काठमाडौं- मोबाइल फोनका ग्राहकले सेवा प्रदायक कम्पनी परिवर्तन गरे पनि पहिले प्रयोग गरिरहेकै नम्बर रोज्न पाउने सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले फेरि प्रक्रिया थालेको छ।प्राधिकरणले यसका लागि तीन वर्षदेखि गृहकार्य गरे पनि अहिले आएर प्रक्रियागत रुपमा काम गरेको जनाएको छ। सेवाग्राहीले मोबाइल नम्बर परिवर्तन नगरी सेवा प्रदायक कम्पनी मात्र फेर्न सक्ने परिपाटी लागू गर्ने विषयमा अध्ययन गर्न परामर्शदाता नियुक्त गर्ने तयारीमा प्राधिकरण छ।
प्राधिकरणले गत साता मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी कार्यविधि बनाउन र अध्ययन गर्न इच्छुक संस्थासँग आवेदन मागेको छ। प्राधिकरणको कार्यसम्पादन करार सम्झौताअनुसार १५ दिनभित्र प्राविधिक र आर्थिक पेस गर्न भनिएको छ।
प्राधिकरण अध्यक्ष दिगम्बर झाले मोबाइल सेवा प्रदायक र सेवाग्राही बढ्दै गएकाले विकल्पको लागि नयाँ व्यवस्था गर्न लागिएको बताए। 'मोबाइल प्रयोग गर्नेको संख्या बढिरहेको छ। कम्पनीहरु पनि थपिँदै छन्। त्यसैले उपभोक्तालाई विकल्प दिनुपर्छ भनेर नयाँ सुविधा ल्याउन लागिएको हो,' उनले भने।
प्राधिकरणले अहिले प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको जनाएको छ। छानिएका कम्पनीलाई अध्ययनको जिम्मा दिइने झाले बताए। 'अहिले देशभित्रै परामर्शदाता खोजिरहेका छौं। पाइएन भने अन्तर्राष्ट्रिय रुपमै आह्वान गरेर नियुक्त गर्छौं,' उनले भने।
विश्वका विभिन्न मुलुकमा लागू भइसकेको मोबाइल नम्बर पोर्टेबिलिटी सुविधा नेपालमा यसअघि लागू गर्न गृहकार्यसमेत भएको थियो। तीन वर्षअघि प्राधिकरणका वरिष्ठ इन्जिनियर निर्मल प्रधानांगको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरिएको थियो। एक महिनामा रिपोर्ट बुझाउने भनिए पनि प्राधिकरणले यस विषयमा थप गृहकार्य अगाडि बढाएन।
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अब गाइडलाइन नै बनाएर काम थाल्ने बताए। 'अहिले परामर्शदाता नियुक्ति गर्न प्रस्ताव आह्वान गरिएको छ, नियुक्त भएपछि ६ महिनाभित्र गाइडलाइन तयार हुन्छ। त्यसपछि कार्यान्वयनको चरणमा जान छलफल हुन्छ,' उनले भने। गाइडलाइनमा नम्बर कसरी बनाउने, नेटवर्क कसरी गर्ने, सेवा प्रदायकको पूर्वाधार कस्तो हुने जस्ता विषय समावेश हुने उनले जानकारी दिए। यो सुविधापछि सेवाप्रदायकबीच सुविधा बढाउने प्रतिस्पर्धा हुने र त्यसको फाइदा उपभोक्ताले पाउने उनले बताए।
विश्वका ७५ भन्दा बढी मुलुकमा यो सुविधा छ। छिमेकी मुलुक भारतमा पनि सन् २०११ जनवरीदेखि यो सुविधा लागू भएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले मोबाइल नम्बर पोर्टेबिलिटी लागू गराउन परामर्शदाता नियुक्ति गर्ने प्रक्रियामा रहेको प्राधिकरणले यसबारे सेवा प्रदायकलाई पनि जानकारी गराउनुपर्ने बताउँछन्। 'यो प्रविधिको कुरा भएकाले सोहीअनुसार प्रविधि भित्र्याउनुपर्छ,' उनले भने, 'हामी भोलिका दिनमा यसमा जानैपर्छ तर तत्काल लागू गराउन पूर्वाधार चाहिन्छ। त्यसैले केही समय लाग्छ,' उनले भने, 'प्राधिकरणले अहिले नै सेवा प्रदायकलाई तयार हुनुपर्छ भन्यो भने हामी पूर्वाधार बनाउँदै गर्छौं।'
एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनमणि शर्मा पनि यसको लागि आवश्यक पूर्वाधार तयार गर्न केही समय चाहिने बताउँछन्। 'नम्बर पोर्टेबिलिटी उपभोक्ताका लागि राम्रो हो। हामी यो निर्णयको स्वागत गर्छौं,' उनले भने, 'तर पूर्वाधार निर्माणका लागि केही समय लाग्छ।'
प्राधिकरणले अहिले जिएसएम सेवाका लागि मोबाइल नम्बर पोर्टेबिलिटी लागू गराउने गृहकार्य थालेको हो। पहिलो चरणमा जिएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको प्राधिकरण अध्यक्ष झाले जानकारी दिए।
अहिले नेपाल टेलिकम र एनसेलले जिएसएम मोबाइल सेवा दिइरहेका छन्। स्मार्ट टेलिकम र युटिएलले जिएसएमको लाइसेन्स लिएका छन्।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार जनसंख्याको ८८.९० प्रतिशत बराबर (२ करोड ३५ लाख ५४ हजार ६ सय ४३ जना) ले मोबाइल सिमकार्ड किनेका छन्। जसमध्ये २ करोड २३ लाख ३७ हजार ९ सय ७२ थान सिमकार्ड जिएसएम मोबाइलको छ।
टेलिघनत्व बढ्दै गएको र दूरसञ्चार बजार प्रतिर्स्धात्मक भएकाले उपभोक्ताले धेरै सुविधा पाउने विश्वास प्राधिकरणले लिएको छ।