ऊर्जाका ८८ प्रतिशत कार्यक्रम कागजमै
२८ असार २०७२
•
९ मिनेट पाठ
ऊर्जाका ८८ प्रतिशत कार्यक्रम कागजमै
काठमाडौं- सरकारले यो वर्ष ऊर्जा तथा जलविद्युत विकासलाई प्राथमिकता दिँदै महत्वाकांक्षी कार्यक्रम तथा योजना समेटे पनि वर्षको अन्त्यसम्ममा १० प्रतिशतभन्दा थोरै काम भएको छ। कार्यक्रम कार्यान्वयनमा ऊर्जा मन्त्रालयको उदासिनता, आन्तरिक विवाद र अन्तरमन्त्रालय समन्वय नहुँदा बजेटमा घोषित अधिकांश कार्यक्रम अलपत्र छन्। यो आर्थिक वर्षमा सरकारले ऊर्जा तथा जलविद्युत विकासतर्फ १६ योजना तथा कार्यक्रम पूरा गर्ने घोषणा गरेको थियो।तोकिएका आयोजना तथा कार्यक्रममध्ये २ वटाको मात्र सामान्य प्रगति देखिएको छ। बाँकीमा काम भइरहेको जनाइएको छ। यसको आधारमा सरकारले घोषणा गरेमध्ये १४ अर्थात ८८ प्रतिशत कागमै सीमित छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा धेरै कार्यक्रमको प्रगति सकारात्मक देखाइए पनि ठोस काम हुन नसकेको अर्थ मन्त्रालयकै अधिकारी स्वीकार्छन्।




कार्यक्रम कार्यान्वयनमा तीव्रता र जारी आयोजनालाई निरन्तरता दिने भन्दै नेपाल विद्युत प्राधिकरणसमेत गरी मन्त्रालयमातहत करिब ३५ अर्ब रुपैयाँ छुट्टयाइएको थियो। आर्थिक वर्ष सकिन ३ दिन बाँकी हुँदा २५ प्रतिशतभन्दा बढी बजेट खर्च नभएको मन्त्रालयले जनाएको छ।

चालु वर्षका लागि करिब ३० अर्ब रुपैयाँबराबरको बजेट सिलिङ तोकिएको थियो। ऊर्जामन्त्री राधा ज्ञवालीले यस क्षेत्रलाई उपेक्षा गरिएको भन्दै बजेट बढाउन निरन्तर अनुरोध गरेपछि करिब ५ अर्ब रुपैयाँ थपिएको थियो। कार्यान्वयनमा भने मन्त्रालय गैरजिम्मेवार बनेको राष्ट्रिय योजना आयोगका सहसचिव गोपिनाथ मैनालीले बताए।

राष्ट्रिय गौरवको सूचीमा राखिएको ४ सय ५६ मेगावटको माथिल्लो तामाकोसीको अपेक्षित प्रगति देखिए पनि अन्य आयोजनामा प्रगति निराशाजनक छ। पश्चिम सेती, नलसिंहगाड, पञ्चेश्वर र आधा दर्जन प्रसारण लाइनको प्रगति निराशाजनक छ।

विद्युत उत्पादन र प्रसारणमा समस्या देखिएकाले प्रस्तावित विद्युत ऐन र विद्युत नियमन आयोग ऐन चालु वर्षभित्रै जारी गर्ने घोषणा गरिएको थियो। तर, यी कानुनका प्रस्तावित मस्यौदा संशोधन गर्ने तयारीबाहेक केही काम भएको छैन।

चालु आवको बजेटमा माथिल्लो सेती, राहुघाट र तामाकोसी पाँचौं आयोजना निर्माण गर्ने घोषणा भएको थियो। ऊर्जामन्त्री ज्ञवालीकै पहलमा ल्याइएको 'जनताको जलविद्युत जनताकै लगानीमा' कार्यक्रमअन्तर्गत माडीखोला र मौवाखोला आयोजनाको निर्माणसमेत सुरु गर्ने प्रतिबद्धता थियो।

ठेकेदारले काम नगरेपछि विद्युत प्राधिकरणले राहुघाटको ठेकेदारसँग ठेक्का तोडिसकेको छ भने माथिल्लो सेती र तामाकोसी पाँचौं अझै अध्ययनकै क्रममा छन्। आर्थिक सर्वेक्षणमा भने अन्य उल्लेखित आयोजनाको काम भइरहेको भन्दै माडी र मौवाखोला निर्माण गर्न कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाइएको उल्लेख छ।

लोडसेडिङको भयावह अवस्थामा कमी ल्याउन सौर्य प्रविधिबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र काठमाडौंमा २५ मेगावाट बराबरको सौर्य ऊर्जा प्लान्ट जडान पूरा गर्ने योजना थियो। तर यसमा अध्ययन भइरहेको भन्नेबाहेक कुनै प्रगति देखाइएको छैन।

ऊर्जा क्षेत्रको विकासमै सबैभन्दा बढी समस्या देखिएको प्रसारण लाइन निर्माणतर्फ वर्षको अन्त्यसम्म उल्लेखनीय प्रगति देखिएको छैन। भारतबाट १ सय ५० मेगावाट बिजुली आयात गर्ने उद्देश्यले निर्माण भइरहेको ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन असारभित्रै पूरा गर्ने लक्ष्य थियो। तर, यो आयोजनासमेत करिब १ वर्ष पछाडि धकेलिने प्राधिकरण अधिकारीको भनाइ छ।

झन्डै १० वर्षसम्म पूरा हुन नसकेको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन चालु वर्ष पनि समस्यामै अल्झेको छ। १३२ केभी बुटवल–कोहलपुर, कुशाह–कटैया यसै वर्ष पूरा गर्ने भनिए पनि आर्थिक सर्वेक्षणमा त्यसको काम पूरा नभएको उल्लेख छ।

कालीगण्डकी, मर्स्याङ्दी करिडोर र बर्दघाट–गोरखपुर अन्तर्राष्ट्रिय प्रसारण लाइनको अध्ययन सकेर आगामी आवदेखि काम सुरु गर्ने सरकारको योजना थियो। तर, देशभित्रै बन्ने दुवै प्रसारण लाइनको अध्ययन ५० प्रतिशत पनि सकिएको छैन भने अन्तर्राष्ट्रिय लाइनको योजना छलफलमै सीमित छ।

दीर्घकालीन जलविद्युतको विकास गर्न जलाशय आयोजना निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१४ मा अध्ययन सकेर निर्माणका लागि उपयुक्त ठानिएका आयोजना सरकारलाई सिफारिस गरेको थियो।

जाइकाले सिफारिस गरेकामध्ये ३ सय ३५ मेगावाटको माथिल्लो अरुण, ५ सय ३६ मेगावाटको सुनकोसी–३, १ सय ८० मेगावाटको आँधीखोला र ३/३ सय मेगावाटको उत्तरगंगा र दूधकोसीको अध्ययन सक्ने लक्ष्य थियो। यस्तै, कर्णाली चिसापानी र नौमुरेको अध्ययन अद्यावधिक गर्ने घोषणा गरिएको थियो। ती सबै योजना कागजमै थन्केका छन्।

राष्ट्रिय गौरवको सूचीमा राखिएको ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय आयोजना आगामी आवदेखि कार्यान्वयन तथा निर्माणको चरणमा लैजाने भने पनि अहिलेसम्म यो अन्योलमै छ। यो आयोजना ७५ प्रतिशत चीनको सिडब्लुई कर्पोरेसन र २५ प्रतिशत प्राधिकरणको लगानी रहने गरी निर्माण गर्ने योजना छ। आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले किन्न नसक्ने वा देशमै खपत गर्न गाह्रो हुने देखिएपछि यसको काम रोकिएको छ।

१ हजार २ सय मेगावाटको बूढीगण्डकीको भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। फ्रान्सको ट्र्याक्टबेल कम्पनीले डिपिआर पूरा गरे पनि निर्माण कसरी सुरु गर्ने भन्नेमा सरकारी निकायबीच विवाद छ।

लगानी बोर्डबाट अघि बढाइएका ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रोको भने घोषणा गरेअनुसार आयोजना विकास सम्झौता (पिडिए) पूरा भएको छ। चालु वर्षमा घोषणा गरेअनुसार केही प्रगति भएको पञ्चेश्वर आयोजना पनि हो। नेपाल र भारतीय अधिकारीको सहमतिमा 'पञ्चेश्वर विकास प्राधिकरण' गठन भएको छ। यसको डिपिआर भारतीय वापकोस कम्पनीले अद्यावधिक गरिरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस