काठमाडौं— 'त्यसपछि मलाई बाँच्छु भन्ने लागेन', वैशाख १२ गतेको महाभूकम्पमा ८२ घण्टापछि उद्धार गरिएका ऋषि खनालले शिक्षण अस्पतालको शैय्याबाट त्यो अत्यासलाग्दो समय सम्झिए, 'पुरिएको ठाउँबाट निस्किएर सुन्दर संसार देखुँला भन्ने आश टुट्यो।'
ढाकावाङ, अर्घाखाँचीका २७ बर्षीया खनाल विदेशको सुन्दर सपना साँचेर वैैशाख ९ गते काठमाडौं आइपुगेका थिए। नयाँ बसपार्क स्थित सयपत्री गेष्ट हाउस उनको ट्रान्जिट डेरा बन्योे। आर्थिक भार कम परोस भनेर पहिलो तलाको 'कमन रुम' छाने। साँच्चै उनी जीवनलाई फेर्न चाहन्थे। आर्थिक हैसियत बदल्न चाहन्थे। त्यही आकांक्षाले उनलाई आम नेपाली युवाजस्तै युएइतर्फतर्फ डोर्याउँदै थियो। चार दिनपछिको फ्लाइटका लागि उनी काठमाडौंमा दिन बिताउँदै थिए।
'केएफसी रेष्टुरेन्टमा खाने बस्ने सुविधा सहित मासिक ८ सय रियल तलब सम्झौता थियो', उनले भूकम्प अघिका आफ्ना दिन सम्झिए।

***
१२ गते खाना खाएर आराम गर्न कोठामा छिरे । एक पटक घरमा फोन गरे। 'यता सबै ठिक छ। मेडिकल पनि भइसक्यो' कुरा सकेर खाटमा नबस्दै पूरै घर हल्लिन थाल्यो। बत्ती झ्याप्प निभ्यो। 'भूकम्प!' कोठामा रहेका अरु दुईजनाले पनि चिच्याए र भाग्न खोजे। ढोकाबाट बाहिर निस्किसक्दा भर्याङ भत्किसकेको थियो। एकै छिनमा सबै कुरा बेठिक भैसकेको थियो।
'अनि के भयो ?' त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइ वार्ड स्थित बेड नम्बर ४०४ मा आराम गरिरहेका उनलाई मैले सधेँ।
'ठूलो आवाज सहित जमिन भास्सिए जस्तो भयो। घर गल्र्याम गुर्लुम ढल्यो। माथिबाट खसेको इँटाले दुवै साथीको टाउको फुटायोे। मेरो देब्रे खुट्टा च्यापियो। धन्न टाउकोमा केही भएन। बाँचेँ। एकैछिनसम्म संसार उज्यालो थियो। अब सबै अँध्यारो भयो।'
त्यसपछि ८२ घन्टासम्म उनी त्यही अँध्यारोमा बसे जहाँ दिन रातको केही फरक थिएन।
सँगै पुरीएका दुई जना ऐया मरेँ गर्दै थिए। झन्डै एक घण्टासम्म कुरा गरिरहे। दुवैले मिलेर चिच्याए। गुहार मागे। तर उनीहरुको आवाज ध्वस्त भएको पाँचतले घरबाहिर पुग्न सकेन। कोही उद्धारमा आएन। त्यहीँ ऐय्या मरेँ गर्दै उनीहरुले यो धर्तीबाट विदा लिए।
'केही अघिसम्म चिच्याउन साथ दिइरहेका साथीको मृत्युपछि मलाई झन् एक्लो भएको अनुभूति भयो। लाग्यो अब मेरो पनि यत्ति नै रै'छ', उनले सुनाए, 'त्यो महाअन्धकारमा दुई लाश हेर्दै बसिरहेँ।'
मृतकको खल्तीमा मोबाइलको घन्टी बजिरहेको थियो। ऋषिले तन्किएर मोबाइल तान्न खोजे। हात पुगेन। मोबाइल पाएको भए पुरिएको खबर छिटो हुन्थ्यो। छिटै उद्धार हुन्थ्यो भन्ने उनको आशा निरासामा बद्लियो।
ऋषिको देब्रे खुट्टा घुँडा मुनीबाट एउटा पिलरले थिचिएकोे थियो। कसैगरी च्यापिएको खुट्टा निकाल्न सकिन्छ कि भनेर उनले प्रयास गरेछन्। 'खुट्टा तान्न खोजें, लगाएको प्यान्ट तान्दा पो आउँछ कि भनेर प्रयास गरें। एक हातले जोडसँँग पिल्लरलाई धकेलेँ तर केही चलेन।' खुट्टा च्यापिइ रह्यो। पीडा झन् झन् बढ्दै गयो।
जीवन मरणको दोसाँधमा भए पनि उनले होस गुमाएनन्। होसमा हुँदा मनमा कुरा चल्ने नै भए। 'मलाई तीन कुराले बढी सतायो– घरको सम्झना, खुट्टाको पीडा र बाँच्ने छटपटि।'
'मन दह्रो बनाएँ' देब्रे खुट्टा काटिएका खनालले युद्ध जितेर फर्केको सिपाही झैँ उत्साही स्वरमा भने, 'म जति चिच्याए पनि कसैले सुन्ने रहनेछ। अब चुप लाग्नुपर्छ। आफ्नो शक्ति धेरै खर्चिनु हुँदैन। नआत्तिइ र नडराइ पर्खिनु पर्छ।', उनले सुनाए, 'सायद त्यही कुराले मलाई फेरि नयाँ जीवन दिलायो।'
८२ घण्टामा भग्नावेशषको अन्धारमा पुरिए पनि होसमा रहँदा मनमा कैयौं कुरा खेल्नु स्वभाविकै भयो। 'ढाकावाङको घर, बाआमा, श्रीमती र ७ महिनाको छोरो दिमागभरि घुमेकै घुमै गरे', उनले सुनाए, 'लामो समयसम्म उद्धार नभएपछि बाँच्ने आश मर्दै गएको थियो।' लामो समयसम्म कोही नआउँदा सँगैका लाश गन्हाउन थाले। भोक र प्यासले सताउन थाल्यो। मुख सुकेर ओठबाट पाप्रो निस्कन थाले। 'के खाएर बाँच्नु पकेटमा रुमाल थियो। पिसाबले त्यही रुमाल भिजाएँ। खाएँ', उनले सुनाए।
'निद्रा परेन?'
'के निदाएँ भन्नु। घरिघरि आँखा चिम्लिन्थेँ। खुट्टाको पीडा खपिनसक्नु थियो।' देब्रे खुट्टा च्यापिएको थियो। दाहिने खुम्चाएर राख्नु पर्ने। थोरै मात्र पनि माथि उठ्न खोजे टाउको ठोकिने ठाउँमा उनी थिए। 'त्यस्तो ठाउँमा पिसाब पिउन पनि गाह्रो भयो', उनी केही भावुक देखिए।
भग्नावशेष भित्र हेलिकोप्टर उडेको र मेघ गर्जिएको आवाज बाहेक अरु केही सुनिदैनथ्यो। 'एक दिन त पानी पर्यो होला है ? मेघ बेस्सरी गर्जिएको थियो' उनले सोधे। भूकम्पका परकम्पन पनि उनले भग्नावशेषमै महसुस गरे। 'हरेक धक्कासँग एउटा आश लाग्थ्यो', उनले सुनाए, 'कसैगरी थिचिएको पिलर खस्यो भने निस्कन सकिन्छ कि !'
***
शरीरमा फोकाहरु आएका थिए। अब उनको शरीर शिथिल भइसकेको थियो। एक्कासि केही चलेजस्तो आवाज सुनियो। 'माथिबाट घनले हाने जस्तो आवाज सुनियो', उनले भने, 'मैले पनि नजिकैको इँटा टिपेर टक टक हानेँ।' हो त्यहाँ उद्धार टोली पुगेको थियो।
'मैले लामो श्वास फेरेँ', उनले सुनाए, 'आश मार्दै गएको बेला एक्कासि बाँच्ने भाव जाग्यो।' उद्धार टोलीले भग्नावेशष पन्छाउन र पर्खाल काट्न करिब ४ घन्टा लगायो। उनीसँग चुपचाप उज्यालो जीवनको पर्खाइ गर्नु बाहेक अर्को विकल्प थिएन।
उद्धारपछि एकजना डाक्टरले त्यहीँ उनको स्वास्थ्य परीक्षण गरे। 'सबै ठिक छ', उनी डाक्टरको आवाज सम्झन्छन्, 'हामी खुट्टा जोगाउने प्रयास गर्नेर्छौं।' फ्रान्सेली उद्धार टोलीले नेपाली सेनाको सहयोगमा उनलाई उद्धार गरेको थियो।
भोलिपल्ट संञ्चारमाध्यममा ८२ घण्टा पछि जीवितै उद्धार गरेको समाचारहरु आए। त्यही समाचार सुनेर बाआमा र आफन्तले ऋषि खनाल जीवितै भएको थाहा पाए।
अप्रेसन पछि अस्पतालको बेडमा होस आउँदा उनको देब्रे खुट्टा थिएन। उनले खुट्टामाथि तान्न खोजे तर आएन। अनी भेउ पाए खुट्टा काट्नु परेछ। खुट्टा नहुँदा पहाडमा काम गरेर परिवार पाल्न र छोरो पढाउन उनलाई गाह्रो हुनेछ। 'पिर मात्र लिएर हुँदैन भन्ने मैले अनुभव गरेँ, जीवनलाई समान्य बनाउन खोज्दैछु। खुट्टा नभएर के भो र गरेर खान त सकिन्छ नि हैन ?' उनले सँगै रहेको ७ महिने छोरालाई चुम्बन गरे। हामीलाई प्रश्न।
अहिले अस्पतालमा सात महिने छोरालाई काखमा लिएर श्रीमती कविता ऋषिलाई कुर्दैछन्। ४ वर्ष पहिले मागी विवाह भएकी कविता भर्खर १९ वर्षकी छिन्। ऋषि ४ वर्ष भारतमा बिताएर अलि पैसा कमाउन दुबई जाने आशमा दुई महिना अघि मात्र नेपाल फर्किएका थिए।
पत्रिका र रेडियोमा समाचार सुनेपछि सानो छोरालाई च्यापेर उनी काठमाडौं आएकी थिइन्। घरबाट सग्लै विदा गरेका श्रीमान्लाई अस्पतालको बेडमा अपाङ्ग देख्दा कविताका आँसु थामिएनन्। निशब्द रोएको देखेपछि ऋषिले नै सम्झाए। 'यत्रो प्रलयमा बाँच्ने म त किस्मतवाला हुँ। किन रुन्छौ !'
***

श्रीमती कविता सात महिने छोरा सरोज सहित ऋषि शिक्षण अस्पतालमा। तस्बिरहरु: केशव थोकर
अब उनीसँग भिसा लागेको पासपोर्ट र टिकट मात्र सँगै छ। देब्रे खुट्टा र दुबइ सपना भूकम्पले छिन्यो। ऋषिको गल्फ सपना टुक्रिए पनि जीवनप्रतिको विश्वास उस्तै छ। परिवार पाल्ने र छोरा पढाउने सपना उस्तै छ। 'सानोतिनो पसल गरौंला', आत्मविश्वासपूर्वक उनले सुनाए, 'बाँचिएको छ। केही त गरौंला नि।'
भिडियो हेर्नोस्