काठमाडौं– एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रिङ्गटा लागेपछि वीर अस्पताल भर्ना भएका छन्। संसद बैठकमा सहभागी हुन नयाँ वानेश्वर पुगेका उनलाई रिङ्गटा लागेर ढल्न लागेपछि नजिकै रहेका एक व्यक्तिले समातेर जोगाएका थिए।लगत्तै उनलाई वीर अस्पताल पुराइएको थियो।

प्रेसरका कारण रिङ्गटा लागेको र त्यसले मुटु र मस्तिष्कमा असर्न गर्न नभ्याएको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सकले नागरिकन्युजलाई बताए।
उनलाई घाँटीको पछाडिपट्टिको हड्डीको पनि समस्याका छ।
'सिटी इस्क्यान, मुटुको इसिजी गरेर हेरेका छौं, औषधि खुवाएपछि प्रेसर कन्ट्रोल भएको छ', चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले नागरिकन्युजसँग भने, 'प्रेसरका कारण समस्या देखिएको रहेछ छ। मुटु र ब्रेनमा केही असर पारेको छैन।'
नेता नेपाल आज आरामका लागि अस्पतालमै बस्ने सम्भावना छ।