भूकम्प भयले धमाधम गर्भपतन
१६ जेष्ठ २०७२
•
१० मिनेट पाठ
भूकम्प भयले धमाधम गर्भपतन
काठमाडौं-कृपा शर्मा (नाम परिवर्तन) पाँचमहिने गर्भवती हुन्। वैशाख १२ र २९ दुई ठूला भूकम्प जाँदा उनी घरमै सुतिरहेकी थिइन्। सासूले उनलाई अत्याइन्– भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ। सासूको कुरा सुनेर उनी आत्तिइन्। उनलाई लाग्यो– अपांग बच्चा जन्माउनुभन्दा गर्भ तुहाउनु बेस।यस्तो सोचेर उनी स्त्रीरोग विशेषज्ञ डा. शिलु अर्यालकहाँ पुगिन्। डा. अर्यालले उनलाई भूकम्पले गर्भको बच्चालाई कुनै असर नगर्ने प्रस्ट पार्दै बरु अल्ट्रासाउन्ड गराएर आफैं आश्वास्त हुन सुझाइन्। 
अल्ट्रासाउन्ड गर्दा बच्चाको अवस्था ठिक देखियो। बल्ल उनी ढुक्क भएर फर्किइन्।
यस्तो समस्या कृपालाई मात्र होइन, भूकम्प जाँदा गर्भमा बच्चा रहेका प्राय गर्भवतीमा देखिन्छ। कारण, भूकम्पका बेला चलमल नगरी सुतिरहने गर्भवतीको गर्भ नै तुहिन्छ वा अपांग बच्चा जन्मिन्छ भन्ने अन्धविश्वास समाजमा व्याप्त छ।
कृपाले त सुझबुझसाथ भ्रम चिरिन्, उनीजस्ता थुप्रै गर्भवती गर्भपतन गराउन अग्रसर हुँदा यो क्रम ह्वात्तै बढेको चिकित्सक बताउँछन्।
‘गर्भमा भूकम्पले भेटेका बच्चा राम्रो हुँदैनन्' भन्ने समाजमा प्रचलित गलत मान्यताले थुप्रै गर्भवती गर्भपतन गराउन स्वास्थ्य संस्था धाइरहेको उनीहरुको अनुभव छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले केही दिनअघि यस्तै अन्धविश्वासले पारिवारिक दबाबमा एक महिलाले गर्भपतन गराएको सुनाए। 
‘गर्भपतन गराउन आएका थुपै्रलाई मैले केही हुँदैन भनेर कन्भिन्स गराएर पठाएँ,' उनले भने, ‘केही दिनअघि एक महिलाले पारिवारिक दबाब झेल्न नसकी गर्भपतन नै गराइन्।' ती महिलालाई धेरै वैज्ञानिक तथ्य सुनाउँदा पनि नमानेको रिजालले सुनाए। 
‘बच्चा केही भएमा घरपरिवारले जीवनभर तनाब दिन्छन् भन्दै ती महिलाले अड्डी लिएर गर्भपतन गराइन्,' उनले भने, ‘अहिले हामी डाक्टरले पनि गर्भपतन गराउन आएकालाई केही फरक पर्दैन भनेर कन्भिन्स गराउन कोसिस गर्नुपर्छ।' 
रिजालका अनुसार अहिले नियमित गर्भजाँच (एन्टिनेटरचेकअप) गर्न आएका मध्ये २५ प्रतिशत भूकम्पपछिको भ्रम लिएर गर्भपतन गराउन आइरहेका छन्। उनीहरुलाई काउन्सिलिङ गरेर पठाइएको उनले सुनाए।
परिवार स्वास्थ्य महाशाखाकी डा. अर्यालका अनुसार भूकम्पभन्दा पनि अवैज्ञानिक अन्धविश्वासले जन्माएको त्रास गर्भवतीका लागि चुनौती बनेको छ। 
अर्की स्त्रीरोग विशेषज्ञ डा.ज्योति अग्रवालले अहिलेको अवस्थामा बच्चा बाहिरभन्दा गर्भभित्रै सुरक्षित छ भनेर सम्झाउने गरेको बताइन्। ‘भौतिक रुपमा भूकम्पले गर्भमा रहेको बच्चालाई केही असर गर्दैन तर आमाले यही कुरा सोचेर तनाब लिने हो भने बरु असर पर्न सक्छ,' उनले भनिन्, ‘अनावश्यक भागदौड, कतै ठोक्कियो वा लड्यो भनेचाहिँ बच्चाको अवस्था जाँच्नुपर्छ, अन्यथा डराउनुपर्दैन।' 
गर्भवती अवस्था निकै संवेदनशील भएकाले यस्तो अवस्थामा महिलामा आत्मविश्वास र आत्मबल बढाउन पनि वैज्ञानिक र प्रमाणित कुरा गर्न निकै जरुरी उनको भनाइ छ। 
स्त्रीरोग विशेषज्ञ डा. अग्रवालले धेरै महिलाले अर्काले भनेका आधारमा भूकम्पपछि अपांग, लुलो–लँगडो बच्चा जन्मिन्छन् भन्ने अन्धविश्वासका कारण त्रास पालेर हिँडेको भेटेको सुनाइन्। 
समुदाय र परिवारमा भूकम्प गएका बेला पहिले पनि यस्तो–यस्तो भएको थियो रे भन्दै अपुष्ट र भ्रमपूर्ण तर्क गरेर महिलाको मनोबल कमजोर बनाउने प्रवृत्ति रहेको उनले सुनाइन्। 
‘गर्भलाई निरन्तरता दिन सक्दिनँ कि भन्ने आत्मबल घटाएको छ,' उनले भनिन्, ‘खास कुरा बुझेर र बुझाएर गर्भवतीको आत्मबल बढाउनतिर लाग्नुपर्ने अवस्था छ।'
डा. अर्यालका अनुसार गर्भअवधि ६/७ महिना भएकाहरुमा पनि जोखिम नलिऊँ भन्दै गर्भपतन गराउने प्रवृत्ति बढ्दो छ। अधिकांश स्त्रीरोग विशेषज्ञले सकेसम्म गर्भपतन नगराउन सल्लाह दिने भएकाले गर्भपतनका लागि मात्रै खुलेका संस्थामा यो दर अझै बढेको हुन सक्ने डा. अर्याल बताउँछिन्। यसको स्पष्ट रिपोर्ट देखिन केही महिना लाग्ने उनको आँकलन छ।
डा. अग्रवालले भूकम्पले भन्दा यस्तो समयमा असुरक्षित बसाइ, पोषणयुक्त खाना अभाव, मानसिक तनाबजस्ता पक्षले गर्भवती र गर्भमा रहेको बच्चा दुवैलाई असर पुर्यासउने बताइन्।
‘जथाभाबी खानपान, असुरक्षित बसाइजस्ता कुराचाहिँ त्याग्नुपर्छ,' उनले भनिन्। 
मानसिक रोगविशेषज्ञ डा. सरोज ओझाले भूकम्पको डेढदेखि २ महिनापछि मात्रै यसको मनोसामाजिक असर गम्भीर रुपमा देखिन सक्ने भएकाले गर्भवतीलगायत संवेदनशील समूहका मानिसलाई आत्मबल बढाउन काउन्सिलिङ जरुरी रहेको बताए। 
‘हामीले शिक्षण अस्पतालका तर्फबाट सिन्धुपाल्चोकका शिविर वा अस्पतालमै पनि मनोसामाजिक परामर्श र उपचार कार्यक्रम सुरु गर्दैछौं,' उनले भने, ‘गर्भवती हाम्रो पहिलो प्राथमिकतामा पर्छन्।'
नेपालमा प्रत्येक वर्ष करिब साढे ७ लाख महिला गर्भवती हुने सरकारी तथ्यांक छ। जसमध्ये अढाई लाखले अनिच्छित गर्भधारण गर्छन्। त्यसमा करिब ९५ हजारले सूचीकृत संस्थाबाट गर्भपतन गराइरहेको र बाँकीले असुरक्षित तबरले गर्भपतन वा गर्भलाई निरन्तरता दिइरहेका सरकारी अधिकारी बताउँछन्। 
विश्व जनसंख्या कोष (युएनएफपिए) का अनुसार यतिबेला नेपालका भूकम्प प्रभावित क्षेत्रमा करिब १ लाख २६ हजार महिला गर्भवती छन्। उनीहरुलाई अहिले मनोबल बढाउने कार्यक्रमसँगै भूकम्पले गर्भमा असर गर्दैन भन्ने काउन्सिलिङ गरिए मातृ तथा बाल मृत्यदर घटाउन सकिने विज्ञहरु बताउँछन्।
चिकित्सकहरु सघन परामर्श र काउन्सिलिङबाट महिलालाई गर्भपतन गराउने सोचबाट बाहिर ल्याउन विशेष कार्यक्रम आवश्यक रहेको सुनाउँछन्। 
सरकारले २०६० मै ‘सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति' ल्याएर यसलाई कानुनी मान्यता दिएको हो। सरकारले गर्भलाई पूर्ण रुपमा महिला मात्रैको अधिकारका रुपमा व्याख्या गरेर विशेष परिस्थितिमा १८ हप्तासम्मको समेत गर्भपतन गराउन अनुमति दिएको छ। तर त्यस्तो सेवा सूचीकृत संस्था र चिकित्सकबाट मात्रै लिनुपर्छ। डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालिम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ। तालिमप्राप्त जोकोहीबाट आठ हप्तासम्मको र विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ।
१८ हप्ताको गर्भपतन सेवा विशेष स्त्रीरोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ। विकलांग, गर्भवतीको मानसिक सन्तुलन गुमेको र बलात्कारबाट गर्भ रहेको अवस्थामा मात्र प्रक्रिया पुर्यानएर १८ हप्तासम्मको गर्भ विशेषज्ञबाट पतन गराउन कानुनले तोकेको छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस