काठमाडौं- नेपालबाट फरार खुंखार वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर पछिल्लो पटक थाइल्यान्डमा देखा परेका छन्। वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय एसियाली मुलुकका संघसंस्था र सुरक्षा निकायको संयुक्त अपरेसन सफल भए उनलाई कारबाहीका लागि नेपाल ल्याइनेछ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गतको वातावरणीय अपराध पिलरका प्रमुख सबिन प्रधानले पछिल्लो पटक बेकर गत चैत २१ गते थाइल्यान्डमा देखा परेको जानकारी दिए। 'उनी यसअघि चैत १ गते भुटानमा देखा परेका थिए', उनले भने, 'भुटानमा केही दिन बसेर थाइल्यान्ड गएको पाइयो।'
प्रधानले बेकर वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय सुरक्षा निकायको निगरानीमा रहेको जानकारी दिए। 'हामीले ऊ बसेको स्थान पत्ता लगाएर अपरेसनको पहिलो चरणको काम सकेका छौं,' उनले भने, 'दोस्रो चरणको योजना र अपरेसन सफल भयो भने उनलाई नेपाल ल्याउनेछौं।'
प्रधानका अनुसार प्राथमिकतामा राखिएको यो अपरेसन पूरा गर्न नेपाल प्रहरी र इन्टरनेसनल पुलिस को-अपरेसन (इन्टरपोल), वन्यजन्तु अपराध नियन्त्रणमा संलग्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाले संयुक्त रूपमा पहल गरिरहेका छन्। यी सबै काममा इन्टरपोलले मध्यस्थता गरिरहेको छ।
बेकरको गतिविधिबारे नागरिक दैनिकले गत असोज २५ गते खोजमूलक सामग्री प्रकाशन गरेकेा थियो। उक्त सामग्रीमा बेकर थाइल्यान्ड र चीनमा सक्रिय भएको उल्लेख थियो। उनले प्रयोग गरिरहेको वेबसाइट र फेसबुक आइडीको नियमित फलोअपबाट सो सामग्री तयार गरिएको थियो।
वन्यजन्तुका अंग र पुरातात्विक महत्वका वस्तुसहित काठमाडौंमा सानसौकतको जीवन बिताएका अमेरिकी नागरिक बेकर कहिले तिब्बत त कहिले थाइल्यान्डको राजधानी बैंकक घुम्ने गरेका थिए। पछिल्लो समय उनी भुटान पुगेर थाइल्यान्ड फर्किएका थिए। 'हाम्रो नेटवर्कले यही समयमा उसको ट्राभल मुभमेन्टबाट ठाउँ पत्ता लगाएको हो,' प्रमुख प्रधानले भने, 'सबै संघसंस्थाको संयुक्त प्रयास र सहयोग भयो भने उसलाई नेपाल ल्याइन्छ।'
२४ वर्षदेखि नेपाल बसिरहेका बेकरको नक्सालस्थित सममार्गको ८०७ नम्बरको घरबाट प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी दुर्लभ वन्यजन्तुका अंग र पुरातात्विक वस्तु बरामद गरेको थियो।
बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटोपहार र पुरातात्विक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐनअनुसार अपराध गरिरहेका थिए। यी ऐनले वन्यजन्तु घरमा पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्विकक वस्तु राख्न निषेध गरेको छ। प्रहरीले यिनै ऐन प्रयोग गर्दै २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सामग्री कब्जामा लिएको थियो।
बेकर प्रहरी प्रधान कार्यालय पश्चिमतर्फको भव्य महलको माथिल्लो तलामा बस्थे। उनी प्रहरी–प्रशासनको उच्च ओहदाका पदाधिकारी रिझाएर नेपाल बसिरहेका थिए।
हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल सममार्गस्थित घर र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्विक गरी १ सय २२ थान अवैध सामग्री बरामद गरेको थियो। जसमा बाघ, हिउँचितुवा, चितुवा, हाबे्र, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नंग्रा र खप्पर थिए। सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए जुन अहिलेसम्मकै ठूलो परिमाण हो। यो घटना हुँदा बेकरको उमेर थियो, ५५ वर्ष। अहिले उनी ६२ वर्षका भइसकेका छन्।
उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ। नेपाल प्रहरी र इन्टरनेसनल पुलिस कर्पोरेसन (इन्टरपोल) ले 'अवैध वन्यजन्तुका अंग' संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरेका छन्। र, बेकर अझै प्रहरीको फरार सूचीमै छन्।
उनको सममार्गस्थित घर छिर्ने जोकोही आश्चर्यले जिब्रो टोक्थे। अरूकहाँ जस्तो टेबलकुर्सी, सोफा र कृत्रिम सजावट सामग्री मात्र त्यहाँ थिएनन्। बगैंचादेखि भान्सा र बेडरुमसम्मको शोभा बढाउन प्रयोग गरिएका थिए। दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्विक वस्तु पनि थिए। डाइनिङ टेबलमुनि बाघको छाला थियो भने ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी। सोफामा चितुवाकै छालाबाट बनेका चकटी थियो। बैठककोठामा त सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्मको भण्डारै थियो। घरका लुगाफाटा पनि वन्यजन्तुकै अंगबाट बनेका थिए। बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्यांकेट, बाकस, दाप, माला असरल्लै थिए। एक दिन यस्तो समय आयो, बाघको छाला ओढेको इयानको महल तासको घरझैं गर्ल्यामगुर्लुम ढल्यो। तर उनी उम्कन सफल भए।
वन्यजन्तु अंगका सौखिन उनले इन्टरपोल सदस्य राष्ट्रहरूमै व्यवसाय गरिरहेका छन्। तिब्बतबारे सात पुस्तक लेखेका र त्यतिबेला 'नेसनल जियोग्राफिक च्यानल' स"ग आबद्ध बेकरले नागरिकमा असोज २५ गते प्रकाशित समाचार तयार पार्दासम्म थाइल्यान्डबाट 'रेयरजर्नी डटकम' नामक वेबसाइट चलाइरहेका थिए। यसमा बेकरको सहलगानी रहेको र सांस्कृतिक, पर्यटन तथा अध्यात्मिक क्षेत्रमा काम गरिरहेको वेबसाइटमै उल्लेख थियो। पदयात्रामा रुचि राख्नेलाई मानसरोवरलगायत अन्य तिब्बती क्षेत्र डुलाउने काम उनले गरिरहेका थिए। बेकरकै व्यक्तिगत फेसबुकबाट पनि उनले पदयात्रु टोलीलाई तिब्बतको मानसरोवर घुमाएको पुष्टि भएको थियो।
उनले दुई आइडीबाट फेसबुक चलाइरहेको पाइएको थियो– इयान बेकर र इयान बेकर जर्नी। पहिलो आइडीको टाइमलाइनमा कुनै अपडेट थिएन। नयाँ स्टाटस र तस्बिर केही थिएन। बायोडाटा र प्रोफाइल फोटो मात्र राखिएको थियो। दोस्रो आइडी भने यही गत भदौ ३० सम्म अपडेट भएको देखिन्थ्यो। उनले २०७० कात्तिक २६ गते मानसरोवर घुम्न चाहनेका लागि विज्ञापन गरेका थिए। 'रेयरजर्नी डटकम' वेबसाइटमा उनले आफ्नो इमेलबाहेक अन्य ठेगाना समावेश गरेका छैनन्। तिब्बती तस्बिर, कला र कृति भने प्रशस्तै अपलोड गरेका छन्।