खाद्यलाई तत्काल रकम जम्मा गर्न निर्देशन
३१ जेष्ठ २०७२
•
८ मिनेट पाठ
खाद्यलाई तत्काल रकम जम्मा गर्न निर्देशन
काठमाडौं- वाणिज्य तथा आपूर्ति मन्त्रालयले जापानले दिएको अनुदानको चामल बिक्री गरेर आएको ४७ करोड ६० लाख रुपैयाँ तत्काल राष्ट्र बैंकमा जम्मा गर्न खाद्य संस्थानलाई निर्देशन दिएको छ। जापानले दिएको अनुदानको चामल बेचेर आएको ४७ करोड ६० लाख रुपैयाँ संस्थानले सरकारको खातामा जम्मा नगरेको समाचार नागरिकमा प्रकाशित भएपछि आइतबार मन्त्रालयमा भएको छलफलपछि उक्त रकम तत्काल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको हो। यो रकम सरकारले चामल अनुदान दिने जापानलाई उपलब्ध गराउनुपर्नेछ।'खाद्यले जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल बिक्री गरेको ८ महिना बितिसक्यो, अहिलेसम्म एक किस्ता पनि रकम जम्मा भएको छैन,' मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, 'छिटोभन्दा छिटो रकम जम्मा गर्न मन्त्रालयले आइतबार पत्र काटेको हो।'




मन्त्रालयले आइतबारै चामल बिक्रीबाट आएको रकमका विषयमा तत्काल मन्त्रालयलाई जानकारी गराउन दिर्नेशन दिएको छ। 'यति लामो समयसम्म किन सरकारी खातामा रकम जम्मा नगरेको?, बिक्रीबाट आएको रकम कुन खातामा राखेको?, नराखेको भए कहाँ गयो? लगायत प्रश्न सोधर संस्थानलाई पत्र पठाइएको छ,' मन्त्रालय स्रोतले भन्यो, 'संस्थानले तीन दिनभित्र मन्त्रालयलाई यसको जानकारी दिइसक्नुपर्नेछ।'

खाद्यले जापानलाई बुझाउनुपर्ने रकम उपलब्ध नगराउँदा अन्य सहयोगसमेत रोकिने सम्भावना बढेपछि मन्त्रालय आफैं अग्रसर भएर रकम जम्मा गराउन लागिपरेको हो। 'खाद्य संस्थानका अधिकारीलाई हामीले यसअघि पनि पटक–पटक उक्त रकमको विषयमा जानकारी दिन मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थियौं,' एक उच्च अधिकारीले नागरिकसँग भने, 'तर, महाप्रबन्धक शिवहरि श्रेष्ठले यसलाई बेवास्ता गर्दै आएका छन्।'

यो पत्रलाई पनि संस्थानले बेवास्ता गरे मन्त्रालयले कानुनी बाटो रोज्नुपर्ने स्रोतले बतायो।

'संस्थानले जति आलटाल गरे पनि रकम दाखिला नगरी सुखै छैन,' मन्त्रालयका प्र्रवक्ता शम्भुप्रसाद घिमिरेले नागरिकसँग भने, 'समयमा रकम उपलब्ध नगराएकै कारण मन्त्रालयले रकम जम्मा गर्न ताकेता गरेको गर्यैस छ।'

यसअघि संस्थान अधिकारीलाई यस विषयमा जानकारी दिन मन्त्रालयमा उपस्थि हुन निर्देशन दिँदा समेत वास्ता नगरेको मन्त्रालयका अधिकारीले बताए। संस्थानमा व्यापक घोटाला भएको गुनासो आएपछि श्रेष्ठलाई मन्त्रालयमा काजमा तानिएको थियो। तर पुनरावेदन अदालतबाट 'स्टे अर्डर' लिएकाले उनलाई काजमा तान्न नसकिएको ती अधिकारीले बताए।

जापान सरकार, अर्थ मन्त्रालय र संस्थानबीच भएको सम्झौताअनुसार चामल बिक्री गरिसकेपछि सरकारी खातामा रकम जम्मा गनुपर्थ्यो। चामल बिक्री गरे पनि रकम जम्मा नभएकाले मन्त्रालयले पटकपटक पत्र काटेको थियो। पत्रमा संस्थानले वास्ता नगरेपछि अन्तिमपटक कानुनी बाटो अपनाउने चेतावनीसहित पत्र काटेको मन्त्रालय स्रोतले बतायो।

संस्थानका महापबन्धक श्रेष्ठले छिटोभन्दा छिटो सरकारी खातामा रकम जम्मा गर्ने बताए। 'कहिलेसम्म रकम जम्मा गरिसक्छौं, त्यो अहिल्यै भन्न सकिन्न,' उनले भने, 'तर रकम जम्मा गर्ने कार्यक्रम छ।' चामल बिक्री गर्नासाथ रकम जम्मा गर्नुपर्ने होइन र? भन्ने प्रश्नमा उनले भने, 'त्यो हो, तर अहिलेसम्म जम्मा गरिएको छैन।'

जापानले ४७ करोड ६० रुपैयाँ अहिलेसम्म नआएको भनेपछि अर्थ तथा वाणिज्य मन्त्रालयले थप चासो लिएका हुन्। केही दिनअघि दातासँग भएको छलफलमा यसको विषयमा कुरा भएको मन्त्रालयका अधिकारीले बताए।

प्रवक्ता घिमिरेले तत्काल रकम जम्मा नगरे मन्त्रालयले संस्थानका कर्मचारीमाथि छानबिन गर्ने बताए। 'सत्य तथ्य कुरा बाहिर नआए मन्त्रालयले संस्थानका कर्मचारीलाई छानबिनको दायरामा ल्याउनेछ,' उनले भने, 'ठूलो विषय भएकोले मन्त्रालयले गम्भीर रुपमा लिएको छ।'

मन्त्रालय स्रोतका अनुसार चामलको रकम दुरुपयोग हुन सक्ने आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत चासो लिएको छ। 'अख्तियारले यस विषयमा सोधपुछ गरेको छ,' मन्त्रालय स्रोतले नागगरिकसँग भन्यो, 'अख्तियार र मन्त्रालयले छानबिन गर्नुपूर्व उक्त रकम सरकारी खातामा जम्मा गर्नु उपयुक्त हुनेछ।'

केही दिनअघि जापानका अधिकारीले वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको छलफलमा चामल बिक्रीबाट पाउनुपर्ने रकम अहिलेसम्म नपाएको भन्दै आक्रोश पोखेका थिए। 'खाद्य संस्थान पारदर्शी नभए आगामी दिनमा आउने अनुदान रोक्ने चेतावनी दिएका थिए,' मन्त्रालयका ती अधिकारीले भने, 'खाद्यको नकारात्मक गतिविधिका कारण वैदेशिक सहयोग रोकिने अवस्था आउन सक्छ।'

जापान सरकारले खाद्य संस्थानका पूर्वमहानिर्देशक हरिनारायण साहको पालामा अनुदानमा चामल दिएको थियो। बिक्री भने श्रेष्ठले गरेका हुन्। श्रेष्ठ खाद्यको महाप्रबन्धक पदमा नियुक्त भएको दुई वर्ष भएको छ।

जापानले यसअघि २००८ र २०१० मा दिएको सहयोगको चामल बिक्रीबाट आएको रकम तत्कालैसरकारी कोषमा दाखिला भएको थियो। २०१२ मा आएको चामलको भने रकम जम्मा गरिएन। 'यसअघि समयमै हिसाबकिताब बुझाउने गरेकोमा श्रेष्ठकै पालामा यस्तो भयो,' ती अधिकारीले भने।

जापान सरकारले नेपाललाई विभिन्न चरणमा अनुदानमा चामल सहयोग गर्दै आएको छ। जापानले सन २०१२ मा १९ हजार २ सय टन चामल अनुदानमा उपलब्ध गराएको थियो। उक्त चामल बिक्री गरेर आएको रकममध्ये करिब ५० प्रतिशत सरकारी खातामा जम्मा गर्नुपर्ने प्रावधान छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस