काठमाडौं-गोरखाको सिम्जुङ–८, पोखराटारस्थित देवीस्थान प्राविकी प्रधानाध्यापक धनकुमारी थापा मगरलाई वैशाख १२ को भुइँचालोबाट जोगिए पनि पहिरोको चिन्ताले सताइरहेको छ ।
भुइँचालोका कारण यहाँको जमिनमा ठूल्ठुला चिरा परेका छन् । धाँजा फाटिएको जमिनबाट जुनसुकै बेला पहिरो जानसक्छ । पहिरो गइहाले त्यसमुनिको पूरै गाउँ पुरिने खतरा छ । धनकुमारीको चिन्ताको कारण यही हो।‘लगातार कम्पन आइरहेकै छन्, पहिरो भरे हो कि भोलि जस्तो छ,’ उनी भन्छिन्, ‘अहिले पराकम्पनले पहिरो नल्याए पनि बर्खा त यसले झेल्नै सक्दैन ।’
‘जाउँ कता जाने, नजाउँ मृत्युको मुखमा कहिलेसम्म बस्ने !’ उनले केही दिनअघि नागरिकसँग दुखेसो सुनाएकी थिइन् ।
भूकम्पपछि पहिरोले विस्थापित हुने तर जाने ठाउँ नपाएकाहरू गोरखाको सिम्जुङमा मात्र छैनन् । सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा सबै जिल्लामा यही स्थिति छ । उनीहरू न त आफैं थातथलो छाडेर कतै जान सकेका छन् न त सरकारले उनीहरूसामु योजना नै दिन सकेको छ ।
उनीहरूको एउटै आश छ, सरकारले कम्तीमा बर्खासम्मलाई पहिरोबाट जोगाउने उपाय निकालिदिए हुन्थ्यो । यसका लागि तराई वा अन्य सुरक्षित ठाउँमा पुनर्बास गराइदिए पहिरोको जोखिमबाट मुक्त भइने उनीहरूको आश छ । वैशाख १२ को भूकम्पपछि उद्धार तथा राहतमा खटिएर प्रभावित जिल्ला पुगेकाहरूले पनि पहिरोको जोखिम भएका ठाउँबाट स्थानीयलाई अन्यत्र सुरक्षित ठाउँमा पुनर्बासको बन्दोबस्त मिलाउनुपर्नेमा जोड दिइरहेका छन् ।
‘पूर्वाधार विकासले ल्याएको परिवर्तन आत्मसात गरी दीर्घकालीन योजना बनाएर अघि बढ्ने समय हो यो,’ भूकम्पपीडितलाई राहत बाँड्ने क्रममा गोरखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा र काभ्रेपलाञ्चोकका विभिन्न गाविस पुगेका करुणा फाउन्डेसनका नेपाल निर्देशक दिपक सापकोटाले नागरिकसँग भने, ‘अब उनीहरूको भावनको सम्मान गर्दै सुरक्षित ठाउँमा पुनर्बास गराउनुपर्छ ।’
धनकुमारीलगायत पोखराटारका बासिन्दा पहिरोसँग त्रसित हुनुको कारण के पनि हो भने यहाँका धेरै भौतिक संरचना अहिले नै पहिरोमा पुरिइसकेका छन् । सिम्जुङ–८ मै रहेको १०.८ किलोवाट क्षमताको हिम्ले लघु जलविद्युतको उत्पादनगृह पहिरोले पुरिएको छ । वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको महाभूकम्पपछि पहिरो जाँदा उक्त जलविद्युत पुरिएको हो ।
हिम्ले लघु जलविद्युत पोखराटार गाउँको फेदीमै छ । चिरा परेको भूभाग यही गाउँ र जलविद्युतबीचमा पर्छ । चिरा परेको भूभाग बग्यो भने त्यसले गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो बिर्साउने स्थिति छ ।
