काठमाडौं-बंगलादेशले राहतस्वरुप उपलब्ध गराएको लाख क्विन्टल चामल नेपाल भित्रिएको छ । भूकम्पपीडितलाई राहत दिन भन्दै बंगलादेशले उक्त चामल सहयोग गरेको हो।वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चामल झापा आइसकेको छ । भूकम्पबाट क्षति पुगेका जिल्लामा झापाबाट सोझै पठाइने मन्त्रालयका एक उच्च अधिकारीले बताए । केही चामल काठमाडौं र खाद्य संस्थानका विभिन्न डिपोमा जम्मा गरिन्छ ।’
बंगलादेशले घोषणा गरेको चामल चरणबद्ध रुपमा आइपुगेको हो । पहिलो चरणमा ३३ हजार क्विन्टल आएको थियो । दोस्रो चरणमा ६० हजार र अन्तिम चरणमा एक लाख क्विन्टल चामल राहतस्वरुप उपलब्ध गराएको हो ।
राहत व्यवस्थापनको मुख्य जिम्मा पाएको खाद्य संस्थानले भूकम्पपीडित जिल्लामा धमाधम खाद्य सामग्री पठाइरहेको छ । झापा आएको चामल पनि खाद्य संस्थानमार्फत जिल्ला पठाइने छ ।
बंगलादेशले ल्याइदिएको चामल झापामा स्थानीय प्रशासन र खाद्य संस्थानका पदाधिकारीले बुझेको मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ‘बंगलादेशबाट आएको चामल एकैचोटि सबै जिल्लामा पठाउँदैनौं,’ उनले सोमबार नागरिकसँग भने, ‘आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीले माग गरेको खण्डमा पठाइन्छ ।’
मन्त्रालयले अहिलेसम्म गोदाममा स्टक रहेको खाद्यान्न भूकम्पपीडित क्षेत्रमा पठाउँदै आएको थियो । बर्खा सुरु भएकाले थोरै भए पनि स्टक राख्न जरुरी रहेको मन्त्रालयको भनाइ छ । महाभूकम्पले पहाडी तथा हिमाली जिल्लाको जमिन चिराचिरा परेको छ । असार–साउनमा पहिरोले बाटो बन्द भएको बेला पनि मन्त्रालयले खाद्यान्नको व्यवस्था गर्नुपर्ने भएकाले अहिलेदेखिनै स्टक राख्दै जानुपर्ने सचिव उपाध्यायको भनाइ छ ।
मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले मन्त्रालय र विश्व खाद्य कार्यक्रम मिलेर जिल्ला–जिल्लामा राहत पुर्याउने गरी कार्यक्रम ल्याएको बताए । ‘उनीहरुले ७ जिल्लामा खाद्यान्नको पुर्याउँछौं भनेका छन्,’ ज्ञवालीले नागरिकसँग भने, ‘उनीहरु नगएको जिल्लामा मात्रै मन्त्रालयले लैजाने हो ।’
सचिव उपाध्यायका अनुसार बंगलादेशले ७ दिनअघि नेपाललाई लाख क्विन्टल चामल उपलब्ध गराउने जनाएको थियो । भारतको जस्तो आफ्नै ट्रक नभएकाले उसले झापासम्म ल्याएर नेपाललाई हस्तान्तरण गरेको हो ।
उनका अनुसार सडक पुगेको ठाउँमा मात्रै खाद्यान्न थुप्रिएपछि सरकारले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आग्रहअनुसार मात्रै राहत पठाउने योजना बनाएको छ । ‘कुनै–कुुनै ठाउँमा ६ महिनालाई पुग्ने खाद्यान्न एकै व्यक्तिले थुपारेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘थप दुरुपयोग हुन नदिन प्रजिअले आग्रह गरेपछि मात्रै राहत पठाउँछौं ।’
मन्त्रालयका अनुसार राहतका लागि खाद्यान्न अभाव हुँदैन । खाद्य संस्थानका विभिन्न क्षेत्रीय कार्यालयमा भएको चामल समेत ल्याएर बाँड्ने मन्त्रालयको योजना छ । ‘अहिलेसम्म त काठमाडौं स्टक सकिएको छैन,’ ज्ञवालीले भने, ‘काठमाडौंको स्टक सकिएपछि अन्य जिल्लामा गोदाम गरिएको ल्याएर वितरण गरिन्छ ।’
खाद्य संस्थानको थापाथली डिपोबाट हालसम्म १९ हजार २ सय ४० क्विन्टल चामल, ६ सय १६ क्विन्टल नुन, ३ सय १२ टन चिनी लगायतका खाद्यान्न विभिन्न जिल्ला पठाइएको छ । नेसनल ट्रेडिङबाट १० हजार ४ सय ९९ क्विन्टल चामल, १ सय ५७ क्विन्टल नुन, १ सय ७० क्विन्टल चिनी जिल्ला पठाइसकेको छ ।
मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, गोरखा, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुरमा ठूलो मात्रामा राहत सामग्री पुगेको छ ।