काठमाडौं-संसदको सार्वजनिक लेखा समिति सदस्य धनराज गुरुङले कुहिएको दाल र चामल बाँड्ने विश्व खाद्य कार्यक्रमलाई सरकारले बचाउन खोजेको आरोप लगाएका छन्। पटक–पटक समस्या आउँदा पनि राज्य मुकदर्शक बनेर बसेको उनको आरोप छ।विश्व खाद्य कार्यक्रमले काभ्रे जिल्लामा बाँडेको चामल खानै नहुने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पुष्टि गरेको छ। त्यसलगत्तै गोरखामा बाँडेको चामलमा पनि उही समस्या देखियो। नेपालगन्जमा बाँडेको चामल र दाल पनि कुहिएको थियो। तैपनि सरकारले यस विषयमा कुनै कदम नचालेको उनको भनाइ छ।
‘नेपालीलाई जस्तोसुकै राहत बाँडे पनि हुन्छ भनेर दाताले गुणस्तरहीन चामल बाँडेका हुन्,' सोमबारको लेखा समिति बैठकमा उनले भने, ‘गुणस्तरहीन चामल खुवाउनेलाई सरकारले हदैसम्म कारबाही गर्नुपर्छ।'
‘नेपाली गरिब छन्, तर कुहिएको चामल र दाल खाँदैनन्,' उनले भने। उनले जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई किन कारबाही नगरेको भनेर वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई प्रश्न गरेका थिए।
लेखा समिति सदस्य रामहरि खतिवडाले यसअघि बाँडेको चामलमा खराबी देखिँदादेखिँदै पनि अन्य जिल्लामा अनुमति दिनु शंकाको विषय भएको बताए। सरकारी निकायले नै विश्व खाद्य कार्यक्रमले बाँडेको चामल गुणस्तरहीन भएको पुष्टि गरिसक्दा पनि कारबाही नगरेको उनको भनाइ छ।
‘एकपल्ट माफ दिन सकिन्छ,' उनले भने, ‘नियतवश नै गुणस्तरहीन खाद्यान्न बाँड्नेलाई कारबाही हुनुपर्छ।' समितिका सदस्यहरुले संयुक्त राष्ट्र संघबाटै मान्छे बोलाउने र कारबाहीबाट जोगाउने खेल भएको आरोप लगाए। ‘कारबाहीबाट जोगाउन युएनबाटै मानिस आउने तयारी हुँदैछ रे,' खतिवडाले भने, ‘जस्तोसुकै मानिस आए पनि विश्व खाद्य कार्यक्रमलाई कारबाही हुनुपर्छ।'
पार्टीका ‘ठूला मान्छे'लाई विदेश घुमाएर कारबाहीबाट जोगिने चलखेल भएको लेखा समितिको निष्कर्ष छ। कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणपछि विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खान अयोग्य भएको जनाएको छ। त्यसैलाई आधार बनाएर कारबाही गर्नुपर्ने सभासदहरुको माग छ।
मन्त्री र उच्च पदाधिकारी आफैं विश्व खाद्य कार्यक्रमलाई जोगाउन लागिपरेको सभासदले बताए। ‘उनीहरु जोगिए यसको दोषी विश्व खाद्य कार्यक्रम सरकारका मन्त्री हुनेछन्,' सभासद गुरुङले भने, ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन।'
गुरुङले विदेशबाटै मिति सकिएको र गुणस्तरहीन चामल ल्याएको हुनसक्ने बताए।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाँडेको अखाद्य चामलबारे संसदीय अनुुगमनसमेत सुरू भएको छ। कार्यक्रमले भूकम्पपीडितलाई अखाद्य चामल बाँडेको पुष्टि भएपछि संसदले अनुगमन टोली खटाएको हो।
अनुगमन टोलीको प्रतिवेदनलाई आधार मानेर कारबाही गर्नुपर्ने सभासदहरुको माग छ। भूकम्पपछिको उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा अनुगमन गर्न गठित राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले उपसमिति गठन गरेर त्यसतर्फ पठाएको हो।
