'आफन्तलाई कोटा बाँड्न निःशुल्क भिसा'
३१ जेष्ठ २०७२
•
९ मिनेट पाठ
'आफन्तलाई कोटा बाँड्न निःशुल्क भिसा'
काठमाडौं- श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो र आफन्तको व्यवसायलाई फाइदा पुग्ने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि शून्य लागतको निर्णय गरेको व्यवसायीले आरोप लगाएका छन्।




राज्यमन्त्री गुरुङ आफैं म्यानपावर व्यवसायी हुन्। उनको हिमाल जनशक्ति म्यानपावर कम्पनी सञ्चालनमा छ भने आफन्तका ११ वटा कम्पनी छन्। राज्यमन्त्री गुरुङले गएको शुक्रबार यिनै कम्पनीलाई फाइदा पुग्ने गरी मलेसिया र खाडीलगायत छवटा मुलुकमा जाने कामदारका लागि निःशुल्क टिकट र भिसा लागु गर्ने निर्णय गरेको व्यवसायीहरूको आरोप छ। सरसर्ती हेर्दा शून्य लागतको निर्णय कामदारका पक्षमा देखिए पनि भित्री खेल आफ्नो र आफन्तको व्यवसाय हितका लागि भएको उनीहरूको तर्क छ।

व्यवसायीहरूका अनुसार राज्यमन्त्री गुरुङले आफ्नो विशेष सम्बन्ध प्रयोग गरेर कतार फाउन्डेसन र मलेसियाको फेक्स्ट्रोनिक कम्पनीबाट ठूलो संख्यामा निःशुल्क टिकट र भिसामा कामदारको माग ल्याउँदैछन्। उनी यी सबै कोटा आफ्नो र आफन्तका कम्पनीका लागि बाँड्ने योजनामा छन्।

यसअघि पनि राज्यमन्त्री गुरुङले आफ्नो विशेष सम्बन्ध प्रयोग गरी मलेसियाबाट फाइदा लिएका थिए। नेपालमा बायोमेटि्रक सञ्चालन गर्न प्रयासरत बंगलादेशी मूलका मलेसियाली व्यवसायी अमिनले राज्यमन्त्री गुरुङलाई निःशुल्क टिकट र भिसासहितको कामदारको माग उपलब्ध गराएका थिए। गुरुङले त्यो सबै कोटा भाइ शंकरको कम्पनी एसबी एसोसिएट्सलाई दिएका थिए। व्यवसायीको आरोप आउने डरले एसबीले अन्य २ कम्पनीलाई पनि कोटा बाँडेको थियो। राज्यमन्त्री गुरुङको अहिलेको निर्णयमा पनि यस्तै खेल रहेको व्यवसायीको आरोप छ। निःशुल्क टिकट र भिसाको निर्णय गराएर नेपालमा बायोमेटि्रक सञ्चालनमा ल्याउने योजना पनि गुरुङको भएको व्यवसायीहरू बताउँछन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले मन्त्रीलाई फाइदा पुग्ने गरी निर्णय भएको बताए। 'नेपाली कामदार बढी जाने देश छानीछानी निःशुल्क टिकट र भिसाको निर्णय गरिएको छ,' उनले भने, 'उनकै म्यानपावर कम्पनी हिमालले एउटा कामदारसँग १२ लाख उठाएर पोर्चुगल पठाउँछ, त्यसमा किन निःशुल्क टिकट र भिसाको कुरा आएन? सरकार आफंैले इपिएसमार्फत कोरियामा एक लाख लिएर नेपाली कामदार पठाउँछ, त्यसमा किन निःशुल्कको कुरा उठ्दैन?'

कोसी इन्टरनेसनल तथा वर्ल्डवाइड म्यानपावरका सञ्चालक कृष्ण पौडेलले राज्यमन्त्री गुरुङले आफू, आफ्नो भाइ र आफन्तले मात्र व्यवसाय गर्ने गरी निर्णय गराएको बताए। 'कामदारका लागि निर्णय गरेको भनिएको छ, जुन देशमा निःशुल्क टिकट र भिसाको कुरा छ, त्यहीँका कामदारको हकअधिकार सुनिसुश्चितका लागि श्रम सम्झौता भएको छैन,' उनले भने।

श्रम सम्झौताका विषयमा मौनता साँधेर निःशुल्कको पछाडि कुद्नुले पनि स्वार्थ जोडिएको प्रस्ट हुने उनले बताए। 'यो निर्णयले त कोहीले पैसा तिरेर जान्छु भन्ने विकल्प पनि भएन,' उनले भने, 'मलेसियाको फेक्स्ट्रोनिक कम्पनी र कतारको कतार फाउडेन्सनबाट आउन लागेको निःशुल्क टिकट र भिसाको मागलाई बाँडेर खान अरू व्यवसायीलाई डुबाउने खेल खेलिएको छ।'

उनले एकतर्फी निर्णयले सबै म्यानपावर कम्पनी बन्द हुने बताए। '९ लाख नेपाली कामदार रहेको मलेसियामा किन श्रम सम्झौता भएको छैन? श्रम सम्झौतामै निःशुल्क टिकट र भिसा उल्लेख किन गर्न सकिन्न?' उनले भने, 'यसअघि एसबी एसोसिएट्सले निःशुल्क टिकट र भिसा पाएको थियो। त्यो उहाँ (राज्यमन्त्री गुरुङ) को भाइको कम्पनी हो, अहिले पनि त्यहीअनुसार सम्झौता भएर निर्णय भएको छ। कतार फाउन्डेसनबाट आउन लागेको सेटिङ पनि त्यही हो।'

राज्यमन्त्री गुरुङ भने निर्णय कामदारको हितमा भएको दाबी गर्छन्। 'व्यवसायीले जे जे भन्छन् त्यो मान्नैपर्छ भन्ने छैन,' उनले भने।

उनले कतार फाउन्डेसनको आउन लागेको निःशुल्क टिकट र भिसाका विषयमा थाहा नभएको बताए। 'आरोप लगाउनेले के के भन्छन्, कसकसको विश्वास गर्नु?' उनले भने।

सम्बन्धित मुलुकले निःशुल्क टिकट र भिसा नदिए के गर्ने भन्ने जिज्ञासामा मन्त्री गुरुङले सरकारले त्यसका लागि काम गरेको दाबी गरे। तर, कसरी पाइन्छ भन्ने चाहिँ खुलाएनन्।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले मन्त्री गुरुङले शून्य लागतको नाम देखाएर आफंैले मात्र काम गर्न खोजेको बताए। '७ वटा देशमा मात्र निःशुल्क गरिएको छ। अरु देशमा किन निःशुल्क भएन?' उनले भने, 'कतारसँग पहिला नै निःशुल्क थियो अहिले प्रचार गर्न किन निर्णय गरेको?'

संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले मन्त्रीले हचुवाका भरमा निर्णय गरेको बताए। 'एकचोटि कोरिया र पोर्चुगलमा निःशुल्क गरेर देखाउन हामी उहाँलाई चुनौती दिन्छौं,' उनले भने।

कामदारलाई निःशुल्क गर्ने कुरा राम्रो भए पनि पर्याप्त छलफल नगरी एकतर्फी निर्णय गर्नु नेपाली कामदारलाई वैदेशिक रोजगारमा जानबाट वञ्चित गराउने षड्यन्त्र भएको उनले बताए। 'अहिले नयाँ म्यानपावरलाई लाइसेन्स दिने तयारी भएको छ र सीमित म्यानपावरलाई निःशुल्क काम दिने योजना हो यो,' उनले भने।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष नरेश गेलालले पनि यो निर्णय बायोमेटि्रक लागु गराउने खेल भएको आरोप लगाए। 'जुलाई १ बाट बायोमेटि्रक सञ्चालन गर्न निःशुल्क टिकट र भिसाका कुरा उठाइएको छ,' उनले भने।

मन्त्रालयले मलेसियालगायत खाडी मुलुकमा बिनाखर्च कामदार पठाउने तयारी गरे पनि यसबारे सम्बन्धित मुलुक र व्यवसायीसँग छलफल गरेको छैन। सम्बन्धित मुलुकले निःशुल्क टिकट र भिसा नदिए के गर्ने भन्ने विकल्प पनि मन्त्रालयसँग छैन।

यो निर्णयले नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको मलेसिया र खाडी मुलुक कामदारका लागि बन्द हुन सक्ने भन्दै आन्दोलन सुरु गरेका छन्। संघले व्यवसायीसँग छलफल नै नगरी राज्यमन्त्री गुरुङले आफूअनुकूल निर्णय गरेको भन्दै आइतबार वैदेशिक रोजगार विभाग ताहाचलमा घेराउ गरेको थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस