काठमाडौं-भूकम्पपछिको पुनर्निर्माणमा चाहिने जस्तापाताको अभाव भएपछि सरकारले २४ सै घन्टा बिजुली दिएर उद्योग सञ्चालनको वातावरण बनाइदिने भएको छ। उद्योगीले मागअनुसार आपूर्ति गर्न रातदिन उद्योग सञ्चालन गर्नुपर्ने बताएपछि सरकारले यस्तो कदम चालेको हो।सरकारको आग्रहपछि जस्तापाता उद्योगलाई २४ सै घन्टा बिजुली आपूर्ति गर्ने निर्णय भएको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए। ‘प्राधिकरणले निर्णय गरिसकेको छ,' उनले भने ‘अब जस्तापाता उद्योगले २४ घन्टा विद्युत पाउने छन्।'
यदाकदा प्राविधिक रुपमा सम्भव नभए ‘पिक आवर'मा विद्युत कटौती हुन सक्ने पनि उनले प्रस्ट्याए। पाण्डेयका अनुसार कहिलेकहीँ बेलुका ५ देखि ११ बजेको समयमा विद्युत कटौती हुनसक्छ। ‘त्यसबाहेक नियममित रुपमा बिजुली उपलब्ध गराइने छ,' उनले भने।
स्वदेशमै मागअनुसार जस्तापाता उपलब्ध गराउन उद्योगलाई सम्भव भएसम्म सहुलियत दिने उद्योगमन्त्री महेश बस्नेतले बताए। उनका अनुसार जस्तापाता उत्पादन गर्ने ४ उद्योगलाई २४ सै घन्टा बिजुली दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।
जस्तापाताको माग पूरा गर्न आयातमा भन्सार छुट दिन उद्योग मन्त्रालयले पहल गरेको मन्त्री बस्नेतले बताए। तर यस विषयमा अहिलेसम्म निर्णय भएको छैन। ‘देशको माग माग धान्न गर्न स्वदेशी उद्योगलाई विद्युत उपलब्ध गराउने र आयातमा भन्सार छुट दिने निर्णय भएको हो,' मन्त्री बस्नेतले भने, ‘भन्सार छुट दिने विषयमा भने अर्थ मन्त्रालय सकारात्मक छैन।'
अर्थ मन्त्रालयले भने जस्तापाता आयातमा भन्सार छुट दिने प्रस्ताव अहिलेसम्म कसैले नल्याएको बताउँछ। अर्थका राजस्व सचिव नवराज भण्डारीले कसैले पनि भन्सार छुटको प्रस्ताव नल्याएको बताए। ‘हामीकहाँ अहिलेसम्म कसैले यस्तो प्रस्ताव ल्याएको छैन,' भण्डारीले मंगलबार नागरिकसँग भने, ‘आयातमा छुट दिने विषयमा पनि छलफल भएको छैन।'
पनेपालमा जस्तापाता उत्पादन गर्ने उद्योग चारवटा छन्। राजेश मेटल क्राफ्टस्, हुलास स्टिल इन्डस्ट्रिज, आरती स्ट्रिप्स र भगवती स्टिल इन्डस्ट्रिजले जस्तापाता उत्पादन गर्छन्।
भूकम्पले लाखौं घर ध्वस्त पारेपछि जस्तापाताको माग ह्वात्तै बढेको छ। अहिलेको माग पूरा गर्न कम्तीमा डेढ महिना लाग्ने उद्योगीले जनाएका छन्। बर्खा जस्तापाता उद्योगको लागि अफसिजन भएकोले माग पूरा गर्न गाह्रो हुने उनीहरुको भनाइ छ।
एक्कासि माग बढेपछि भारत र अन्य देशबाट कच्चा पदार्थ ल्याउने प्रक्रियामा उद्योगहरू लागेका छन्। कच्चा पदार्थ आउन केही समय लाग्ने उनीहरूको भनाइ छ।
सबै उद्योग पूर्ण क्षमतामा चले माग पूरा गर्न सकिने भगवती स्टिल इन्डस्ट्रिजका असिस्टेन्ट म्यानेजर भानु भट्टराईले बताए। उनका अनुसार अहिले उद्योगलाई लोडसेडिङ र कामदार अभावको समस्या छ। लोडसेडिङका बेला उद्योगहरू डिजेलबाट चल्छन्। यसो गर्दा क्षमताअनुसार उत्पादन गर्न नसकिने उद्योगीको भनाइ छ। २४ सै घन्टा बिजुली र कामदार पाए अहिलेको तुलनामा दोब्बर उत्पादन हुने उनीहरू बताउँछन्।
अन्य निर्माण सामग्री समेतको अभाव र कालोबजारी रोक्न सरकारले सम्बद्ध उद्योगीलाई डाकेर शुक्रबार छलफल गर्न लागेको छ। उद्योग मन्त्रालयको पहलमा इँट्टा, बालुवा, रोडा, ढुंगा, सिमेन्ट, रड र जस्तापाता उत्पादन गर्ने उद्योगीसँग छलफल हुन लागेको हो।