काठमाडौ-भूकम्पप्रभावित जिल्लामा व्यापारीले चर्को मूल्यमा जस्तापाता बेचेको गुनासो बढेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले अनुगमन टोली खटाउन लागेको छ।वैशाख ११ गतेको मूल्यमा बिक्री नगरी बढी लिएको उजुरी परेकाले जस्तापाता बिक्री हुने मुख्य नाका र जिल्लामा अनुगमन गर्ने तयारी भएको विभागका महानिर्देशक शम्भु कोइरालाले बताए। ‘५–६ जिल्लामा अनुगमन गर्ने गरी टोली गठन गरिएको छ,' उनले नागरिकसँग भने, ‘मुख्य नाकामा अनुगमन गरेपछि जिल्लास्तरमा ठगी रोकिन्छ।'
विभागका अनुसार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटमा अनुगमन गरिनेछ। ‘विभाग कर्मचारीलाई विभिन्न समूह बनाएर जिल्ला पठाइसकेका छौं,' उनले भने, ‘ठगेको पाइए तत्काल कारबाही गर्ने अख्तियारी उनीहरुलाई दिइएको छ।'
वैशाख ११ गतेकै मूल्यमा जस्तापाता बेच्ने गरी सरकार र व्यवसायीबीच सम्झौता भए पनि व्यापारीले लत्याएकाले अनुगमन सुरु भएको हो। काभ्रेको बनेपा, दोलखाको चरिकोट, सिन्धुपाल्चोकको चौतारा, धादिङलगायत क्षेत्रमा दैनिक अनुगमन गरी गल्ती पाइए तत्काल कारबाही गर्ने विभागले जनाएको छ। उत्पादन लागतसमेत हेरेर व्यवसायीकै सहमतिमा मूल्य निर्धारण गरिएको पनि महानिर्देशक कोइरालाले बताए।
जस्तापाता किन्न सरकारले भूकम्पप्रभावित परिवारलाई १५ हजार रुपैयाँका दरले नगदै दिने निर्णय गरेको छ। गत बुधबार विभागले जस्तापाता उत्पादकसँग छलफल गर्दा उनीहरुले साबिककै मूल्यमा बेच्ने जनाए पनि व्यवहारमा त्यसो नभएकोले अनुगमन गर्न खोजेको कोइरालाले बताए। खटिएका टोलीले सात दिनसम्म फिल्डमै बसेर अनुगमन गर्ने र कैफियत भेटिए समातेर तत्काल प्रहरीकहाँ बुझाउने उनले जानकारी दिए।
अनुगमनको क्रममा चाबहिल चुच्चेपाटीका सुन्दरकुमार श्रेष्ठले एक बन्डल जस्तापातामा आठ सय रुपैयाँ बढी लिएको भेटेपछि समातेर हनुमान ढोका पुर्याठएको कोइरालाले जानकारी दिए। ‘उनको खानीखोला इन्टरप्राइजेजले जस्तापाता बेचेको बिल हेर्दा प्रतिबन्डल आठ सय रुपैयाँ बढी लिएको पाइयो,' उनले नागरिकसँग भने, ‘उनीविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी छ।'
मूल्य तोकिसकेकाले अनुगमन गर्न सहज हुने कोइरालाको भनाइ छ। जस्तापाता उत्पादकले राष्ट्रमा विपत्ति आएको बेला सबै मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि खुद्रा व्यापारीले ठगी गरेको गुनासो बढेको विभागको भनाइ छ।