३१ वर्षदेखि फरार 'हत्यारा' पक्राउ
१४ साउन २०७२
•
६ मिनेट पाठ
३१ वर्षदेखि फरार 'हत्यारा' पक्राउ
काठमाडौं- भक्तपुर जिल्ला अदालतको स्रेस्तामा ट्र्याक्टरले १३ वर्षीय किशोरलाई किचेर मारी फरार उल्लेख भक्तपुर तौलाछेका भीमप्रसाद गोजाले आफ्नो बसाइ स्थान छाडेका थिएनन्। उनी नियमित रुपमै भक्तपुर नगरपालिका–१ मै बस्थे। अनि नेपाल इन्जिनियरिङ कलेजमा चालकको काम गर्थे।अदालतले दोषी ठहर गरेको ३१ वर्षसम्म उनी निरपराधीझैं सामान्य दैनिकी बिताउँदै परिवारसाथै बसिरहे। अदालतको कैदसजाय असुल्न सघाउन बनेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सूची पल्टाउँदै उनको अवस्थाबारे खोजी सुरु गर्दा बल्ल उनी ३१ वर्षअघिको अपराधका लागि पक्राउ परे बिहीबार।

'कैद र जरिवाना त्यति ठूलो त हैन तर लामो समयदेखि फेला नपरेकाले हामीले खोजी सुरु गर्यौं ,' ब्युरोकी एसपी किरण बज्राचार्यले नागरिकसँग भनिन्, 'बिहीबार भक्तपुरको दुवाकोटमा फेला परेपछि नियन्त्रणमा लिएर अदालतमा बुझायौं।'

२०४१ जेठ ३१ गते बिहान साढे ७ बजे तत्कालीन भक्तपुर नगर पञ्चायत–३ गरुड कुण्डलमा गोजाले चलाएको बाअत १०६ नम्बरको ट्र्याक्टर पावर ट्रेलरले १३ वर्षीय किशोर कृष्णगोपाल कोजुलाई किचेको थियो।

ट्रेलरले किच्दा घटनास्थलमै उनको मृत्यु भएपछि घटनास्थलबाट भागेका उनी न प्रहरीको सम्पर्कमा पुगे न अदालतमै हाजिर भए। घटना भएदेखि नै फरार उनीविरुद्ध जिल्ला अदालत भक्तपुरमा सवारीज्यान मुद्दा सुरु भयो।

उनीविरुद्ध प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोग पत्रअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महल र सवारी ऐनअनुसार मुद्दा प्रक्रिया सुरु भयो। सुनुवाइका क्रममा उनको लापरबाहीबाट किशोरको ज्यान गएको भन्दै मुलुकी ऐनको दफा ६(२) बमोजिम २ वर्ष कैद सुनाइयो भने सवारी ऐन, २०२० को दफा ४६(१) क अनुसार रु. २ सय अनि दफा ५१(१)क थप ८ सय जरिवानासमेत तोक्दै फैसला भयो।

अदालतले किरियासमेत उनैबाट भराउने फैसला गर्दै थप २ हजार दिलाइ–भराइदिने भन्दै २०४२ माघ ७ मा फैसला गरे पनि उनी पक्राउ परेका थिएनन्। उनको मुद्दा तत्कालीनमध्ये क्षेत्रीय अदालतले २०४४ माघ ७७ मा जिल्लामा पुनः मुद्दा हेर्नेगरी मिसिल पठाएकोमा २०६० फागुन १३ मा पुरानै फैसला सदर भएको थियो।

अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पठाएको अदालतको जरिवाना–कैद असुल गर्नुपर्नेको सूचीमा गोजाको नाम देखेपछि ब्युरो प्रहरीले उनको खोजी सुरु गरेको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनी भक्तपुरमै रहेको र भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा २०४९ देखि चालकका रुपमा काम गर्ने गरेको खुलेपछि बिहीबार प्रहरी कलेज पुग्यो।

'हामी कलेज पुग्दा उनी विद्यार्थी ल्याएर बस रोकी बसेका रहेछन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ' गोजु तपाईं नै हो भनेर सोधपुछ गरेपछि कालोनिलो भए।'

जरिवाना असुली, कैद उस्तै

प्रहरीले आफ्नो परिचय खुलाउँदै उनलाई नियन्त्रणमा लिई महाराजगन्जमा रहेको कार्यालयमा ल्याएर सोधपुछ गर्दा अदालतका कर्मचारीको बदमासी फेला पर्योन। स्रोतका अनुसार गोजुलाई अदालतले २ वर्ष कैद १ हजार जरिवाना र २ हजार किरिया खर्च असुल्ने फैसला गरेपछि २०५० मा उनी अदालत कर्मचारीको सम्पर्कमा पुगेको खुल्यो।

अदालत कर्मचारीले उनलाई अहिले जरिवाना तिरे पुग्छ भन्दै एक हजार लिएर छाडेको खुलेपछि ब्युरो कर्मचारीले उनको दाबीको सत्यता खोज्दा अदालतको ढड्डामा उनको १ हजार जरिवाना असुलिएको तर २ हजार करिया खर्च र २ वर्ष कैद भने उस्तै रहेको फेला परेको स्रोतले जानकारी दियो।

जानकार अधिकारीका अनुसार जरिवाना असुल्न संलग्नले त्यसवापत राज्यबाट २५ प्रतिशतसम्म प्रोत्साहन रकम पाउने हुँदा अदालत कर्मचारीले बदमासी गरी जरिवाना मात्र असुली दोषी छाडेका घटना यसअगाडि पनि सार्वजनिक भएको थियो।

बाँके, खजुरको राष्ट्रिय वाणिज्य बैंकको ठगीमा फरार रहेका डम्बरकुमारी उपाध्याय, उनको छोरा पुरुषोत्तम र शारदालाई अदालतले जरिवानासहित ६ वर्षसम्म कैद फैसला गरेको थियो। अदालतको स्रेस्तामा फरार रहेका उनीहरुलाई २०७१ मा ब्युरोको टोलीले पक्राउ गरी कैद र तीनै जनाको गरी ३७ लाख जरिवाना असुल्न अदालतमा बुझाउँदा जरिवाना रकम यसअगाडि नै बुझिसकिएको खुलेको थियो।
अर्को समाचार
अठार वर्षपछि हत्यारा पक्राउ
१६ असोज २०६७
•
१ मिनेट पाठ
अठार वर्षपछि हत्यारा पक्राउ
पर्सा, असोज १६ - छ वर्षीय बालिकाको हत्या गरी १८ वर्षदेखि फरार रहेको हत्याका अभियोगीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्साको पोखरी निवासी सोनालाल साह गोठका छ वर्षीया बालिकालाई हत्या गरेको अभियोगमा १८ वर्षदेखि फरार रहेका पोखरीया-६ निवासी रामेश्वर साह गोठलाई इलाका प्रहरी कार्यालय पोखरीयाले हिजो साँझ पोखरी बजारबाट पक्राउ गरेको हो।
पारिवारिक झगडाको कारण सोनाला साह गोठका-छ वर्षीया बालिकालाई हत्या गरी फरार रहेका गोठ १८ वर्षपछि नेपाल आएको सूचना प्राप्त भएपछि प्रहरी गोठलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पोखरियाका इर्न्चाज प्रहरी निरीक्षक सन्तु जैसवालले जानकारी दिए।

प्रहरी नियन्त्रणमा रहेको गोठलाई आज बिदाको दिन भएको कारण उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा नै राखिएको निरीक्षक जैसवालले बताए। 
अठार वर्षदेखि फरार रहेका हत्याका अभियोगी गोठलाई छुटाउन विभिन्न राजनीतिक दलका नेताहरु प्रहरीमाथि दबाव दिइरहेको प्रहरीले जनाएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस