काठमाडौं- वैशाख १२ गते विनाशकारी भूकम्प गएको केही समयपछि नै अस्पतालमा घाइते आउन थालिसकेका थिए । एकातिर सम्हालिनसक्ने गरी नयाँ घाइतेको भीड बढ्दै गयो, अर्कोतिर पटकपटकको भूकम्पको धक्काका कारण वीर अस्पतालमा भर्ना भएका बिरामी पनि धमाधम बाहिर निस्किरहेका थिए । अस्पताल अगाडिको बाटो, अस्पताल प्रांगण घाइते र बिरामीले भरिए ।लामो समयदेखि विवादका कारण सञ्चालनमा आउन नसकेको वीर नजिकैको ट्रमा सेन्टर भने यो महाविपत्तिमा वरदान सावित भयो । जति बिरामी थपिँदै गए ट्रमा सेन्टरमा शड्ढया थपिँदै गयो । कुनै समय चल्नै नसक्ने अवस्थामा रहेको ट्रमा क्रमशः सञ्चालनमा आयो । '१२ वैशाखसम्म २२ बेड मात्रै सञ्चालनमा थियो, अहिले ३ सयभन्दा बढी शड्ढया ट्रमामै राखेका छौं,' वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले नागरिकसँग भने, 'ट्रमा नभएको भए वीर यो विपत्तिमा सेवा दिनै नसक्ने हुने रहेछ ।'
महाभूकम्प र त्यसपछि आएका पराकम्पनसँगै वीरका केही पुराना भवन पुर्ण रूपमा बस्न अयोग्य भएपछि अहिले पुराना अस्पताल रहेको ठाउँमा ओपिडी सेवा मात्रै सञ्चालनमा राखिएको छ । ट्रमाको आकस्मिक सेवासहित वीरका विभिन्न विभाग पनि ट्रमामै सारिसकिएको छ । पुरानो भवनमा ४६० शड्ढया सञ्चालनमा रहेको वीरमा अहिले इन्डोर र शल्यक्रिया लगायतका प्रमुख सेवा वीरतिरै सरेको छ । 'अहिले वीरतर्फका विभागसमेत ट्रमामै एड्जस्ट गरिएको छ,' निर्देशक पण्डितले भने, 'वीरमा पहेँला स्टिकर टाँसिएका भवनको मर्मतपछि सकेसम्म धेरै विभाग वीरतिरै आउँछ ।'
६ वटा शल्यकक्षमध्ये १२ गतेसम्म एउटा माइनर शल्यकक्षा मात्रै सञ्चालनमा थियो । 'हामीले बाहिर रहेका बिरामीलाई भवन राम्रो छ भन्दै ट्रमामा लान थाल्यांै,' उनले भने, 'तत्काल शल्यक्रिया नगरी नहुने आठ जनालाई सोही रात ट्रमाकै शल्यक्रिया कक्षमा सेवा दियौं ।'
ट्रमा गत माघ १८ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा आएको थियो । ट्रमाको सिद्धान्तविपरीत वीरले आफ्नो न्युरो र अर्थोको विभाग सारेर ओपिडीसहितको सेवा सञ्चालनमा ल्याएपछि २२ शड्ढयामात्रै जडान गरिएको थियो ।
डा. पण्डितका अनुसार भूकम्पको दोस्रो दिन अपरेसन गर्नुपर्ने बिरामीको सूची ज्यादै लामो भइसकेको थियो । दोहोरिरहेको धक्काले भवन हल्लाइरहेको थियो । अस्पताल प्रशासनले ट्रमाका सञ्चालनमा नआएका बाँकी ५ वटा शल्यक्रिया कक्ष तत्काल सञ्चालन तयारी सुरु गरिएको थियो ।
शल्यकक्ष फिनिसिङ सकिए पनि ओटी लाइट, टेबल जडान भइसकेको थिएन । 'ओटी लाइट, एनेस्थेसिया मेसिन, भेन्टिलेटर रातारात जोहो गर्न थालियो, त्यसपछि मात्र अपराह्नदेखि थप पाँच ओटी सञ्चालनमा ल्यायौं,' डा. पण्डितले भने, '२ सय विशेषज्ञ र ३ सयभन्दा बढी रेजिडेन्ट डाक्टर हामीसँग थिए । त्यसको पूर्ण क्षमता उपचारमा लाग्यो । '
डा. पण्डितका अनुसार करिब अढाई सय स्नातकोत्तर (विशेषज्ञ) अध्ययनरत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेजिडेन्टसहित करिब सय विशेषज्ञ चिकित्सकसमेत हुँदा आकस्मिक व्यवस्थापनका लागि जनशक्ति अभाव भएन । ट्रमाका लागि छुट्टै रूपमा झन्डै ४ सय जनशक्तिको दरबन्दी तय गरिए पनि पूरै दरबन्दीबिनै वीरकै जनशक्तिको भरमा सेवा जारी छ ।
साततले भवनका सबै तला सञ्चालनमा आइसकेका छन् । तर, अहिले पनि वीरअन्तर्गत नै भनेपछि ट्रमाको प्रशासनिक संरचना, आर्थिक प्रणाली कस्तो हुने भन्ने यकिन भएको छैन । वरिष्ठ चिकित्सकहरूले ट्रमा भनेपछि पूर्ण रूपमा आकस्मिक सेवा हुनुपर्ने र अन्य खालका इमर्जेन्सी र ओपिडी ट्रमा लान नहुने बताइरहेका छन् ।
इमर्जेन्सी व्यवस्थापन गर्ने क्रममा भवन चले पनि ट्रमाको अवधारणाअनुसार भने अझै सेवा सञ्चालनमा आउन सकेको छै् ।
दुर्घटनामा परेका बिरामीको हाडजोर्नीसँगै, मुटु, मिर्गौला, फोक्सो, टाउको, नाक, कान, घाँटी र विभिन्न शल्यक्रियादेखि थुप्रै खालका अंगमा एकै पटक समस्या हुन सक्ने भएकाले ट्रमामा सबै खालका विशेषज्ञ आवश्यक पर्छ । त्यसमा पनि गम्भीर अवस्थाका बिरामीका लागि भर्खर पढेका विशेषज्ञभन्दा अनुभवी चिकित्सक हुनुपर्ने मान्यता छ । भूकम्पपछि अवस्थामा व्यवस्थापन गरिएपछि यसरी सधैं चल्न नसक्ने चिकित्सकहरूको भनाइ छ ।
दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ १८ वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजराल र नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ट्रमाको संयुक्त शिलान्यास गरेका थिए ।
११ रोपनी क्षेत्रफलमा बनाइएको र करिब २७ हजार वर्गमिटरमा फैलिएको आठतले भवन भूकम्पप्रतिरोधात्मक छ । भौतिक संरचना निर्माणमा मात्रै १ अर्बभन्दा बढी खर्च भइसकेको बताउने भारतीय पक्ष करिब ५० करोड बराबरको उपकरण खरिद दिने जनाएको छ । सुरुमा मन्त्रालय र न्याम्सको विवादले ट्रमा सञ्चालन अन्योलमा परेको थियो । त्यसरी नचलेपछि मन्त्रालयले पुनः न्याम्सलाई फर्काएको थियो । त्यसपश्चात पनि ट्रमाका निर्देशक डा. अशोक बज्राचार्यले सनकमा मुद्दा हालेपछि ट्रमा अनिर्णयको बन्दी बनेको थियो ।
गत माघ २५ को सर्वोच्चको फैसलापछि भारत सरकारको सहयोगमा निर्मित राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालअन्तर्गत नै सञ्चालनमा आएको थियो ।
यसअघि मन्त्रिपरिषदको ०६९ वैशाख २१ गते न्याम्सको सहमतिबिना नै मन्त्रालयमातहत लाने निर्णय गरेको थियो । ०७० साउन १४ को निर्णय विकास समिति ऐनअनुसार गठन आदेश जारी गरेको थियो । त्यसपछि मन्त्रालय र न्याम्सबीचको विवादले ट्रमा सञ्चालन अन्योलपूर्ण बनेपछि मन्त्रिपरिषदले गत पुस ११ मा गठन आदेश खारेजी गर्दै ट्रमा पुनः वीरलाई फर्काउने निर्णय गरेको थियो । गठन आदेशसँगै ट्रमामा एक मात्र पदाधिकारी निर्देशक डा. अशोकरत्न बज्राचार्य पदमुक्त भएपछि उनले मन्त्रिपरिषद निर्णयविरुद्ध गत पुस २० गते सर्वोच्चमा रिट दायर गरे ।
डा. बज्राचार्यको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले पुस २४ गते अन्तरकालीन आदेश जारी गर्दैसरकारी निर्णय कार्यान्वयन हुन रोक लगाएको थियो । तर, दुई न्यायाधीश संलग्न इजलासले उक्त आदेश खारेज हुने निर्णय सुनाएपछि सञ्चालन हुन कुनै बाधा भएन ।