भारतीय कोठीमा भूकम्प पीडित युवती
२७ जेष्ठ २०७२
•
८ मिनेट पाठ
भारतीय कोठीमा भूकम्प पीडित युवती
काठमाडौं-भूकम्पले मानवीय जीवनचक्र नै तहसनहस पारेका अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन्।
राहत वितरणका नाममा भूकम्प पीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका वैधानिक यौनबजार (कोठी) मा लगेर बेचिरहेको खुलेको छ।वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो।

एक सातायता मात्र मुम्बईको भिवन्डीबजारबाट १२ र उत्तरप्रदेश, आगराको कास्मिरीबजारस्थित यौनअखडामा बेचिएका तीन नेपाली युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतीय संस्थाको सहयोगमा उद्धार गरिएको छ।
भूकम्प प्रभावित जिल्लाका युवतीहरु मानव तस्करबाट उच्च जोखिममा रहेको भन्दै प्रहरीले स्थल र हवाई नाकामा कडाइ गरे पनि तस्करले स्थलमार्गबाट सहजै नाका कटाइरहेका छन्।
मानव बेचबिखनविरुद्ध काम गरिरहेको भारतीय संस्था ‘रेस्क्यु फाउन्डेसन' का अनुसार भारतीय सहर कलकत्ता, कालीगढ, कानपुर, बलेरीलगायत स्थानमा रहेका यौनअखडामा समेत पछिल्लो समय नेपाली युवती बेचिने क्रम बढेको सूचना संस्थामा आइरहेको छ। फाउन्डेसनका रिसोर्स म्यानेजर राजेश चतुर्वेदीले कोठीमा बेचिएको सूचना आए पनि थप तीन नेपाली युवतीको अवस्था अझै खुल्न सकेको छैन।
भूकम्प प्रभावित जिल्लाका नेपाली युवतीलाई कामको प्रलोभन देखाएर मुम्बईका कोठीमा ल्याएर बेचेको र बेचिएका युवतीमा कम उमेरका रहेको सूचनाका आधारमा फाउन्डेसनले जेठ २० मा प्रहरीको सहायता लिएर भिवन्डीबजारका कोठी छापा मार्दा १४ युवती फेला परेका थिए। तीमध्ये १२ जना भूकम्पपछि त्यहाँ लगेर बेचिएको खुल्यो।
सोही संस्थाले सिन्धुपाल्चोक र नुवाकोटबाट ल्याइएका ६ जना युवती कलकत्ताको कोठीमा बिक्री गरिएको र उनीहरुलाई उत्तरप्रदेशको आगरामा रहेको कास्मिरी गेटका यौनअखडामा पुर्यादइएको सूचना पायो। 
चतुर्वेदीका अनुसार सोही सूचनाका आधारमा सोमबार प्रहरी टोलीसहित आगराको कस्मिरगेटमा रहेका कोठी छापा मार्दा ३ वटा कोठीबाट १० जना युवतीको उद्धार भयो जसमा ३ जना नेपाली युवती थिए। चतुर्वेदीका अनुसार उद्धार गरिएका मध्ये एक युवती नुवाकोट र २ जना सिन्धुपाल्चोकका हुन्।
मुम्बईमा रहेको संस्थाको शाखामा नेपालबाट ६ जना कम उमेरका युवती कलकत्ता हुँदै आगरा पुर्‍याएर कास्मिरी गेटको यौनबजारमा बिक्री गरेको सूचना आयो। उक्त शाखाले दिल्ली शाखामा सूचना दियो। त्यसलगत्तै प्रहरीसहित फाउन्डेसनका प्रतिनिधि उक्त बजार पुगेका थिए। 
उनीहरुले कोठी छापा मार्दै खोजी गर्दा सूचना दाताले दिएको जानकारीअनुसार कुनै युवती फेला परेनन्। कम उमेरका युवतीलाई देहव्यापारमा लगाउँदा पक्राउ पर्ने जोखिम देखेर यस्तालाई पर्खाल लगाएर गुप्त कोठीमा लुकाउने शैलीबारे जानकार प्रहरी र फाउन्डेसनका अधिकारीले छत फुटाएर खोज्दा लुकाएर राखेको अवस्थामा तीन नेपाली युवतीसहित १० जना फेला पारेका थिए।
‘सूचना गलत थिएन तर युवतीहरु फेला परेनन्,' चतुर्वेदीले टेलिफोनमा नागरिकसँग भने, ‘शंका लागेर छत फुटाएर खोज्दा भित्री कोठामा लुकाएको भेटियो।'
उनका अनुसार संस्थाले उद्धार गरेका युवती १७ देखि २० वर्ष उमेरका छन्। फकाएर कलकत्ता पुर्‍याएको दलालले उनीहरुलाई त्यहाँको कोठीमा बिक्री गरेको थियो। त्यता राख्न जोखिम देखेपछि कलकत्ताका दलालले तीन युवतीलाई आगराको कास्मिरी गेटमा रहेको यौनबजारमा बिक्री गरेको थियो।
फाउन्डेसनले नेपालबाट यस्ता ६ जना युवती बेचिएको सूचना पाए पनि अन्य तीन युवती अझै फेला परेका छैनन्। उद्धार गरिएका युवती अहिले आगराको ‘नारी निकेतन' नामक संस्थाको संरक्षणमा रहेको चतुर्वेदीले जानकारी दिए। उनीहरुबाट अन्य नेपाली युवतीबारे जानकारी लिन काउन्सिलिङ भइरहेको उनले बताए।
‘विश्वास गरेर काम गर्न भारत ल्याउने व्यक्तिले कोठीमा बिक्री गरेपछि उनीहरु धेरै डराएका छन्,' चतुर्वेदीले भने, ‘उनीहरुलाई बिस्तारै विश्वासमा लिएर जानकारी लिने प्रयास जारी छ।'
उमेर नपुगेकालाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा तीन जना कोठी सञ्चालिकासहित १६ जनालाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ।
सोही संस्थाले जेठ १९ मा मुम्बईको भिवन्डीस्थित यौनबजारबाट यसरी नै प्रलोभनमा पारेर नुवाकोट र सिन्धुपाल्चोकबाट लगिएका १२ युवतीको उद्धार गरेको थियो। संस्थाका अनुसार उनीहरु सबैलाई बालबालिका हेर्ने कामका लागि भन्दै दलालले उनीहरु बसेको क्यापमै पुगेर फकाई–फुल्याई मुम्बई ल्याएर कोठीमा बिक्री गरेका थिए।
‘भूकम्पले घर भत्किएर खानेकुरासमेत नपाएपछि काम गर्न भारत आउन राजी भएको बताए पनि उनीहरुले कसले ल्याएको भन्ने खुलाएका छैनन्। ‘भूकम्पले घर भत्काएकाले बस्ने ठाउँ पनि छैन, आमाबाबु गरिब छन्, काम पाइन्छ भनेर आएको, बेचिदिएछ,' उद्धार गरिएका युवतीको भनाइ उद्धृत गर्दै चतुर्वेदीले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस