काठमाडौं- दुद्य विकास संस्थानका महानिर्देशक गंगा तिमल्सिनाले प्राविधिक कारणले दुध फाटेको हुनसक्ने बताएका छन्। शनिबार बेलुका दुध चिस्यान केन्द्रमा लाइन नभएका कारण यस्तो भएको हुनसक्ने उनले जानकारी दिए। ‘कोल्ड स्टोरमा हिजो बेलुका बत्ति गएकाले यस्तो भएको हुनसक्छ,’ उनले नागरिकन्युजसँग भने, ‘यसबारे थप अनुसन्धान गर्न निर्देशन दिएको छु।’प्राविधिक कमजोरीले गर्दा उपभोक्तामा पर्न गएको असरप्रति आफूँहरु सजक रहेको बताउँदै महानिर्देशक तिमल्सिनाले फाटेको दुध भोली सोमबारको दुधसँग समेत साट्न सकिने बताएका छन्।
आज बिहान उपत्यकामा वितरित दुध फाटेको हो। यता कृषि विकास मन्त्रालय स्रोतले भने धेरै दिनको बासी दुध बेचेर यस्तो भएको हुनसक्ने बताएको छ।
आज बिहान उपत्यकामा वितरित दुध फाटेको हो। यता कृषि विकास मन्त्रालय स्रोतले भने धेरै दिनको बासी दुध बेचेर यस्तो भएको हुनसक्ने बताएको छ।