नक्कली कैदी जेलमा, सक्कली डिस्कोमा
२३ असार २०७२
•
१० मिनेट पाठ
नक्कली कैदी जेलमा, सक्कली डिस्कोमा
काठमाडौं- भूकम्पमा भत्केको सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोली हान्निँदै सुन्धारा आइपुग्यो। सादा पोसाकका प्रहरी डिस्को फ्लोरमा पुग्दा सूचना सत्य देखियो। लागुऔषध मुद्दामा १० वर्ष कैद सुनाइएका रावणजित तामाङ साथीहरूसँग मस्त नाचिरहेका थिए।उनी बाहिर निस्किएलान् र जालमा पारौँला भनेर प्रहरी डिस्कोको गेटैमा बसे। सवा २ बजे उनी केही साथीसँग डिस्कोबाट बाहिरिएलगत्तै प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्योै तर समूहले नै प्रतिवाद गरेपछि तीन राउन्ड गोली नै चलाउनुपर्योा।

तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि वीर अस्पताल पुर्यारएर थप जाँचबुझ गर्न टेकु आएको प्रहरी टोली त्यतिबेला जिल पर्योा, जब गोली हानेर नियन्त्रणमा लिइएका व्यक्ति कारागारबाट भागेका रावणजित नरहेको खुल्यो। कारागारसँग सोधपुछक्रममा रावणजित मकवानपुरको भीमफेदी जेलमा रहेको खुल्यो।

महाशाखाका अधिकारीले पाएको सूचनाअनुसार उनी वैशाख १२ को भूकम्पपछि भागेका थिए। कारागार व्यवस्था विभागको रेकर्डमा भने उनी वैशाख ३१ गतेबाट कारागारमा थिए। कारागार भत्कँदा भागेका कैदीलाई नजिकको कारागारको सम्पर्कमा आउन विभागले सूचना जारी गरेलगत्तै रावणजित भीमफेदी कारागार पुगेर आत्मसर्मपण गरेका थिए।

रावणजित भनेर गोली हानिएका व्यक्ति वीरमा उपचाररत थिए। उनलाई बढी केरकार गर्न सकेन प्रहरीले। महाशाखाको आग्रहमा मकवानपुर प्रहरीले भीमफेदी पुगेर जेलमा रहेकासँग केरकार सुरु गर्यो्। 'रावणजित भनेको मै हुँ, काठमाडौंको डिस्कोमा कसलाई गोली हानियो, थाहा छैन।' उनको बयानले प्रहरीको सात्तो उडायो। निर्दोषलाई गोली हानेकोमा कारबाही हुने डरले प्रहरीलाई भित्रभित्रै गाल्दै थियो।

तर तीन दिनको निरन्तर अनुसन्धानपछि निस्किएको निष्कर्षले महाशाखा प्रहरीलाई झन् बेचैन बनायो। त्यो १९ गतेको प्रारम्भिक अनुसन्धानको निष्कर्षभन्दा पनि अपत्यारिलो थियो।

भीमफेदी कारागारमा रहेका र डिस्कोबाट गोली हानेर नियन्त्रणमा लिइएका दुवै व्यक्ति रावणजित नै थिए। तर, भीमफेदीमा रहेका नक्कली, गोली लागेका सक्कली।

लागुऔषधको अभियोग पुष्टिसँगै काठमाडौं जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी भूकम्पपछि होइन, डेढ वर्षअगाडिबाटै स्वतन्त्र जीवन बिताइरहेका थिए। कारागार प्रशासनले रावणजित भनेर जसलाई राखेको थियो, ती नुवाकोट काउलेका राजकुमार तामाङ थिए। उनी नक्कली रावणजित भनेर कैद भुक्तान गरिरहेका थिए।

'१९ गते निर्दोष व्यक्तिलाई गोली हानियो कि भनेर हामी पनि झस्कियौं,' महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'तीन दिनको अनुसन्धानबाट पहिलो दिनको भन्दा पनि उदेकलाग्दो तथ्य आयो, सक्कली कैदी बाहिर रहेछन्, निर्दोषचाहिँ जेलमा।'

कसरी सम्भव भयो यस्तो?

काठमाडौंमा जबर्जस्ती रकम असुली र गुन्डागर्दीमा कहलिएका काभ्रे नारायणस्थान–९ का रावणजित लागुऔषधसहित काठमाडौंमा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतले उनलाई २०६९ माघ १२ मा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो। उनी फैसलाअगाडि वैशाख २१ बाटै पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए।

एसएसपी खनालका अनुसार मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका तामाङ अदालतले मागेको ७५ हजार जरिवाना तिर्न नसकेपछि २०६९ वैशाख २१ गते डिल्लीबजार कारागारमै पुगे। जेलभित्र रावणजित चल्तापुर्जा थिए। अन्य कैदीबन्दीले दुःख दिन थालेपछि संरक्षण खोज्दै राजकुमार उनको सम्पर्कमा पुगे।

जेलमा यी दुवैको सम्बन्ध घनिष्ठ थियो। २०६९ फागुनमा रावणजितले कारागार स्थानान्तरणका लागि जेल प्रशासनमा निवेदन दिँदै सिन्धुपाल्चोक पठाउन माग गरे। रावणजितझैँ राजकुमारले पनि जेल सार्न निवेदन दिए। दुवैको निवेदनअनुसार कारागार प्रशासनले फागुन ११ गते दुवैलाई जेल स्थानान्तरणको पत्रसहित सुरक्षाकर्मी साथ लगाएर सिन्धुपाल्चोक कारागार पठायो। दुवैलाई जेल प्रशासनमा बुझाएर सुरक्षाकर्मी फर्किए।

सिन्धुपाल्चोक कारागार पुगेको ९ दिनमै १० वर्ष कैद सजाय सुनाइएका रावणजित जेलमुक्त भए। ७५ हजार जरिवाना तोकिएका राजकुमारलाई १० वर्ष कैद सजाय सर्योब।

घटनाको अनुसन्धान गरिरहेका महाशाखाका डिएसपी रमेश थापाका अनुसार ७५ हजार जरिवाना तिरेलगत्तै कारागारबाट मुक्त हुन पाउने राजकुमारलाई फेला पारेपछि रावणजितले डिल्लीबजार कारागारमै योजना बुनेका थिए। त्यही योजनाअनुसार यी दुवैजनाले कारागार प्रशासनसँगै सिन्धुपाल्चोक कारागार सरुवाका लागि निवेदन दिएका थिए।

सुरक्षाकर्मीले कैदी स्थानान्तरणको पत्रसहित सिन्धुपाल्चोक कारागार प्रशासनको जिम्मा लगाउँदा रावणजित ७५ हजार जरिवाना बुझाउनुपर्ने राजकुमार बनिसकेका थिए भने राजकुमार १० वर्ष कैद काट्नुपर्ने रावणजित। कारागारमा नौ दिन बसेपछि राजकुमार बनेका रावणजितले नियमअनुसार कैद बसेबापत कट्टा भई बाँकी रहेको ६४ हजार जरिवाना तिरेर मुक्त भए। राजकुमार लागुऔषध कारोबारबापतको रावणजितको १० वर्ष सजाय कटाउन सिन्धुपाल्चोक जेलमा बसे।

डिएसपी थापाका अनुसार जेल बसेबापत राजकुमारलाई रावणजितले आर्थिक सहयोग गर्ने र मुद्दा पुनरावेदनमा लगेर छुटाउने सर्त थियो। जेलमुक्त भएपछि रावणजितले पुनरावेदन अदालत पाटनमा जिल्ला अदालतको फैसलाको पुनरावेदन पनि हालेका थिए।

वैशाख १२ को भूकम्पमा जेल भत्किएपछि राजकुमार पनि भागे। डिएसपी थापाका अनुसार जेलबाट भागेर रावणजितको सम्पर्कमा आएपछि पुनरावेदनबाट मुद्दा जितिन्छ, भाग्यो भने दुवै फसिन्छ भन्दै खर्च दिएर राजकुमारलाई मकवानपुरमा आत्मसर्मपण गर्न पठाएका थिए।

राजकुमार रावणजित बनेर जेल बसे पनि रावणजितचाहिँ उपत्यकामा खुलमखुला थिए। १० वर्ष जेलमा बस्नुपर्ने व्यक्ति डिस्कोमा देखिन थालेपछि प्रहरीले सुइँको पायो र नक्कली–सक्कली कैदीको पोल खुल्यो।

कारागार व्यवस्था ऐन र नियमावलीअनुसार एक कारागारबाट अर्को कारागारमा पठाउँदा परिचयपत्रसहित पठाउनुपर्ने प्रावधान रहे पनि यी दुवैलाई डिल्लीबजारबाट सिन्धुपाल्चोक पठाउँदा स्थानान्तरण पत्रका आधारमा मात्रै पठाएको, कारागार स्थानान्तरणका लागि अन्य कैदी–बन्दीको निवेदन भए पनि कारागार प्रशासनले रावणजित र राजकुमारको निवेदनलाई प्राथमिकता दिएर स्थानान्तरणको निर्णय गरेको प्रहरीले अनुसन्धानमा खुलाएको छ।

कारागार व्यवस्था विभागका प्रमुख हिमनाथ दवाडीले अहिलेसम्म जेलका कैदीलाई परिचयपत्र दिने नगरिएको बताए। सिन्धुपाल्चोकको घटनाबारे आफूले सुने पनि औपचारिक जानकारी नआएको बताउँदै उनले भने, 'विभागमा औपचारिक जानकारी आएको छैन, जानकारी आएपछि मात्रै के भएको रहेछ भन्न सक्छु।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस