काठमाडौं-दुई दिनअघि महानगरीय प्रहरी परिसर, भक्तपुरमा सिन्धुपाल्चोककी एक युवती भारत, मेघालयस्थित एक होटलमा अलपत्र परेको सूचना आयो। एक युवकले विवाह प्रलोभन देखाएर ती युवतीलाई मेघालय पुर्यारएको थियो। युवकले ती युवतीलाई जुन होटलमा राखेको थियो, उक्त होटलकी सञ्चालिका नेपालीमूलकी थिइन्। उनैले युवकमाथि शंका लागेर नेपाल प्रहरीलाई खबर गरेकी थिइन्।भक्तपुर परिसरप्रमुख एसपी विकास श्रेष्ठका अनुसार प्रहरी अहिले ती युवतीलाई नेपाल फर्काउन जुटिसकेको छ।
ती युवतीबाहेक मेघालयमै अन्य ४ जना पनि रहेको सूचना पाएपछि प्रहरी टोली नै मेघालय पठाउने तयारी भइरहेको छ। ‘भूकम्पपछि मेघालयमा धेरै नेपाली युवती देखिएको सूचना आएको छ,' श्रेष्ठले नागरिकसँग भने, ‘उनीहरुको उद्धार र अनुसन्धानका लागि प्रहरी उतै पठाउँदैछौं।'
वैशाख १२ को शक्तिशाली भूकम्पमा मानवीय जीवनयापन नै तहसनहस भएको मौका छोपी तस्करहरुले युवती तथा बालबालिका ओसार्ने क्रम तीव्र पारेको देखिएको छ। यहीबीच २ सय बालबालिका भारत लैजाने क्रममा विभिन्न नाकामा फेला परिसकेका छन्। उपत्यका र धादिङबाट ८७ बालबालिकाको उद्धार गरिएको छ।
सोमबार मात्रै दुई भारतीय युवकको पछि लागेर महेन्द्रनगरको वनबासा पुगेका चार युवती चेकपोस्टमा बसेका प्रहरी र माइती नेपालका कर्मचारीको नजरमा परे। एक बालिकासहित एकै रिक्सामा हिँडेका १३ देखि १६ वर्ष उमेरका उनीहरु काठमाडौं, शोभाभगवतीका रहेको र पन्जाबको पटियाला हिँडेको सोधपुछमा खुल्यो। प्रहरीले उनीहरुलाई माइती नेपालको जिम्मा लगायो।
काठमाडौं ल्याएर सोधपुछ गर्दा ती भारतीय युवकले उनीहरुलाई मासिक २० हजार भारतीय रुपैयाँ तलब आउने प्रलोभनमा पन्जाबको डान्सबार पार्टीहरुमा नचाउने भन्दै भारत लैजान महेन्द्रनगर पुर्यानइएको खुल्यो।
युवतीले युवकबारे केही बोलेनन्। काठमाडौंमा काउन्सिलिङ क्रममा मंगलबार बल्ल उनीहरुले दुई भारतीय युवकबारे बताए जुन बेलासम्म उनीहरु स्वदेश प्रवेश गरिसकेका थिए।
नियन्त्रणमा रहेका युवतीहरुको काउन्सिलिङमा संलग्न माइती नेपालकी कानुन अधिकृत अधिवक्ता सजनी जोशीका अनुसार नियन्त्रणमा आएका चार युवतीमध्ये दुई जना यसअघि ७ महिना पन्जाब बसेर डान्सबार र पार्टीहरुमा काम गरेर फर्किएका युवती हुन्।
शोभाभगवती क्षेत्रको सुकुम्बासी क्षेत्रमा बस्ने उनीहरु नेपाल फर्कंदा उनीहरुसँगै दुईजना भारतीय युवकसमेत नेपालमै आए। फर्किने बेला उनीहरुले अन्य नेपाली युवतीलाई पनि सँगै भारत लैजाऊँ भनेपछि ती युवतीले सानीआमाकी छोरी र बहिनीको साथीसँगै अन्य दुई युवतीलाई भारत जान राजी गराएका थिए।
६ जना युवतीको सबै खर्च ब्यहोरेर महेन्द्रनगरसम्म पुगे पनि नाकामा रहेको चेकपोस्ट र प्रहरीको आशंकापछि चार युवती भारत पुग्नबाट जोगिए पनि ती युवतीले बेलैमा सूचना नदिँदा उनीहरुलाई भारत लैजान खोज्ने दुई भारतीय भने जोगिए। अन्य २ युवती कहाँ छन्, पत्तो छैन।
जोशीका अनुसार भारतीय युवाका गतिविधिमाथि शंका लागेपछि उनीहरु महेन्द्रनगर पुग्नुअघि नै बसबाट उत्रिएको जानकारी दिए पनि उनीहरुको अवस्था भने खुलेको छैन। सुरुमा उनीहरुले आफूखुसी भारत जान लागेको भन्दै झुक्याउने प्रयास गरे पनि पछि मात्रै उनीहरुले भारतीय युवाको प्रस्तावअनुसार पैसा कमाउन भारत जान राजी भएको स्विकारेका थिए।
उनीहरुले ती युवकको नाम भने खुलाउन सकेनन्। डान्सबारमा नाच्ने क्रममा चिनजान भएको भन्दै मोबाइल नम्बर भने दिए। माइती नेपालका प्रतिनिधिले उक्त मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा बन्द भइसकेको थियो।
‘यी युवतीलाई भारतीय युवाले राम्रो कमाइ हुने प्रलोभन देखाएर भारत लैजान लागेको देखियो,' मल्लले नागरिकसँग भनिन्, ‘पन्जाबमा काम गरेर फर्किएका दुई युवती प्रलोभनमा फसेका हुन् कि योजनामै संलग्न हुन्, त्यो अझै प्रस्ट भएको छैन।'
युवती–बालबालिका ओसारपसार बढ्यो
वैशाख १२ को शक्तिशाली भूकम्पपछि भौतिक र मानवीय क्षति बढी भएका जिल्लाका युवती र बालबालिकालाई काम र शिक्षाको प्रलोभन दिएर अवैध रुपमा ओसारपसारका घटना बढेका छन्।
प्रहरीले उपत्यकामा विभिन्न जिल्लाबाट अवैध रुपमा भिœयाइएका यस्ता २६ बालक र १५ बालिकाको उद्धार गरी घटनामा संलग्न ७ जनालाई पक्राउ गरिसकेको छ। धादिङका भूकम्प प्रभावित गाउँबाट काठमाडौं ल्याउन लागेका ४६ बालबालिका सदरमुकाममै फेला परेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको कोटेश्वर र धर्मस्थली तथा ललितपुरको लुभुबाट उद्धार गरिएका बालबालिका ओसारपसारमा संलग्न देखिएका सात जनामाथि अनुसन्धान भइरहेको छ।
जेठ ८ मा स्थानीय प्रशासनको अनुमति नै नलिई भारतको देहरादून लैजान काठमाडौं र ललितपुर भिœयाइएका १९ बालबालिकाको उद्धार गरी सँगै पक्राउ परेका पाँच नेपाली र दुई भारतीयमाथि बालबालिका अवैध ओसारपसारमा मुद्दा अघि बढाइएको छ।
बानेश्वर वृत्तका प्रमुख दानबहादुर कार्कीका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला न्यायाधिवक्ताको कार्यालय, काठमाडौं पठाइसकिएको छ।
वैशाख १५ गते ललितपुर, नक्खुस्थित निर्मल सेकेन्डरी स्कुलका प्रतिनिधिले धादिङको भूकम्प प्रभावित क्षेत्र झार्लाङ र रीबाट काठमाडौं ल्याउन लागिएका ४६ बालबालिकालाई प्रहरी र जिल्ला बालकल्याण समितिले नियन्त्रणमा लिएको थियो।
सुरुमा धादिङका प्रमुख जिल्ला अधिकारीले अनुसन्धान नै नगरी बालबालिकालाई अनुमति नै नलिई काठमाडौं ल्याउन संलग्नलाई नै ती बालबालिकाको जिम्मा लगाएर काठमाडौं पठाएका थिए। घटना सार्वजनिक भएपछि प्रहरीले बालबालिकालाई धादिङ फर्कायो र अभिभावकको जिम्मा लगायो। विश्वस्तस्रोतका अनुसार अहिले ती बालबालिका गाउँमा छैनन्।
विद्यालयका प्रधानाध्यापक सिपोरा अधिकारी लामासहित पाँच जनाविरुद्ध बालबालिका अवैध ओसारपसार गरेकोमा मुद्दा अगाडि बढाउने भनिए पनि प्रहरीले प्रक्रिया अगाडि बढाएको छैन।
प्रहरी प्रवक्ता कमलसिंह बम मानव बेचबिखन तथा ओसारपसार घटना नियन्त्रणमा प्रहरी सचेत र संवेदनशील रहेको बताए। पछिल्लो समय यस्ता घटना सुरु भएपछि नियन्त्रणका लागि डिआइजी मिङमार लामाको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, महिला बालबालिका निर्देशनालय, इन्टरपोल र अपराध अनुसन्धान विभागको प्रतिनिधिसहितको कार्यदल गठन भएको उनले जानकारी दिए।
ओसारपसार नियन्त्रणका लागि प्रहरी परिचालन बढाएर जाँचमा कडाइ गरिएको, चोकपोस्टमार्फत सवारीसाधनमा रहेका बालबालिकाबारे जानकारी लिने र अन्तर्राष्ट्रिय सीमा नाकामा विशेष चेकजाँच बढाइएको बमले जानकारी दिए।