काठमाडौ-भूकम्पका अनुकम्पन केही मत्थर भएकाले राजधानीवासीमा सोमबार तनाब अलि कम देखिन्थ्यो। घट्दो तनाबबीच अनुहार भने लछप्पै भिजेका देखिन्थे, पसिनाले।
केही दिनयता बढ्दो राजधानीको तापक्रमले सोमबार नेटो काट्यो, राजधानीवासीले तीन वर्षयताकै बढी गर्मी महसुस गरे। लगातार तापक्रम वृद्धिले पिल्सिरहेको पश्चिम नेपालमा त बुधबारदेखि ‘लु' नै चल्ने सम्भावना औंल्याइएको छ।मौसम पूवार्नुमान महाशाखाका मौसमविद सुवास रिमालले भने, ‘काठमाडौंमा सोमबारको अधिकतम तापक्रम ०६९ जेठ ३१ गतेपछिको सबैभन्दा बढी हो।'
उनका अनुसार ०६९ जेठ ३१ गते काठमाडौंको अधिकतम तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो। त्यसयताको सबैभन्दा बढी सोमबार ३३ दसमलब ५ डिग्री सेल्सियस पुग्यो। पश्चिम नेपालको तापक्रम बुधबारदेखि अझ बढ्न सक्ने उल्लेख गर्दै रिमालले ‘लु' को खतरा औंल्याए।
छिमेकी मुलुक भारतमा चलेको ‘लु' को नेपालसँग कुनै सम्बन्ध नभए पनि पानी पर्ने आधार तत्काल नदेखिएकाले त्यो समस्या पश्चिम नेपालमा पनि देखिन सक्ने उनको तर्क छ।
‘हामीले सोमबारलाई तीन वर्षयताकै तातो दिन भन्दा हुन्छ। यसबीचमा सोमबारको जति तापक्रम कहिल्यै भएको थिएन,' रिमालले नागरिकस“ग भने।
त्यसो त काठमाडौंको अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ०४६ वैशाख २५ गते ३६ दसमलब ६ डिग्री सेल्सियस पुगेको थियो। त्यसयता ०६६ चैत ३१ गते ३४ दसमलब ६ र ०६९ चैत ३० मा ३३ दसमलब ४ डिग्री सेल्सियस पुगेको थियो।
‘काठमाडौं वरपरका थुम्काहरुमा अलिअलि बादल लाग्नेबाहेक आकाश पूरै सफा छ। आकाशमा पानी पर्नका लागि चाहिने जलवाष्पको अभाव त्यत्तिकै छ। प्रारम्भिक मनसुन पूरै निष्त्रि्कय भएको अवस्था छ। त्यसैले तापक्रम बढिरहेको छ,' रिमालले काठमाडौको आकाशको चित्रण गरे।
यसैगरी, आइतबार दाङको तापक्रम अत्यधिक तापक्रमको नजिक पुग्यो। आइतबार दाङको तापक्रम ३९ दसमलब ९५ डिग्री सेल्सियस पुगेको थियो जब कि अहिलेसम्मको दाङको अत्यधिक तापक्रम ४१ डिग्री सेल्सियस हो। ०६९ जेठ ३२ गते दाङ सबैभन्दा बढी तातेको थियो।
‘आइतबार दाङका लागि त्यसपछिको सबैभन्दा तातो दिन भएको छ,' रिमालले भने।
त्यसो त अहिले यस वर्ष पश्चिम नेपालको तापक्रम अत्यधिकभन्दा बढी नभए पनि तापक्रम वृद्धि भने उदेकलाग्दो भएको रिमालले बताए। उनका अनुसार दिपायल, डडेल्धुरा, धनगढी, नेपालगन्ज, दाङको तापक्रम बढेको बताए। ‘यसअघिका अत्यधिक तापक्रमभन्दा बढी मापन नभए पनि अत्यधिकको नजिक–नजिक पुगेका छन्,' रिमालले भने।
दिपायलमा यसपटक सबैभन्दा गत १२ गतेको अधिकतम तापक्रम ४३ दसमलब ८ डिग्री सेल्सियस पुगेको थियो। जब कि दिपायलको अहिलेसम्मकै सबैभन्दा बढी अधिकतम तापक्रम ०६२ जेठ २९ मा ४४ दसमलब २ डिग्री सेल्सियस पुगेको थियो। सोमबार भने यहा“को तापक्रम ३८ दसमलब ८ डिग्री सेल्सियस थियो।
यसैगरी, धनगढीको तापक्रम यस वर्ष गत ९ गते ४१ दसमलब शून्य ९ डिग्री सेल्सियस पुगेको थियो। यहा“को अहिलेसम्मको अत्यधिक तापक्रम ०५२ असार २ गते ४६ दसमलब ४ डिग्री सेल्सियस पुगेको थियो। सोमबार धनगढीको तापक्रम ४० दसमलब २ डिग्री सेल्सियस थियो।
रिमालले सोमबार र मंगलबार पश्चिम नेपालको आकाशमा हल्का बादल भएकाले तापक्रम स्थिर हुनसक्ने औंल्याए। ‘बुधबारदेखि पश्चिम नेपालको तापक्रम अझै बढ्न सक्छ र लु चल्ने सम्भावना त्यत्तिकै छ,' उनले भने।
नेपालगन्जको तापक्रम पनि यसपटक त्यत्तिकै बढी देखिन्छ। गत ९ गते नेपालगन्जको अधिकतम तापक्रम ४२ दसमलब ३५ डिग्री सेल्सियस पुगेको थियो। जब कि ०६९ असार १ गत नेपालगन्जको अहिलेसम्मकै अत्यधिक तापक्रम ४५ डिग्री सेल्सियस पुगेको थियो। भैरहवाको यस वर्षको सबैभन्दा बढी तापक्रम गत ९ गते ४० दसमलब ४५ डिग्री सेल्सियस पुगेको थियो। यहा“को अहिलेसम्मको अत्यधिक तापक्रम ०५५ जेठ २७ गते ४४ दसमलब ८ डिग्री सेल्सियस पुगेको थियो।
मौसमविद रिमालले तापक्रम वृद्धिले पश्चिम नेपाललाई सबैभन्दा बढी प्रभाव पार्ने बताए। ‘हिजोसम्म तराई बलिरहेको थियो। सोमबार हल्का बदली भएर तापक्रम अलि कम भएको हो,' उनले भने, ‘यो बादल मंगलबारपछि हराउने सम्भावना त्यत्तिकै छ। लु समस्याका रुपमा देखा पर्न सक्छ।' रिमालले मध्यनेपालको तराई क्षेत्रमा पनि तापक्रम बढ्न सक्ने बताए।
तापक्रम वृद्धिका हिसाबले पूर्वी नेपाल भने सुरक्षित छ। ‘यहा“ बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायुले दिनहु“ वर्षा जारी छ,' उनले भने, ‘यो हावा मध्यनेपालसम्म आइपुग्दैन, त्यसैले पूर्वी नेपालको तापक्रम त्यति बढ्ने देखिन्न।'
भारतको राजस्थान मरुभूमिबाट तातो हावा चल्नु स्वाभाविक मान्छन् रिमाल। यो हावा पश्चिमबाट पूर्वतर्फ आइरहेको छ। ‘यो हावाले तापक्रम घटाउँदैन। तापक्रम घटाउन पानी नै पर्नुपर्ने हुन्छ,' उनले भने। रिमालका अनुसार पश्चिम नेपालमा अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आउने सम्भावना पनि छैन।
प्रारम्भिक मनसुन पनि सक्रिय भएर पानी पर्न नसकेको र आकाश सधैं सफा भइरहने भएकाले सूर्यको तापले तापक्रम बढाइरहेको उनको तर्क छ।
‘त्यसैले बुधबारदेखि तापक्रम अझ बढेर पश्चिम नेपालमा लु चल्ने सम्भावना देखिन्छ,' रिमालले भने।