बिम्रिनी,(सिन्धुपाल्चोक)-सिन्धुपाल्चोक, साँगाचोक–२, बिमि्रनी बस्ने २९ तामाङ परिवारलाई भूकम्पले भत्काएका घर कसरी बनाउने भन्ने चिन्ता छ। उनीहरूको आम्दानीको स्रोत खेतीपाती हो। ‘यो आम्दानीले कहिले घर बन्ला,' उनीहरूले गुनासो गरे, ‘सधैंभरि यही छाप्रोमा बस्नु पर्ने हो कि?'हरेक दिन काम नगरी खान पाउँदैनन् उनीहरू। यही अवस्थमा उनीहरूमाथि ठूलो विपत्ति आइलाग्यो। ‘हामी मजदुर, खेतीपातीको काम गर्छौं,' गाउँका सुब्बा तामाङले भने, ‘टाउको लुकाउने घर कसरी बनाउने भन्ने चिन्ता छ।'
एउटै परिवारका शाखासन्तान अहिले २९ घरधुरीमा फैलिएका छन्। सबै घर एकै निमेषमा सखाप भए। यो गाउँले एकजना गुमायो। यो बाहेक मानवीय क्षति भएन तर भौतिक क्षतिले मन छियाछिाया बनाएको छ।

इन्द्र लामाका तीनवटै घर भत्केका छन्। अहिले जस्ताले छोपेर अस्थायी बास बनाएका छन्। त्यसमा पनि पानी चुहिएर लुगा भिजेको थियो। एकातिर बाख्रा बाँधेका छन्, अर्कोतिर परिवार बस्छ। ‘खानेपिनमा भन्दा पनि घर कसरी बनाउने भन्ने चिन्ता छ?,' राहतको रुपमा आएको चामलको बोरा देखाउँदै उनले भने, ‘ज्यान त खोले खाएर पनि बाँच्ला, टहरो बनाउन सकस पर्ने भयो।'
त्यस गाउँबाट जम्मा चारजना युवा विदेश गएका छन्। विदेश गएकाको पनि राम्रो आम्दानी छैन। कति युवा त ६ महिना नहुँदै घर फर्किनु पर्योे। विदेश जाँदा लागेको ऋणसमेत तिर्न सकेका छैनन्। छरछिमेकको मद्दत लिउँ भने पनि सबैका व्यथा उस्तै छ। ‘कसले कसलाई सहयोग गर्नु, आफ्नै पन्छाउने चिन्ता छ,' लामाले भने, ‘घर कसरी बनाउने भन्ने हामी सोच्नै सक्दैनौं। दुई–तीन वर्षमा पनि बनाउन सकिँदैन होला।'
६२ वर्षे आशमान तामाङको घरमा १०–१२ मुरी धान थियो, त्यत्ति नै मात्रामा मकै। भण्डार गरेर राखेको कोदो पनि थियो तर सबै घरले पुरेको छ। सबै माटोमा मिसिएको छ। ‘बनाएर पिस्न पनि मिल्दैन जस्तो छ,' उनले भने। चार भाइ छोराका यी बाउलाई खानभन्दा पनि सानो झुप्रो बनाउने चिन्ता छ। ‘चार भाइलाई टाउको लुकाउने थात थियो। सबै गयो,' उनले भने, ‘अब कसरी बनाउने हो, म बूढो भइसकें।' अहिलेसम्म कसैले सहयोग गर्छु भनेको छैन।
बाटोभन्दा तल पर्ने गाउँलाई कसैले नहेरेको उनको दुखेसो छ। ‘सबै माथिमाथिबाट जान्छन्। गत बिहीबार हङकङ बस्ने हरि सुवेदीले पठाएको राहत सामग्री लिएर एक हुल त्यहाँ पुगेको थियो। चामल, लत्ता कपडा पाउँदा उनीहरू खुसी भए। ‘हामीलाई हेर्ने कोही त रहेछ,' उनले भने, ‘आज अलि तातोमा सुत्न पाइने भयो।'
पानी पर्न सुरु भइसक्यो। बर्खा कसरी काट्ने होला? चिसो ठाउँ, तातो कपडा पनि छैन। यसको सबैभन्दा बढी चिन्ता २१ वर्षे प्रिती लामालाई छ। उनका श्रीमान् र दुई छोरा छन्– एउटा साढे दुई वर्ष र अर्को सात महिनाको। श्रीमान्–श्रीमती खेती किसानी गर्छन्। आम्दानीको राम्रो स्रोत छैन। बच्चालाई कसरी चिसोबाट बचाउने होला भन्ने चिन्ता उनमा छ। उनी जस्तै ४ जना महिलाका स–साना नानीहरू छन्। सबैलाई उही चिन्ता छ– चिसोबाट कसरी बच्ने र बचाउने?
२० वर्षे मुना तामाङको भर्खर एक महिनाको बच्चा छ। श्रीमान् मलेसिया छन्। गएको एक वर्ष भयो। २२ वर्षे सम्झना तामाङको बच्चा चार महिनाको भयो। पुरिएको घरबाट २ घन्टापछि उद्धार गरेर बचाउन सफल भइन्। ‘भूकम्पबाट त बँचियो अब कसरी बाँच्ने?' उनले भनिन्, ‘यी बच्चालाई कसरी हुर्काउने।' बच्चालाई चिसो लागिसकेको छ। राहतसँगै महिला मञ्च नेपालले स्वास्थ्य परीक्षणसमेत गरेको थियो। बच्चालाई निमोनिया लाग्ने डर भएकाले न्यायो बनाएर, तातो खुवाउन संस्थाकी अध्यक्ष श्रृजना पुन मगरले सल्लाह दिइन।
‘के गर्नु, यस्तो अवस्था छ, बच्चालाई कसरी न्यायो बनाउने,' मुनाले भनिन्, ‘रातभर चिसो आउँछ। लुगा पनि यही भरीले भिज्यो होला।'
यो तामाङ परिवार मिलेर बसेका छन्। हरेक निर्णय सामूहिक रुपमा गर्छन्। गाउँका टोली नेताले भनेपछि कसैले नाइँ भन्दैन। चुनावको बेलामा होस् या पूजाआजामा सबैको एउटै निर्णय हुन्छ। एकअर्कोलाई दुःखसुख पर्दा साथ दिन्छन्। परिवारमा सदस्य पनि धेरै छन्। कुनै परिवारमा १२ जनासम्म छोराछोरी भएको उनीहरू बताउँछन्। सबैको एउटै पेसा कृषि हो। अहिलेसम्म यसैले धानेको थियो। विनाशकारी भूकम्पले सामान्य ढंगले चलिरहेको जीवनमा उतावचढाव ल्याइदियो। अब खेतीपाती गरेर मात्र कसरी घर बनाउने? सबै तामाङ परिवारको चिन्ता एउटै छ।