काठमाडौं- निर्माण अनुमतिपत्र दिएको दुई वर्षसम्म अपेक्षाअनुरुप प्रगति नदेखिएपछि काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारले नयाँ कम्पनी खोज्न थालेको छ। सरकारले साढे तीन वर्षमा निर्माण सक्ने गरी नेपाल पूर्वाधार विकास कम्पनी (एनपिबिसिएल) लाई सुरुङमार्ग निर्माण अनुमति दिए पनि अहिलेसम्म वित्तीय व्यवस्थापनसम्म गर्न नसकेको भन्दै नयाँ कम्पनी खोजी थालिएको हो।
सुरुङमार्ग बनाउन नयाँ कम्पनी खोज्नेबारे अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आन्तरिक सहमति भइसकेको स्रोत बताउँछ।
पूर्वाधार कम्पनीबाट अहिलेसम्म कुनै प्रगति नदेखिएको र वित्तीय व्यवस्थापनसमेत गर्न नसकेको भौतिक मन्त्रालयका सहसचिव रविन्द्रनाथ श्रेष्ठले बताए। 'अब उक्त कम्पनीसँग ठेक्का तोड्नु र नतोड्नुको कुनै अर्थ छैन,' उनले बिहीबार नागरिकसँग भने, 'निर्माण गर्न योग्य कम्पनी आएपछि उससँगको अनुमति खारेज गरिनेछ।'
पूर्वाधार कम्पनीले 'काम गरिरहेको' बताउँदै आए पनि उसले अब काम गर्न सक्ने अवस्था नरहेको श्रेष्ठले जनाए। तत्काल अनुमतिपत्र खारेज गर्दा नेपाली कम्पनीलाई काम गर्नै नदिएको आरोप लाग्ने देखेर नयाँ कम्पनी खोजेर मात्र अनुमतिपत्र खारेज गर्ने तयारीमा मन्त्रालय छ।
सुरुङमार्ग निर्माणमा सहजीकरण गर्ने भन्दै मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजनमा सहसचिव श्रेष्ठ, योजना आयोगका सहसचिव गोपीनाथ मैनाली, सडक विभागका महानिर्देशक माधवकुमार कार्की सम्मिलित प्राविधिक कमिटी गठन गरिएको छ।
कमिटिमा विज्ञका रुपमा पूर्व कामु सचिव विरेन्द्रबहादुर देउजा र अर्का विज्ञ भोजबहादुर ढकालसमेत छन्।
समितिले पनि सुरुङमार्ग अब पूर्वाधार विकास कम्पनीले बनाउन नसक्ने निचोड निकालेको मन्त्रालयका एक उच्च अधिकारीले बताए। आयोगका सहसचिव मैनालीले पनि कम्पनीले अहिलेसम्म विस्तृत आयोजना अध्ययन (डिपिआर) र वित्तीय व्यवस्थापनसमेत गर्न नसकेको जानकारी दिए।
'कम्पनीले २०७१ वैशाखभित्र वित्तीय व्यवस्थापन गर्नुपर्थ्यो, उसले थप समय माग्यो, एक वर्ष समय पनि थपियो,' उनले भने, 'त्यस अवधिमा पनि वित्तीय स्रोत जुटाउन सकेन, त्यसैले आयोजना 'होल्ड' भएर बस्यो। २०७३ सम्म सुरुङमार्गले हेटौंडा जोड्ने लक्ष्य पूरा नहुने भयो।'
नेपाली कम्पनीलाई ठूला आयोजना निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन समयमा कम्पनीसँग सम्झौता गरे पनि अहिले सम्झौताकर्ता अधिकारी आफैंले गलत सम्झौता भएको महसुस गरेका छन्। अहिलेकै अवस्थामा सुरुङमार्गको अनुमति पूर्वाधार कम्पनीलाई दिन नसकिने आयोग सहसचिव मैनालीले बताए।
भौतिक मन्त्रालय र आयोगले नयाँ कम्पनी खोज्ने तयारी गरे पनि सरकारी निकायको असहयोगकै कारण आयोजना अगाडि बढ्न नसकेको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताए। 'यो सरकारले चाहेर आएको परियोजना होइन, सम्झौता हुँदै सरकारका तर्फबाट कुनै सहयोग हुन नसक्ने बताइएको थियो,' उनले नागरिकसँग भने, 'फास्ट ट्र्याकलाई असर नपर्ने गरी निर्माण गर्ने भनियो, तर सुरुङमार्ग र फास्ट ट्र्याकका समस्या समाधानमा संयुक्त छलफल हुन सकेन।'
क्यानडियन परामर्शदाताले आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनको थप अध्ययन तथा परीक्षण गरिरहेको जानकारी दिँदै जोशीले भने, '३५ अर्ब रुपैयाँ लागतअनुसार ८० प्रतिशत अर्थात् २८ करोड अमेरिकी डलर क्यानडाको इन्फ्रा बैंक्स कर्पोरेसनले ऋण दिने प्रतिबद्धता जनाइसकेको छ।'
क्यानडियन इन्फ्रा बैंक्सको संयोजनमा सेज ग्लोबल क्यानडा र ग्लोबल फाइनान्सिएल एसोसिएसन कम्पनीले ऋण दिन सहमत भएको कम्पनीले यसअघि जानकारी गराएको थियो। २०७१ गत भदौ ७ गते पूर्वाधार कम्पनी र बैंकबीच ऋण सम्झौता भएको थियो। ८० प्रतिशत ऋणको प्रतिवद्धता आए पनि स्वपुँजी लगानीका लागि हुन आउने ७ करोड रुपैयाँ कम्पनीले जोहो गर्न सकेको छ।
जोशीका अनुसार २ अर्ब रुपैयाँ प्रवर्द्धकबाट प्रतिबद्धता आइसकेको छ भने २ अर्ब रुपैयाँ सर्वसाधारण सेयरका लागि छुट्याइएको छ। बाँकी ३ अर्ब पूर्वप्रारम्भिक सेयर निष्कासन (प्रि–आइपिओ) बाट जोहो गर्ने तयारी भए पनि सरकारबाट सहयोग नभएको जोशीको तर्क छ।
'प्रि–आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागिएको थियो, १८ महिना लगाएर बोर्डले अनुमति दियो,' उनले भने, 'तर, अहिले अर्थ मन्त्रालयमा पुगेर प्रक्रिया रोकिएको छ, मन्त्रालयबाट स्वीकृत हुन सकेको छैन।' ३ अर्ब रुपैयाँ पनि जोहो गर्न रोइकराइ गर्ने कम्पनीले आयोजना बनाउन नसक्ने भौतिक मन्त्रालयका अधिकारीले दाबी गरे।
'आयोजना छिटो निर्माणमा लैजान सकियोस भन्ने हामीलाई पनि चिन्ता छ, क्यानडिएन बैंकले अत्याइरहेको छ,' जोशीले भने, 'सरकारले करिब ७० किलोमिटरको फास्ट ट्र्याक बनाउन १ सय ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ, हामीले ३५ अर्बमा ५८ किलोमिटर लामो सुरुङमार्ग बनाउछौं भन्दा सहयोग भएन।'
विस्तृत इन्जिनियरिङ डिजाइनको थप अध्ययन, बैंक ग्यारेन्टीसहित सुरुङमार्गका लागि कम्पनीले करिब २५ करोड रुपैयाँ खर्च भएको कम्पनीका संस्थागत प्रमुख सुवर्ण वज्राचार्यले जानकारी दिए। 'आयोजनाका लागि छिटै जग्गा अधिग्रहण गर्ने तयारी भइरहेको छ,' उनले भने।
पूर्वाधार कम्पनीले ८० प्रतिशत ऋण लागनीका विषयमा क्यानेडियन बैंकसँग २०७१ भदौ ६ गते सहवित्तीयकरणमा लगानी गर्ने सम्झौता गरेको थियो। मन्त्रालयले परियोजना निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडेलअनुसार ३० वर्षसम्मका लागि अनुमति दिएको हो।