विश्व खाद्य कार्यक्रमले वितरण गरेको खाद्य सामग्री गुणस्तरहीन भएको पुष्टि भएको लेखा समितिका समापति जनार्दन शर्माले पनि बताए। ‘त्यसैले वितरण गरिएका क्षेत्र र गोदामको खाद्य सामग्री अनुगमनका लागि गोरखा र नेपालगन्ज छुट्टा–छुट्टै टोली परिचालन गरिएको हो,' उनले भने।
गोरखामा वितरीत खाद्य सामग्रीको अनुगमन गर्न सासद्हरु उषा गुरुङ, भानुभक्त ढकाल र दलजित विके सिर्पाइली स्थलगत अनुगमनका लागि शुक्रबार नैं त्यसतर्फ प्रस्थान गरेका छन्। संसदीय अनुगमन टोलीले गोरखाको बारपाक, लाप्राक लगायतका भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर डब्लुएफपीले वितरण गरेका खाद्यान्नको अवस्थाबारे अनुगमन गर्ने छ।
टोलीले स्थलगतरुपमा अनुगमन गरेर प्रतिवेदन बुझाएपछि संसद्को राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले सरकारलाई आवस्यक निर्देशन दिने छ। यसैगरी विश्व खाद्य कार्यक्रमले ल्याएको खाद्य सामग्री ‘ल्याउनु अगावै गुणस्तरहीन भएको वा यहाँ ल्याएर भण्डारणमा समस्या भएका कारण कुहिएको हो' भन्ने अनुगमनका लागि पनि अर्को टोली नेपालगंजतर्फ जान लागेको छ। नेपालगञ्जस्थित विश्व खाद्य कार्यक्रमको गोदाम अनुगमनका लागि आइतबारै संसदीय टोली त्यसतर्फ प्रस्तान गर्न लागेको हो। नेपालगञ्ज खाद्य गोदाम अनुगमनका लागि जाने सांसदीय टिममा सांसद्हरु संजय गौतम, श्रीप्रसाद जवेगु र दलबहादुर राना छन्।
यस अघि काभ्रेपलाञ्चोक, चितवन, धादिङ लगायतका जिल्लामा पनि विश्व खाद्य कार्यक्रमबाट वितरित खाद्यान्न अखाद्य भएको समाचार आएका थिए। खाद्य सामग्री गुणस्तरहीन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कारवाही सिफारिस गरेको थियो। राष्ट्रिय मानवअधिकार अयोगले गरेको सिफारिस सरकारले अहिलेसम्म कार्यान्वयन गरेको छैन। सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारी डब्ल्युएपफीलाई बचाउन लागेको सभासद्ले आरोप लगाएका छन्। यसअघि पनि गुणस्तरहीन खाद्य पदार्थ बाडेको समाचार बाहिर आएपनि सरकारले कारबाहीका लागि कुनै पहल नगर्नुले दोषीलाई उन्मुक्ति दिन खोजेको सभासदहरुले बताएका छन्।
डब्ल्युएपफीले पनि राहतका लागि आएको चामल तथा दाल गुणस्तरहीन भएको स्वीकारेको छ। भूकम्प प्रभावितहरुका लागि नेपालगंज स्थित गोदामबाट चामल वितरणका लागि ल्याइएको केराउ गुणस्तरहीन भएपछि फिर्ता पठाउने तयारी थालेको डब्ल्युएफीले विज्ञप्तीमार्फत जनाएको छ।
‘गुणस्तरहीन दाल फिर्ता पठाउने फिर्ता पठाउने तयारी भइरहेको थियो,' विज्ञप्तीमा भनिएको छ, ‘जुन विश्व खाद्य कार्यक्रमले नै अस्विकार गरी फिर्ता पठाउन लागिरहेको हो,।' बैंककबाट आएका प्राविधिकले आएको दाल परीक्षण गर्दा गुणस्तरहीन भएको पुष्टि भएको हो। बैंकका प्राविधिकले पनि केराउ विश्व खाद्य कार्यक्रमको मापदण्ड अनुरुप नभएको बताएका थिए।