काठमाडौं-भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणको काम रोकिँदा स्वदेशी सिमेन्ट उद्योग क्षमताको २० प्रतिशत मात्रै उत्पादन गर्न बाध्य भएका छन्। सरकारले नयाँ घर बनाउन रोकेपछि सिमेन्ट उत्पादन २० प्रतिशतमा खुम्चिएको हो।नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नयाँ घर निर्माणमा प्रतिबन्ध लागेकाले उत्पादन घटाउनुपरेको बताए। भूकम्पबाट अप्रभावित जिल्लामा पनि निर्माण कार्य ठप्प छ।
स्वदेशी उद्योगले अरुबेला पनि क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्थे। अहिले थप ३० प्रतिशत बिन्दुले कटौती गरेका छन्। पुनर्निर्माणको काम सुरु हुनेबित्तिकै ८० देखि ९० प्रतिशत क्षमतामा उत्पादन हुने अध्यक्ष थापाले बताए। ‘दुई महिनादेखि स्वदेशी सिमेन्ट उद्योगको उत्पादन स्वात्तै घटेको छ,' उनले भने, ‘माग बढ्नासाथ उत्पादन बढ्छ।'
उनका अनुसार ५० प्रतिशत क्षमतामा उद्योग चलाउँदा वार्षिक ४४ लाख टन सिमेन्ट उत्पादन हुन्छ। ५० प्रतिशत क्षमतामा सञ्चालन गरेर पुनर्निर्माणको बेला माग धान्न गाह्रो हुने संघले बताएको छ। घरेलु माग पूरा गर्न ८० देखि ९० प्रतिशत क्षमतामा उद्योग सञ्चालन नगरे विदेशबाट आयात गर्नुपर्ने संघको भनाइ छ।
८० देखि ९० प्रतिशत क्षमतामा उद्योग सञ्चालन हुँदा वार्षिक ६५ लाख टन उत्पादन हुन्छ। त्यसले स्वदेशको मागलाई सम्बोधन गर्ने थापाले बताए। सरकारले असार १० भित्रै पुनर्निर्माणको वातावरण बनाउन सके उद्योगले राम्रोसँग उत्पादन थाल्ने उनको भनाइ छ। ‘सरकारले भनेकै समयमा पुनर्निर्माण सुरु हुनुपर्छ,' उनले भने, ‘यसमा गम्भीर हुन जरुरी छ।'
विदेशीभन्दा स्वदेशी सिमेन्ट सस्तो पर्ने उनको दाबी छ। भारतमा प्रतिबोरा सिमेन्ट २ सय भारुमा पाइन्छ। नेपाल ल्याउँदा त्यसको मूल्य ७ देखि ८ सय रुपैयाँ पुग्ने उनको दाबी छ। अहिले स्वदेशी कम्पनीले ५ सय ५० रुपैयाँ बोराको दरले सिमेन्ट बजारमा पठाइरहेको अध्यक्ष थापाको भनाइ छ।
भूकम्पले कृषि, पर्यटन, निर्माण क्षेत्र पूर्ण रुपमा ध्वस्त भएका छन्। कृषि क्षेत्रले राम्रो प्रतिफल दिने सम्भावना छैन। पर्यटनको अवस्था उस्तै छ। यो बेला निर्माण क्षेत्रलाई नउकासे अर्थतन्त्र धराशयी हुने उनको भनाइ छ।
स्वदेशी उद्योगले नै आन्तरिक माग पूरा गर्न सक्ने उद्योगी बताउँछन्। ‘पुनर्निर्माणका लागि सरकारले विदेशबाट सिमेन्ट आयात गर्नुपर्दैैन,' अध्यक्ष थापाले भने, ‘सरकारले पुनर्निर्माणको काम सुरु गर्नु पर्योब।'
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७०/०७१ को ८ महिनामा सिमेन्ट आयात गर्दा ३ अर्ब ३२ करोड रुपैयाँ बिदेसिएको छ। चालु आर्थिक वर्षको ८ महिनामा २ अर्ब ८० करोडले घटेर ५२ करोड रुपैयाँमा झरेको छ। यो झन्डै ८५ प्रतिशतको गिरावट हो।
नेपाली सिमेन्ट उद्योगले यो वर्ष आयात प्रतिस्थापनका अलावा निर्यातसमेत गरेर ८२ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेका छन्। ‘आधा दर्जनभन्दा बढी उद्योगले उत्पादन थालेपछि आयात प्रतिस्थापन गर्न सफल भएका हौं,' अध्यक्ष थापाले भने, ‘अबको केही वर्षमा थप आधा दर्जनभन्दा बढी उद्योगले उत्पादन सुरु गर्नेछन्।'
उनका अनुसार अहिलेसम्म नेपालमा ४८ वटा सिमेन्ट उद्योग छन्। त्यसमध्ये १३ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्छन्। ‘बाँकीले भारतबाट आयात गर्छन्,' उनले भने। सरकारले भन्सार महसुल बढाएकाले पनि सिमेन्ट आयात खस्केको हो।
पछिल्लो समय स्वदेशी सिमेन्ट उद्योगले रोजगारी पनि निकै सिर्जना गरिरहेको थापाले भने। उनका अनुसार प्रत्यक्ष रूपमा १५ हजारजनाले सिमेन्ट उद्योगमा रोजगारी पाएका छन्। ‘अप्रत्यक्ष रोजगारी पाउने यसको पाँच गुणा बढी हुन सक्छ,' उनले भने, ‘लगानी करिब ८० अर्ब रुपैयाँ हुन सक्छ।'
सरकारले आयात निरुत्साहित गर्न सिमेन्ट, क्लिंकरको भन्सार महसुल बढाएको थियो। स्वदेशी उद्योगलाई प्रोत्साहन दिन महसुल बढाइएको हो। अर्थ मन्त्रालयका अनुसार नेपाली उत्पादनलाई प्रोत्साहन गरी आयात निरुत्साहित गर्न सिमेन्ट र क्लिंकरमा प्रतिटन क्रमशः ३ सय र २ सय रुपैयाँका दरले भन्सार महसुल बढाइएको थियो। यसअघि सिमेन्टमा प्रतिटन ३ हजार ७ सय र क्लिंकरमा २ हजार २ सय महसुल लाग्थ्यो।