काठमाडौं-चालु आर्थिक वर्षमा १ लाख ५५ हजार ५ सय ५८ टन खाद्यान्न बचत हुने देखिएको छ। प्रमुख खाद्य बालीको उत्पादन ३.१ प्रतिशतले घट्ने अनुमान गरिए पनि खाद्यान्न बचत हुने अवस्था देखिएको हो।यस वर्ष मुलुक खाद्यान्नमा आत्मनिर्भर रहेको प्रारम्भिक खाद्य वासलातले देखाउँछ। यस वर्ष करिब १ लाख ५५ हजार ५ सय टन खाद्य बचत हुने कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए। यो वर्ष उपभोग्य खाद्यान्न उत्पादन करिब ५५ लाख ७ सय २८ टन छ।
अनुमानित २ करोड ८१ लाख जनसंख्यालाई करिब ५३ लाख ४५ हजार १ सय टन खाद्यान्न आवश्यक पर्छ। बाँकी बचत हुने देखिन्छ। मुलुकको यस वर्षको आत्मनिर्भरता प्रतिशत १ सय ३ छ। राष्ट्रिय रुपमा बचतको स्थिति हुँदाहँुदै पनि ७५ मध्ये ३२ जिल्लालाई आफ्नो उत्पादनले पुग्दैन। अघिल्लो वर्ष यस्तो संख्या ३० थियो। ३२ जिल्लामा ९ लाख ७४ हजार ६ सय टन खाद्यान्न अपुग हुने देखिन्छ।
भूकम्पबाट अति प्रभावित १४ मध्ये १० जिल्लामा खाद्यान्न नपुग्ने स्थिति छ। गत वर्ष यस्तो जिल्ला ७ मात्र थिए। भूकम्पप्रभावित ओखलढुंगा, सिन्धुली, नुवाकोट र रामेछापलाई भने आफ्नै उत्पादनले पुग्छ। धादिङ, गोरखा र सिन्धुपाल्चोक जिल्लामा गत वर्ष बचत भए पनि यसपालि अपुग हुनेछ। १४ जिल्लामा ५ लाख ५३ हजार ९ सय टन खाद्यान्न नपुग हुनेछ।
विगत तीन वर्षदेखिको खाद्य वासलातले यस वर्षको बचत निकै कम भएको देखाउँछ। आव ०६८/६९, ०६९/७० र ०७०/७१ मा क्रमशः ९ लाख ४३ हजार १ सय, ४ लाख ८ हजार ४ सय र ७ लाख ८९ हजार ८ सय टन बचत भएको देखिन्छ।
यस वर्ष चामल पनि ६ लाख ७६ हजार ८ सय टन अपुग हुने देखिएको छ। अन्य अन्नबालीमा भने मुलुक आत्मनिर्भर हुने र केही बचतसमेत हुने देखिन्छ। मकै करिब ४३ हजार ३ सय, कोदो १ हजार, फापर ४ सय ६६, गहुँ ७ लाख ८५ हजार ८ सय र जौ १ हजार ६ सय टन बचत हुने देखिन्छ।
यस वर्ष खाद्यान्न बाली ९२ लाख ६६ हजार २ सय टन उत्पादन भएको अनुमान छ। यो पोहोरको तुलनामा ३.१ प्रतिशतले कम हो। पोहोर ९५ लाख ६२ हजार ६ सय टन उत्पादन भएको हो। धानमा ५.१ र मकैमा ६ प्रतिशतको गिरावट छ।
कृषि विकास मन्त्रालयको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब १ लाख ३५ हजार टन खाद्यान्न नष्ट भएको छ। यसले खाद्य उपलब्धता घटाउन मद्दत गरेको छ। पशु आहारमा समेत खाद्य वस्तुको खपत बढ्दै गएकाले मानव उपभोग्य खाद्यान्नमा कमी आएको छ।
भौगोलिक विविधताको आधारमा प्रतिव्यक्ति खाद्यान्न आवश्यकतासमेत फरक रुपमा गणना गरिएको छ। हिमाली क्षेत्रमा १ सय ८१ किलो, पहाडी क्षेत्रमा २ सय १ किलो र तराई क्षेत्रमा १ सय ९१ किलो प्रतिव्यक्ति प्रतिवर्ष खाद्यान्न आवश्यकता हुने मानिएको छ।
उपभोग्य उपलब्धताको निम्ति बाली उत्पादनको आंकडालाई खाद्यान्न उत्पादनमा परिवर्तन गरिन्छ। यसको लागि बाली उत्पादनबाट बिउ, पशु आहारको लागि आवश्यक र भण्डारणमा हुने क्षति, प्रशोधनमा हुने कमी सबै छुट्ट्याइसकेपछि प्राप्त खाद्यान्नलाई मात्र मानव उपयोगको निम्ति भनी विश्लेषण गरिन्छ। यस वर्ष खाद्य वासलातमा भूकम्पबाट भएको क्षतिलाई समेत आंकलन गरी बचत गणना गरिएको छ।