सुरुङमार्गमा दोहोरो चेतावनी
१० साउन २०७२
•
१० मिनेट पाठ
सुरुङमार्गमा दोहोरो चेतावनी
काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणमा २८ अर्ब रुपैयाँ अर्थात ८० प्रतिशत ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको क्यानेडियन बैंकले यसबाट हात झिक्ने चेतावनी दिएको छ।




एक महिनाभित्र आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पुर्यारएर आयोजना निर्माणको वातावरण तयार नपारे लगानीबाट पछि हट्ने चेतावनी दिएको हो। २०७१ भदौमा ६ मा नेपाल पूर्वाधार विकास कम्पनी र क्यानडियन इन्फ्रा बैंक्सबीच ऋण लगानी सम्झौता भएको थियो।

एक वर्षसम्म लगानीको वातावरण तयार पार्न नसकेकाले यही आयोजनाका लागि लगानी रोकिराख्न नसकिने बैंकको तर्क छ। पूर्वाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले पनि आयोजना निर्माणको वातावरण छिटो तयार गर्न दबाब दिइरहेको स्वीकारे। 'बैंकले एक महिनाभित्र आवश्यक वातावरण बनाउ नत्र हामी यसरी लगानी 'होल्ड' गरेर बस्न सक्दैनौं भनेको छ,' उनले भने।

नेपालको फुल ब्राइट कन्सल्ट्यान्टले तयार पारेको विस्तृत इन्जिनियरिङ अध्ययन (डिपिआर) क्यानेडियन कम्पनीले थप अध्ययन गरिरहेको जानकारी दिँदै जोशीले भने, '२ महिनामा उसले काम सक्छ, ऋण लगानीकर्ता बैंकले हतार गरिरहेकाले हामीले छिट्टै वित्तीय व्यवस्था गर्न सक्छौं।'

क्यानेडियन इन्फ्रा बैंक्सको संयोजनमा सेज ग्लोबल क्यानडा र ग्लोबल फाइनान्सिएल एसोसिएसन कम्पनीले ऋण दिन सहमत भएको पूर्वाधार कम्पनीले जानकारी दिएको थियो। तर, अहिले कम्पनीले काम नगरेको र उसको विश्वसनीयता गुम्दै गएकाले सरकारको जमानीमा मात्र ऋण उपलब्ध गराउन सकिने अनौपचारिक जानकारी गराएको कम्पनी स्रोतले नै बतायो।

सुरुङमार्गका लागि नेपाल र क्यानडा सरकारबीच सम्झौता गरी ऋण निकासा गर्न सकिने निचोडमा क्यानेडियन बैंक पुगेको छ। अध्यक्ष जोशीले पनि बैंकले सरकार–सरकारबीच सम्झौता गरेर जान इच्छा देखाएको बताए। 'यसो भयो भने निजी क्षेत्रको अस्तित्व नरहने हुँदा, हामीले अस्वीकार गरेका छौं,' उनले भने।

सरकार भने पूर्वाधार कम्पनीले अहिलेसम्म उल्लेख्य प्रगति नगरेकाले यसले आयोजना बनाउन नसक्ने निचोडमा पुगेको छ। 'उक्त कम्पनीले काम गर्न नसक्ने हुँदा नयाँ आयोजना बनाउन नयाँ कम्पनी आए अनुमतिपत्र खारेज गरेर नयाँलाई दिइनेछ,' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रबिन्द्रनाथ श्रेष्ठले बताए।

सुरुङमार्ग निर्माणमा सहजीकरण गर्ने भन्दै मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजनमा सहसचिव श्रेष्ठ, योजना आयोगका सहसचिव गोपिनाथ मैनाली, सडक विभागका महानिर्देशक माधवकुमार कार्की सम्मिलित प्राविधिक कमिटी गठन गरिएको छ।

कमिटीमा विज्ञका रुपमा पूर्वकामु सचिव विरेन्द्रबहादुर देउजा र अर्का विज्ञ भोजबहादुर ढकालसमेत छन्। समितिले पनि सुरुङमार्ग अब पूर्वाधार विकास कम्पनीले बनाउन नसक्ने निचोड निकालेको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

सुरुङमार्गको कुल लागत ३५ अर्ब रुपैयाँको आधारमा ८० प्रतिशत ऋणको प्रतिबद्धता आए पनि स्वपुँजी लगानीका लागि हुन आउने ७ अर्ब रुपैयाँ कम्पनीले जोहो गर्न सकेको छैन। जोशीका अनुसार २ अर्ब रुपैयाँको प्रतिबद्धता प्रवर्द्धकबाट आइसकेको छ भने २ अर्ब रुपैयाँ सर्वसाधारण सेयरका लागि छुट्ट्याइएको छ।

बाँकी ३ अर्ब पूर्वप्रारम्भिक सेयर निष्कासन (प्रि–आइपिओ) बाट जोहो गर्ने तयारी भए पनि सरकारबाट सहयोग नभएको जोशीको तर्क छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सिस्नेरी, फाखेल, हेटौंडाका स्थानीयसँग १० हजारदेखि १५ लाख रुपैयाँ उठाएर हिनामिना गरेको स्थानीयको आरोप छ।

'स्थानीयले गहना र खसी–बाख्रा बेचेर कम्पनीलाई पैसा दिएका छन्, तर कम्पनीका कर्मचारीले सर्वसाधारणको पैसा विलासितामा खर्च गरेको देखियो,' सुजन श्रेष्ठले हेटौंडाबाट टेलिफोनमा नागरिकसँग भने, 'स्थानीयलाई ढाँटेर कम्पनी र यसका कर्मचारीले फट्याइँ गरेका छन्।'

सुरुङमार्ग बनाउन सबै स्थानीयले आ–आफ्नो तहबाट सहयोग गरे पनि कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ। यस्तै अवस्था रहिरहे स्थानीय मिलेर आन्दोलन गर्ने उनले बताए।

७ अर्ब रुपैयाँ जोहो गर्न नसक्ने कम्पनीले सर्वसाधारणमा आश्वासनमात्र बाँडेको स्थानीयले गुनासो गरेका छन्। कम्पनीले प्रि–आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। बोर्डले प्रक्रिया पुर्यााउन १८ महिना लगाएका कारण पनि लगानी जोहो गर्न समय लागेको कम्पनीका सञ्चालक जयराम लामिछानेले बताए।

'सरकारी समस्याका कारण काम ढिला भएको छ, केही ठाउँमा कम्पनीभित्र पनि समस्या छ,' उनले भने, 'तरल राजनीतिक अवस्था भएकाले अहिले निजी क्षेत्र निरीह भएको छ।' सन् २०१६ सुरुङमार्गको निर्माण पूरा गर्ने प्रतिबद्धता भए पनि सबै प्रतिबद्धता समयमा पूरा नहुने लामिछानेले दाबी गरे।

'४ वर्षमा फस्ट ट्र्याक निर्माण गर्ने भनेको सरकारले अहिलेसम्म कुनै काम गरेको छैन, त्यसैले निजी क्षेत्रलाई मात्र आरोप लगाउन मिल्दैन,' उनले भने। संस्थाभित्रको समस्या र बाहिरबाट काम नगरी विरोधमात्र गर्ने परिपाटीले समस्या निम्त्याएको कम्पनीका सञ्चालकसमेत रहेका मकवानपुरका सभासद सुवासचन्द्र ठकुरीले बताए।

'उठेको पैसाबाट जग्गा अधिग्रहण गरी काम सुरु गरौं भन्ने मेरो धारणा हो, यसो गर्दा स्थानीयमा काम भइरहेको संकेत जान्छ,' ठकुरीले भने, 'आफैंले काम सुरु गरे पनि अन्य लगानी आकर्षण गर्न सकिन्छ।' कम्पनीसँग यसबारे कुरा नमिलेको उनले बताए।

कम्पनीका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा निकायबाट आयोजनाका नाममा ३० करोड रुपैयाँ उठाइएको छ। तर, उक्त रकम सबै घरभाडा, गाडीलगायत अन्य विलासिताका समान खरिदमा खर्च गरेको कम्पनीकै उच्च अधिकारीले जानकारी दिए।

'सरकारसँगको सम्झौताअनुसार कामको बाँडफाँट भएको हो, लगानीको जोहो गर्ने जिम्मा अध्यक्षलाई दिइएको छ,' कम्पनीका उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'पैसा उठाउन सकिएन, यसमा कमजोरी भएकै छ। पैसा जोहो गर्नुपर्योच नत्र आयोजना छोड्नुपर्योन।'

सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग भइरहेको तर्क गर्दै ती अधिकारीले भने, 'आयोजना च्यापेर बसेर हुँदैन, यस्तो क्रियाकलापले निजी क्षेत्र बदनाम हुन्छ।' स्थानीयले आवश्यक सहयोग सबै गर्छुभन्दा पनि कम्पनीले काम गर्न सक्दैन भने त्यसमा सरकारलाई दोष दिन नमिल्ने उनको भनाइ छ।

पूर्वाधार कम्पनीले ८० प्रतिशत ऋण लागनीका विषयमा क्यानेडियन बैंकसँग २०७१ भदौ ६ गते सहवित्तीयकरणमा लगानी गर्ने सम्झौता गरेको थियो। मन्त्रालयले परियोजना निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडेलअनुसार ३० वर्षसम्मका लागि अनुमति दिएको हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस