काठमाडौं-देशमा विपत्ति परेको बेला पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भएपछि नेपाल आयल निगमले दुई घन्टा बित्न नपाउँदै मूल्य बढाउने निर्णय फिर्ता लिएको छ।निगमले सुरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको निर्देशनमा डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँका दरले बढाएको थियो। सत्ता साझेदार दलहरु र प्रधानमन्त्री सुशील कोइरालाको दबाबपछि मन्त्री थापाले पुरानै मूल्यमा फर्किन निर्देशन दिनु परेको थियो।
निगम प्रवक्ता मुकुन्द घिमिरेले मूल्यवृद्धिको निर्णय फिर्ता गरेको पुष्टि गरे। नियम सञ्चालक समिति सदस्यले सोमबार दिउँसोको बैठकमा विपत्तिको बेला मूल्य नबढाउँदा राम्रो हुने सुझाव दिएका थिए। तर मन्त्री थापाले स्वचालित मूल्य प्रणाली कार्यान्वयन भएकाले फरक नपर्ने भन्दै मूल्य बढाउनु पर्ने तर्क गरे। स्वचालित मूल्य कार्यान्वयनमा नल्याए निगमको विश्वसनीयतामा प्रश्न उठ्ने पनि मन्त्री थापाको तर्क थियो।
सत्ता साझेदार दलहरुले मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएपछि मन्त्री थापा अर्को निर्देशन दिन बाध्य भएका थिए। यो बेला मूल्यवद्धि गर्दा राजनीतिक रुपमा घाटा हुने ठानेर प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले आपत्ति जनाएका थिए।
मुलुक भूकम्पको विपत्तिमै रहेको बेला निगमको नाफा ६१ करोड ७७ लाख रुपैयाँ छ। सरकारी स्वामित्वको निगमले स्वचालित मूल्य कार्यान्वयनमा ल्याएयता इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार घढबढ हुँदै आएको छ। निमग प्रवक्ता घिमिरेका अनुसार मे महिनामा भारतमा दुईपटक पेट्रोल र डिजेलको मूल्य बढेको थियो।