काठमाडौं- सुरुमा आक्रोश, त्यसपछि जिज्ञासा अनि बल्ल सुझाव।
संविधानको प्रारम्भिक मस्यौदामा पूर्वनिर्धारित कार्यक्रमअनुसार आफ्नो सुझाव राख्न आएका उपत्यकाका सर्वसाधारणको शैली एकै किसिमको थियो।काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत टोखा नगरपालिका (तत्कालीन सरस्वती गाविस भवन) सभाकक्षमा सोमबार आएका अधिकांश सर्वसाधारण सुझाव संकलन गर्न आएका सभासदसामु यसैगरी प्रस्तुत भए।
भवनको माथिल्लो तला सर्वसाधारणले खचाखच थिए। कतिपय उभिने ठाउँसम्म नपाएर फर्किरहेका देखिन्थे।
'तपार्इंहरु तीनघन्टे कार्यक्रम लिएर आउने, पन्ध मिनेटअघि मस्यौदा वितरण गर्ने अनि बोल्न तीन मिनेट मात्र समय दिने? यो कस्तो नाटक हो सभासदज्यू?' सभासद नरहरि आचार्यतिर फर्किएर केशव रावलले सुरुमै प्रश्न गरे।
उनी यत्तिमै रोकिएनन्। 'तपार्इंहरुले नाटक त गर्नुभयो, हामी सामेल पनि भयौं, ल अब भन्नुस् त, हामीले दिएको सुझाव लाग्छ कि लाग्दैन?'
आफ्नो आक्रोश र जिज्ञासापछि मात्र उनले सुझाव दिन थाले। 'सरसर्ती हेर्दा मस्यौदा नेताहरुको स्वार्थको दस्तावेजजस्तो लाग्यो। हामीले राजनीतिक दस्तावेज होइन, समृद्ध र गतिशील मुलुक बनाउने संविधान खोजेका हौं', केशवले भने। उनले राज्यको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने अनि मात्र ऊ जनता र मुलुकप्रति उत्तरदायी हुने भन्दै नयाँ संविधानमा कुनै हालतमा यही व्यवस्था हुनुपर्ने अड््डी कसे।
त्यसो त केशवले दिएको यो सुझावमा बहुमत देखियो। त्यहा" बोलेका २९ सर्वसाधारणमध्ये ९० प्रतिशतले यो सुझाव दिएका थिए। यसैगरी, रावलले शिक्षा तर्फको विकृति इंगित गर्दै फेरि कानुनमन्त्रीसमेत रहेका आफ्नो क्षेत्रका सभासद आचार्यलाई प्रश्न गरे, 'मन्त्रीज्यू, नेपालको राष्ट्रिय फूल कमल हो? हामीले त लालिगुरा"स भनेर पढेका थियौं। तर किन कमल भनेर पढाउने विद्यालयहरु खुलेआम सञ्चालनमा छन्? यस्तो शिक्षालाई प्रारम्भिक मस्यौदाले प्रवर्द्धन गरेको छ। यो अविलम्ब हटाइयोस्।' विद्यालय र कलेज जथाभाबी खोल्ने व्यवस्था शिक्षा क्षेत्रका माफियाहरुको दबाबमा संविधानमा राखिएको आरोप लगाउँदै उनले थपे, 'गरिब र अभिजात वर्गले पाउने शिक्षा समान हुनुपर्छ। जुम्लामा पढ्ने र काठमाडौंमा पढ्नेले एकै किसिमको शिक्षा पाउनुपर्छ, त्यो पनि निःशुल्क।'
सुझाव दिन आएका अधिकांश सर्वसाधारणले मस्यौदा ढिलो हात परेको, अध्ययन गर्ने समय नपाएको र सुनुवाइको समय नपाएको गुनासो गरेर मात्र आफ्ना सुझाव दिएका थिए। उनीहरु सुझाव र माग मस्यौदामा समेटिन्छन् कि समेटिँदैनन् भन्ने प्रश्नसमेत बारम्बार राखिरहेका थिए। साढे तीन घन्टा अवधिमा २९ जनाले १ सय ३७ वटा मौखिक सुझाव दिएका थिए। लिखित सुझाव बुझाउनेको संख्या पनि त्यत्तिकै थियो।
अर्का सर्वसाधारण राजेश किरा"तीले राष्ट्रिय जनावर गाईलाई मान्नुपर्ने बाध्यताले आफूहरुको मृत्युसंस्कार लोप हँुदै गएको गुनासो गरेका थिए।
राप्रपा नेपालका प्रतिनिधि केशव रेग्मीले ९० प्रतिशत जनसंख्या हिन्दु धर्म मान्ने मुलुकमा धर्मनिरपेक्षता राख्न ठूलो खेलकुद भएको बताए। 'हिन्दु राष्ट्र कायम हुुनुपर्छ,' उनले सुझाए, 'राष्ट्राध्यक्ष कुनै दलविशेषबाट नभएर स्वतन्त्र व्यक्ति चुन्ने व्यवस्था हुनुपर्छ।'
संघीयताले देश टुक्र्याउने अवस्थामा पुर्याुउने पक्का भए पनि ल्याउने नै हो भने सीमांकन र नामांकनसहितको संविधान आउनुपर्ने रेग्मीको सुझाव थियो।
राजाको सक्रिय शासनकालका सञ्चारमन्त्री टंक ढकाललाई मञ्चमा नबोलाइएको भन्दै राप्रपा नेपालका कार्यकर्ताले कार्यक्रम बहिष्कार गरेका थिए। कार्यक्रम सञ्चालकले 'निषेधको राजनीति' गरेको असन्तुष्टि पोख्दै उनीहरु सुझाव दिइसकेपछि बाहिरिएका थिए।
उपस्थितको आक्रोश राजनीतिक दल र नेताप्रति बढी थियो। कुशासन, दण्डहीनता र राजनीतिक बेथिति सुधार गर्ने खालको व्यवस्था संविधानमा समेट्नुपर्ने उनीहरुको माग थियो। 'राष्ट्रपतिदेखि सबै सरकारी सेवकले सरकारी अस्पतालमा उपचार गराउनुपर्ने व्यवस्था हुनुपर्छ', अर्जुन श्रेष्ठले भने, 'सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्छ।' उनले सर्वसाधारणलाई सिटामोल मात्र होइन, क्यान्सरजस्ता ठूला रोग उपचार पनि निःशुल्क हुनुपर्ने माग राखेका थिए।
'निःशुल्क शिक्षा माध्यमिक तहसम्म मात्र होइन, उच्च माविमा पनि हुनुपर्छ,' उनले सुझाए।
अर्का सुझावकर्ता दीपेन्द्र श्रेष्ठले घरपिच्छे पार्टी र दल खोल्ने विकृति अन्त्यका लागि राष्ट्रिय दल हुन थ्रेसहोल्ड व्यवस्था राख्न सुझाए। 'कम्तीमा तीन प्रतिशत मत प्राप्त गरेको दललाई मात्र राष्ट्रिय पार्टीको दर्जा दिनुपर्छ,' उनले भने। ओमबहादुर रोकाले ६० वर्षमाथिकाले राजनीति गर्न नपाउने व्यवस्था माग गरे। 'जुनसुकै पदका लागि योग्यता निर्धारण गर्नुपर्छ,' उनले भने।
सत्यनारायण डंगोलले सांसदहरुको अधिकतम उमेरहद र शैक्षिक योग्यता तोक्नुपर्ने माग राखे। 'वडाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था नभए स्थानीय विकासमा बेथिति बढ्ने उनको सुझाव थियो।
मनिराज डंगोलले सरकारी तलब खानेले शिक्षकले आ–आफ्ना छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था राख्न सुझाव दिए।
कार्यक्रममा सुझाव राख्ने २९ मध्ये एक जना महिलाले मात्र आफ्नो सुझाव राखिन्। 'बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छ,' पञ्चकुमारी श्रेष्ठले भने, 'बलाकृत महिला र बालिका पलपल मरिरहेका हुन्छन्। उनीहरुलाई यस्तो अवस्थामा पुर्या्उनेलाई मृत्युदण्ड हुनुपर्छ।' उनले प्रजनन स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने र आमाको जीवन जोखिममा परेको चिकित्सकले पुष्टि गरे त्यस्तो गर्भ पतन गर्न पाउनुपर्ने व्यवस्था राख्न सुझाव दिइन्।
कार्यक्रममा राष्ट्रघाती, भ्रष्टाचारी, बलात्कारीलगायत जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय तोक्नुपर्ने माग अधिकांश सर्वसाधारणले राखेका थिए। संविधानको प्रस्तावनामा नेपालको क्षेत्रफल र राष्ट्रिय पोसाक तोक्नुपर्ने, राष्ट्रिय जनावर एकसिंगे गैंडालाई बनाउनुपर्ने, स्वेच्छिक मरणलगायत व्यवस्था हुनुपर्ने माग अधिकांशको थियो।
सुझावकर्ताहरुको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री तथा सभासद आचार्यले जनताका सुझाव समेटेर जतिसक्दो चाँडो र छिटो संविधान जारी गरिने आश्वास्त पारेका थिए।