आकासियो बजारभाउ
२८ जेष्ठ २०७२
•
१० मिनेट पाठ
आकासियो बजारभाउ
काठमाडौं-विपत्तिको मौका छोपी व्यापारीले बजारमा एकाधिकार (कार्टेलिङ) जमाउँदै अधिकांश खाद्य सामग्रीमा भारी मूल्यवृद्धि गरेका छन्। दाल, चामल, खानेतेल, तरकारीलगायत अधिकांश खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढाइएको छ। ०७१ चैतको तुलनामा ०७२ वैशाखमा खाद्यान्न मूल्य प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बढी छ भने तरकारीमा शतप्रतिशतसम्म बढाइएको छ।वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसयताका अनुकम्पनले जनजीवन नै तहसनहस भएका बेला उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाउनुलाई व्यापारीले ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि' लाई कारण औंल्याएका छन्। अन्तर्राष्ट्रिय बजारमा दालको मूल्य सामान्य परिवर्तन भए पनि नेपाली व्यापारीले त्यही आडमा अधिकांश दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेका हुन्। उपभोक्तावादीले यसलाई ‘अस्वाभाविक' र ‘उपभोक्ता मारा' भनेका छन्। 

वैशाख १२ भूकम्प जानुअघि मसुरो (मझौला) दालको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ रहेकामा अहिले १ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। कालीमाटी र बल्खुका व्यापारीले मिलेर तरकारीमा अझ ठूलो कार्टेलिङ गरी ५० देखि सय प्रतिशतसम्म मूल्य बढाएका छन्। चैतमा प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको काँक्रोको मूल्य अहिले ८० रुपैयाँ पुर्यानइएको छ। राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चले गरेको अध्ययनअनुसार गोलभेडा, काँक्रो, आलुलगायत तरकारीको मूल्य शतप्रतिशत बढेको छ।
मसुरो (ठूलो) पनि १ सय २५ बाट १ सय ७० रुपैयाँ पुगेको छ। मास (मझौला) को मूल्य चैतमा १ सय ३५ थियो तर त्यसको एक महिना बित्न नपाउँदै १ सय ६० रुपैयाँ पुगेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
साताअघि प्रतिकेजी ६७ रुपैयाँ (होलसेल) मा कारोबार भएको ब्रोकाउली अहिले बढेर १ सय ३७ रुपैयाँ पुगेको छ। सानो र ठूलो गोलभेडा, आलु, बन्दागोभी, भान्टा, मटरकोसा, घिउसिमी, तितेकरेला, लौका, परबर, हरियो प्याज, निगुरो, गाजर, अदुवा, लसुन, धनियाँलगायत तरकारीको भाउ आकासिएको छ।
साताअघि प्रतिकेजी ७८ रुपैयाँ होलसेल भाउ रहेको मटरकोसा ९७ रुपैयाँ पुगेको छ। किलोको २१ रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडा अहिले हेलसेलमै ३० रुपैयाँ पर्छ। ‘अफ सिजनसँगै गर्मीले उत्पादनमा धेरै समस्या भएको छ। उत्पादन बजार आउन सकेको छैन,' कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक सदस्यले भने, ‘यसैले राजधानीमा भाउ आकासिएको हो।' 
उनले जिल्लामा वर्षा नहुन्जेल तरकारीको मूल्य बढ्न सक्ने अनुमान गरे। ‘पानी परेको भए कृषकलाई केही राहत हुन्थ्यो,' उनले भने, 'अहिले उत्पादन सीमित मात्रै छ तर माग दैनिक बढ्दो छ।'
साताअघि होलसेल भाउ प्रतिकिलो २९ रुपैयाँ पर्ने सुकेको प्याज बढेर ३३ रुपैयाँ पुगेको छ। किलोको १ सय ८६ रुपैयाँ पर्ने अदुवा बढेर होलसेलमै २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। किलोको ४६ रुपैयाँ पर्ने हरियो प्याज बढेर ५० रुपैयाँ पुगेको छ। प्याज र अदुवा आयात हुने मुख्य बजार भारतमै मूल्य बढेको व्यवसायी बताउँछन्। समितिका अनुसार करिब ९६ प्रतिशत प्याज र अदुवा भारतबाट आयात हुन्छ।
महिनादिन अवधिमा यसरी मूल्य बढ्नुमा व्यापारीको मिलेमतो रहेको उपभोक्तावादी संस्थाको ठम्याइ छ। व्यापारीले मनलागी मूल्य बढाउँदा पनि सरकार मूकदर्शक बनेको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमल्सेनाले आरोप लगाए।
‘एक महिनादेखि बजारभाउ आकासिएको छ,' उनले नागरिकसँग भने, ‘विभागका कर्मचारी उपभोक्तालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा भन्दा पनि अन्यत्र अनुगमनमा जाने गरेका छन्।' 
कृषि विकास मन्त्रालयले अहिले तरकारीको मूल्य बढ्नुपर्ने केही कारण नभएको तर शतप्रतिशतसम्म बढाइएको स्विकारेको छ। माथि उल्लिखित सबै तरकारीको अहिले मौसमै हो। यस्तो अवस्थामा मूल्य बढ्नुपर्ने कुनै कारण नभएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए। ‘सिजनकै तरकारीमा चर्को मूल्य पर्छ,' उनले नागरिकसँग भने, ‘बेमौसमका तरकारीको मूल्य २ सय प्रतिशतभन्दा बढी पर्ने सम्भावना भयो।' 
दाल, तेल, चामललगायत खाद्यान्नको मूल्य बढाइएको विषयमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले व्यापारीसँग छलफल गरे पनि अस्वाभाविक मूल्य वृद्धि गर्नेविरुद्ध कुनै कदम चालेन। छलफलमा बसेका व्यापारी घटाएर खाद्यान्न बिक्री गर्नै नसकिने भन्दै बाहिरिएका थिए।
‘व्यापारीले अन्तर्राष्ट्रिय बजारमै दाललगायत खाद्य पदार्थको मूल्य बढेको भनेर व्यापारी आफैं बताउँछन्,' विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘अन्तर्राष्ट्रिय बजारमै भाउ बढेकाले नेपालमा पनि बढेको हुन सक्छ।'
मुख्यसचिव लीलामणि पौड्यालले दालको मूल्य विदेशी बजारमै बढेकाले नेपालमा त्यसको असर परेको तर अन्य खाद्यान्नमा मूल्य बढाउनुपर्ने कुनै कारण नरहेको बताए। ‘हामीसँग पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको गुनासो आउने गरेको छ,' उनले नागरिकसँग भने, ‘बजार अनुगमनले चामलको मूल्य बढाउने व्यापारीलाई कारबाही गर्न सकेको छैन।' 
सानालाई मात्रै अनुगमन गर्ने सरकारी प्रवृत्तिका कारण बजारमा कालोबजारी बढेको उपभोक्ता हित संरक्षण मञ्चमा अध्यक्ष ज्योति बानियाँले बताए। ‘खुद्रा पसल अनुगमन गर्ने, दोषी देखिए तत्काल कारबाही गर्ने, तर थोक व्यापारीको अनुगमनै नगर्ने,' उनले नागरिकसँग भने, ‘अनुगमनमै त्रुटि भएकाले दोषीको पहिचान हुन नसकेको हो।'
व्यापारी दोषी पाइए तत्काल कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न विभागलाई पर्याप्त अधिकार छ। ‘चामलको मूल्यमा ठगी हुनु अनुगमनशून्य छ भन्नु नै हो,' पौड्यालले भने। सरकारले ठूला व्यापारीमाथि पनि अनुगमन गरिरहेको तर मूल्य भने दिनप्रतिदिन आकासिँदै गएको भने उनले पनि स्विकारे।
नेपाल चेम्बर अफ कमर्सका सचिव देवेन्द्रभक्त श्रेष्ठ भने सबै खाद्यान्नको मूल्य नबढेको दाबी गर्छन्। ‘दालको मूल्य विदेशमै बढेकाले नेपालमा पनि वृद्धि भएको हो, त्यसबाहेकका खाद्यान्नको मूल्य बढेको छैन,' उनले भने, ‘चामल, तेल, गेडागुडीको मूल्य स्थिर छ। बढदै नबढेको सूची वाणिज्य विभागले कसरी फेला पार्योू, हामीलाई थाहा छैन।' 
किनेर ल्याएको र बजारमा पठाएको बिल सरकारलाई उपलब्ध गराउन व्यवसायी तयार रहेको श्रेष्ठले बताए। ‘कतिमा किनेको हो र कतिमा बिक्री गरेका छौं, बिल हेरेपछि थाहा हुन्छ,' उनले भने, ‘बिनाआधार कसैलाई आरोप लगाउन मिल्दैन।' 
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा भारतबाट मात्रै करिब ४ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०६९/७० को अघिल्लो ९ महिनामा ३ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो। समितिका अनुसार भारतबाट दैनिक ६० टन तरकारी तथा फलफूल नेपाल आइरहेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस