पर्याप्त स्टकले आपूर्ति सामान्य
१० जेष्ठ २०७२
•
८ मिनेट पाठ
पर्याप्त स्टकले आपूर्ति सामान्य
काठमाडौं- विगतमा सामान्य असहज परिस्थिति आउँदा पनि बजारमा पेट्रोलियम पदार्थको हाहाकार हुन्थ्यो । खाद्यान्नलगायत आवश्यकीय वस्तुको मूल्य अकासिन्थ्यो । वैशाख १२ गतेको महाभूकम्पले कैयौं जिल्लाको सडक सम्पर्क विच्छेद गरिदियो । खाद्यान्नलगायत अति आवश्यकीय वस्तु भण्डार गरिएका घर भत्किए । तर आपूर्तिमा प्रणालीमा कुनै समस्या देखिएन । न पेट्रोलियम पदार्थको हाहाकार भयो, न अत्यावश्यक वस्तुको मूल्य अकासियो ।वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाभूकम्पलगत्तै सबै संयन्त्र परिचालन ग¥यो । सरकारी स्वामित्वका खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडले ठूलो मात्रामा राहत सामग्री वितरण गरे, जसले राज्यको नाक जोगायो । मन्त्रालयले महाभूकम्पको पर्सिपल्ट (वैशाख १४ गते) नै खाद्य संस्थान र नेसनल ट्रेडिङलाई खाद्यान्नको उचित व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सोही अनुसार काम भयो । आजसम्म पनि त्यही संयन्त्रले काम गरिरहेको मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय बताउँछन् ।

'हामीले त्यो संयन्त्र नबनाएको भए आज राज्यको नाक जोगाउन समेत मुस्किल हुन्थ्यो,' उनले नागरिकसँग भने, 'कुनै पनि बहानामा आपूर्ति व्यवस्था रोकिएको छैन् ।' बजार अनुगमनलाई तीव्रता दिन उनले वाणिज्य विभागलाई निर्देशन दिएका थिए । सोहीअनुरुप अहिले बजार अनुगमन जारी छ ।

नेपाल आयल निगमले तेलको स्टक पर्याप्त बनायो । निगम प्रवक्ता मुकुन्द घिमिरे वैशाख १३ गतेबाट दैनिक ८ सय केएल (किलोलिटर) तेल बजारमा पठाएको बताउँछन् । अरुबेला दैनिक तीनदेखि ४ सय केएल इन्धन बजार जान्थ्यो ।

त्यो बेला ढुवानी तथा पेट्रोल पम्पले पनि राम्रो साथ दिएकाले आवश्यकताअनुसार तेल बाँड्न सफल भएको उनको भनाइ छ । निगमका कर्मचारी रातदिन खटेर भए पनि बजारमा तेलको अभाव हुन नदिएको घिमिरेले बताए ।

११ वैशाखसम्म निगमको थानकोट डिपोमा ८ हजार केएल डिजेल तथा १ हजार ५ सय केएल पेट्रोल स्टक थियो । इवाई इन्धन पनि ४ हजार ३ सय केएल रहेको निगमले जनाएको छ । महाविपत्तिको भोलिपल्टै रक्सौलबाट निमगले दैनिक हजार केएलका दरले इन्धन ल्याएको घिमिरेले बताए ।

१३ गतेबाट नै निगमले आपूर्ति व्यवस्था सहज बनाउन विभिन्न निकायसँग छलफल गरिरहेको थियो । सोहीअनुरुप भारतीय आयल कर्पोरेसन मागअनुसार तेल दिन सहमत भयो ।

खाद्य संस्थानले पनि पर्याप्त मात्रामा खाद्यान्न स्टक गरेर राखेको थियो । जुन आज पनि राहतको रुपमा सरकारले वितरण गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत वाणिज्य मन्त्रालयले खाद्य सामग्री पठाएको थियो ।

विदेशीले धेरैजसो चाउचाउ र पानीमात्रै ल्याएका थिए । चामल, नुन, चिनी जस्ता वस्तुको जोहो वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै ग¥यो । साल्ट्र ट्रेडिङसँग अहिले पनि मुलुकमा आवश्यक पर्ने नुन र चिनी स्टकमा छ । अहिले मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले माग गरेको अवस्थामा मात्रै राहत पठाउने निर्णय गरेको छ ।

पठाएको राहत जिल्लाका दुर्गम ठाउँसम्म पुग्न नसकेपछि मन्त्रालयले यस्तो तयारी थालेको हो । जुन सराहनीय छ । जनतालाई अहिले गाँसभन्दा पनि बासको आवश्यकता छ । यसतर्फ राज्यले सोच्नुपर्छ ।

वितद्को बेला एकअर्काबीच राम्रो समन्वय भएकाले बजारमा कुनै किसिमका गलत क्रियाकलाप हुन नपाएको मन्त्रालयको भनाइ छ । विपद्को बेला मन्त्रालयले बनाएको संयन्त्रले काम गरेको देखिएको छ । वाणिज्य विभागले म्याट्रेस, खानेपानी, जस्तापाता, खाद्यान्न जस्ता भूकम्पपीडितलाई आवश्यक पर्ने वस्तुको बजार अनुगमनलाई तीव्र पारेको छ । जसको प्रभाव बजारमा राम्रै देखियो ।

नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमले बाँडेको राहत सामग्री गुणस्तरहीन भएको गुनासो आयो । सरकारले बाँडेकोमा गुनासो आएको छैन । मन्त्रालयले बाँड्ने हरेक सामग्रीको गुणस्तर परीक्षण हुने गरेको छ । त्यसैले पनि अखाद्य वस्तु वितरण हुनबाट रोकियो ।

विपद् व्यवस्थापनको जिम्मा पाएको गृह मन्त्रालयले वाणिज्यबाट गएको तथ्यांकलाई नै आधार मानेर राहत सामग्रीको सूची बाहिर ल्यायो । भूकम्पपछि राहतको जिम्मा वाणिज्य मन्त्रालयलाई दिनुअघि नै सचिव उपाध्यायले एक सयंन्त्र बनाइसकेका थिए । आज पनि त्यही संयन्त्रले काम गर्दै आएको छ । सुरुमा त्रिपाल वितरणको जिम्मा पाएको सहरी विकास मन्त्रालयले चुस्तसँग वितरण गर्न नसकेपछि त्यसको जिम्मा पनि वाणिज्यलाई नै दिएको हो । अहिले त्रिपाल समेत वाणिज्य मन्त्रालयले बाँडिरहेको छ ।

बजारलाई चुस्त र दुरुस्त राख्न सचिव उपध्यायले मन्त्रालय मातहतका निकायलाई कार्यकक्षमै बोलाएर निर्देशन दिएका थिए । उक्त निर्देशन सबैले पालन गर्दा बजारमा अप्रिय त्यस्ता कुनै घटना हुन पाएनन् । यसअघि सामान्य समस्या देखापर्दा सबैभन्दा पहिले आपूर्तिमा संकट देखिन्थ्यो । यसपटक त्यसो हुन पाएन ।

बजारमा कालोबजारी, खाद्य सामग्री लुकाउने, चर्को मूल्यमा बिक्री गर्ने काम संकट परेको बेला बारम्बार दोहोरिन्थ्यो । अहिले सबैको सहयोगले छिटफुटबाहेक बजार राम्रैसँग चलेको छ । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले उपभोक्ता संरक्षण ऐनअनुसार बजार अनुगमन हुने गरेकोमा अहिले कालोबजारी ऐन अनुसार गरी दोषी पाइए सोहीअनुसार कारबाही गरिएको बताए ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस