कोकिन ट्रान्जिट बन्दै काठमाडौं
१४ असार २०७२
•
२८ मिनेट पाठ
कोकिन ट्रान्जिट बन्दै काठमाडौं
काठमाडौं- मलेसियाली स्टाफ नर्स मारिना बिन्ती जमालुद्दिन काठमाडौं, सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दीगृहमा छिन्। ३६ वर्षीया मारिना २०७१ चैत २० मा कतार एयरबाट दोहा हुँदै नेपाल आएकी थिइन्। यहाँ दुई दिन यहाँ बसेर इटलीको रोम जान हिँडेकी उनी त्रिभुवन विमानस्थलमा खटिएको प्रहरी नजरमा परिन्। जिल्ला अदालत, काठमाडौंले गत साता उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो।




– थाइल्यान्डकी सुपरित म्याकन्तोस चार वर्षदेखि नेपालकै कारागार छिन्। बैंककमा थाई फुड बेचेर चार सन्तानको पालनपोषण गर्दै आएकी उनी पनि मारिनाझैं काठमाडौंबाट क्वालालम्पुर जाने क्रममा विमानस्थल प्रहरीको फन्दामा परेकी थिइन्।

– नामिबियाका रेमन्ड जुंगु ओपल (मार्केटिङ एक्जुकेटिभ), पाकिस्तानकी वृद्धाश्रम सहयोगी आइसा हुसेन र शिक्षिका लुई अर्थर निही अनि फिलिपिन्सकी रेडियो पत्रकार क्रिस्टिना अबेगार पनि अहिले नेपालका विभिन्न जेलमा छन्। रेमन्ड सर्वस्वसहित जन्मकैद मागदाबीको फैसला कुरेर बसेका छन् भने भने अन्य तीन जना १५ वर्षे कैद सजाय काट्दैछन्।

बेग्लाबेग्लै देश अनि बेग्लाबेग्लै पेसाका यी छ जना कारोबारी पहिलोपटक नेपाल आउँदै जेल परे। जेल पुग्नुको कारण भने सबैको एउटै थियो– कोकिन कारोबार।

२०६८ यता ब्राजिल हुँदै काठमाडौं आएका ६ कोकिन कारोबारी काठमाडौंमा पक्राउ परी जेल पुगेका छन्। नेपालमा यसको बजार शून्य रहे पनि कमजोर सुरक्षा, भ्रष्ट प्रशासन एवं फितलो कानुनको फाइदा उठाउन उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाएर युरोपेली बजारमा कोकिन पुर्या्इरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

... ... ...

५ कक्षासम्म पढेकी सुपरित २०६८ पुस २० मा पक्राउ परेकी हुन्। उनी कोकिनसहित पक्राउ पर्ने पहिलो विदेशी कारोबारी हुन्। काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा विमानस्थल पुगेकी उनको साथबाट एक किलो कोकिन फेला परेको थियो।

पक्राउ पर्नु दुई दिनअघि कतार एयरबाट अर्जेन्टिना, ब्युनर्सआयर्स हुँदै नेपाल आएकी उनको साथमा कपडासँगै एउटा टुनाफिसको बट्टा मात्रै थियो। आउँदा विमानस्थलमा उनलाई कसैले रोकतोक गरेन। विमानस्थलबाट ठमेलको होटल पिलग्रिम पुगिन्। दुई दिन काठमाडौं घुमेकी उनी मलेसिया जान विमानस्थल के पुगेकी थिइन्, विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो टोलीले उनीसँग रहेको फ्याक्ट्री प्याक्ड बट्टा खोल्दा भित्र माछाको सट्टा कोकिन फेला पर्योु।

दोहा हुँदै नेपाल आएर २०७१ चैत २० मा कतार एयर हुँदै इटलीको रोम हिँडेकी मारिनाको साथमा ५ वटा ल्यापटप ब्याग थियो। आउँदा भन्सारै नतिरी सहजै ल्यापटप ब्यागसहित काठमाडौं भित्रिएकी उनलाई फर्कंदा विमानस्थलको प्रहरीले रोक्यो। ब्याग खोलेर हेर्दा ल्यापटप आकारमा ११ किलो कोकिन भेट्टिएको थियो।

२ किलो कोकिन निलेर दुबई हुँदै नेपालमा आएका रेमन्ड २०७१ जेठ २३ मा विमानस्थलबाट निस्किएलगत्तै पक्राउ परे। उनको झोलामा रहेको ४५ वटा क्याप्सुलले उनलाई पक्रायो। पछि शरीर जाँच गर्दा पेटबाट २ किलो कोकिन निस्कियो।

पाकिस्तानकी आइसा र लुइस र फिलिपिनी क्रिस्टिना ठमेलको चाक्सिबारीको टेकर्स होम होटलमा २०७० फागुन ६ मा २ किलो ८ सय ३० ग्राम कोकिनसहित पक्राउ परेका थिए। साथमा रहेको सुटकेस र ब्यागमा रहेको स्याम्पु र कन्डिसनर लोसनको बट्टामा कोकिन थियो। यी तीनै जनाको अभियोग पुष्टिसँगै १५ वर्ष कैद सजाय काटिरहेका छन्।

अफगानिस्तान, पाकिस्तान र भारतमा बन्ने सेतो र खैरो हेरोइन अनि नेपालमै बनेको चरेस तेस्रो देश लैजान कारोबारीले नेपालको स्थल र हवाई रुट प्रयोग गर्ने गरे पनि दक्षिण अमेरिकी मुलुक पेरु, ब्राजिलमा उत्पादित कोकिन नौलो नै हो नेपालका लागि।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार नेपालमा कोकिन प्रयोगकर्ता शून्यबराबर छन्। उत्पादनमूलक र माग हुने देशको हवाई रुटका आधारमा समेत नेपाल ओसारपसारको सहज रुट होइन, तर पछिल्लो समय कोकिन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय समूहले पेरु र ब्राजिलको कोकिन युरोपेली बजार पुर्यारउने रुटको ट्रान्जिट बनाएको देखिन्छ नेपाललाई।

नेपालमा छन् एजेन्ट
२०६८ सम्म नेपालमा कोकिन फेला परेको थिएन। चार वर्षयता ६ जना कारोबारीबाट ३४ करोड रुपैयाँबराबरको करिब १७ किलो कोकिन फेला परिसकेको छ। उनीहरूबाट खुलेको कोकिन कारोबारको अन्तर्राष्ट्रिय रुट र संलग्नबाट कोकिनको संगठित अन्तर्राष्ट्रिय समूहका अफ्रिकी र पाकिस्तानी समूहको जालो नेपालमा समेत फैलिएको देखिएको छ।

पक्राउ अभियुक्तबाट खुलेअनुसार ब्राजिल र पेरुमा रहेका नाइजेरियन र ब्राजिली समूहले सहयोगीमार्फत युरोपमा कोकिन पुर्या उन नेपाल हवाई बाटो प्रयोग गरिरहेको देखिन्छ। उनीहरूले भारत, पाकिस्तान, थाइल्यान्डका सहयोगीमार्फत पेरु र ब्राजिलबाट दोहा हुँदै कोकिन नेपालसम्म ल्याएर पुनः दोहा हुँदै इटलीको रोम र नेदरल्यान्ड्सको आर्म्सटरडमसम्म पुर्यालउने गरेको खुल्यो। पक्राउ अभियुक्त र अन्तर्राष्ट्रिय समूहकोे कार्यशैलीबाट नेपालमा समेत उनीहरूको एजेन्ट रहेको पुष्टि हुन्छ।

नाइजेरियामा बसेका मुख्य कारोबारीले ब्राजिल र पेरुमा रहेका सहयोगीमार्फत कोकिनको कारोबार गर्दै आएका अभियुक्तले जिल्ला न्यायाधिवक्ताका प्रतिनिधि र अदालतमा दिएको बयानबाट प्रस्टिन्छ। नेपाललाई ट्रान्जिट बनाएर कोकिन तेस्रो मुलुक पठाउन नाइजेरियायली नागरिक सबैभन्दा बढी संलग्न छन्।

हतारमा अभियुक्त पक्राउ पर्दासमेत नेपालमा रहेका एजेन्ट उम्कने गरेका छन्। दुई किलो ८ सय ग्राम कोकिनसहित विमानस्थलमा पक्राउ परेका रेमन्ड ठमेलको नर्थफिल्ड होटल जाँदै थिए। तीन दिन त्यहीँ बसेर नेपालमा रहेका एजेन्टलाई कोकिन हस्तान्तरण गर्ने उनको योजना थियो। तर, उनी विमानस्थलबाट होटलसम्म पुग्न सकेनन्। अनुसन्धानमा यस्तो तथ्य खुलेपछि प्रहरीसामु चुक्चुकाउनुको विकल्प रहेन।

नेपालमा पक्राउ परेका अभियुक्तबाट अन्तर्राष्ट्रिय कारोबारीको नामसँगै उनीहरूले कारोबार क्रममा प्रयोग गर्ने सबैका नम्बर खुलेका छन्। ती नम्बरबाट अनुसन्धानमा भने सूचना मिलेन।

डिआइजी घिमिरेका अनुसार मारिनाबाट खुलेको भारतमा रहेका एजेन्टको नम्बरका आधारमा अगाडि बढेको अनुसन्धान प्रगतिउन्मुख छ। अन्य नम्बर इन्टरपोलमार्फत सम्बन्धित देशका सुरक्षा अधिकारीसम्म पुर्याढइएको छ, तर अनुसन्धान उपलब्धिबारे जानकारी आएको छैन।

गिरोहको कार्यशैलीले समेत उनीहरूको सहयोगी पहिल्याउन कठिन भएको प्रहरी अधिकारी बताउँछन्। अनुसन्धान अधिकारीका अनुसार उनीहरूले कारोबारको जालो निर्माण गर्दा पूरा नाम बताउँदैनन्। प्रायः कामको जिम्मेवारी फोनबाटै हुन्छ। एक व्यक्ति तोकिएको स्थानसम्म सुरक्षित रूपमा नपुगेसम्म दोस्रो व्यक्ति सम्पर्कमा आउँदैनन्। यसले कोकिनसहित भरिया पक्राउ गरे पनि अनुसन्धान पहिलो घेराभन्न्दा माथि जान सक्दैन।

'उनीहरूले अधिकांश काम फोनबाटै गर्छन्, एकै समूहका भए पनि एकअर्कासँग परिचितसमेत नभएको देखियो,' ब्युरोका एसपी धीरजप्रताप सिंहले भने, 'सामान बोक्ने व्यक्ति तोकिएको स्थानमा सुरक्षित छ भन्ने पुष्टि नभएसम्म दोस्रो तहका व्यक्ति सम्पर्कमै आउँदैनन्, पक्राउ परेकालाई दोस्रो व्यक्तिबारे जानकारी नै हुन्न।'

ब्राजिलमा नाइके, भारतमा सहयोगी
मारियाले यही वैशाख २ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहसमक्ष दिएको बयानमा कोकिन तस्करीमा संलग्न मलेसिया, भारतको दिल्ली, ब्राजिल, इटली र नेदरल्यान्ड्सका कारोबारीको नाम खुलाएकी छन् जो नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्करीमा सक्रिय छन्।

मलेसियामा इला र अफ्रिकी मुलुकमा टोनी नामका कारोबारी रहेको उनले खुलाएकी छन्। यी दुवैले मारियालाई ब्राजिलमा रहेको मुख्य कारोबारीको सम्पर्कमा पुर्यारएका थिए। यीमध्ये टोनी अहिले मलेसियाकै जेलमा छन्।

टोनी जेल परेपछि ब्राजिलका नाइजेरियन नागरिक जेरी उनको सम्पर्कमा आए। जेरीको निर्देशनअनुसार उनी सन् २०१२ बाट सक्रिय कोकिन भरिया भइन्। जेरीले उनलाई ब्राजिलबाटै फोन गरेर कहाँ जाने, कसलाई भेट्ने भन्ने जानकारी दिन्थे। उनी त्यहीअनुसार काम गर्थिन्।

मलेसिया, दिल्ली हुँदै इटलीको रोम र नेदरल्यान्ड्स जानु मारियाको चल्तीको रुट थियो। उनलाई सघाउन दिल्लीमा एक नाइजेरियाली थिए। उनी दिल्ली आएपछि ती नाइजेरियालीले उनलाई केही दिन होटलमा राख्थे र कोकिन प्याक गरिएका सामान दिएर इटली या नेदरल्यान्ड्स पठाउँथे।

रोममा डेनिल र नेदरल्यान्ड्समा एवे नामका नाइजेरियाली थिए जसले मारियाले ल्याएको सामान बु‰थे। उनले प्रतिखेप ५ हजार अमेरिकी डलर पाउँथिन्।

ब्राजिलबाट दिल्लीसम्म कोकिन ल्याउने व्यक्तिले काम छाडेको भन्दै उनलाई आफैं ब्राजिल जाने जिम्मेवारी आयो। त्यस काम गरेबापत ६ हजार अमेरिकी डलरको प्रस्ताव आएपछि उनी ब्राजिलको साओपाओलो गएर कोकिनसहित दिल्ली आएर फेरि इटली र नेदरल्यान्ड्स जान थालिन्।

बयानमा खुलेअनुसार ब्राजिलको सओपाओलोमा होटल सावापाओलोमा बस्थिन् भने दिल्लीमा होटल पूजा प्यालेस र मेट्रो स्टार। इटलीको रोममा होटल क्यामिला रोमीमा कोठा बुक हुन्थ्यो।

ब्राजिलमा जेरीका सहयोगी नाइजेरियाली नै थिए। उनी होटलमै आएर कोकिन प्याक गरिएको सामान दिन्थे। ब्राजिलबाट दोहा हुँदै दिल्ली आएर ४–५ दिन होटलमा बसेर उनी पुनः सोही सामान लिएर रोम र नेदरल्यान्ड्स पुग्थिन् र मलेसिया फर्कन्थिन्।

मारियाका अनुसार एक खेपमा ५ किलो कोकिन हुन्थ्यो। यो रुटबाट उनले १० खेप गरी ५० किलो कोकिन ओसारिन्। मार्चमा जेरीले फोन गरेर उनलाई मलेसियाबाट ब्राजिल बोलाए। उनले यसपालि भारतको रुट छाडेर नेपाल हुँदै इटली जानुपर्ने काम दिए। दिल्लीमा कोकिन कारोबारी पक्राउ क्रम बढेपछि उनीहरुले रुट बदलेर नेपाललाई ट्रान्जिट बनाएका थिए।

'दिल्लीको साटो नेपाल जानुपर्ने भएपछि मैले कारण सोधेकी थिएँ,' मारियाले बयानमा भनेकी छन्, 'जेरीले दिल्ली धेरैचोटि गएकाले अध्यागमनले शंका गर्न सक्छ, नेपालमा भारतमा भन्दा सजिलो हुन्छ भने।'

जेरीको निर्देशनअनुसार उनी १५ मार्च २०१५ (२०७१ चैत १) मा छोरा र श्रीमान् मजिदसहित मलेसियाबाट ब्राजिलको साओपाओलोको सुरान गइन्। २८ मार्चमा एक नाइजेरियाली उनको होटल कोठामा आएर ल्यापटपको पाँचवटा झोला दिए।

त्यही दिन दोहा हुँदै काठमाडौं आउन ब्राजिलबाट तीनै जना हिँडेकामा मजिलको स्वास्थ्य बिग्रिएपछि उनी छोरासँगै दोहाबाट मलेसिया गए, उनी नेपाल आइन्। पाँचवटा ल्यापटप बोके पनि उनलाई भन्सारमा कुनै समस्या भएन। काठमाडौं भित्रिएर उनी लाजिम्पाटको एक अपार्टमेन्टमा ४ दिन बसेर अप्रिल ३ (चैत २०) मा कतार एयरकोे फ्लाइटबाट दोहा हुँदै इटली जान विमानस्थल पुग्दा पक्राउ परिन्।

पेटमा दुई किलो कोकिन
सुपरितलाई कोकिन कारोबारको बाटो देखाएकी थिइन् थाई युवती ओनाकोले। कोकिन कारोबारी ओनाकोले उनलाई पेरु लगेर ब्राजिलका कारोबारी पिटरसँग भेटाइदिइन्। पिटरलाई भेटेपछि सुपरितले कोकिन बोक्न थालेको उनले बयानमा खुलाएकी छन्।

उनी पेरुबाट कतार एयरको उडानबाट अर्जेन्टिना, ब्युनर्सआयर्स हुँदै नेपाल आएकी थिइन्। ठमेलको होटल पिलग्रिममा दुई दिन बसेर मलेसिया हुँदै थाइल्यान्ड जान विमानस्थल पुग्दा २०६८ पुस २० मा उनी एक किलो कोकिनसहित पक्राउ परिन्।

'टुना फिसको बट्टामा कोकिन राख्ने, कसैले थाहा पाउँदैन भन्यो,' उनले बयान दिएकी छन्, 'एकपटक ओसार्दा ५ हजार अमेरिकी डलर दिन्छु भनेकाले लोभिएँ।' बैंककमा कोकिन लिन को आउँदैछ, उनलाई थाहा थिएन। बैंकक पुगेपछि एयरपोर्टबाहिर भेट्ने बताएका थिए, म यतै समातिएँ।'

नामिबिया ज्याकहिल निवासी रेमन्ड सन् २०१४ मा ब्राजिलमा हुने विश्वकपमा कामको खोजीमा ब्राजिल पुगे र कोकिन कारोबारीको सन्जालमा छिरे। सुरक्षा विषयमा सर्टिफिकेट लेबल र सेल्स एन्ड मार्केटिङमा डिप्लोमा पास गरेका उनी मार्केटिङ पेसामा संलग्न थिए।

दुई महिना ब्राजिलको बसाइ क्रममा पबमा जाने क्रममा भेटिएका भारतीय मुलुकका व्यक्तिको सम्पर्कबाट उनी कोकिन कारोबारमा प्रवेश गरेका हुन्। कामका लागि ब्राजिल आएको थाहा पाएपछि ती भारतीयमूलका व्यक्तिले कोकिन ओसार्न प्रस्ताव गरेको र एक खेपमा २० हजार अमेरिकी डलर पाउने भएपछि राजी भएको २०७० फागुन १२ मा उनले जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहको रोहवरमा दिएकोे बयानमा छ।

'ब्राजिल बसाइ क्रममा हनि–हनी पबमा भारतीयमूलका व्यक्तिसँग भेट भयो, आर्थिक अवस्था राम्रो नभएको र काम खोज्न आएको थाहा पाएपछि कोकिन ओसार्ने प्रस्ताव गर्योा,' उनको बयानमा छ, 'मेरो शारीरिक आकार ठूलो भएकाले धेरै प्लास्टिक कोटेड कोकिन बोक्न सक्ने भन्दै प्रस्ताव गरे, मैले हुन्छ भनेँ।'

कारोबारीलेे उनकी श्रीमतीका नाममा ५ हजार अमेरिकी डलर पठायो र ब्राजिल, दुबई हुँदै काठमाडौं दोहोरो टिकट काट्यो। २०७० फागुन ४ मा दुबई आए। दुबईको विमानस्थलभित्रको सुपरमार्केटभित्रै ती भारतीयसँगै अर्को अफ्रिकीमूलका व्यक्ति आएर उनलाई क्याप्सुल दिए।

विमानस्थलभित्रकै दुबई इन्टरनेसनल होटलमा बसेका उनले १ सय ५७ वटा क्याप्सुल निल्न सकेनन्। ४५ वटा क्याप्सुल झोलामा राखेर नेपाल आएका उनी विमानस्थलबाट बाहिरिएर ट्याक्सी खोज्ने क्रममा फागुन ६ मा पक्राउ परे। उनको साथमा रहेको क्याप्सुलको तौल २ किलो ६ सय ६९ ग्राम कोकिन निस्कियो।

कोकिनको पाँचौं घटनामा प्रहरीले पेरुबाट कोकिन ल्याउने र पाकिस्तानसम्म पुर्या उने दुवै रुटका कारोबारी पक्राउ गरेको थियो। आइसा, लुई अर्थर दोस्रो तहका कारोबारी थिए भने क्रिस्टिना पहिलो तहको। उनीहरूबाट कोकिनमा संलग्न समूहका पाकिस्तानी नागरिक सहारा र अफ्रिकीमूलका रोज नदुविसी र केनिथ इजेकको नाम खुलेको थियो।

पिस वृद्धाश्रममा काम गर्ने आइसा र शिक्षिका लुईलाई सहाराले पाकिस्तानबाट नेपाल पठाएकी थिइन्। यी दुवैले बयानमा दाबी गरेअनुसार एक साथीले बच्चाका लागि सामान ल्याइदिएको, तर आफू बिरामी भएकाले जान नसकेको भन्दै यी दुवैलाई ३० हजार पाकिस्तानी नगद र नेपाल घुम्ने सबै खर्च बेहोर्ने गरी नेपाल पठाएकी थिइन्।

लाहोरको जनरल अस्पताल र चर्चमा भेटिएकी साहराले नेपाल घुम्न जाने प्रस्ताव राख्दै उनको बच्चाका लागि स्याम्पु, कन्डिसन र कपडा मात्र ल्याउनुपर्ने भनेपछि दुवै राजी भए। विदेशी महिलाले होटलमै आएर सामान दिने र त्यो पाकिस्तान लैजाने उनीहरुको काम थियो।

उनीहरूलाई होटलसम्म सामान ल्याउने थिइन् क्रिस्टिना। मास्टर डिग्रीसम्म पढेकी उनी फिलिपिन्सको रेडियोमा रिपोर्टर थिइन्। आम्दानीले खर्च नधानेपछि मासिक ५ सय अमेरिकी डलर पाउने गरी पाकिस्तानको लाहोरमा बच्चा हेर्ने काम गर्न आएको उनको बयानमा छ।

त्यहीँबाट १० हजार अमेरिकी डलर पाउने सर्तमा कोकिन कारोबारमा लागेकी थिइन् उनी।

लाहोरको अफ्रिकी रेस्टुरेन्टमा भेटिएका केनिथले पेरु गएर उसको भाइले दिएको सामान नेपालसम्म ल्याउनुपर्ने र त्यसबापत १० हजार अमेरिकी डलर पाउने भनेपछि उनी राजी भएकी थिइन्।

ब्राजिल हुँदै पेरुको लिमामा रहेको सेन्टरग्रान्ड होटलमा बसेकी उनलाई केनिथको भाइ भन्दै एक अफ्रिकीमूलका व्यक्ति आएर स्याम्पु, बेबी कन्डिसनरलगायत सामान र कपडा भएको सुटकेस दिए। २०१४ जुन २ मा उनी त्यही सामान बोकेर पेरुबाट ब्राजिल, दुबई हुँदै नेपाल आएर ठमेलको होटल इन्काउन्टरमा बसेकी थिइन्।

पाकिस्तानबाट काठमाडौं आएका आहिसा र लुइसले फोन गरेपछि उनी ठमेलको चाक्सीबारीको टे्रकर्स पुगे सुटकेससहित। ब्युरोको टोलीले छापा मार्दा त्यहीँ पक्राउ परे।

सुटकेस र झोलाबाट स्याम्पु, कन्डिस्नर र कफीको प्याकेट निस्कियो। कम्पनी प्याक यी सबैभित्र कोकिन थिए। सुटकेसमा समेत फल्स बटम बनाएर राखिएको २ किलो ८ सय ३० ग्राम कोकिन फेला पर्यो ।

किन आउँछन् नेपाल?
लामो हवाई दुरी, कोकिनको शून्य बजार। तैपनि किन कारोबारीको रुटमा नेपाल परिरहेको छ त? डिआइजी घिमिरे भन्छन्, 'पक्राउ परिहाले पनि नेपालमा मृत्युदण्ड कानुन नभएर।' उनका अनुसार हवाई रुटमा नेपाल हुँदै जाँदा अन्य देशले कम शंका गर्ने भएकाले पनि अन्तर्राष्ट्रिय कारोबारीका आँखा नेपालमा परेका हुन्।

कोकिनसहित पक्राउ परेकाहरुले पक्राउपछि आफूलाई आफ्नो देश नपठाई नेपालमै राख्न आग्रह गर्ने र १५ वर्ष कैदसजाय पाउँदासमेत खुसी हुने प्रवृत्तिले पनि घिमिरेको विश्लेषण बलियो बनाउँछ।

सेतो र खैरो हेरोइन, ब्रुपिनफिर्न, चरेस नेपालको लागुऔषधको बजारमा फेला परे पनि हालसम्म कोकिन कारोबारी र प्रयोगकर्ता फेला नपरेकाले कोकिन कारोबारीका लागि नेपाल लक्षित मुलुक नभएको उनको ठोकुवा छ।

'अन्य देशमा पक्राउ पर्ने हो भने मृत्युदण्डदेखि लामो समयसम्म कारावास सजाय हुने कानुन छ,' घिमिरेले भने, 'हाम्रोमा बढीमा २५ लाख र आजन्म कारावास नै भए पनि २० वर्ष जेल हुने भएकाले उनीहरु जोखिमै मोल्नुपरे पनि नेपाल आएको हुन सक्छ।'

नेपालमा फैलँदो अफ्रिकी जालो तोड्न के गर्दैछ त प्रहरी?
अन्तर्राष्ट्रिय अपराधमा नाइजेरियालीलगायत घाना, क्यारुन लाइबेरियाका नागरिकको संलग्नता बढेपछि नेपालले ती देशका नागरिकलाई अनअराइभल भिसा पद्धति संशोधन गरे पनि कहिले खेलाडी त कहिले पर्यटकको आवरणमा नेपाल छिर्ने क्रम रोकिएको छैन।

'कोकिन नेपाल भित्र्याउन नाइजेरियाली नै बढी सक्रिय देखिए,' डिआइजी घिमिरेले भने, 'एजेन्ट पहिल्याउन नेपाल भित्रिएका र यहाँ विभिन्न आवरणमा बसेकामाथि निगरानी गरिरहेका छौं तर फेला परेका छैनन्।'

'नेपाल आउने अफ्रिकी मुलुकका नागरिकमाथि विशेष निगरानी गरिरहेका छौं,' डिआइजी घिमिरेले भने, 'यो जालो तोड्न प्रहरी सक्रिय छ।'
अर्को समाचार
कोकिन ट्रान्जिट बन्दै काठमाडौं
१५ चैत्र २०७२
•
११ मिनेट पाठ
कोकिन ट्रान्जिट बन्दै काठमाडौं
काठमाडौं-ब्राजिल, दुबई हुँदै काठमाडौं आइपुगेकी साउथ अफ्रिकी ३७ वर्षीया युवती एमपाथोनी एमसाइन त्रिभुवन विमानस्थलको आगमन कक्षबाटै सहजै बाहिरिइन् ।




फ्लाई दुबईबाट चैत ११ गते विमानस्थल उत्रिएकी उनको साथमा केही कपडा र केही बट्टा स्याम्पु थिए । भन्सार जाँचमा कुनै अवरोध भएन, उनी ट्याक्सी लिएर सरासर ठमेल पुगिन् र एउटा होटलमा बसिन् ।त्यसको तीन दिनपछि १४ गते एमसाइन बसेकै होटलमा आइपुगिन्, भारत नागाल्यान्डकी ४१ वर्षीया मेर्सी । दुवै जना होटलको एउटै कोठा थिए, त्यतिबेलै सादा पोसाकमा लागुऔषध नियन्त्रण ब्युरो टोली पुग्यो । टोलीले दुवै जनालाई सामानसहित नियन्त्रणमा लिएर कोटेश्वरस्थित कार्यालय पुर्यायो ।

बरामद स्याम्पुको बट्टामध्ये चार वटामा रहेको झोल जाँच्दा त्यो पदार्थ नुहाउने होइन, लागुऔषध कोकिन पो रहेछ ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार अफ्रिकी युवती एमपाथोनी कोकिन तस्करीमा सक्रिय समूहकी सक्रिय भरिया हुन् । अनुसन्धानमा खुल्यो– ब्राजिल र पेरुको कोकिन भारत, फिलिपिन्स हुँदै युरोपेली देशसम्म पुर्याउँदै आएकी उनी पहिलोपटक नेपाल आएकी रहिछन् ।

प्रहरीलाई एमपाथोनीले दिएको बयानअनुसार उनी ४० हजार र्यान्ड (नेपाली २ लाख ७३ हजार) पाउने सर्तमा नेपाल आएकी थिइन् । स्याम्पुभित्र कोकिन छ भन्ने उनलाई राम्ररी थाहा थियो ।

चैत १ मा दक्षिण अफ्रिकाबाट दुबई हुँदै ब्राजिल पुगेकी उनी कोकिनको झोल भरिएको स्याम्पुको बट्टा बोकेर पुनः दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन् । प्रहरीका अनुसार त्यही कोकिन भारत हुँदै तेस्रो मुलुक पुर्याउन भारत, नागाल्यान्डकी मेर्सी स्थलमार्गबाट काठमाडौं आएकी थिइन् ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा ब्राजिलबाट आएको कोकिन दिल्ली–इटली हुँदै नेदरल्यान्ड पुर्याउने जिम्मा भारतीयको थियो । मेर्सीलाई भने आफू तस्करको काम गर्दैछु भन्ने थाहा थिएन ।

'मलाई एक परिचितले नेपालमा स्याम्पु र केही विदेशी कपडा आएको छ, त्यो लिएर आइज भनेर पठाएका हुन्,' मेर्सीको बयान उद्धृत गर्दै ब्युरोका प्रहरीले भने, '१५ हजार भारु दिएर नेपाल पठाएका थिए, स्याम्पुमा के थियो भन्ने मलाई थाहा थिएन ।'

विमानस्थलबाट सहजै उम्किए पनि एमपाथोनीको गतिविधि निगरानीबाहिर थिएन । लागुऔषध कारोबार अनुगमन गरिरहेकाको नजरमा उनी परिसकेकी थिइन् । ब्युरोले जब दोस्रो सहयोगी मेर्सी आइपुगेको सूचना पायो, होटल पुगेर दुवैलाई पक्राउ गर्यो ।

'एमपाथोनी अर्की भरियालाई कोकिन बुझाएर साउथ अफ्रिका फर्किंदै रहिछ,' चन्दले भने, 'समयमा सूचना आउँदा दुवै फर्किन भ्याएनन् ।'

प्रहरीका अनुसार ब्युरोको हिरासतमा रहेकी दुई सन्तानकी आमा एमपाथोनी छोरा र छोरी सम्झेर रोइरहन्छिन् । उनीसँगै पक्राउ परेकी मेर्सी भने तीन सन्तानकी आमा हुन् । प्रारम्भिक बयानमा दुवैले आफूहरु कोकिन तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सहयोगी –भरिया) रहेको स्विकारेका छन् । मेर्सी त १९ वर्षे छोरीसहित आएकी थिइन् काठमाडौं ।

ब्युरो एसएसपी गणेश केसीका अनुसार नेपाल कोकिन बजार भने होइन । युरोपेली देशको लागुऔषध बजारसम्म पुर्याउन मात्र अन्तर्राष्ट्रिय कारोबारीले नेपाललाई आफ्नो रुटमा पारेका हुन् । चरेस, हेरोइन नेपाल हुँदै अन्य देश भित्रिने गरे पनि कोकिनको चल्तीको रुट नभएकाले अन्तर्राष्ट्रिय कारोबारीले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएको प्रहरी भनाइ छ ।

ब्युरो अधिकारीका अनुसार कोकिन तस्करमा सक्रिय समूहले पेरु, ब्राजिलको कोकिन युरोपेली देश पुर्याउन नाइजेरिया, फिलिपिन्स, दुबई हुँदै नेपाललाई ट्रान्जिट रुट बनाउने गरेको खुलेको छ । भारतको दिल्ली, मलेसिया, थाइल्यान्ड, इटली हुँदै युरोपेली मुलुक पुर्याउन नेपालमा कोकिन भित्रिने गरेको अनुसन्धान अधिकारीको निष्कर्ष छ ।

'अहिलेसम्मको अनुसन्धानमा नेपाल ट्रान्जिट मात्र हो,' केसीले भने, 'नेपाल कोकिन तस्करीको चल्तीको रुट नभएकाले निगरानी कम हुने भन्दै अन्तर्राष्ट्रिय समूहले नेपाललाई रुटमा पारेको देखिन्छ ।'

४ वर्षमा १९ किलो, ८ भरिया

नेपालमा कोकिन फेला परेको यो पहिलो घटना भने होइन । चार वर्ष अगाडिबाट नेपालमा कोकिनका भरिया पक्राउ पर्न थालेका हुन् । नेपालमा मलेसियन, नामिबियन, पाकिस्तानी, फिलिपिनो र थाई नागरिक कोकिनसहित पक्राउ परीसकेका छन् । सोमबारको पक्राउ घटनापछि भारतीय र दक्षिण अफ्रिकी नागरिकसमेत जोडिए ।

पहिलोपटक २०६८ मा थाई नागरिक सुपरेट्टा मेकेन्टोस कोकिनसहित पक्राउ परेकी थिइन् । उनको पक्राउपछि हेरोइन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँगै कोकिन तस्करले समेत नेपाललाई ट्रान्जिट बनाएको खुलेको थियो ।

कतार एयरबाट अर्जेन्टिना, ब्युनर्सआयर्स हुँदै नेपाल आइपुगेकी सुपरेट्टा पुस २० मा काठमाडौं आएर केही दिन बसी पुनः क्वालालाम्पुर जान विमानस्थल पुग्दा एक किलो कोकिनसहित पक्राउ परेकी थिइन् ।

२०७० फागुन ६ मा २ हजार ८ सय ३० ग्राम कोकिनसहित पाकिस्तानी नागरिक आइसा हुसेन र लुइस अर्थर निही र फिलिपिनी क्रिस्टिना बेयर हेरा पक्राउ परेका थिए । उनीहरु ठमेलको चाक्सीबारीको टेकर्स होम होटलमा पक्राउ परेका थिए ।

दुई किलो कोकिन निलेर दुबई हुँदै काठमाडौं उत्रिएका नामिबियाका रेमन्ड जुंगु ओपेल २०७१ जेठ २३ मा विमानस्थलमै पक्राउ परेका थिए । मलेसियाकी मारिना बिन्ती जमाउद्दिन २०७१ चैत २० मा ११ किलो कोकिनसहित पक्राउ परेकी थिइन् । दोहा हुँदै नेपाल आएकी उनी कोकिनसहित सहजै बाहिरिएर नेपालमा दुई दिन बसिन् । सोही कोकिन बोकेर इटलीको रोम जान विमानस्थल पुग्दा उनी पक्राउ परेकी थिइन् ।

टुनाफिस, क्याप्सुल हुँदै झोल

नेपालमा फेला परेको पहिलो कोकिन टुनाफिसको बट्टामा लुकाइएको थियो । पाकिस्तानी र फिलिपिनोले स्याम्पु, कन्डिसन र लोसनको बट्टामा पाउडर कोकिन ल्याएका थिए । नामिबियन रेमन्डले पाउडर क्याप्सुल ल्याएका थिए, मलेसियाकी मारिनाले ल्यापटप ब्यागमा पाउडर नै लुकाएकी थिइन् । सोमबार भने स्याम्पुको बट्टामा झोल कोकिन फेला पर्यो जुन नेपालमा पहिलो घटना हो ।

इनसाइडक्राइम डटओआरजीका अनुसार बोलेभियन तस्कर समूहले सन् २०१४ बाट लागुऔषध तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहले पक्राउबाट जोगिन पाउडर कोकिनको साटो झोल कोकिन प्रयोग गर्न थालेका हुन् । यसबीच जुसको बोतल, रम, ट्रान्सफर्मर तेल, मेसिनरी सामग्रीमा लुकाएको झोल कोकिन फेला पर्ने गरेका छन् । २०१५, डिसेम्बर २२ मा कोलम्बिया हुँदै हङकङ आइपुगेको मेसिनरी सामग्रीमा ६२ किलो झोल कोकिन फेला परको थियो ।

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा एक महिला कोकिनको झोलसहित पक्राउ परेको घटनाले विश्वभर चर्चा पायो । हुन्डुरसकी एक युवतीले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर समेत तीन पाउन्ड झोल कोकिन बोकेकी थिइन् ।

ब्युरोका एसपी धीरजप्रताप सिंहका अनुसार उक्त घटनापछि लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संगठनले ब्युरोलाई उक्त घटनाबारे जानकारी दिँदै पछिल्लो समय झोल कोकिनको तस्करी बढेको भन्दै सचेत हुन आग्रह गरेको थियो । सूचना आएको ८ महिनामै नेपालमा झोल कोकिन फेला पर्यो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस