स्वदेशी वस्तुको उपयोग निर्देशिका पारित
१७ जेष्ठ २०७२
•
७ मिनेट पाठ
स्वदेशी वस्तुको उपयोग निर्देशिका पारित
काठमाडौं- महँगो पर्ने भए पनि सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य उपयोग गर्नुपर्ने भएको छ। मन्त्रिपरिषदले 'सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१' पारित गरेपछि यो अनिवार्य भएको हो। वैशाख १७ गतेको मन्त्रिपरिषदले २०६९ को निर्देशिका संशोधन गरी पारित गरेको हो।
'अब सार्वजनिक निकायमा अनिवार्य रुपमा स्वदेशी वस्तु उपयोग गर्नु पर्नेछ,' उद्योगमन्त्री महेश बस्नेतले आइतबार नागरिकसँग भने, 'यो स्वदेशी वस्तु प्रवर्द्धनको लागि महŒवपूर्ण कदम हो।' स्वदेशी उद्योगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न नयाँ निर्देशिका ल्याइएको हो।

निर्देशिका अनुसार सार्वजनिक निकायले विदेशी वस्तुको तुलनामा महँगो परे पनि सार्वजनिक खरिद ऐन तथा सालबसाली आर्थिक ऐन बमोजिम स्वदेशी नै किन्नुपर्नेछ। पुरानो निर्देशिकामा १० प्रतिशतसम्म महँगो स्वदेशी सामानमात्र किन्न सकिने प्रावधान थियो।

सार्वजनिक निकायले विनियोजित बजेटको अधीनमा रही आफूले उपयोग गर्ने वस्तुको कम्तीमा ५० प्रतिशत स्वदेशी किन्नुपर्ने प्रावधान हटाएर स्वदेशी नै किन्नुपर्ने बुँदा निर्देशिकामा थपिएको छ।

नयाँ निर्देशिकाले गुणस्तर चिह्न प्राप्त नगरेका स्वदेशी मालसामान पनि प्रयोग गर्न छुट दिएको छ। यसअघिको निर्देशिकामा गुणस्तर चिह्न प्राप्त वस्तु उपयोग गर्नुपर्ने व्यवस्था थियो। यो व्यवहारिक नभएकाले संशोधन गरिएको मन्त्री बस्नेतले बताए। स्थानीय स्तरमा सानातिना घरेलु उद्योगबाट उत्पादित वस्तुमा गुणस्तर चिह्न प्रयोग नहुन सक्ने मन्त्रालयको भनाइ छ।

बोलपत्रद्वारा किन्दा कम्तीमा तीन प्रतिस्पर्धी सहभागी हुनुपर्ने प्रावधान संशोधन गर्दै प्रतिस्पर्धी उपलब्ध हुन नसके एक तहमाथिको निकायको अनुमतिमा तीनभन्दा कम प्रतिस्पर्धी भए पनि स्वदेशी वस्तु किन्न सकिने प्रावधान राखिएको छ।

नयाँ निर्देशिकामा सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गर्दा उपसमितिले निर्धारण गरे बमोजिम गुणस्तरीय मात्र किन्नुपर्ने प्रावधान छ। पुरानो निर्देशिकामा कर्मचारी पोसाकमा स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था भएकोमा अहिले 'सार्वजनिक निकायमा कार्यरत कर्मचारीले उपलब्ध भएसम्म स्वदेशी वस्तुबाट निर्मित पोसाक प्रयोग गर्नुपर्ने' भनी किटान गरिएको छ।

सार्वजनिक निकायले निर्देशिकाबमोजिम स्वदेशी वस्तु प्रयोग गरे–नगरेको सम्बन्धमा स्थानीयस्तरमा आफ्नो कार्य क्षेत्रभित्रका सार्वजनिक निकायको परिभाषाभित्र परेका जुनसुकै निकायका उपसमितिले, केन्द्रमा सम्बन्धित मन्त्रालय र अन्य सार्वजनिक संस्था वा निकायमा आ–आफ्ना माथिल्ला निकायबाट नियमित अनुगमन गरी प्रतिवेदन समितिको सचिवालयमा पठाउनु पर्ने व्यवस्था थप गरिएको छ। पुरानो निर्देशिकामा प्रमुख जिल्ला अधिकारी र केन्द्रस्तरमा सम्बन्धित मन्त्रालयलाई अनुगमनको जिम्मेवारी थियो।

यसअघिको निर्देशिकामा सार्वजनिक निकायले प्रयोग गर्नुपर्ने स्वदेशी वस्तु एक दर्जनमात्र थियो। यो दायरा बढाएर नयाँ निर्देशिकाले ७ भागमा वर्गीकरण गरी उल्लेख गरेको छ। निर्देशिकामा स्टेसनरी, कार्यालय सामान तथा सुरक्षण मुद्रणबाहेकका छपाइसम्बन्धी र अन्य काममा नेपाली हातेकागज तथा कागजबाट निर्मित सामग्री, ब्राउन पेपर, पेन्सिल, डटपेन, नेपाली खाम, नोटबुक डायरी, चक बोर्ड मार्कर, फाइललगायत सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था छ।

सार्वजनिक निकायमा प्रयोग हुने पोसाक, उपहारका सामान पनि स्वदेशी हुनुपर्नेद्धछ। यसमा गलैँचा तथा उनी कार्पेट, रेशा, ऊन, ढाका, पस्मिना, जुट, परम्परागत हस्तकला, काष्ठकला, गुडिया, खेलौना पनि पर्छन्।

फर्निचर, फर्निसिङ तथा साजसज्जाका सामग्री, मेसिनरी औजार तथा बिजुलीका उपकरणमा ट्रान्सफर्मर, कम्प्युटर सफ्टवेयर, सुक्खा ब्याट्री, कृषि कार्यमा प्रयोग हुने मेसिनलगायत नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने प्रावधान निर्देशिकामा छ।

निर्माण सामग्रीमा सिमेन्ट, छड, इँट्टा, टायल, रंगरोगन, धातुजन्य वस्तु स्वदेशी प्रयोग गर्नुपर्नेछ। कृषि तथा पशुजन्य उत्पादन र सबै प्रकारका खाद्य वस्तु, दही, दूधका विभिन्न परिकार, अन्डा मासु, चिया, फलफूल पनि स्वदेशी नै प्रयोग गर्नुपर्छ। प्राकृतिक जडिबुटीजन्य वस्तुमा नेपालमा उत्पादित आयुर्वेदिक लगायत सबै प्रकारका औषधी, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकेका अन्य मालसान प्रयोग गर्नुपर्ने छ।

निर्देशिकाले स्वदेशी वस्तुको खरिद प्रक्रियालाई निर्देशिकामा भएका प्रावधानबाहेक सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावलीका अधीनमा रहेर किन्नुपर्ने उल्लेख गरेको छ।

सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले सार्वजनिक निकायसमक्ष उत्पादनको प्रमाणपत्र, उत्पादनको गुणस्तर र मापदण्डसहितको विवरण संलग्न राखी आफ्नो नाम सूचीकृत गराउनु पर्नेछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस