झापा-वैशाख १२ को विनाशकारी भुइँचालो र त्यसपछिका पराकम्पले सुस्ताएको पूर्वी नाकामार्फत हुने आयात–निर्यात कारोबारले बिस्तारै गति लिन थालेको छ। काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमार्फत भारत तथा बंगलादेशलगायत तेस्रो मुलुकसँग भइरहेको कारोबार वैशाख दोस्रो सातापछि सुस्ताएको थियो।आयात–निर्यात कारोबारमा संलग्न व्यवसायी र भन्सार कर्मचारीका अनुसार भुइँचालोको विनाश र त्रास कायमै रहँदा व्यवसायीले सामान ल्याउने हिम्मत गरेका थिएनन्। विदेशीले नेपाली सामान माग गरिरहे पनि यताबाट मागबमोजिम केही पठाउन सकेका थिएनन्। ‘यसले भन्सार नाका हुँदै गरिने कारोबारमा भारी गिरावट आएको थियो,' मेची भन्सार कार्यालयका भन्सार अधिकृत गोपीकृष्ण उप्रेती भन्छन्, ‘तर एक–दुई दिनयता अवस्था सुध्रँदैछ। अब पहिलेजस्तै कारोबार हुने संकेत देखिएको छ।'
काँकडभिट्टा नाका हुँदै बर्सेनि खर्बौं रुपैयाँको कारोबार हुन्छ। मेची भन्सारले हरेक महिना तय गर्ने राजस्व असुलीको लक्ष्य नै कम्तीमा ४० देखि ५० करोड रुपैयाँसम्म हुन्छ। यो नाकाबाट बंगलादेशी जुस, चिनियाँ सामान, कोइला र सुपारी ठूलो परिमाणमा आयात हुन्छ। चिया, कुचो (अमि्रसो), जस्तापाता, चिराइतो, अलैंची र अन्य जडीबुटी पनि यही नाका हुँदै भारत तथा तेस्रो देश लगिन्छ। वैशाख १२ को भूकम्पपछिका तीन साता यी सबै सामान आयात तथा निर्यात ठप्पप्रायः रह्यो।
‘यस्ता सामान दिनहुँ कम्तीमा २० देखि ३० ट्रक तथा कन्टेनरमा आयात–निर्यात हुन्थे,' भन्सार अधिकृत उप्रेती भन्छन्, ‘तर, भूकम्पपछिको तीन साता मुस्किलले दिनमा एक–दुई ट्रक मात्र आउने–जाने भयो। अहिले भोलम अलि बढेको छ।' उनका अनुसार भुइँचालोको त्रासले धेरै व्यवसायीले कारोबार रोक्दा भन्सारको राजस्व लक्ष्य नै प्रभावित हुने अवस्था थियो। ‘वैशाखमा ४६ करोड राजस्व असुलीको लक्ष्य बनाएका थियौं,' उनले भने, ‘त्यो नपुग्ने खतरा थियो। अन्तिम दिनतिर ठूलो परिमाणमा सुपारी आउँदा ४६ करोड राजस्व उठ्यो।'
व्यवसायीका अनुसार सुपारी आयातमा राज्यले राजस्व बढाएका कारण अघिल्लो वर्षदेखि सुपारीभन्दा धेरै कोइला आयात हुन थालेको छ। ‘सुपारीमा राजस्वको दर बढेपछि आयात अलि निरुत्साहित छ,' आयात–निर्यातकर्ता पप्पु देव भन्छन्, ‘अचेल कोइला धेरै आउँछ। तर, भूकम्पपछि कोइला आउने क्रम ज्यादै सुस्त छ। मुख्य सामान नै कम आएपछि कारोबार त पूरै घटिहाल्छ।' उनका अनुसार यो सातादेखि आयात र निर्यात दुवैले गति लिने संकेत छ। ‘अब व्यवसायीले ल्याउने र पठाउने क्रम सुरु भएको छ,' उनले भने, ‘अर्डर पनि थपिन थालेको छ। अबको दुई तीन दिनभित्र व्यापार पुरानै अवस्थामा आउँछ।'
भुइँचालोको तीन सातासम्म पूर्वी नाका अधिकांश समय राहत सामग्री व्यवस्थापन र संकलनमै व्यस्त रह्यो। यो नाकाबाट करोडौं रुपैयाँ बराबरको राहत सामग्री पनि भित्रिएको छ। मेची भन्सारका अनुसार जेठ १२ सम्म राहत बुझ्ने निर्देशन छ। त्यसपछि पूरा समय कारोबारमै केन्द्रित हुने आशा कार्यालयको छ।