वीरगन्ज- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पोहोरको भन्दा १ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ बढी राजस्व उठाएको छ। कार्यालयले गत आर्थिक वर्ष २०७१/०७२ मा १५ अर्ब ७३ करोड २० लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत देवीप्रसाद शिवाकोटीले जानकारी गराए। पोहोर यहाँ १४ अर्ब ३ करोड ६८ लाख ७३ हजार राजस्व असुली भएको थियो।वर्षभरको असुली लक्ष्यभन्दा ४.०७ प्रतिशतले कम नै छ। आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा आएको विनाशकारी भूकम्पका कारण ओरालो लागेको भन्सार राजस्व असुलीले वर्षभरिको लक्ष्यमा असर पारेको उनले बताए। पोहोर सबभन्दा बढी असार महिनामा मासिक लक्ष्य १ अर्ब २४ करोड ५८ लाख ५८ हजार भन्दा ४९.९१ प्रतिशत बढी राजस्व उठेको थियो। यसपालि असारमै सबभन्दा कम असुली भयो। यसपालि असारमा लक्ष्य १ अर्ब ८७ करोड ५५ लाख ८५ हजारको तुलनामा २६.३५ प्रतिशतले कम १ अर्ब ३८ करोड १३ लाख ६४ हजार मात्र असुली भयो।
चैतमा भारतीय मार्गमा रेल आवागमनमा अवरोधको कारण लक्ष्यको ८९ प्रतिशत मात्र असुली भएर भन्सारलाई लक्ष्य पूरा गर्न अप्ठेरो परिरहेको बेला वैशाखमा भूकम्प आएको थियो। भूकम्पका कारणले वैशाखमा लक्ष्यको ७५.२५ प्रतिशत र जेठमा ९६.५९ प्रतिशत असुली भएको कार्यालयको तथ्यांक छ। आर्थिक वर्षको एक तिहाइ समयले पारेको असरले राजस्व असुलीलाई लक्ष्यमा पुग्न नदिएको यहाँका भन्सार अधिकृत बताउँछन्।
भारतीय रेल्वेले अनेक कारण देखाउँदै नेपाल आउने मालबाहक रेल सञ्चालन पटकपटक रोकेकोले व्यापारीले 'कन्साइन्मेन्ट'को नाका नै परिवर्तन गराए। अमेरिकी डलरको दर अस्थिर भएर पनि नेपाली आयातलाई असर पारेको भन्सार अधिकृत बताउँछन्। यसपालि पनि औद्योगिक कच्चा पदार्थको रुपमा मगाइने फलामको योगदान नै राजस्वमा सबभन्दा बढी रह्यो। फलामे डण्डी (छड) बनाउने एमएस बिलेट सबभन्दा बढी २ लाख ४४ हजार ६ सय मेटि्रक टन सुक्खा बन्दरगाह भएर आयात भएको छ। यो भनेको पोहोरको साउनदेखि असार मसान्तसम्म आयात भएको भन्दा ५६ हजार ३ सय १४ टन बढी हो। पोहोर १ लाख ८८ हजार २ सय ८६ किलो एमएस बिलेट आयात भएको थियो। एचआर सिट, पोलिथिन दाना, तयारी रक्सी, पिग आइरन, स्टिल वायर, वाइन, लगायत बस्तुको आयातबाट बढी राजस्व उठेको छ।