काठमाडौं-भूकम्पपीडितको राहतका लागि विभिन्न मुलुकबाट सहयोगस्वरुप भित्रिएका खाद्य सामग्रीमध्ये कतिपय म्याद गुजि्रएका फेला परेका छन्।राहत सामग्री वितरण भएका विभिन्न जिल्लाबाट आएको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दा चार महिनाअघि नै म्याद गुजि्रएका खाद्य सामग्री फेला परेका हुन्। भारत, सिंगापुरलगायत देशबाट भित्रिएका त्यस्ता सामग्री धमाधम नष्ट गर्न थालिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
‘भारतबाट राहतस्वरुप ल्याइएका परौठा ढुसी परेका र लेबलसमेत नभएका फेला परेपछि नष्ट गरिएको छ,' वस्तीले बिहीबार नागरिकसँग भने।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य गोदाम अनुगमन गरी म्याद गुज्रेका सामग्री छुट्ट्याउँदै नष्ट गर्न थालेको हो। कार्गोमार्फत ल्याएका झन्डै एक हजार किलो परौठा विमानस्थलस्थित खाद्य निरीक्षण इकाइले नष्ट गरेको वस्तीले बताए। अन्य खाद्यान्न पनि मिति सकिएका हुनसक्ने आशंकामा विभागले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
सिंगारपुरबाट ल्याइएको कोका ब्रान्डका ४३ कार्टुन चाउचाउको पनि गत फेब्रुअरीमै मिति सकिएको विभागले जनायो। ‘चार महिनाअघि नै म्याद गुजि्रसकेको चाउचाउ राहतका नाममा भित्रिनेमा गलत नियत देखिन्छ,' विभागका एक उच्च अधिकारीले भने, ‘मिति गुज्रेको १५ दिन मात्र भएको भए हडबडमा गल्ती भयो भन्न सकिन्थ्यो।'
त्यस्तै, भारतको बनारसमा उत्पादित लापुज ब्रान्डको आँपको जुस पनि मिति सकिएको छ। भित्रिएकामध्ये ३३ प्याकेट जुस गुणस्तर बिग्रिसकेको अवस्थामा फेला परेपछि नष्ट गरिएको छ। विदेशबाट आएका चामल, तेल, पानीमा पनि म्याद गुजि्रएका सामग्री मिसिएका छन्। पानी बढी संवेदनशील भएकाले राहतस्वरुप बाँडिएका पानीका नमूना ल्याएर गुणस्तर परीक्षण सुरु गरिएको वस्तीले बताए।
‘गर्मी मौसममा गुणस्तरहिन पानीको प्रयोगले नै बिरामी परिने खतरा हुन्छ,' वस्तीले भने, ‘केही दिनमै हामी पानीको गुणस्तरबारे जानकारी गराउनेछौं।' यस्तो बेला स्वदेशमा उत्पादित पानीमा पनि गुणस्तरमा सम्झौता हुन सक्ने भएकाले दैनिकजसो परीक्षण भइरहेको उनले बताए।
विदेशबाट आएका मात्र होइन, नेपालीले राहत सहयोग भन्दै बाँडेका खाद्यान्न पनि गुणस्तरहीन फेला परेका छन्। केही दिनअघि दोलखाको सुन्द्रावतीमा राहतस्वरुप वितरण गरिएका चाउचाउ मिति सकिएको फेला परेपछि स्थानीय युवाले नै नष्ट गरेका थिए।
विभागले खाद्य संस्थान तथा नेसनल ट्रडिङबाट बिक्री हुने खाद्य पदार्थको पनि अनुगमन सुरु गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका यी दुई निकायबाट बिक्री हुने खाद्य पदार्थमा अहिलेसम्म समस्या नभेटिएको विभागले जनायो।
उद्धार र राहतमा सक्रिय नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरेलले खाद्यान्नको गुणस्तरबारे आफूहरूलाई कुनै जानकारी नहुने बताए। ‘हाम्रो काम भनेको आएका सामग्री ओराल्ने र स्टोर गरेर प्रभावित जिल्ला पठाउने हो,' उनले नागरिकसँग भने, ‘गुणस्तरको विषय गृह मन्त्रालयबाट आएका उपसचिवले हेर्ने गर्नुभएको छ।'
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मिति सकिएका खाद्यान्न फेला परे तत्काल रोक्ने गरेको बताए। ‘हामीलाई म्याद नाघेको तथा गुणस्तरहीन खाद्य पदार्थ पुर्यााइएको क्षेत्र काभ्रेबाट यस विषयमा जानकारी आएको छ,' उनले भने, ‘अहिले खाद्यान्न पठाउँदा परीक्षण भएर मात्रै जान्छ।' काभ्रे मात्र होइन, अन्य जिल्लाबाट पनि मिति सकिएका तथा लेबल नभएका सामग्री आएको भन्दै गुनासो बढेको उनको भनाइ छ।