काठमाडौं-ग्रामीण दूरसञ्चार विकास कोषको पैसा भूकम्प प्रभावित क्षेत्रमा क्षतिग्रस्त दूरसञ्चार पूर्वाधार निर्माणमा प्रयोग गर्न सेवा प्रदायकले सुझाएका छन्।टेलिकम क्षेत्रका मुख्य सेवा प्रदायक नेपाल टेलिकम, एनसेलले कोषमा जम्मा भएको ९ अर्ब १० करोड रुपैयाँ पूर्वाधार क्षेत्रमा प्रयोग गर्न नियमन निकाय दूरसञ्चार प्राधिकरणसमक्ष प्रस्ताव गरेका हुन्। गत वैशाख १२ को भूकम्पले दूरसञ्चार क्षेत्रमा ५ अर्बभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ।
सेवा प्रदायकहरुले प्राधिकरणमा बुझाएको रिपोर्टअनुसार बिटिएस टावर, टावर राखेका भवन, अप्टिकल फाइबरलगायतमा क्षति पुगेको छ। भौतिक क्षति र त्यसका कारण गुमेको आम्दानीको रिपोर्ट सेवा प्रदायकले प्राधिकरणलाई बुझाएका हुन्। ५ सेवा प्रदायकको २ अर्ब बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भूकम्पले क्षति पुर्याएको क्षेत्रमा कोषको रकम कसरी प्रयोग गर्ने भन्नेमा सेवा प्रदायकसँग प्रस्ताव मागेको थियो। एनसेलले प्रस्ताव पेस गरिसकेको छ भने नेपाल टेलिकम र स्मार्ट टेलिकम अन्तिम तयारीमा छन्।
एनसेलले भूकम्पबाट अति प्रभावित जिल्लाका विशेष गरी ग्रामीण भेगमा मोबाइल सेवा सुनिश्चित गर्न ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गर्दै दह्रो मोबाइल पूर्वाधार निर्माणमा लाग्नुपर्ने प्रस्ताव पेस गरेको छ।
प्रभावित जिल्लाका बस्ती तथा जनघनत्वलाई आधार मानेर गरेको गृहकार्यमा एनसेलले तत्काल १ सय ५ वटा नयाँ मोबाइल बिटिएस साइट निर्माण गर्न प्रस्ताव गरेको छ। यसका लागि माइक्रोवेभ तथा भि–स्याट परिचालन तथा दूरगामी दह्रो पूर्वाधारका लागि ठूलो क्षमताको अप्टिक फाइबर बिछ्याउन उसले सुझाएको छ। ग्रामीण ब्रोडब्यान्ड उपयोगमा ल्याउन आइपी–आरएएन (र्याछन) सञ्चालन गर्नुपर्नेमा पनि उसले जोड दिएको छ।
प्रस्ताव गरिएका साइट सञ्चालनमा आए प्रभावित जिल्लाका विद्यमान भौगोलिक कभरेजमा उल्लेख्य वृद्धि भई ९७ प्रतिशत जनसंख्यामा मोबाइल पहुँच सुनिश्चित हुने, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए। ग्रामीण ब्रोडब्यान्डले इन्टरनेटमा पहुँच सुनिश्चित गर्दै पुनर्निर्माणका दौरान आवश्यक पर्ने डेटा तथा डिजिटल सल्युसन्सहरु अंगीकार गर्न मद्दत गर्ने भएकोले यसलाई पनि साथसाथै लैजानु महŒवपूर्ण रहेको उनले बताए।
सामान्य तथा सम्भावित प्राकृतिक विपतको जुनसुकै बेला पनि मोबाइल सेवा सुनिश्चित गर्न करिब १ हजार २ सय ८५ किलोमिटर अप्टिक फाइबर बिछ्याउनुपर्ने एनसेलको प्रस्तावमा छ।
अति प्रभावित जिल्लाका आवश्यकतालाई मध्यनजर गर्दै यो पूर्वाधार विकासको प्रस्ताव गरिएको हो।
प्राधिकरणका सहायक प्रवक्ता अच्यूतानन्द मिश्रले बुधबारसम्म एनसेलले मात्र प्रस्ताव पेस गरेको बताए। ‘हामीले भूकम्प प्रभावित क्षेत्रमा सेवा दिएका एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमलाई प्रस्ताव पेस गर्न भनेका थियौं। अरुले प्रस्ताव बनाउँदै गरेको बुझिएको छ,' उनले भने। प्राधिकरणमा भएको ग्रामीण दूरसञ्चार विकास कोषको रकम भूकम्प प्रभावित क्षेत्रमा कसरी प्रयोग गर्ने भन्नेमा प्रस्ताव माग गरिएको उनले जानकारी दिए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य पनि भूकम्पले ग्रामीण क्षेत्रका भौतिक पूर्वाधारमा ठूलो क्षति गराएकोले कोषको रकमले ती पूर्वाधार पुनर्निर्माण गर्नुपर्ने बताउँछन्। ‘प्राधिकरणमा बुझाउने प्रस्तावको अन्तिम ड्राफ्ट बनाउँदैछौं। विशेषगरी बिटिएस टावर, भवन, अप्टिक फाइबरमा नै जोड दिनुपर्छ,' उनले भने।
हामीले पहिला नै लगानी गरेर पूर्वाधार बनाइसकेको हुनाले क्षति भएका ठाउँमा कोषको रकम प्रयोग गर्दा सेवा प्रदायकलाई पनि भार नपर्ने उनले बताए। ‘दुई–दुईपटक एकै ठाउँमा लगानी गर्नुभन्दा कोषको रकम प्रयोग गरेर पूर्वाधार सेयर गर्न सकिन्छ,' उनले भने।
एनसेलले भूकम्पबाट आफ्नो ३ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबर नोक्सान भएको प्रतिवेदन प्राधिकरणमा बुझाएको छ। एनसेलले भौतिक क्षति र सम्भावित आम्दानी जोडेर रिपोर्ट दिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपाल टेलिकमको ६१ करोड ८४ लाख रुपैयाँ नोक्सान भएको छ।
प्राधिकरणले सबैको प्रस्ताव आइसकेपछि आवश्यक पूर्वाधारलाई कसरी संयुक्त प्रयोग मोडेलमा लाने भनेर सेवा प्रदायकसँग छलफल गर्ने जनाएको छ। एकै ठाउँमा विभिन्न सेवा प्रदायकले भौतिक पूर्वाधार बनाउँदा खर्च बढी हुने भएकाले पूर्वाधार सेयरिङको अवधारणामा प्राधिकरण अघि बढेको हो। कोषमा टेलिकम सेवा प्रदायकले नाफाको २ प्रतिशत जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ।