चितवन- भूकम्पका कारण बन्द भएको मनकामना केबलकार सञ्चालन हुने दिन अझै अनिश्चित छ। भूकम्पबाट केबलकार, टावर र अन्य संरचनामा क्षति भएको छैन। तर मनकामना मन्दिरमा असर गरेका कारण केबलकार सञ्चालनमा अन्योल छ। भूकम्पले मन्दिर ढल्किएपछि टेको लगाएर राखिएको छ। पूजारीले नित्यपूजाबाहेक अरु गरेका छैनन्।चितवनको कुरिनटारबाट गोरखाको मनकामना जान २०५४ साल मंसिर ८ गतेबाट केबलकार सेवा सुरु भएको थियो। दिनमा कम्तीमा दुई हजार र बढीमा ६ हजारजनासम्म केबलकारबाट मनकामना जाने–आउने गरेको केबलकारका उप महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।
'शनिबार र देवीको विशेष पूजा हुने बेला दिनमा ६ हजारसम्म पुग्छन्। नभए २–३ हजार कहिल्यै टुट्दैथ्यो,' कायस्थले भने। वर्षमा १० लाख जति भक्तजन केबलकारबाट मनकाना दर्शन गर्न जाने गरेको उनले जानकारी दिए। केबलबार बन्द हुँदा पाँच करोड रुपैयाँ हाराहारी नोक्सान भएको कायस्थको भनाइ छ।
मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठका अनुसार भूकम्पअघि नै मनकामना मन्दिर दक्षिण–पश्चिमपट्टि ६ इन्च ढल्केको थियो। भूकम्पपछि थप ६ यन्च ढल्केर एक फिट कोल्टो परेपछि भित्र पसेर पूजा गर्न डर छ। पूजारीलाई बाहिर वा आएका भक्तजनलाई सुरक्षा प्रबन्ध मिलाएरभित्रै पूजा गर्न दिने व्यवस्था मिलाउन सके केबलकार पनि चल्ने अवस्था रहेको श्रेष्ठले बताए।
एक फिट नै ढल्केपछि मन्दिर पूरै भत्काउन लागेको श्रेष्ठले जानकारी दिए। मन्दिर भत्काउन खट बाँध्ने काम सुरु भएको र एक हप्तापछि खट बाँधेर सकिने उनले बताए। 'खट बाँधेर सकेको एक महिनाभित्र मन्दिर पनि भत्काइसक्ने योजना छ। मन्दिर भत्काएपछि मुख्य मौलोमा पूजा सुरु होला अनि केबलकार पनि चल्ला,' श्रेष्ठले भने।
भत्काउने काम नसकिए पनि बाहिर पूजा गर्न चाहने भक्तहरुलाई सेवा दिने योजना रहेको श्रेष्ठले बताए। 'कोही कोहीको भाकल समय गुज्रन सक्छ। विदेश जानुपर्ने पनि हुन सक्छ। पर्खन नसक्नेलाई मन्दिरबाहिरै पूजा गर्ने सुविधा दिने योजना पनि छ,' श्रेष्ठले भने। मन्दिर निर्माण सुरु भएपछि पूरा हुन दुई वर्ष लाग्ने उनले बताए।
मन्दिर निर्माणका लागि पाँच करोड रुपैयाँ जम्मा भइसकेको संयोजक श्रेष्ठले जानकारी दिए। जीर्णोद्धारका लागि मन्दिर वैशाख २१ गते भत्काउने तयारी भएकै बेला १२ गते भूकम्प गएको थियो। १२ गतेपछि बन्द रहेको केबलकार वैशाख २७ मा खुलेको थियो। त्यसपछि वैशाख २९ मा अर्को ठूलो पराकम्पन गएपछि बन्द छ।
केबलकारमा एक सय २४ जनाले रोजगारी पाएको उपमहाप्रबन्धक कायस्थले बताए। ३–४ महिनाको बीचमा नियमित मर्मतका केबलकार ३–४ दिनसम्म बन्द हुन्थ्यो। एकपटक मजदुर आन्दोलनका कारण पनि केबलकार एक महिना बन्द भएको थियो। मनकामना मन्दिर तीन सय वर्ष पुरानो हो। भूकम्पका दिन मन्दिर वरपर सयौं जम्मा थिए। आडमा बन्दै गरेको घरको झ्याल खसेर एकजनाको निधन भएको थियो।