नेपालमा पनि भाडाको कोख!
१७ साउन २०७२
•
१४ मिनेट पाठ
नेपालमा पनि भाडाको कोख!
काठमाडौं- विकृति र समस्यापछि धेरै देशमा प्रतिबन्ध लागिसकेको 'सरोगेसी' (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा कानुनी मान्यता दिन सरकारले गुपचुमै तयारी गरिरहेको छ। सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ।त्यही आधारबाट अझै अगाडि बढी स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूर्वाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचना प्रकाशन गरेको छ।




विकसित देशमा व्यावसायिक सरोगेसी सेवामा समस्या देखिएको भन्दै बन्द भइसकेको अवस्थामा नेपालमा योजनाबद्ध रूपमा कानुनी बाटो सुरक्षित गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्यका उच्च अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले पहिलोपटक एक वर्षअघि जारी गरेको स्वास्थ्य नीतिको १२.१४ बुँदामा 'बाँझोपनलाई सरोगेसीसम्बन्धी कानुनद्वारा व्यवस्थित गरिनेछ' उल्लेख छ। बाँझोपनका लागि टेस्टट्युब बेबी सेवासमेत पहुँचमा पुगिनसकेको अवस्थामा अझै अगाडि बढेर सरोगेसी सेवालाई नीतिमै पारिएको थियो।

मन्त्रिपरिषदले गत असोज २ मा स्वास्थ्य नीतिमा परेको र स्वास्थ्य पर्यटनका लागि भन्दै सरोगेसीसम्बन्धी कानुन बनाउन बाटो खुला गरेको थियो। तर, त्यसको दुरुपयोग गर्दै कतिपय अस्पतालले अनुमति नै नदिई सरोगेसी सेवा गोप्य रूपमा सुरु गरिसकेको उच्च अधिकारीहरू बताउँछन्।

स्रोतका अनुसार मन्त्रिपरिषदको निर्णयसम्बन्धी फाइल लामो समयसम्म स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफैं लुकाएर कानुन बनाउने तयारी गरिरहेका छन्। मन्त्रालयले मापदण्डसम्बन्धी सर्त सार्वजनिक गरे पनि मन्त्रिपरिषदको पूर्ण निर्णयको फाइल अझै मन्त्रीकै दराजमा थन्किएको छ।

पछिल्लो पटक केही दिनअघि स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा मन्त्रिपरिषद निर्णयको समेत आंशिक बुँदा राखेर सरोगेसी प्रविधिद्वारा सन्तान जन्माउन चाहने स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधारसम्बन्धी सूचना जारी गरिएको छ। सरकारले आमा–बाबु र सरोगेसी आमा (कोख भाडामा दिने महिला) समेत विदेशी भएको अवस्थामा नेपालका अस्पतालहरूले सेवा प्रदान गर्ने भने पनि सरोगेसीका रूपमा नेपालीको समेत प्रयोग गर्ने गरी कानुन बनाउने नीतिगत निर्णय गराएर माफियाले सेवा विस्तार गर्न खोजेका छन्।

मन्त्रिपरिषदको असोज २ को निर्णयमा 'नेपालका स्वास्थ्य संस्थाबाट सरोगेसी प्रविधि प्रयोगद्वारा सन्तान जन्माउने सेवा उपलब्ध गराउने सम्बन्धमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी नागरिक भए र उनीहरूले नेपालका स्वास्थ्य संस्थामा भर्ना भई बच्चा जन्माउन चाहे सो सेवा प्रदान गर्न सम्बन्धित स्वास्थ्य संस्थाको मापदण्डबमोजिम दस्तुर लिई निम्नअनुसारका सर्त अनिवार्य पालना गर्ने गरी सञ्चालन स्वीकृति दिने' उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले सरोगेसीसम्बन्धी कानुन बनाउन मात्रै स्वीकृति दिएको बताए। 'मन्त्रिपरिषदको स्वीकृतिका आधारमा पनि यसका लागि दर्ता गर्ने स्थान, शुल्क, सेवा, सर्त तोक्न कानुन अनिवार्य चाहिन्छ,' उनले भने, 'कानुन बनाउन भने बाँकी छ।' मन्त्रिपरिषदले सहमति दिए पनि कानुन निर्माण प्रक्रिया भने सुरु भएको छैन।

मन्त्रिपरिषदको निर्णयमा पूर्वाधारसमेत तोक्ने र मन्त्रालयले अनुगमन गर्दा मापदण्ड पूरा गरेको नदेखिए जुनसुकै बखत त्यस्तो सेवा प्रदानमा रोक लगाउन सक्ने उल्लेख छ।

स्रोतका अनुसार एक वर्षअघि स्वास्थ्य मन्त्रालयको चिकित्सा प्रमाणीकरण शाखाले सरोगेसीलाई समेत अन्य स्वास्थ्य उपचारका लागि आवश्यक डकुमेन्टसरह प्रमाणीकरण गर्ने गरेको थियो। सो आधारमा केही विदेशी कूटनीतिज्ञको समेत सरोगेसीबाट जन्माइएको बच्चा लान अप्ठेरो भएपछि हतारहतार मन्त्रिपरिषदले बाटो खोलेको थियो। तर, यो घटनासँगै स्वास्थ्य र परराष्ट्र मन्त्रालयले सरोगेसीको प्रमाणीकरण बन्द पनि बन्द गरे।

के हो सरोगेसी?

पाठेघरमा बच्चा बस्न नसक्ने/नचाहेको अवस्थामा सम्बन्धित महिलाको डिम्ब र शुक्रकिटबाट कृत्रिम गर्भाधान गराएर भ्रुण विकास गरी त्यसलाई पुनः भाडामा लिइएकी महिनाको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ।

अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै यस्तो सेवा सम्भव हुने भएकाले दम्पती र भाडामा कोख दिने महिलाबीच सम्झौता हुनुपर्छ। त्यसवापत महिलालाई कोखको भाडा दिइन्छ। बच्चा निकाल्ने शल्यक्रियापछि कोख भाडामा लगाउने महिलालाई बच्चाको मुखसमेत हेर्न दिइँदैन।

किन विवादमा छ यो सेवा?

महिलाबाट सन्तान नहुने तथा आफंै जन्माउन नचाहने व्यक्ति वा दम्पतीले अन्य महिलाको कोख भाडामा लिएर बच्चा जन्माउँदा सामाजिक विकृति निम्तिएपछि विकसित देशहरूले व्यावसायिक सरोगेसी बन्द गरेका छन्।

सबैभन्दा बढी सरोगेसी सेवा चाहनेमा तेस्रो लिंगी, समलिंगी, आफैं बच्चा जन्माउन नचाहने हुन्छन्। कतिपयले यौनशोषण र अंगको अवैध प्रयोगका लागि समेत कानुनी बाटो सुरक्षित राख्न सरोगेसी आमाबाट सन्तान जन्माएर राख्ने गर्छन्। नेपालमा जन्मिएका बच्चाको हकमा अध्यागमन विभागमा बच्चाको बाबु वा आमा भन्ने प्रमाणित गर्ने कागजात बुझाउनुपर्छ। तर, सरोगेसीका हकमा सम्बन्धित दूतावासले आफ्नो देशको नागरिक भनेर डकुमेन्ट र पासपोर्ट पठाए विभागले भिसा इस्यु गर्ने गर्छ। त्यही बाटोबाट कतिपयले नेपालमा जन्मिएका बच्चा बाहिर लगिरहेका छन्।

सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि व्यावसायिक सरोगेसी प्रतिबन्ध लगाइएको छ। भारतमा सन् २०१५ फेब्रुअरीमा उच्च अदालतले र थाइल्यान्डमा संसदले गत वर्षदेखि व्यावसायिक सरोगेसी सेवामा पूर्ण प्रतिबन्ध लगाएका हुन्। अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्टे्रलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ।

अधिकांश सरोगेट आमा आर्थिक, सामाजिक र भावनात्मक रूपमा शोषणमा पर्ने गरेका र परिवारसँग भेट्न प्रतिबन्ध लगाइएको अध्ययनले देखाएका छन्। भारतमा भएको एक अध्ययनले सरोगेसीबापत टेस्टट्युबमा गर्भाधान गराउने (आइभिएफ क्लिनिक) ले ३० देखि ४० लाख भारतीय रुपैयाँ लिए पनि सरोगेट आमालाई ३ देखि ४ लाखसम्म मात्र दिने गरेको देखाएको थियो।

प्रतिबन्ध लगाइएका देशमा सेरोगेसीका कारण लिंग पहिचान र भ्रुण हत्या बढ्ने गरेको, एउटै महिलालाई श्रीमान्ले दबाब दिएर पटक–पटक सेरोगेसी बन्न बाध्य गराउने गरेको, बच्चामा 'डाउन सिन्ड्रोम' देखिए लान अस्वीकार गर्ने, लिंगका आधारमा पनि लान नमान्ने हुनाले सेवा दिने देशमा ठूलो झन्झटसमेत निम्तिने गरेको थियो। कतिपय देशमा बच्चा जन्माएपछि महिलाले दिन नमानेर समेत समस्या आउने गरेको पाइएको छ। अध्ययनहरूले सरोगेसी सेवा दिएका महिलामा बच्चाबाट छुटाएपछि पनि धेरै मानसिक समस्या आउने गरेको समेत देखाएका छन्।

किन नेपाल नयाँ गन्तव्य?

मन्त्रिपरिषदले समेत स्पष्ट रूपमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी भए नेपालका अस्पतालले सेवा दिन सक्ने गरी मात्रै कानुन बनाउन बाटो खोले पनि कतिपय संस्थाले नेपाली महिलालाई समेत सरोगेट आमाका रूपमा आह्वान गर्दै विज्ञापन गरिरहेका छन्। सरोगेसी हब मानिएका अधिकांश क्षेत्रमा बन्द भएपछि माफियाले नेपाललाई नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजेको उच्च सरकारी अधिकारी बताउँछन्।

खास गरी आर्थिक रूपमा विपन्न समुदायका महिलालाई आर्थिक प्रलोभनमा पार्न सजिलो हुने भएकाले माफियाहरूले गरिब मुलुक रोज्ने गरेका छन्। 'कानुन नबनाई पूर्वाधार पूरा गरेको भनेर स्वीकृत दिन पाइँदैन,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. लोहनी भने, 'कहाँबाट कसरी अनुगमन गर्ने, मापदण्ड पूरा गरे/नगरेको कसरी यकिन गरी कारबाही गर्ने, अनुमति कसरी दिने, विदेशी कसरी पहिचान गर्ने भन्ने कानुन नबनी कसरी अनुमति दिन मिल्छ? यो सरोगेसीका लागि बाटो मात्रै खुला भएको हो।'

पछिल्लो समयमा इन्टरनेटमा पनि नेपालमा सरोगेसीले कानुनी मान्यता पाइसकेको भन्दै प्रचार हुने गरेका छन्। केही दिनअघि नेपालकै नोबल अस्पतालले समेत सरोगेसी सेवासम्बन्धी जानकारी दिने भन्दै निःशुल्क स्त्रीरोग शिविर गरेको विज्ञापन गरेको थियो।

कतिपय अस्पतालले गुपचुप रूपमा केही भवन नै भाडामा लिएर नेपाली र भारतीय महिलालाई प्रयोग गरी सेवा दिइरहेको जानकारी आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। तर, उनीहरूले मन्त्री नै सहभागी भएको विषय भन्दै बोल्न हिच्किचाइरहेका छन्।

