राहतका खाद्य सामग्री खाल्डोमा
२० असार २०७२
•
७ मिनेट पाठ
राहतका खाद्य सामग्री खाल्डोमा
काठमाडौं- समयमै वितरण गर्न नसक्दा र उच्च प्रविधियुक्त भण्डारगृह नहुँदा भूकम्प पीडितका लागि आएको ठूलो परिमाणको खाद्यसामग्री खाल्डोमा फ्याँक्नुपरेको छ। युनाइटेड अरब इमिरेट्स (युएई), भारतलगायत देशले पठाएको खाने तेल, आलु, रोटी, पाउरोटी, औषधि, बालबालिकाको पोषणयुक्त खाद्यसामग्री तापक्रम मिलाएर राख्न नसक्दा बिग्रेकाले खाल्डोमा पुर्नुपरेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार युएईले भूकम्प पीडितलाई पठाएको करिब १० हजार लिटर खाने तेल बिग्रेको थियो। उक्त तेल नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको गोदाममा राखिएको थियो। खाद्य संस्थानको गोदाममा राखिएको ६ हजार ८ सय ३५ लिटर र नेसनल ट्रेडिङको गोदाममा रहेको ३ हजार ३६ लिटर तेल खाल्डोमा पुरिएको छ।

'दुर्गन्ध नफैलियोस् भनेर बिग्रेको खाने तेल खाद्य संस्थान र नेसनल ट्रेडिङभित्रै खाल्डो खनी पुरिएको छ,' स्रोतले भन्यो, 'तापक्रम मिलाएर राख्न नसक्दा तेल जमेको थियो।' प्रयोगशालामा परीक्षण गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेल खाने अवस्थामा नरहेको बताएपछि खाल्डोमा पुरिएको हो।

वैशाख १२ गतेको भूकम्पपछि भारतको नयाँ दिल्लीस्थित युएईको दूतावासले त्यहीँ खाने तेललगायत खाद्यसामग्री खरिद गरी नेपाल पठाएको थियो। नेपालसमेत हेर्ने नयाँ दिल्लीस्थित युएई दूतावासले पटक–पटक गरी नेपाललाई ६३ हजार १ सय १२ कार्टुन (७ लाख ५७ हजार ३ सय ४४ केजी) खाद्यसामग्री पठाएको थियो। यसबाहेक पनि युएईले ७४ हजार ५ सय ८० केजी खाद्यसामग्री नेपाल पठाएको भन्सार विभागको तथ्यांकले देखाउँछ। युएईले पठाएको खाद्य सामग्रीमा आँटा, चामल, चिनी, दाल र खाने तेल थिए। खाने तेलमध्ये करिब १० हजार लिटर उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रिएको हो।

यस्तै, भारतबाट पठाइएको ३० बोरा आलु (१ हजार ८ सय केजी) पनि उपयुक्त तापक्रममा नराख्दा र समयमै वितरण गर्न नसक्दा बिग्रेको छ, जसलाई खाल्डो खनेर पुरिएको छ। लामो समयसम्म वितरण नगरी बोरामा चिसो ठाउँमा राखिँदा आलु कुहिएको स्रोतले बतायो। भारतबाट मात्रै पटक–पटक गरी ५ लाख केजीभन्दा बढी आलु नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ३० बोरा कुहिएको तथ्यांक खाद्य संस्थानसँग छ। बाँकी कति वितरण भयो र कस्तो अवस्थामा छ, सम्बन्धित निकायलाई नै थाहा छैन।

स्रोतका अनुसार खाने तेल, आलुबाहेक भारतलगायत विभिन्न देशबाट पठाइएका बालबालिकाको पोषणयुक्त खानेकुरा, रोटी र पाउरोटी समयमै वितरण गर्न र उचित तापक्रममा राख्न नसक्दा बिग्रेका छन्। बालबालिकाको खानेकुरा चर्को घाममा लामो समय राखिँदा बिग्रेको थियो।

रोटी, पाउरोटी र औषधि पनि बिग्रेको स्रोतले जनायो। 'बालबालिकाका खानेकुरा, रोटी, पाउरोटी, औषधि कति बिग्रे, त्यसको तथ्यांक राखिएको छैन तर मात्रा ठूलो छ,' स्रोतले भन्यो।

विपतका बेला के सामग्री लिने वा नलिने निर्णय सरकारले नगरेसम्म यस्तो समस्या आउने वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले बताए। 'कम आयु भएका र तरकारीजन्य वस्तु राहतका रूपमा लिने नै होइन, राहतमा के ल्याउने वा नल्याउने भन्ने नतोकिदिँदा समस्या आएको हो।'

घिमिरेका अनुसार मन्त्रालयसँग चामल भण्डार गर्नेमात्र उपयुक्त गृह छ। तापक्रम मिलाएर राख्नुपर्ने खाद्य सामग्रीका लागि मन्त्रालयसँग अत्याधुनिक भण्डारगृह छैन। तापक्रम मिलाउन ठूला फ्रिजदेखि विभिन्न उपकरण भण्डारगृह तथा कोठामा जडान गर्नुपर्छ। 'छोटो आयु भएका चीज ल्याउन बन्द गर्नुपर्छ, चाँडै नगल्ने खालका वस्तुमात्र ल्याउनुपर्छ,' घिमिरेले भने।

विदेशबाट पठाइएका वस्तुको संवेदनशीलता नखुल्दा समस्या आएको स्रोतले जनाएको छ। 'सामग्री त आउँछ तर प्याकेज तथा कार्टुनमा केही खुलाइएको हुँदैन,' स्रोतले भन्यो, 'त्यो वस्तुको आयु कति लामो छ, कस्तो स्थानमा राख्नुपर्ने हो कसरी बुझ्ने? १० दिनसम्म कार्टुन घाममै बस्छ, पछि खोल्दा बिग्रेको हुन्छ।'

विपतका बेला विदेशबाट आउने विभिन्न खाद्य सामग्री बिग्रन नदिन पाँचवटै क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त भण्डारगृह बनाउन आवश्यक रहेको स्रोतको भनाइ छ। विभिन्न प्रकारका जोखिम अध्ययन गरी सोहीअनुसार वितरण गर्न सहज हुने गरी अत्याधुनिक भण्डारगृह निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने स्रोतले बतायो। 'करोडौं रुपैयाँ खर्चेर विदेशीले खाद्य सामग्री पठाउँछन्, त्यसलाई जोगाएर राख्न सक्ने भण्डारगृह हामीसँग छैन,' स्रोतले भन्यो, 'कि त त्यस्ता सामग्री नै नलिनुपर्योय, होइन भने सुरक्षित राख्न सकिने उच्च प्रविधियुक्त भण्डारगृह बनाउनुपर्योय,' स्रोतले भन्यो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस