काठमाडौं- वैशाख १२ गतेको विनासकारी भूकम्पबाट कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) को एक चौथाइ बराबर क्षति भएको अर्थशास्त्रीहरुले बताएका छन्। विनाशकारी भूकम्पले कृषि, पर्यटन, पूर्वाधारलगायत क्षेत्र ध्वस्त पार्दा जिडिपीको २५ प्रतिशत क्षति हुन गएको उनीहरुको भनाइ छ। 'नेपालको जिडिपी करिब २० खर्ब छ,' नेपाल चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको कार्यक्रममा अर्थशास्त्री पोषराज पाण्डेले भने, 'त्यसको एक चौथाइ अर्थात ५ खर्ब क्षति भएको प्रारम्भिक अनुमान छ।'
महाभूकम्प पश्चात अर्थतन्त्रलाई क्रियाशील बनाउन अपनाउनुपर्ने रणनीति विषयक कार्यक्रममा अर्थशास्त्री पाण्डेले यो क्षतिले देशको कुल गार्हस्थ उत्पादनमा दीर्घकालसम्म प्रतिकूल असर पुर्यासउने धारणा राखे। 'असर तत्कालै देखिँदैन,' उनले भने, 'मूल्यवृद्धि र आर्थिक वृद्धिदरमा यसको देखिने सम्भावना छ।'
उनका अनुसार महाभूकम्पबाट पर्यटन, बैंक, वित्तीय संस्था, बिमा, जलविद्युत आयोजनामा ठूलो असर पुगेको छ। 'यसका कारण राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ठूलो ह्रास आउने सम्भावना छ,' उनले भने, 'बैंक तथा वित्तीय संस्थाले पनि अपार्टमेन्टमा ठूलो लगानी गरे। तिनीहरु बस्नै नहुने गरी भत्किँदा समस्या परेको छ। यसले पनि अन्त्यमा असर देखाउँछ।'
बिमा कम्पनीले महामूकम्पबाट ठूलो मात्रामा क्षति बेहोरेको पाण्डेको भनाइ छ। उनका अनुसार नेपालका १८ आयोजनाबाट १ सय ७१ मेगावाट विद्युत कटौती भएको छ। जिडिपीमा जलविद्युतको योगदान उल्लेख्य छ।
अर्का अर्थशास्त्री विश्वम्भर प्याकुरेलले पाँच खर्ब रुपैयाँ बराबर क्षति नेपालको हकमा निकै ठूलो भएको बताए। 'यो प्रारम्भिक अनुमान हो,' उनले भने, 'वास्तविक प्रतिवेदन आउन ६ महिनाभन्दा बढी लाग्छ।' विकसित मुलुकमा पनि भूकम्पको क्षति यकिन गर्न कम्तीमा ६ महिना लागेको उदाहरण दिँदै प्याकुरेलले कतिपय जिल्लामा अहिलेसम्म उद्धार र राहतको टोलीसमेत पुग्न नसकेको बताए। 'यस्तो अवस्थामा तत्कालै क्षतिको पूर्ण विवरण आउन सम्भव छैन,' उनले भने।
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.६ प्रतिशत छ। अहिले कृषि क्षेत्रमा ठूलो क्षति नभएकाले कृषिबाहेकका अन्य क्षेत्रले जिडिपीमा असर पुर्यावउने प्याकुरेलले बताए।
प्याकुरेलले विपद्को बेला सरकारले आत्तिएर निर्णय गर्न नहुने बताए। 'यो विकास निर्माणका लागि पनि उपयुक्त समय हो,' उनले भने, 'के कसरी पुनर्निर्माण गर्न सकिन्छ, विज्ञसँग बसेर योजना बनाउनु पर्छ।'
देशमा आएको ठूलो विपद्ले गर्दा सरकार नै आत्तिएको उनले बताए। आत्तिएर तत्काल निर्णय गरिए पनि कार्यान्वयनमा समस्या आउन सक्ने उनले औंल्याए।
अर्थशास्त्री पाण्डेले पुनर्निर्माणको नेतृत्व सरकार आफैंले लिनुपर्ने बताए। 'सबैको विश्वास जितेर पुनर्निर्माणका नेतृत्व आफैंले लिनुपर्छ,' पाण्डेले भने, 'आफूखुसी पुनर्निर्माण गर्दा राज्यप्रतिको विश्वास गुम्ने सम्भावना हुन्छ।'
पाण्डेले वैदेशिक सहायता नजुटे पनि आन्तरिक स्रोत परिचालन गरेर तत्काल पुनर्निर्माणको काम थाल्नुपर्ने बताए। 'वैदेशिक सहायता आउने सम्भावना छैन,' उनले भने, 'निजी क्षेत्रलाई साथमा लिएर भए पनि सरकारले पुनर्निर्माण थाल्नु जरुरी छ।'
विदेशीले यसअघि लिइसकेको ऋणलाई अनुदानमा परिणत गरिदिए ठूलो राहत हुने जानकारी दिए। पाण्डेले यो वर्ष चार खर्बले व्यापार घाटा बढने बताए। नेपालको बजेट बराबर व्यापार घाटा रहँदै आएको छ। महाभूकम्पका कारण व्यापार घाटा ४ खर्ब थपिने उनको अनुमान छ। महाभूकम्पले बजारीकरण, उत्पादन, आयात, निर्यात शून्य भएको अर्थशास्त्रीहरुको भनाइ छ।
प्याकुरेलले स्थानीय स्रोत, साधन बढीभन्दा बढी प्रयोग गरेर पुनर्निर्माण गर्नुपर्ने बताए। 'सबै क्षेत्रमा पैसामात्र खर्च गरेर हुँदैन,' प्याकुरेलले भने, 'स्थानीय स्रोत साधन प्रयोग गरे, पुनर्निर्माणको काम छिटो सम्भव छ।'
कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्माण सामग्रीको मूल्य नबढाउन व्यवसायीलाई अनुरोध गरे। 'पुनर्निर्माणमा प्रयोग हुने सामग्रीको मूल्य तत्काल नबढाउनुहोस्,' श्रेष्ठले भने, 'विपद्को घडीमा सबैले सहयोग गरौं।'