स्रोतअनुसार अहिले नेपालमा पनि दलालमार्फत विभिन्न स्थानमा घर भाडामै लिएर सरोगेट आमा राखिने गरेको छ। लोहनीले कानुन बनिनसकेकाले अहिले नेपालका अस्पतालमा भएको सेवा गैरकानुनी हुने बताए। मापदण्ड सिफारिस समितिमा समेत काम गरेका डा. लोहनीले मन्त्रिपरिषदले असोज २ गते सरोगेसीसम्बन्धी कार्यविधि बनाउने निर्णय गरेकाले त्यही आधारमा कानुनी भएको भन्न नमिल्ने बताए।

स्रोतअनुसार दलालले त्यस्ता व्यक्तिबाट करिब १ करोड रुपैयाँसम्म सेवा शुल्क लिन्छन्। एजेन्टले नेपालका अस्पताललाई ४० लाखसम्म दिने गरेको बुझिएको छ। यो सेवावापत अस्पतालहरूले सरोगेट आमालाई भने ३ देखि ४ लाख रुपैयाँ मात्र दिने गरेका छन्। नेपालमा सरोगेसी सेवा लिन आउनेमा सबैभन्दा बढी अस्ट्रेलियाली र इजरायली नागरिक छन्।
अर्को समाचार
सरोगेसी बच्चा लैजान रोकेपछि विदेशीको हुल स्वास्थ्य मन्त्रालयमा
२१ असोज २०७२
•
२ मिनेट पाठ
सरोगेसी बच्चा लैजान रोकेपछि विदेशीको हुल स्वास्थ्य मन्त्रालयमा
काठमाडौं–नेपालमा अवैध रहेको सरोगेसी प्रविधि (भाडाको कोख)बाट जन्मेका करिब १५ भन्दा बढी बच्चा लिएर केही विदेशी आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगे। 'सरोगेसी' दलालमार्फत नेपालमै कोख भाडामा लिएर सन्तान जन्माएका उनीहरुले सन्तान आफ्नो मुलुक लान नपाएपछि स्वास्थ्य मन्त्रालय गुहार्न पुगेका हुन्।यसअघि सरोगेसीमार्फत जन्माएका यस्ता शिशु गुपचुपमै विदेश पुर्या इने गरेको समाचार बाहिर आएपछि सरकारले कडाइ गरेको हो ।




सर्वोच्च अदालतले यो कार्य सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको र मन्त्रिपरिषद्ले कार्यविधिसमेत बनाउन बदर गरेपछि अस्पतालदेखि विमानस्थलसम्म रहेको सरोगेसी दलालको अवैध सञ्जाल हाल भत्किएको बताइएको छ।

ती विदेशीले मन्त्रालयमा गएर नेपालका अस्पतालबाटै आफूले शिशु जन्माएको भन्दै आफ्नो देश लैजाने व्यवस्था गरिदिन आग्रह गरेका छन्।

करिब डेढ-दुई महिनाका जस्ता कलिला शिशु बोकेर स्वास्थ्य तथा मन्त्रालय पुगेका तीनजना विदेशी नागरिकले स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई भेटेर बच्चा लैजाने व्यवस्था मिलाइदिन आग्रह गरे।

मन्त्री अधिकारीले ती विदेशीलाई नेपालमा सरोगेसी सेवा अदालतले अवैध भनेको गरेको अवस्थामा आवश्यक छलफल नगरी केही गर्ने अवस्था नरहेको बताएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

धेरैजसो विदेशीले सञ्चारकर्मीलाई सूचना लुकाउन खोजी रहेका थिए। कतिले त तस्बिर सङ्कलन गर्न खोजेका पत्रकारलाई गाली गर्न पनि भ्याए।

परिचय दिन नमानेका बच्चा बोकेका एक विदेशीले भने, 'भारतीय महिलाको कोख भाडामा लिएर ग्राण्डी इन्टरनेसनल अस्पतालमा बच्चा जन्माएका हौँ। यी शिशुलाई लैजाने व्यवस्था जसरी नि सरकारले गरी दिनुपर्यो।' रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस