अनुदानको ५० करोड संस्थानबाटै गायब
३० जेष्ठ २०७२
•
८ मिनेट पाठ
अनुदानको ५० करोड संस्थानबाटै गायब
काठमाडौं-जापानले उपलब्ध गराएको अनुदानको चामल बिक्रीबाट आएको करिब आधा अर्ब रुपैयाँ खाद्य संस्थानबाटै गायब पारिएको छ। संस्थानले चामल बेचिसकेको ८ महिनासम्म पनि पूर्वसहमतिअनुसार रकम सरकारी खातामा जम्मा नगरेपछि आर्थिक अनियमितताको आशंका गरिएको छ।जापानले सन् २०१२ मा संस्थानलाई १९ हजार २ सय टन ( एक करोड ९२ लाख केजी) चामल अनुदानबापत उपलब्ध गराएको थियो। दाता, अर्थ मन्त्रालय र खाद्य संस्थानबीच सम्पन्न अनुदानसम्बन्धी त्रिपक्षीय सम्झौतामा चामल बिक्रीपछि करिब आधा रकम (४७ करोड ६० लाख) तत्कालै राष्ट्रबैंकमा जम्मा गर्नुपर्ने उल्लेख छ। यसरी जम्मा गरिएको रकम नेपालमा सञ्चालित जापानी परियोजनामै खर्चने पनि सम्झौतामा उल्लेख छ।
चामल बिक्री भइसकेको आठ महिनासम्म पनि अर्थ मन्त्रालयले उपलब्ध गराएको राष्ट्र बैंकस्थित सरकारी खातामा पैसा नदेखिएपछि दाता स्वयंले आर्थिक अनियमितताको आशंका गर्दै रकम खोजी गरेको स्रोतले जनाएको छ।
मन्त्रालय उच्च स्रोतअनुसार जापानले केही दिनअघि अर्थ तथा वाणिज्य मन्त्रालयमा आफूले पाउनुपर्ने रकम फिर्ता नपाएकोमा असन्तोष व्यक्त गरेको छ।
‘केही दिनअघि मन्त्रालयमा भएको छलफल कार्यक्रममै जापानले आफूले पाउनुपर्ने रकम तत्काल नपाए अन्य सहयोगबारे पुनर्विचार गरिने चेतावनी दिएको छ,' मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘उसले आफूले पाउनुपर्ने रकम तत्काल जम्मा गरिदिन खाद्य संस्थानलाई समेत आग्रह गरिरहेको छ।' 
वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार संस्थानले विभिन्न जिल्लामा उक्त चामल बिक्रीवितरण गरेर करिब एक अर्ब (९६ करोड) संकलन गरिसकेको छ। ‘सम्झौताअनुसार उक्त रकममध्ये ४७ करोड ६० लाख सरकारी खातामा जम्मा गरी जापानी परियोजनाका लागि फिर्ता गर्नुपर्ने हो तर अहिलेसम्म त्यसो गरिएन,' मन्त्रालय स्रोतले भन्यो, ‘यसबाट संस्थानले नै अनियमितता गरेको देखिन्छ।'
अर्थ मन्त्रालयले सम्झौताअनुसार राष्ट्रबैंकमा रहेको ‘केआर वान' नामक खातामा रकम जम्मा गरिदिन संस्थानलाई यसअघि नै निर्देशन दिएको थियो।
‘अर्थले पटकपटक लिखित पत्राचार नै गरी रकम खातामा जम्मा गरिदिन निर्देशन दिए पनि संस्थानले टेरेको छैन,' अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘संस्थानको लापरबाहीले आगामी दिनमा जापानबाट आउने सहयोग नै रोकिन सक्छ।'
सन् २०१२ मा प्राप्त सबै चामल गत असोजमै बिक्री भइसकेको छ। ‘चामल बिक्री गरेको पाँच दिनभित्र कुल रकमबाट केही प्रतिशत राष्ट्रबैंकको खातामा जम्मा गर्नुपर्ने हो तर अहिलेसम्म भएको छैन। के कारणले संस्थानले जम्मा गर्न नचाहेको हो, हामीलाई थाहा छैन,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘संस्थानका पदाधिकारीको भित्री कुरा बुझ्न सकिएको छैन।' 
उक्त रकम के कारण जम्मा नगरिएको हो, संस्थानले वाणिज्य र अर्थलाई समेत कुनै जानकारी नदिएको स्रोत बताउँछ। 
जापानबाट आएको चामल बचेको आधा रकम खै? संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठलाई सोध्दा उनी तर्किन खोजे। यो पुरानो विषय भएकाले यसमा समाचार नलेख्नसमेत उनले आग्रह गरे।
‘अहिले यस विषयलाई समाचार बनाइरहनुपर्दैन,' उनले नागरिकसँग भने, ‘पुरानो विषय भएकाले यसको कुनै अर्थ हुँदैन।' 
बिक्रीबाट आएको कुल रकममध्ये केही प्रतिशत सरकारी खातामा राख्ने त्रिपक्षीय सम्झौता भएको भने उनले स्विकारे। ‘ठ्याक्कै यति प्रतिशत भन्ने छैन,' महाप्रबन्धक श्रेष्ठले भने, ‘बिक्रीबाट आएको केही प्रतिशत रकम राख्नुपर्ने हो।' अहिलेसम्म किन जम्मा गरिएको छैन, त्यो पैसा कहाँ गयो त भन्ने प्रश्नमा उनी प्रस्ट भएनन्।
‘यस विषयमा मलाई खासै जानकारी छैन, यसलाई समाचार नबनाउँदै राम्रो हुन्छ,' उनले झोक्किँदै भने, ‘संस्थानले गरेका राम्रा कामको समाचार बनाउनुस् न।'
श्रेष्ठ सन् २०१० देखि नै संस्थानमा महाप्रबन्धक छन्। उनकै कार्यकालमा भएको अनुदानसम्बन्धी सम्झौतामा संस्थानसमेत एक हस्ताक्षरकर्ता हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी यस विषयलाई गम्भीर चासोसाथ हेरिनुपर्ने बताउँछन्। ‘यत्रो ठूलो रकम हिनामिना हुँदासमेत सम्बन्धित मन्त्रालयले कुनै चासो लिएको छैन,' उनले भने, ‘आधा अर्ब रुपैयाँ नै गायब पार्ने खेल भएको छ।' 
संस्थानका प्रवक्ता नवराज उपाध्यायले उक्त रकममध्ये एक रुपैयाँ पनि जम्मा नगरेको स्विकारे। ‘एक रुपैयाँ पनि जम्मा गर्न सकिएको छैन,' उनले भने, ‘जम्मा गर्नुपर्ने हो, त्यसमा हाम्रो कमजोरी नै हो।' 
संस्थानले उक्त चामल विभिन्न जिल्लाअनुसार फरकफरक मूल्यमा प्रतिकेजी ३० देखि ६० रुपैयाँमा बिक्री गरिसकेको छ। कर्णाली अञ्चलमा प्रतिकेजी ३० देखि ३५ रुपैयाँमा बिक्री गरेको उक्त चामल काठमाडौंलगायत सुगम जिल्लामा ६० रुपैयाँसम्ममा बेचेको थियो।
स्रोतका अनुसार जापानले उक्त रकम भूकम्पले क्षति पुर्यामएको भौतिक संरचना पुनर्निर्माणमा सघाउन चाहेको छ। त्यसैले उसले गायब रकमबारे बारम्बार खोजी जारी राखेको स्रोत बताउँछ। वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थका पदाधिकारीसँग जापानी अधिकारी यस विषयमा निरन्तर छलफलमा रहेको स्रोतले जनायो।
त्यसो त तीन वर्षअघि जापानबाट आएको चामलबारे न वाणिज्य मन्त्रालयसँग तथ्यांक छ न अर्थसँग। आधा अर्ब रुपैयाँ गायब हुँदासमेत दुवै मन्त्रालयले चासो दिएका छैनन्। 
संस्थानकै सञ्चालक समितिले पनि चामल बिक्रीबाट आएको रकमबारे यथार्थ जानकारी गराउन पटकपटक निर्देशन दिँदा पनि महाप्रबन्धकले कुनै चासो नदिएको सदस्यहरुको भनाइ छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस