शून्य लागत प्रकरण : तत्काल लागू नगर्न निर्देशन
०१ असार २०७२
•
८ मिनेट पाठ
शून्य लागत प्रकरण : तत्काल लागू नगर्न निर्देशन
काठमाडौ-श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले केही रोजगार गन्तव्यका हकमा गरेको शून्य लागत निर्णय तत्काल लागू नगर्न प्रधानमन्त्री सुशील कोइरालाले निर्देशन दिएका छन्। म्यानपावर व्यवसायीले चर्को आलोचना गरेपछि प्रधानमन्त्री कोइरालाले हस्तक्षेप गरेका हुन्।प्रधानमन्त्री कोइरालाले सम्बन्धित मुलुकसँग श्रम सम्झौता गरेर मात्र शून्य लागतको निर्णय कार्यान्वयन गर्न श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई मंगलबार निर्देशन दिएका हुन्। शून्य लागतबारे थप छलफल गर्न पनि कोइरालाले निर्देशन दिएका छन्। 
श्रममन्त्री गुरुङ एक्लैले गरेको निर्णयको चर्को आलोचना गरिरहेका व्यवसायीले प्रधानमन्त्री भेटेर यसले व्यवसाय नै बन्द हुने अवस्था आएको गुनासो गरेका थिए। व्यवसायीको कुरा सुनेपछि कोइरालाले गुरुङलाई छलफलमै डाकेर निःशुल्क टिकट र भिसाको व्यवस्था लागू गर्नुपूर्व सम्बन्धित मुलुकसँग श्रम सम्झौता गर्न निर्देशन दिएका हुन्। 
व्यवसायीका अनुसार प्रधानमन्त्री कोइरालाले यस विषयमा पर्याप्त छलफल गर्नुपर्ने र एकतर्फी निर्णयले निजी क्षेत्रको लगानी डुब्ने भन्दै विचार पुर्यापएर काम गर्न गुरुङलाई निर्देशन दिए। 
कांग्रेस कोटाबाट श्रम राज्यमन्त्री बनेका गुरुङको निर्णयले तत्काल उनलाई मात्र फाइदा हुने, ७ सयभन्दा बढी व्यवसायी डुब्ने भन्दै कांग्रेस निकट व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 
प्रधानमन्त्री कोइरालाले २ पटक गरी ३ घन्टा छलफल गरेका थिए। छलफलमा उनले राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई पनि डाकेका थिए। गर्भनर नेपालले पनि एकैचोटि निःशुल्क गर्दा वैदेशिक रोजगारीमा समस्या आउने र त्यसले रेमिटेन्समा असर पार्ने बताए। 
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेसहित तिलकबहादुर रानाभाट, ज्ञानप्रसाद गैरे, अब्दुल सत्तार, कृष्ण पौडेल, यामबहादुर केसी, कमल तामाङ लगायतले प्रधानमन्त्री भेटेका हुन्। उनीहरुले शून्य लागतको अवधारणा राम्रो भए पनि पर्याप्त छलफल नगरी गुरुङले आफू अनुकूल निर्णय गरेको भन्दै गुनासो गरेका थिए। व्यवसायीले शून्य लागतका पछाडि बायोमेटि्रकको खेल भएको आशंका गरेका छन्। 
फोरम अध्यक्ष न्यौपानेले सरोकारवाला व्यवसायी र सम्बन्धित मुलुकसँग छलफलै नगरी हतारमा निर्णय गरेकाले विरोध गर्नुपरेको बताए। ‘यो निर्णय कार्यान्वयन गर्न कम्तीमा एक वर्ष लाग्छ, एक साताअघि निर्णय गरेर कार्यान्वयन गर्दा वैदेशिक रोजगारी नै बन्द हुन्छ, त्यसैले विरोध गर्नुपरेको हो,' उनले भने। 
न्यौपानेका व्यवसायीले भेटेपछि प्रधानमन्त्रीले श्रममन्त्री र गर्भनर डाकेका थिए। ‘उहाँले आवश्यक तयारी र सम्बन्धित मुलुकसँग श्रम सम्झौता गरेपछि मात्र निर्णय लागू गर्न श्रम राज्यमन्त्रीलाई निर्देशन दिनुभयो,' न्यौपानेले भने। उनका अनुसार कोइरालाले यो निर्णयले निजी क्षेत्रलाई हतोत्साही बनाउने बताएका थिए। 
छलफलमा सहभागी अर्का व्यवसायी कृष्ण पौडेलका अनुसार कोइरालाले ‘सात देशमा मात्र किन? सरकारले वैदेशिक रोजगारीका लागि खुल्ला गरेको १ सय ९ मुलुकमै निःशुल्क टिकट र भिसा हुनुपर्छ' भनेका थिए। 
गर्भनर नेपालले एकैचोटि लागू गर्दा समस्या आउने बताए। उनले पनि बायोमेटि्रक लागू गर्न नहुने बताएका थिए। गभर्नर नेपालले मलेसियाले पाइलट प्रोजेक्टको रुपमा नेपालमा बायोमेटि्रक प्रणाली लागू गर्न खोजेको भन्दै यो रोक्नुपर्नेमा जोड दिए। ‘बायोमेटि्रक प्रणाली राम्रो हो। तर कुन देशको कुन कम्पनीले गर्दैछ, त्यो बुझ्नुपर्छ। सरकारले आफैंले पनि गर्न सक्छ त्यसैले पर्याप्त छलफल हुनुपर्छ,' उनले भने। 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले श्रम राज्यमन्त्रीको एकतर्फी निर्णयले व्यवसायी र कामदारमा अन्योल भएकाले प्रधानमन्त्रीलाई भेटेर जानकारी गराएको बताए। 
राज्यमन्त्री गुरुङले आफ्नो निर्णयको बचाउ गर्दै अहिल्यै लागू गर्नुपर्ने अडान राखेका थिए। ‘यसबाट पनि मन्त्रीको स्वार्थ छ भन्ने थाहा हुन्छ,' गैरेले भने। 
मन्त्री गुरुङले गत शुक्रबार मलेसिया, बहराइन, ओमन, कतार, साउदी अरब, दुबई, कुवेतमा निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने निर्णय गरेका थिए। 
यी देशमध्ये कतार, बहराइन र युएईसँग मात्र श्रम सम्झौता भएको छ। नेपाली कामदारको मुख्य गन्तव्य मलेसियासँग श्रम सम्झौता छैन। नेपाली बढी जाने साउदी अरब, कुवेत, ओमानसँग पनि सरकारले सम्झौता गर्न सकेको छैन। 
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको प्रावधान अनुसार कामदारको सेवा, सुविधा, हक, अधिकार तथा सुरक्षाका लागि कामदार पठाउने र रोजगारी दिने मुलुकबीच श्रम सम्झौता हुनुपर्छ। नेपालले कतार, युएई, बहराइन, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ। 
व्यवसायीले पहिला श्रम सम्झौता र त्यसपछि निःशुल्क टिकट र भिसा हुनुपर्ने माग राखेका छन्। विदेशी रोजगारदाताले टिकट र भिसा खर्च नदिए नेपालबाट कामदार जान नसक्ने भएकाले नेपालको लागि कोटा सुनिश्चित गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए। 
अघिल्लो दिन व्यवसायीले यो निर्णय लागू भए सरकारलाई लाइसेन्स बुझाउने चेतावनी दिएका थिए। शून्य लागतको नाममा मन्त्रीले ७ मुलुकमा अघोषित रुपमा कामदार पठाउन बन्द गर्न लागेको व्यवसायीको आरोप थियो। आफूहरुसँग छलफलै नगरी शून्य लागतको प्रचार गरेको भन्दै गन्तव्य मुलुकका म्यानपावर व्यवसायीले सरकारी अधिकारीले आश्चर्य प्रकट गरेको व्यवसायी बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस