औद्योगिक उत्पादन आधा घट्यो
२५ जेष्ठ २०७२
•
८ मिनेट पाठ
औद्योगिक उत्पादन आधा घट्यो
काठमाडौं-महाभूकम्पपछि अर्थतन्त्र चलायमान हुन नसक्दा देशमा सञ्चालित उद्योगको उत्पादन आधा घटेको छ। विनाशकारी भूकम्पले देशको ठूलो हिस्सा तहसनहस पारेको ६ हप्ता भइसक्दा पनि बजारमा माग नबढेपछि उत्पादन कटौती गर्नुपरेको उद्योगीले बताएका छन्। उत्पादन कटौती गर्दा उद्योगहरुले एक खर्बभन्दा बढी नोक्सानी सहनु परेका व्यवसायीको दाबी छ।उद्योगहरू आफैं समस्यामा परेको बेला उत्पादन घटाउनु परेको उद्योगी बताउँछन्। ‘उद्योगको उत्पादन आधा घटेको छ,' नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले भने, ‘यसले गर्दा उद्योगहरू घाटामा गइरहेका छन्।' 
भूकम्पले घरेलु तथा साना उद्योगमा धेरै क्षति पुर्याहएको र ठूला उद्योग यसको असरले बन्द भएको वा उत्पादन घटाउन बाध्य भएको मुरारकाले बताए।
अहिले उद्योगहरूले पूर्ण स्तरमा उत्पादन गर्न नसकेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा बताउँछन्। भूकम्पपछिको सिधा असर उद्योगले बेहोर्नु परेको र लामो समय हुँदा पनि यसबारे नसोच्दा निरन्तर घाटा सहनुपरेको उनले बताए। ‘अहिले माग स्वात्तै घटेको छ,' शर्माले भने, ‘माग घटेकाले उत्पादन घटाउनुपरेको छ।'
शर्माका अनुसार उद्योगको उत्पादन घट्नुमा तीन कारण छन्। पहिलो, भूकम्पले गर्दा उद्योगहरुमा भौतिक क्षति भएको छ। क्षतिका कारण भूकम्पप्रभावित जिल्लाका उद्योग सञ्चालन मै आउन सकेका छैनन्। अन्य ठाउँका उत्पादन घटाउन बाध्य छन्। 
दोस्रोे, उद्योगहरूमा काम गर्ने जनशक्तिको अभाव छ। भूकम्पमा लाखौं नेपालीका घर ध्वस्त भए। थुपै्र कामदारको परिवारमा समस्या छ। उनीहरु जागिर छाडेर बासको व्यवस्था गर्न आफ्नै थातथलो फर्किएकाले उद्योगमा काम गर्ने कर्मचारी नभएको शर्माले बताए। 
उत्पादन घट्नुको तेस्रो कारण हो– उपभोक्ताको जीवनशैलीमा आएको परिवर्तन। उपभोक्ताको मागमा परिवर्तन आएको छ। सरकारदेखि गैरसरकारी संस्थाले राहत सामग्री वितरण गरिरहेका छन्। देशबाहिरबाट ठूलो परिमाणमा खाद्यान्न र अन्य वस्तु आएकाले स्वदेशी उद्योगको उत्पादन बिक्री हुन छाडेको शर्माले बताए। 
हरेकजसो उत्पादनको ३५ देखि ४० प्रतिशत उपभोग काठमाडौंमा हुने र यहाँको बजार राम्रोसँग सञ्चालन हुन नसकेको व्यवसायी बताउँछन्। अचेल काठमाडैंमा उपभोग कम भएको छ। 
भूकम्पबाट भएको क्षति र उत्पादनमा आएको गिरावटका कारण उद्योगहरूलाई एक खर्बभन्दा धेरैको नोक्सानी भएको महासंघका मुरारकाले बताए। ‘सबै उद्योगको क्षति आंकलन गर्दा एक खर्बभन्दा धेरैको पुग्ने देखिन्छ,' मुरारकाले भने, ‘सबै क्षतिको विवरण आउन भने गाह्रो छ।'
उनका अनुसार साना तथा मझौला उद्योगमा भौतिक र आर्थिकरुपमा ठूलो क्षति भएको छ। ३६ हजारभन्दा धेरै गाई मरेका छन्। कुखुरापालन, ट्राउट माछापालन, अन्य घरेलु उद्योगमा भौतिक क्षति भएको छ। परिसंघका शर्माले पनि गाउँका स–साना चिया पसल, खाजा पसल, मैन बत्ती उद्योग, गाईभैंसी पालनमा ठूलो असर पुगेको तर यसको हिसाबकिताब नै नभएको बताए। 
ठूलो उद्योगहरू कतिपयमा भौतिक क्षति छ भने कतिपयले उत्पादन घटाएका छन्। पर्यटन क्षेत्र बौरिन सकेको छैन। ५० प्रतिशतभन्दा धेरै छुट दिएर ग्राहक बोलाउनुपरेको छ। विज्ञापन व्यवसायमै एक अर्बको नोक्सान भएको बताइन्छ। हाइड्रोपावरले भौतिक क्षतिका कारण उत्पादन दिन सकेका छैनन्। 
भूकम्प गएको लामो समय भइसक्दा पनि सरकारले उद्योगी, व्यवसायीको मर्कालाई सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो छ। ‘यति लामो समयसम्म पनि सरकारले नीतिगत रुपमा उद्योगी, व्यवसायीको मर्कालाई सम्बोधन गर्न सकेको छैन,' परिसंघका शर्माले भने, ‘योजनाबद्ध रुपमा समस्या समाधानको आवश्यकता छ।'
यस विषयमा सरकारलाई विशेष सुझाव दिन लागेको महासंघका मुरारकाले बताए। उनका अनुसार पुनर्निर्माणमा निजी क्षेत्रको भूमिका के हुने, कसरी निजी क्षेत्रलाई परिचालन गर्न सकिन्छ भनेर सुझाव दिइनेछ। ‘अहिले निजी क्षेत्रको अवस्था र यसको भूमिकाबारे सुझाव दिन छलफल र गृहकार्य भइरहेको छ,' मुरारकाले भने, ‘दुई–चार दिनभित्रैमा सरकारलाई विशेष सुझाव दिँदैछौं।' शर्माले पनि इकोनोमिक रिकभरी प्लान बनाएर काम गर्नुपर्ने बताए। 
पुनर्निर्माणलाई अवसरका रुपमा लिएर देश निर्माणमा जुट्नुपर्ने उनीहरूको भनाइ छ। ठूलो क्षतिपछि भारतको गुजरातले औद्योगिक क्रान्ति गरेको उदाहरण दिँदै मुरारकाले नेपालमा पनि यसलाई औद्योगिक क्रान्ति थाल्ने अवसरको रुपमा लिनुपर्ने बताए। 
‘सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्छ,' शर्माले भने, ‘सरकारले मात्र अबको पुनर्निर्माण गर्न सक्दैन। निजी क्षेत्रलाई काम दिनु पर्योग। सहभागी गराउनु पर्यो ।' उनले निर्माण क्षेत्रका लागि बनाइएका ऐन नियमहरु पूर्णरुपमा लागू गर्नुपर्नेमा जोड दिए। धेरै समय लगाएर विभिन्न ऐन, नियम बनेको भए पनि चाहिने बेला त्यो कार्यान्वयन हुन नसकेको बताए। उद्योग, व्यवसाय धराशयी भएको र यसको उत्थानमा छिटो लाग्नुपर्ने भन्दै सरकारका विभिन्न निकाय धाउँदा पनि ध्यान नदिएको उनले गुनासो गरे।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस