकल्पिक कक्षा चलाउने योजनामा छौं,' सेतीदेवी प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ढालबहादुर खड्काले भने।
भविष्यका कर्णधारलाई अँध्यारोमा राख्न नहुने तर्क विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर थामीको छ। 'जसरी पनि कक्षा चल्नै पर्छ। पढ्न नपाएर हामी त लाटो भयौं, तर बालबालिकालाई अँध्यारोमा राख्नु हुँदैन। उनीहरूलाई लाटो बनाउन हुँदैन,' उनले भने।
घोरथलीलाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गरिएको थियो। तर, अहिले घोरथलीमा न घर बचेका छन् न शौचालय। दिसापिसाब गर्न आडैको खेतमा जानुपर्छ। पानीको स्रोत पनि नजिकै हुन्छ। 'ससानो खाल्डा बनाएर दिसापिसाब सधैं एकै ठाउँमा गर्नुपर्छ भन्छौं, तर कसैले यसतर्फ ध्यान दिएका छैनन्। यस्तै रहिरहे महामारी फैलन्छ,' पञ्च थामीले भने।
घोरथलीका खासै धान उत्पादन हुँदैन। मैकै, कोदो र अलिअलि गहुँ हुन्छ। केही ठाउँमा भूकम्प आउनुअघि नै केही ठाउँमा मकै छरेका थिए। तर, धेरै ठाउँमा बाँकी नै छ। कोदोको बिउ लाउने बेला भएको छ। तर, घोरथलीबासीसँग न कोदोको बिउ छ न मकैको। जोत्ने गोरु पनि छैनन्। 'कुनै अन्नको बिउ छैन, खेत जोत्ने गोरु छैनन्। यति धेरै बालबालिका छन् यिनलाई के खुवाउने, हामी ठूलाले के खाने?' दिलकुमारीले भनिन्।
यसैबीच, नेपाली सेनाले आइतबार घोरथलीका पीडितका लागि केही सामग्री वितरण गरेको छ।
नब्बे सालको भन्दा ज्यानमारा
सिन्धुपाल्चोक घोरथली–९ की महालक्ष्मी गुरुङले ९१ वसन्त पार गरिन्। यसबीच दुई ठूला भूकम्प आए। दुइटै भूकम्पमा उनी सकुशल रहिन्। भन्छिन्, 'भाग्यमानी रहिछु।'
१९९० सालमा भूकम्प आउँदा उनी ९ वर्षकी थिइन्। उनले त्यतिबेलाको धक्का बिर्सेकी छैनन्। '९० सालमा त दुई–तीन दिनभन्दा बढी भूकम्प आएको थिएन,' महालक्ष्मीले नागरिकसँग भनिन्, 'मेरी आम्मै! अहिले त के भाको। भूकम्प रोकिँदैन त।'
दोलखा जिल्लासँग सीमा जोडिएको घोरथली गाविसमा वैशाख १२ गतेको ७ दशमलव ६ म्याग्निच्युडको भूकम्पले आधा दर्जनको ज्यान लियो। दर्जनभन्दा बढी गम्भीर घाइते छन्।
भूकम्पका कारण महालक्ष्मीका मात्र होइन गाउँका सबै करिब ४ सय घर भग्नावशेषमा परिणत भएका छन्। त्यहाँ दुई सयभन्दा बढी चौपाया पुरिएका छन्।
गुरुङ ठमठम हिँड्छिन्। राम्ररी कान सुन्दिनन्, तर कोही भेट्नासाथ अहिलको भूकम्पलाई ९० सालको सँग दाँज्न थालिहाल्छिन्। 'अहिलेको भन्दा ९० सालको भूकम्प निकै डरलाग्दो थियो। रुखहरू भुइँ छुँदै ठाडो हुन्थे। त्यतिबेला हाम्रो गाउँमा कसैको ज्यान गएन। तर, अहिलेको भूकम्पले धेरैको ज्यान लियो,' उनले भनिन्।
