काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदामा सोमबार मुलुकभर सर्वसाधारणले उत्साहजनक रूपमा आफ्नो सुझाव दिएका छन्। संविधानसभा सचिवालयले छिटफुट घटनाबाहेक सबै निर्वाचन क्षेत्रमा सुझाव संकलन कार्य उत्साहजनक रूपमा भइरहेको जनाएको छ। २ सय ४० निर्वाचन क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर सुझाव दिन नसक्नेले वेबसाइट, इमेल, टेलिफोन र फ्याक्समार्फत पनि सुझाव दिएका छन्।देशभरका ७५ जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा सोमबार सुझाव संकलनको काम ९० प्रतिशत सकिएको सचिवालयका प्रवक्ता डा. भरत गौतमले जानकारी दिए। 'मंगलबार पनि सुुझाव दिन सकिन्छ,' उनले भने। उनका अनुसार संकलित सुझावको पूर्ण विवरण प्राप्त भइसकेको छैन।
फोन, वेबसाइट, इमेल र फ्याक्समार्फत मात्र १७ हजारभन्दा बढीले दिएको सुझाव संकलन भएको सचिवालयले जनाएको छ। सोमबार बेलुका ५ बजेसम्म वेबसाइटमार्फत ९ हजार ८ सय ८०, इमेलबाट ४ हजार ३ सय ३२, टोल फ्री नम्बरमार्फत २ हजार ८१, फ्याक्समार्फत ९ सय ८ र सचिवालयमा सिधै ६५ जनाले सुझाव दिएका छन्। मंगलबार पनि दिनभर सुझाव दिन सकिने सचिवालयले जनाएको छ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले विभिन्न माध्यमार्फत दिएका सुझाव खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 'छिटफुट घटनालाई छाडेर सुझाव संकलन राष्ट्रिय अभियान सफल भएको छ,' नेम्वाङले नागरिकसँग भने, 'बाँकी प्रक्रिया पूरा गरेर साउन मसान्तसम्म देशलाई हामी संविधान दिन्छौं।'
उनले जनताले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहभागी भएर दिएका सुझाव समेटेर संविधानको अन्तिम मस्यौदा तयार पार्ने बताए। 'जनताका सुझाव खेर जान दिँदैनौं,' नेम्वाङले भने, 'हामीसँग जनताको बीचमा जाँदा विगतको अनुभव पनि छ। जनताबाट प्राप्त लाखौं सुझावलाई कसरी सम्बोधन हुन्छ? सुझाव एकदुई दिनभित्र चनाचटपटे पसलमा भेटिन्छ भनेर टिप्पणी पनि भयो। सभाध्यक्षले फेरि एकपटक घुँडामा कापी राख्न लगायो भनेर पनि टिप्पणी भयो। तर, हामी जनताले दिएको सुझाव ग्रहण गर्दै सकेसम्म सम्बोधन गर्छौं, खेर जान दिँदैनौं।'
सुझाव संकलनका क्रममा धनुषा, मकवानपुर, रौतहट, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा विरोध भएको थियो। जनमत संकलन बहिष्कार गरेका राजनीतिक दलसम्बद्ध कार्यकर्ताले ती क्षेत्रमा अवरोध प्रयास गरेको स्रोतले जनाएको छ।
राप्रपा नेपाल, संघीय समाजवादी फेारम नेपाल, तराई–मधेस सद्भावना पार्टी, सद्भावना, तराई–मधेस लोकतान्त्रिक पार्टी तथा संविधानसभा बाहिर रहेका केही दल सुझाव संकलनको विपक्षमा थिए।
संविधानसभाका लागि जनताले दिएको रायसुझावमा आधारित भएर अघि बढ्ने अबको चुनौती रहेको सभाध्यक्ष नेम्वाङले बताए। 'नागरिक सम्बन्ध समितिले रायसुझाव समेटेर मलाई प्रतिवेदन बुझाउँछ। त्यसपछि संविधानसभामा छलफल गरेर संवाद समितिमा पठाउँछौं,' उनले भने, 'संवाद समितिले परिमार्जनको आधार तयार पार्छ। त्यसपछि संविधानसभा हुँदै मस्यौदा समितिमा जान्छ। परिमार्जित विधेयक तयार भएपछि पारित गर्ने प्रक्रियामा प्रवेश गर्छौं।'
नेम्वाङले वर्षायाम, समयको चाप, भूकम्पका कारण पनि जनतामा जाने समय १५ दिन मात्र छुट्ट्याइएको बताए।
'देशको अवस्थालाई ध्यानमा राखेर जनताको बीचमा नजाने कि भन्ने कुरा पनि आयो,' नेम्वाङले भने, 'तर, थोरै समयका लागि पनि जानुपर्छ भनेर कार्यक्रम तय गरेका हौं। १५ दिनको समय थोरै हो, तर अहिले संविधान बनाउनैपर्ने अवस्था थियो। असामान्य अवस्थामा पनि जनतामाझ व्यवस्थित ढंगले कार्ययोजना बनाएर जानुपर्छ भनेर कार्यक्रम बनाएका हौं।'
नेम्वाङ बाहेकका सबै नेता सुझाव संकलनका लागि खटिएका छन्। 'यो राष्ट्रिय अभियान हो,' उनले भने, 'यसमा सबै संलग्न छन्। सबै नेता गाउँ–गाउँ पुगेका छन्। म मात्रै संयोजनका लागि सिंहदरबारमा बसेको छु। सिंहदरबारमा पनि दैनिक ज्ञापनपत्र र सुझावको ओइरो छ। आज (सोमबार) मात्रै मैले १३ वटा ज्ञापनपत्र बुझेँ। भोलि (मंगलबार) पनि दिनभर समय बुक भएको छ।'
नेम्वाङले जनताको रायसुझाव संकलनपछि संविधान निर्माणको काम एक दिन पनि नरोकिने बताए।