यतिमात्र होइन, सिम्जुङमा गएको पहिरोले गोरखाकै अर्को गाउँ बारपाक जाने कच्ची मोटर बाटोसमेत अवरुद्ध छ । पहिरोदेखि पोखराटार जाने बाटो पनि ठूल्ठुला ढुंगाले भरिएका छन् । थुप्रै ढुंगा यस्ता छन् जो खस्नलाई ठिक्क परेर बसेका छन् । सानो धक्कामा पनि ती ढुंगा बुर्रर सडकमा खस्ने पक्का छ । गाउँमा जाने एक मात्र बाटो यही हो । यहाँ हिँडडुल गरिरहेका जो पनि जुनसुकै बेला पहिरोमा पर्नसक्छन् । कडा चट्टान नभएकाले पहिरोको सम्भावना बढी भएको स्थानीय बताउँछन् ।
‘भैंचालोमा त जोगियौं, केही दिनमै सुरु हुने मनसुनमा यो बस्ती नै रहला कि नरहला यसै भन्न सकिन्न,’ धनकुमारीले भनिन् ।
त्यसो त पोखराटार गाउँको एउटै घर ठाडो छैन । भूकम्पले सबै घरलाई मैदान पारेको छ । स्थानीय सबै पाल टाँगेर बसेका छन् । कसैले आफैं अस्थायी घर बनाइसके । पानी पर्दा वा स–साना धक्का आउँदा भने उनीहरूको निद्रा हराउँछ । सबै जना रातभर जाग्राम बस्छन् ।
‘भैंचालाले जति बिगार्नु थियो बिगारिसक्यो । घर, वस्तुभाउ केही राखेन । अब हामीलाई भैंचालोभन्दा पहिरोको डर छ,’ पोखराटारका स्थानीय प्रकाश थापाले भने, ‘बचेको ज्यान पहिरोले लग्ला भन्ने पिर छ, गाउँमा बस्न सक्ने अवस्था नभए पनि जाने ठाउँ कहीँ छैन ।’
विज्ञहरूले त यहाँको पहिरोलाई संवेदनशील श्रेणीमा राखेको पहिल्यै हो । बारपाकमा नजिकै पहिरो गएको ठाउँमा मोटरबाटो नखन्न उनीहरूले सुझावै दिएका थिए । त्यहाँको भूबनोट मोटर बाटो खन्नलायक नरहेको जनाउँदै विज्ञहरूले सतर्क गराएका थिए । तर, उनीहरूको सुझाव अटेर गरी बाटो खनियो, अहिले त्यहीँ ठूल्ठुला चट्टान खसिरहेका छन् ।
‘उद्धारमा खटिएका सेनाले केही दिनभित्रै पहिरो त हटाउलान् तर बर्खा सुरु भएपछि यहाँको अवस्था के होला ? त्यतिबेला हामी सबै कहाँ जाने होला ?’ स्थानीय सबै यही प्रश्नले पिरोलिइरहेका छन् ।
उता, भूकम्पबाट अति प्रभावितमध्ये एक सिन्धुपाल्चोकको अवस्था उस्तै छ । दोलखासँग सिमा जोडिएको सिन्धुपाल्चोक, घोरथली गाविसका बासिन्दा भूकम्पभन्दा पहिरोले बढी त्रसित छन् ।
भूकम्पले उनीहरूको बस्ने घर खोसिसक्यो । घोरथलीमा अहिले बस्नलायक घर एउटै बाँकी छैनन् । सबै भग्नावशेषमा परिणत भएका छन् । अस्थायी रूपमा बस्नलाई समेत उनीहरूले ठाउँ पाएका छैनन् । स्थिति कस्तो छ भने, जहाँ पाल टाँग्यो त्यहीँ पहिरो जान्छ । राति पानी पर्न हुन्न, सबैको भागाभाग हुन्छ, पहिरोबाट ज्यान जोगाउन । तै उनीहरूले जिउने आशा मारेका छैनन्, विकल्प भने पाएका छैनन् ।
‘राति पानी पर्यो, पहिरो त सिरानमै आइसकेको रहेछ । त्यसपछि बालबालिका च्यापेर भागाभाग भयो,’ सिन्धुपाल्चोक, घोरथली–७ की ४५ वर्षीया कविता थामीले एक साताअघि नागरिकसँग भनिन्, ‘भिरमुनि बसेका छौं, कुन बेला पहिरो गएर किचिने हो कि भन्ने डर छ ।’
घोरथली गाविसमा पनि चार ठाउँमा ठूल्ठुला चिरा परेका छन् । स–साना चिरिएका भूभागको त गणनै छैन । वस्तुभाउ चराउन गएका दुई जनाको भूकम्पपछि आएको पहिरोमै पुरिएर ज्यान गयो । भूकम्प र पहिरोले गाउँका बालबालिका अझ बढी त्रसित छन् ।
‘बच्चाहरू यहाँ नबस्ने भन्छन् । हामी अर्कै ठाउँ जाऊँ भन्छन् । बजार गएर बसौं भन्छन् । हाम्रो अन्त जमिन छैन, कुन ठाउँ जाने ?,’ घोरथली–९ की दिलकुमारी बिकले भनिन् ।
घोरथली–६ का पञ्चे थामीको डर पनि भूकम्पबाट पहिरोतिर सरेको छ । ‘आफ्नो बारीमा धाँजा फाटेको छ, अर्काको बारीमा गएर पाल टाँग्यो गाली खाइन्छ,’ उनले भने, ‘माथि भिर चिरिएर बसेको छ । एक मिटरभन्दा फराकिला चिरा परेका छन् । पहिरो गयो भने गाउँ सबै पुरिन्छ, हामीलाई त बाँच्नु न मर्नु भयो ।’
घोरथली मात्र होइन, सिन्धुपाल्चोकका धेरै गाउँमा अहिले पहिरोको डर छ । मूलखर्क, होल्का, तातोपानी, बाह्रबिसे देखि घोरथलीसम्म पहिरोको जोखिम रहेको उद्धारमा खटिएका विशेषज्ञहरूले नै बताउँदै आएका छन् । बाह्रबिसेदेखि लिपिङसम्मका सात गाविसका हजारौं बासिन्दा पहिरोको जोखिमले नै धमाधम बसाइँ सरिरहेका छन् । यही क्षेत्रमा पर्ने चट्टाने भिर जुनसुकै बेला झर्न सक्छ भनी चिनियाँ टोलीले सतर्क गराइसकेको छ ।
अहिले सुक्खा पहिरोले नै यतिविधि पिरोलेका बेला मनसुन सुरु भएपछि यी ठाउँका बासिन्दा अवस्था कस्तो होला, अनुमान गर्न पनि कठिन छ ।
रसुवा जिल्लाको लाङटाङ, ठूलो गाउँ, डाँडा गाउँ लगायतका बासिन्दाको हाल यस्तै छ । उनीहरू पनि भुइँचालोपछि पहिरोको डरले पिल्सिरहेका छन् । कति त गाँवै विस्थापित भइसके । ठूलो गाउँ र डाँडा गाउँका बासिन्दा बेत्रावती नदी किनारमा आएर बसेका छन् । लगातार गइरहेको सुख्खा पहिरोले उनीहरू तत्काल गाउँ फर्कन सक्ने अवस्था छैन ।अहिले त उनीहरूले पालको छानामुनि शिर लुकाएका छन्, बर्खायाम सुरु भएपछि के गर्छन्, कहाँ जान्छन् कुनै योजना छैन ।
लाङटाङको पूरै बस्ती पहिरोले सखाप पारेको छ । नेपाली सेनाका अनुसार भूकम्पपछिको पहिरोमा ११ विदेशीसहित १ सय २८ जना नेपालीको पुरिएर ज्यान गएको थियो । एक सयभन्दा बढी हराइरहेका छन् । विस्थापित भएका सयौंलाई नेपाली सेनाले उद्धार गरेको छ । विस्थापितलाई कहाँ राख्ने पत्तो छैन ।
त्यस्तै, भूकम्प प्रभावित ललितपुरको भट्टेडाँडा गाविस लगायत दक्षिणी भागमा जताततै पहिरो गएको छ । जमिन चिरिएका र भास्सिएका छन् । पहिरोकै डरले स्थानीयहरू अस्थायी टहरा बनाउनसमेत हच्केका छन् ।
‘माटो राम्रो छैन । पहिरो गइरहन्छ । त्यसमाथि बर्खा सुरु हुन लाग्यो । कसरी बस्ने ? कहाँ घर बनाउने ?,’ ललितपुरका भट्टेडाँडा, इकुडोल, माल्टा, दलचौकी र घुसेल गाविस हेर्ने भट्टेडाँडास्थित प्रहरी चौकीका असई भिमसेन कार्कीले भने ।
...
करुणा फाउन्डेसनका नेपाल निर्देशक सापकोटा अब हुने पुनर्निर्माणको चरणलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् ।
पहाडी क्षेत्रमा जुन शैलीको बसोबास छ, त्यो नै त्रुटिपूर्ण रहेको उनको ठम्याइ छ । ‘एउटा डाँडा एउटा सानो बस्ती, अर्को डाँडाको टुप्पामा अर्को सानो बस्ती । यस्तै बसोबासले स्वास्थ्य, शिक्षा, सडक लगायत सुविधा पुर्याउन कठिन भएको हो,’ उनले भने, ‘भूकम्प पीडितलाई अस्थायी आवास त अहिलेकै भग्नावशेष वरिपरि बनाउनुपर्छ तर पुनर्निर्माणको चरणमा पहाडी क्षेत्र कहाँ बढी सुरक्षित छ त्यसको अध्ययन गरेर मात्र बस्ती बसाल्नुपर्छ ।’
यति मात्र होइन, कति हजार फिट माथि बस्ती बसाल्ने हो, धेरै उचाइमा बस्ती बसाउने हो भने एउता बस्तीमा कति घर रहने वा निर्माण गर्ने हो सबै अध्ययन हुनु जरुरी छ । त्यसपछि मात्र भूकम्प पीडितलाई पुनस्र्थापना गर्नुपर्छ । ‘नत्र पुरानै समस्या जनताले बेहोर्नुपर्छ,’ सापकोटाले भने ।
उनका अनुसार पहाडमा बस्ती पातलो हुँदा विपतका बेला एकअर्काको सहयोग पाउन सकेका छैनन् । बस्ती फिजारिँदा सेवा सुविधा बढाउनुपर्ने हुन्छ जुन नेपालका लागि ठूलो चुनौती हो । ‘स्कुल, प्रहरी, स्वास्थ्य चौकी, विद्युत, सडक कहाँ कहाँ मात्र पुर्याउने ?’ उनले भने, ‘फिजारिएको बस्तीलाई एकै ठाउँमा ल्याउन सकियो भने थोरै खर्चमा धेरै सरकारी सेवासुविधा पुर्याउन सकिन्छ ।’
पहाडी जिल्लामा धेरै बस्ती पहाडको टुप्पामा छन् जहाँ सधैं पहिरोको डर छ । वैशाख १२ गते आएको महाभूकम्पले त यस्ता बस्ती र त्यहाँको जमिनलाई झन् थिलथिलो पारेको छ । कुन बस्ती कति खेर कहाँ पुरिन्छ ठेगान छैन ।
‘रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक जिल्लामा धेरै बस्ती डाँडाको टुप्पामा छन् । भूकम्पले धेरै डाँडा खसेका छन् । मनसुन सुरु भएपछि यस्ता ठाउँमा रहेका बस्ती कति ठाउँमा बग्ला कुनै लेखाजोखा छैन । अहिलेकै बस्तीमा भूकम्प पीडितलाई पुनस्र्थापना गर्नु चुनौतीपूर्ण हुनेछ । त्यसैले भूकम्पले निम्त्याएको विनाशलाई हामीले अवसरमा बदल्न सके भविष्यमा यस्ता संकटसँग जुध्न पर्दैनथ्यो,’ सापकोटाले भने ।
सापकोटाले भनेजस्तो तत्काल बस्ती सार्न सम्भव भने छैन । हत्तपत्त मान्छेले थातथलो छाड्न मान्दैनन् । जग्गा र घरसँग मानिसको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ । उनी आफैं पनि यो स्वीकार गर्छन् । ‘नेपालमा पहिलेदेखि नै बस्ती अव्यवस्थित छ । अहिले उनीहरूको भावनाको सम्मान गर्दै पीडितको चित्त बुझाएर योजना ल्याउन सके सुरक्षित र व्यवस्थित बस्ती बसाल्न सरकारलाई धेरै समय लाग्दैन,’ उनको सुझाव छ ।
भूकम्प पीडितलाई पुनस्र्थापना गरी नयाँ सुरक्षित र व्यवस्थित बस्ती बसाल्न सहज देख्छन् सापकोटा । द्वन्द्वकालमै यसको केही सुरुआत भएको छ । द्वन्द्वकालमा मानिस बजार क्षेत्र र सदरमुकाम सर्ने चलन सुरु भएको थियो । वैदेशिक रोजगारले यसलाई झन् बढावा दिएको छ । वैदेशिक रोजगारमा गएकाहरू फर्केपछि सहर पस्ने गरेका धेरै उदाहरण छन् र यो क्रम ह्वात्तै बढिरहेको छ ।
‘जसले पैसा कमाउँछ ऊ सहर बसेको पछिल्ला १५ वर्षले देखाउँछ । मानिस सुविधा खोज्दै सहर पसेको हो । भूकम्प पीडितलाई सुरक्षित र व्यवस्थित बस्तीमा पुनर्बास गराउन सकियो भने उनीहरू सहजै नयाँ ठाउँ जान तयार हुन्छन्,’ सापकोटाले भने ।
राहत तथा उद्धारमा विभिन्न जिल्ला पुगेका सशस्त्र प्रहरी बलका एक उच्च अधिकृत पनि भूकम्प पीडितलाई हालकै स्थानबाट सुरिक्षत र व्यवस्थित बस्तीमा सार्नुपर्नेमा सहमत छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘हामीले भविष्यलाई विचार गरेका छैनौं । अब भूकम्पले हामीलाई भविष्यप्रति गम्भीर हुने अवसर प्रदान गरेको छ । भूकम्प र पहिरो जोखिम न्यून रहेको स्थानको पहिचान गरी भूकम्प पीडितलाई पुनस्र्थापना गर्नुपर्छ ।’
भूकम्पले जुन जुन ठाउँमा पहिरो गएको छ ती ठाउँमा कडा चट्टान छैन । त्यसैले ती ठाउँमा भूकम्पले धेरै चिराचिरा पारेको छ । अहिले घामपानीले ती चिरा फुकाउने र खुच्याउने काम गरिरहेको छ । ठूलो पानी परेपछि चिरिएको ढिक्कै जमिन खस्छ । ‘भूकम्पले जहाँ जमिन फाटेको छ ती ठाउँका पहाडमा कडा चट्टान छैन । ससाना चट्टान छन् । यस्तै ठाउँमा पहिरो जाने बढी सम्भावना हुन्छ । यो जोखिम अहिले मात्र होइन, सधैं रहन्छ । मनसुनमा पहिरो जाँदा भूकम्पले गरेको भन्दा बढी क्षति हुन्छ,’ ती उच्च अधिकृतले भने ।
उनका अनुसार जहाँ पहिरोको जोखिम छ ती ठाउँका बासिन्दालाई सर्लाही, महोत्तरी, धनुषा र रौतहतका विभिन्न ठाउँमा अस्थायी रूपमा पुनस्र्थापना गर्न सकिन्छ । ‘ती जिल्लाका धेरै ठाउँमा ठूलो मात्रामा वन जंगल फडानी भएका छन् । ५ सय विघाभन्दा बढी खाली जमिन त्यहाँ छ । भूकम्प पीडितलाई अहिले ती ठाउँमा अस्थायी टहरा बनाई पुनस्र्थापना गर्न सकिन्छ,’ उनले भने ।
पुनस्र्थापना गर्दा बाढीपहिरो र भूकम्पीय जोखिम न्यून रहेको स्थान खोजिनुपर्ने उनको तर्क छ । जनताको मन जितेर उनीहरूलाई त्यस्ता ठाउँमा सार्न ढिलाइ गर्न नहुने उनी बताउँछन् । भन्छन्, ‘भूकम्प पीडितलाई सुरक्षित र व्यवस्थित ठाउँमा पुनस्र्थापना नगर्ने हो भने सधैं बाढीपहिरो र भूकम्पले यतिको मृत्यु भनेर शव गनेर मात्र बस्नुपर्ने हुन्छ । अब योजना बनाउन ढिलाई गर्नु हुँदैन– जोखिम स्थानमा जनतालाई राखेर सधैं शव गणना गरिराख्ने कि सुरक्षित स्थानमा पुनस्र्थापना गरेर जनताको मुहारमा मुस्कान ल्याउने ।’