नौ दिनअघि भूकम्प आउँदा उनी घरभित्र थिइन्। शरीर पूरै हल्लाउने गरी कम्पन भएपछि उनी घरभित्र रहेको थाम समातेर बसिन्। थाम हल्लँदा उनका बुढ्यौली हात फुत्किए। 'बाँच्ने आशा मरेको थियो। जसोतसो घसि्रँदै दैलोतिर जान खोज्दै थिएँ,' उनले सुनाइन्, 'छोरो आइपुग्यो र बोकेर बाहिर निकाल्यो।' उनीहरू बारीमा पुग्दा घर गर्ल्यामगुर्लुम ढल्यो।
घोरथली–९ की अमृतामाया गुरुङ ९० सालको भूकम्पताका २ वर्षकी थिइन्। त्यतिबेलाको भूकम्प उनलाई सम्झना हुने कुरा भएन। तर, ९ दिनअघिको महाभूकम्पले भने उनलाई नराम्रोसँग तर्साएको छ।
भूकम्प आउँदा ८४ वर्षीया अमृतामाया कौशीमा बसेर राडी बुन्दै थिइन्। 'चर्खा चलाइरहँदा घच्याक्क आवाज आएको थियो, टाउको ढुंगामा बजारियो,' उनले सुनाइन्, 'अनि पो भुइँचालो आएको थाहा पाएँ। त्यसपछि उठ्न खोजेँ। तर, सकिनँ।'
भूकम्पले हल्लाउन छाडेपछि उनी रुँदै चिच्याउँदे कौशीबाट तल झरेकी थिइन्। 'भर्या ङ, पिँढी, मजेरी सबैतिर ढुंगा झरेका थिए। बाहिर निस्कँदा नाति, बुहारी, छोरी र छोरो कोही देखिनँ। बारीमाा गएर ठूलो स्वरमा चिच्याएँ,' उनले भने, 'कोही आएनन्। केही बेरपछि सबै आमा भन्दै रुँदै कराउँदै आए। त्यसपछि बल्ल होस फर्के जस्तो भयो। उल्का हो कि के हो, के हो।'
घोरथली–९ कै ६५ वर्षे बुद्धमाया गुरुङलाई भूकम्पको झट्काले बेहोसै बनायो। वैशाख १२ गते शनिबारका दिन उनी पल्लो गाउँमा घरायशी कुराकानी गरेर फर्कंदै थिइन्। 'भर्खरै डोजरले खोस्रेको मोटरबाटोमा एक्लै हिँड्दै थिएँ,' उनले सुनाइन्, 'घोरथली–६ के आइपुगेकी थिएँ, जमिन हल्यिो। म हुत्तिएँ।'
भुइँमा बजारिएपछि उनले केही थाहा पाइनन्। बेहोस भएकी उनलाई उठाउन कोही आएन। 'धेरै बेरपछि होस आयो। सबै चिच्याइरहेका थिए। केटाकेटी रोइरहेका थिए। यसो भुइँतिर हेरेको त म लडेको ठाउँ भास्सिएर खस्न लागेको रहेछ। हत्त न पत्त घिसि्रँदै खेतमा उक्लेँ। ज्यान जोगियो,' उनले सुनाइन्।
उनी उठेर केही माथि पुग्दा गाउँले सबै एकै ठाउँमा डल्लो परेर चिच्याइरहेका थिए। त्यहाँ पुगेपछि मात्र उनले भूकम्प हो भन्ने भेउ पाइन्।
'सुरुमा त के भयो भयो मेसै पाइनँ। होस खुलेपछि अरुले ठूलो भूकम्प गयो, केही बाँकी छैन भने,' उनले नागरिकसँग भनिन्, 'त्यसपछि घरतिर दौडिएँ। छोरा, बुहारी, नातिनातिनाको अनुहार झल्झली आँखामा आउँथ्यो।'
उनी घर पुग्दा घर थिएन। गोठ पनि मैदान बनिसकेको थियो। धन्न परिवारका सदस्यलाई केही भएनछ। 'सबै भेटिएपछि एकै ठाउँमा अँगालो हालेर बस्यौं। अहिले पनि भूकम्पको धक्का चाल पाउनसाथ एक डल्लो भएर भगवान्को नाम लिँदै बस्छौं,' बुद्धमायाले लामो स्वास फेरिन्।