‘पत्‍नी बनाएर ५० हजारमा बेचेछ'
०२ असार २०७२
•
१५ मिनेट पाठ
‘पत्‍नी बनाएर ५० हजारमा बेचेछ'
काठमाडौं-राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन।बिहेको प्रलोभनमा भारत, मेघालय पुर्‍याएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य! आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो।
उनलाई झैं भारत पुर्यााइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन।
महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन्।
... ... ... 
हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन्। कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया (नाम परिर्वतन) यो प्रस्तावले दंग भइन्।
भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए। 
उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन्। सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन्। 
सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन्– बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन्।
भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन। सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन्। 
नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन्।
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन्, बल्ल उनले भेउ पाइन्, विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने र्या्केटको दलाल पो रहेछ। 
त्यसो त मेघालयमा उनलाई राखिएको होटल सञ्चालिकालाई त्यो युवकका गतिविधिमा पहिल्यै शंका लागिसकेको थियो। नत्र हरिमाया अहिले दिल्लीको कुनै कोठीमा नारकीय जीवन बिताइरहेकी हुन्थिन्। संयोगबस नुवाकोटबाट मेघालय पुगेर होटल व्यवसायमा लागेकी संगीता श्रेष्ठको साथले उनी बेचिए पनि कोठी पुग्नबाट जोगिइन्।
घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी विकास श्रेष्ठका अनुसार सँगै काम गर्ने सुमनले वैशाख २० गते हरिमायालाई भगाएर कोटेश्वरमा रहेका दाइको घरमा २ दिनसम्म राखेका थिए। कोटेश्वरमा २ दिन बसेपछि सुमनले उनलाई सस्तोमा कपडा किन्ने भन्दै ट्याक्सीमा राखेर चितवन पुर्यावएपछि राम्रो जीवन बिताउने भन्दै २ वर्षसम्म भारतमा बस्ने प्रस्ताव राखेका थिए।
चितवनबाट बस चढाएर लगेपछि उनले कहाँ पुगियो भन्ने भेउ नै पाइनन्। उत्रिँदा पो भारतको मेघालय पुगिसकेकी थिइन्।
सुमनको बदलिएको व्यवहारले भने उनलाई कताकता चिसो पसिसकेको थियो। बसबाट ओर्लिनै नदिने, बसमा बस्दा पनि सलले मुख छोप्न लगाउने, शौचालय जाँदासमेत पछि लाग्ने उसको व्यवहार अनौठो लागेको थियो हरिमायालाई । आफू बेचिनै लागेको त उनले कसरी सोच्नु!
‘सुमनले नेपालमा बसेर केही हुन्न, दुई वर्षजति भारतमा गएर बसौं भन्यो,' महानगरीय प्रहरी, भक्तपुर परिसरमा रहेकी हरिमायाले भनिन्, ‘यताबाट जाँदा उसले बाटोमा देखाएको व्यवहारले शंका त लागेको थियो तर बिहे नै गर्छु भनेकाले बेच्न लैजाँदैछ भनेर सोच्नै सकिनँ।'
जेठ २४ मा मेघालय पुग्दा सुमन र हरिमायासँगै अन्य युवक पनि थिए। उनीहरु मेघालयको जुन होटलमा बसे, संयोगबस त्यो नेपालीमूलकी संगीताको थियो।
भर्खरकी किशोरी लिएर होटल पुगेका केटा देख्दा उनको मनमा शंका लाग्यो। सोधखोज गर्दा बिहे गरेर आएको भनेकाले उनले कोठामा बस्ने अनुमति दिइन्।
पीडित युवतीको प्रारम्भिक बयानअनुसार उनीहरु होटलमा बसेका बेला सुमनले एक युवतीलाई ‘दिदी' भनेर चिनाएका थिए। ती युवती नेपालबाट जाँदा सँगै थिइनन्। दोस्रो दिन उनी आएर सोही होटलमा बसिन्। 
होटलमा बसेको चौथो दिन अन्दाजी ३० वर्षजतिकी ती महिलाले झोलामा रहेको सुमन र हरिमायाको कपडा छुट्ट्याएर अर्को झोलामा राख्न थालेपछि बल्ल उनको मनमा चिसो पसेको थियो।
कपडा किन छुट्ट्याएको भनेर सोध्दा सुमन ढोकामै थिए। केही नबोली बाहिरिए उनी। हरिमायाले कपडा नछुट्ट्याउनुस् भनेर जिद्दी गरेपछि दिदी भनाउँदीले उनलाई भनिन् , ‘तिमी मसँंग दिल्ली जाने हो।' आफू एक्लै नजाने बताएपछि ती महिलाले ‘सुमनले ५० हजार लिइसक्यो, तिमी मसँग जानुपर्छ' भनिन्। विवाहको प्रलोभनमा सुमनले आफूलाई बेचेको बल्ल भेउ पाइन् हरिमायाले।
यता जेठ २६ गते बिहान उनीहरु बस्ने कोठामा हल्लाखल्ला भएपछि संगीता के भयो भन्दै कोठामा पुगिन्। ढोकानजिकै रहेका सुमन र अर्की महिला केही डराएझैँ देखिए। होटल सञ्चालिकाले ‘प्रहरी बोलाइदिऊँ?' भनेपछि हरिमायालाई छाडेर दुवै जना होटलबाट बाहिरिए, अनि फर्किएनन्।
यता, नेपालमा एकाएक बहिनी हराएपछि हरिमायाका दाइ खोज्न भौंतारिइरहेका थिए। हरिमाया मेघालयको होटलमा रहेको जानकारी पाउँदा उनी झसंग भए।
नेपाल प्रहरीमै रहेका आफन्तमार्फत घटना महानगरीय प्रहरी परिसर भक्तपुरसम्म पुगेपछि मेघालयको प्रहरीसँग समन्वय गरेर प्रहरीले उनलाई सकुशल स्वदेश फर्काउन सफल भयो। उनलाई विवाहको प्रलोभनमा पारेर मेघालयसम्म पुर्याुएर दलाललाई बेच्ने सुमन भने अझै फेला परेका छैनन्।
‘होटलकी सञ्चालिकाले शंका गर्दा उनी जोगिइन्,' एसपी श्रेष्ठले नागरिकसँग भने, ‘अहिले उनी आफ्नो परिवारसँग छिन्, सुमनको खोजी तीव्र पारिसक्यौं।'
मेघालय पुर्या्इएकी हरिमाया जोगिएर स्वदेश फर्किन सफल भइन्। भूकम्पबाट भत्किएको जीवनको पुनर्निर्माणको आसमा उद्धारकर्ताको आवरणमा आएका दलालको भर पर्दा भारतको मुम्बई र उत्तरप्रदेशको आगरास्थित कोठी पुगेका १५ नेपाली चेलीको भाग्य हरिमायाको झैँ बलियो भएन।
स्थानीय संस्थाको संरक्षणमा रहेका उनीहरु अहिले आफ्नो जीवन बौराउने प्रयासमा छन्। उनीहरुलाई किन्ने कोठी सञ्चालिकासहितका १६ जना आगराको स्थानीय प्रहरी हिरासतमा छन्। उद्धारकर्ताको भेषमा सिन्धुपाल्चोक र नुवाकोटका भूकम्प पीडितको थातथलोमै पुगेर भारत पुर्यााउने दलालहरुको अझै पहिचान हुन सकेको छैन।
‘धर्मको आवरणमा ओसारपसार'
भूकम्पपछिको असरल्ल जीवनयापन, गरिबी अनि अज्ञानताका कारण किशोरी र बालबालिकाको अवैध ओसारपसार र बिक्रीका घटना सार्वजनिक भएपछि गृह र महिला बालबालिका मन्त्रालय, प्रहरी प्रशासन तथा केन्द्रीय बालकल्याण समिति सबै निकाय तातेझैँ देखिन्छन्।
तर न किशोरी सीमा काटेर भारत पुग्ने क्रम रोकिएको छ न बालबालिकाको अवैध ओसारपसार नै। शिक्षा, अवसर र सुन्दर भविष्यको प्रलोभनमा पारेर भूकम्प प्रभावित १४ जिल्लाबाट अनुमति नलिई बालबालिका ओसारपसारको घटना भइरहेको केन्द्रीय बालकल्याण समितिका पदाधिकारी बताउँछन्।
उनीहरुका अनुसार भूकम्पपछि करिब ५ सय बालबालिका जोखिममा छन्। समितिले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्पबाट क्षति पुगेको भौतिक संरचनाका कारण ८२ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् भने ४ सय २७ बालबालिका बुबा या आमामध्ये एक छैनन्। घरबारविहीन बालबालिकाको संख्या भने समितिसँग छैन।
समितिका अध्यक्ष डिल्लीराम गिरीका अनुसार जिल्ला बालकल्याण समितिको अनुमतिविना बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन रोक लगाए पनि यसको उल्लंघन क्रम रोकिएको छैन। पछिल्लो समय धार्मिक संस्थाका नाममा बालबालिका ओसारपसार क्रम बढेको बताउँदै संरक्षण आवरणमा ओखलढुंगा र गोरखाबाट काठमाडौं ल्याइएका २ सय बालबालिकाको अवस्था अझै खुल्न नसकेको उनले बताए।
उनका अनुसार गोरखाको ल्होबाट संरक्षण दिने भन्दै काठमाडौंको थानकोटमा २ सय बालबालिका ल्याइएको जानकारी आए पनि खोजी गर्दा १ सय ५० बालबालिकाको अवस्था खुल्न सकेको छैन।
‘एक गुम्बाले अनुमति नै नलिई गोरखाबाट करिब २ सय बालबालिका काठमाडौं ल्याएको रहेछ,’ बुधबार समितिमा आयोजित अन्तर्क्रियामा गिरीले भने, ‘६१ बालबालिका थानकोटमा भेट्टिए तर अरू कहाँ छन्, ल्याउनेले नै भन्न सक्दैनन्।'
समितिका अधिकारीका अनुसार ओखलढुंगाबाट एक व्यक्तिले २९ जना बालबालिका बिनाअनुमति काठमाडौं ल्याएर नेपाल बाल संगठनमा राखेको खुलेपछि खोजी गर्दा ती बालबालिका फेला परेका छैनन्। संगठनसँग ती बालबालिकाबारे जानकारी माग्दा जसले ल्याएको हो, उसैले लगे भन्ने जवाफ आएको समितिका अधिकारी बताउँछन्।
गुम्बा, चर्च र आश्रमका अधिकारी संरक्षण दिने आवरणमा भूकम्प प्रभावित जिल्ला गएर कानुनविपरीत आफूखुसी बालबालिका ओसार्न संलग्न रहेको सूचना आइरहेको समितिका अध्यक्ष गिरीले जानकारी दिए।
गुम्बाहरुमा २ हजारभन्दा बढी बालबालिका रहेको सूचना आएपछि त्यसको विवरण माग्दा नदिएको बताउँदै प्रचलित कानुनअनुसार काम गर्दा अटेर गर्नेविरुद्ध समितिले कारबाही गर्ने चेतावनी गिरीले दिए।
अनुमतिबिना बालबालिका ओसारपसार गर्ने समूहविरुद्ध कानुनी कारबाही अगाडि बढाउँदा सरकारी वकिलको कार्यालयबाट मुद्दा नै नचलाउने निर्णय भएकोमा उनी आक्रोशित देखिए। उनले यसविरुद्ध माथिल्लो निकायमा पुनरावेदनमा जाने सुनाए।
‘जिल्ला बालकल्याण समितिको अनुमतिबिना बालबालिका ओसार्ने पतञ्जली होस् या गुम्बा, कानुन मिच्ने कसैले पनि कारबाहीबाट उन्मुक्ति पाउन सक्दैनन्,' गिरीले भने, ‘कानुन मिचेर बालबालिका ओसार्नेविरुद्ध कारबाही गर्न सकिनँ भने म समितिबाटै राजीनामा दिन्छु।'


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस