तत्काल ३ अर्बको खाद्यान्न आवश्यक
२६ वैशाख २०७२
•
६ मिनेट पाठ
तत्काल ३ अर्बको खाद्यान्न आवश्यक
काठमाडौं-सरकारले विनाशकारी भूकम्पबाट अतिप्रभावित १५ जिल्लाका लागि तत्काल ३ अर्ब रुपैयाँबराबरको खाद्यान्न आवश्यक रहेको तथ्यांक सार्वजनिक गरेको छ। कृषि विकास मन्त्रालय अन्तर्गतका निकायले गरेको अध्ययनले तत्काल १५ जिल्लामा उक्त परिमाणबराबरको खाद्यान्न आवश्यक रहेको देखाएको हो।मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले १५ जिल्लामा २ लाख ८ हजार टन खाद्यान्न आवश्यक रहेको जानकारी  दिए। यसका लागि ३ अर्ब रुपैयाँ जति खर्च लाग्ने उनको भनाइ छ।
‘अतिप्रभावित जिल्लामध्ये केहीलाई उसै पनि खान पुग्दैनथ्यो,' सापकोटाले शनिबार नागरिकसँग भने, ‘त्यसमाथि पनि भूकम्पले घर भत्किएकाले भएको अन्नपात पुरिएपछि तत्काल उक्त परिमाणमा खाद्यान्न आवश्यक परेको हो।'
कृषि जनगणना २०६८ अनुसार हिमाली तथा पहाडी जिल्लामा त्यहाँ उत्पादित अन्नले एक वर्षसम्म पनि खान पुग्दैन। त्यसमाथि पनि भूकम्पले अलि–अलि भएको अन्नपात पुरिएपछि झन संकट देखिएको मन्त्रालयको भनाइ छ। जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयका अधिकारी भूकम्प अतिप्रभावित क्षेत्र पुगेर तथ्यांक संकलन गरेको मन्त्रालयले जनाएको छ।
सापकोटका अनुसार महाभूकम्पका कारण घर भत्किएर १ लाख २३ हजार १ सय २७ टन खाद्यान्न पुरिएको छ। ‘जसले त्यस क्षेत्रका जनतालाई करिब तीन महिना खान पुग्थ्यो,' उनले भने, ‘त्यति ठूलो परिमाणमा अन्न पुरिनु र वर्षभरि उत्पादित अन्नले खान नपुग्ने भएकाले २ लाख टन आवश्यक परेको हो।'
वाणिज्य तथा आपूर्ति मन्त्रालका अनुसार सरकारसँग खाद्यान्न पर्याप्त भएकाले चालू आर्थिक वर्र्षका लागि अभाव हुँदैन। मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले खाद्य संस्थान, नेसनल टे्रडिङ तथा साल्ट टे्रडिङबाट धमाधम प्रभावित क्षेत्रमा खाद्यान्न पठाइएको बताए। ‘स्टक भइन्जेल हामी उपलब्ध गराउँछौं,' उनले भने, ‘तत्काल सकिने अवस्था छैन।'
कृषि मन्त्रालयका सहप्रवक्ता सापकोटाका अनुसार अहिले धानको ब्याड राख्ने बेला भएकाले के/कसरी बीउ उपलब्ध गराउन सकिन्छ भनेर मन्त्रालय लागिरहेको छ। ‘किसानलाई निःशुल्क धानको बीउ उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ,' उनले भने, ‘अतिप्रभावित जिल्लामा रहेका कृषि तथा पशुसम्बद्ध कार्यालयसँग पनि यसबारे कुराकानी भइरहेको छ।'
मन्त्रालयले गरेको अध्ययनअनुसार भूकम्पबाट १५ अतिप्रभावित जिल्लामा २ अर्ब ५० करोड रुपैयाँबराबरको अन्नपात नष्ट भएको छ। यसमा धान, गहुँ, कोदो, मकैलगायत अन्नपात छ।
चालू आर्थिक वर्ष अन्त्यसम्म मात्रै २ लाख ८ हजार टन खाद्यान्न आवश्यक पर्छ। त्यसपछि फेरि मन्त्रालयले अध्ययन गर्ने जनाएको छ। महाभूकम्पबाट १ लाख ७२ हजार २ सय २९ पंक्षी र ७ हजार ४ सय ३० वटा गाई–भैंसी मरेका छन्। यसबाट किसानलाई ५२ करोड ५३ लाख रुपैयाँ नोक्सान भएको छ।  
वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ३ अर्ब रुपैयाँबराबरको अन्नपात र पशुपंक्षी पुरिएर क्षति पुगेको मन्त्रालयको तथ्यांक छ। ठूलो मात्रामा पशुपंक्षी मरेका कारण यो वर्ष विदेशबाट दूध तथा दुग्धजन्य पदार्थका साथै मासु आयात धेरै वृद्धि हुने देखिएको छ।
‘नेपाल मासुमा परनिर्भर नै हो,' सापकोटाले भने, ‘यो क्षतिले झन् आयातलाई प्रोत्साहन गर्ने देखिन्छ।' दूध तथा दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर नजिक रहेको भए पनि यस वर्ष त्यसको आयात वृद्धि हुने सम्भावना रहेको उनको भनाइ छ।
मन्त्रालयअन्तर्गत संकलित भौतिक क्षति विवरणअनुसार हालसम्म १ सय १४ कृषि कार्यालय पूर्णरुपमा क्षति भएका छन् भने १ सय ४९ भवनमा आंशिक क्षति पुगेको छ। त्यसबाट ८९ करोड बराबरको क्षति पुगको मन्त्रालयले जनाएको छ।
त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषबाट घाइते पशुपंक्षीको उपचारका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ। ‘गृह मन्त्रालयले उक्त रकम निकासा गर्ने निर्णय गरिसकेको छ,' सापकोटाले भने, ‘तत्काल  रकम गाउँ–गाउँमा जान्छ।'  
महाभूकम्पले घर भत्किएका कारण भित्र‍याउने बेलाको गहुँ राख्ने स्थान अभाव भएपछि किसान अन्योलमा छन्। यसबारे तत्काल के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस