हेटौंडा (मकवानपुर)-सुरुङमार्ग बन्ने खबरले हौसिएर कुलेखानी, खानीखेतका वासुदेव शर्माले बाख्रा बेचेर १० हजार रुपैयाँ बुझाए। रकम बुझाएको तीन वर्ष बित्दा पनि सुरुङमार्गको काम अघि बढेन। अहिले उनी लगानी खेर जाने चिन्तामा छन्।
'१४ वर्षदेखि चर्चामा रहेको सुरुङमार्ग अबचाहिँ बन्ला भनेर पैसा बुझायौं,' उनले भने, 'सुरुङमार्ग बन्नु कता हो कता, लगानी नै हराउलाजस्तो छ।'
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनीले काम अघि नबढाउँदा सिस्नेरीदेखि हेटांैडासम्मका शर्माजस्तै १ हजार बढी सर्वसाधारण लगानी गुम्ने चिन्तामा छन्। उनीहरूले सेयरका लागि १० हजारदेखि १ लाख रुपैयाँसम्म दिएका थिए।
सुरुङमार्ग निर्माणमा रकम उठाएको करिब तीन वर्षसम्म कुनै प्रगति नदेखिएपछि स्थानीयले सञ्चालकसँग असन्तुष्टि व्यक्त गरेका हुन्। सुरुङमार्ग बनाउने आश्वासन दिएर स्थानीयबाट उठाएको लाखौं रुपैयाँ हिनामिना गरेको शंका गर्दै उनीहरूले खर्च पारदर्शी गर्न पनि दबाब दिएका छन्।
पूर्वाधार विकास कम्पनीका सीमित सञ्चालकले स्थानीयको सुझाव र सरोकारसमेत लत्याएर एकतर्फी रूपमा काम गरिरहेको सिस्नेरी र खानीखेतका बासिन्दाले आरोप लगाएका छन्।
संस्थापक सेयरका रूपमा स्थानीयले दिएको रकम कम्पनीका व्यक्तिले हिनामिना गरेको पूर्वसञ्चालक राजुमान महर्जनले आरोप लगाए। अब स्थानीय स्तरबाट 'अल्टिमेटम' दिएर जोशीलाई हटाउने र नयाँ नेतृत्व ल्याएर आयोजना अगाडि बढाउने कि भन्ने स्थानीयको विचार रहेको महर्जनले बताए।
'सुरुङमार्ग निर्माणमा जागेको उत्साह नेतृत्वकै कारण अहिले सेलाएको छ,' उनले नागरिकसँग भने, 'आजसम्म उठाएको रकमको हिसाबकिताब छैन, कुन शीर्षकमा के कति खर्च भयो, यसबारे बताइएको छैन।' स्थानीयले भैंसी, बाख्रा र कानका गहना बेचेर दिएको पैसामा नेतृत्वमा बस्ने व्यक्ति विदेश घुम्ने गरेको शंका उनले व्यक्त गरे।
खानीखेतका शर्मा पनि कम्पनीको क्रियाकलापले शंका उत्पन्न गरेको बताए। 'पैसा उठाउन नसकेको कम्पनीले खाजा, चिया खर्चको बिल २५/३० हजार देखाउँछ,' उनले भने।
कम्पनीका अध्यक्ष कुशकुमार जोशीकै नेतृत्वमा अब यो आयोजना बन्न नसक्ने महर्जनको दाबी छ। उनका अनुसार सिस्नेरी, खानीखेत, कुलेखानीलगायत क्षेत्रका १ सय ३५ व्यक्तिले करिब १५ लाख रुपैयाँ दिएका छन्। 'आफ्नो पैसाको हिसाबकिताब नहुँदासमेत सुरुङमार्ग निर्माण गर्नुपर्नेमा भने स्थानीय एक छन्,' उनले भने।
गैरआवासीय नेपाली भवन भट्टले सुरुङमार्गका लागि ठूलो रकम जुटाउने दाबी गरेर आफूलगायत मोहन बस्नेत र हेटौंडाबासी सिद्धिलाल श्रेष्ठले सञ्चालक पद छाडेको, तर त्यही योजनाअनुसार रकम उठाउन जोशी असफल भएको उनको तर्क छ। सुरुङमार्गमा भट्टले प्रतिबद्धता जनाएको १ अर्बमध्ये १० करोड रुपैयाँ दिइसकेका छन्।
कम्पनीको वर्तमान नेतृत्वले काम गर्न नसक्ने देखिएपछि भट्टले उक्त १० करोड रुपैयाँसमेत फिर्ता मागेको कम्पनी स्रोतले बतायो। जति प्रयास गरे पनि ३ वर्षसम्म आवश्यक रकम उठाउन नसकेको पक्षलाई कम्पनीले स्विकार्नुपर्ने १० लाख रुपैयाँ लगानी गरेका पूर्वसञ्चालक श्रेष्ठले बताए।
लक्ष्यअनुसार काम गर्न नसक्नुमा सरकार र विद्यमान नियम, कानुन नै बाधक रहेको जोशीले तर्क गर्दै आएका छन्। क्यानडियन बैंकले २८ अर्ब रुपैयाँ अर्थात ८० प्रतिशत ऋण लगानी गर्ने प्रतिबद्धता जनाए पनि संस्थापकबाट उठाउनुपर्ने करिब ७ अर्ब रुपैयाँको जोहो कम्पनीले गर्न सकेको छैन।
स्थानीयबाट रकम उठाउनकै लागि कम्पनीले सिस्नेरी र हेटौंडामा सम्पर्क कार्यालय राखेको छ। तर, पछिल्लो समय कुनै पनि व्यक्ति लगानी गर्नेबारे सोध्न नआएको सिस्नेरी सम्पर्क कार्यालयकी सिर्जना बमजनले बताइन्। 'मलाई धेरै कुरा थाहा हुँदैन, केन्द्रीय कार्यालयमै सबै जानकारी हुन्छ। पैसा दिएको ३ वर्ष भइसक्यो, काम कहिले सुरु हुन्छ भनेर धेरैले सोध्छन्।'
पूर्वसञ्चालक श्रेष्ठका अनुसार हेटौंडामा मात्र ५ सय संस्थापक सेधरधनी छन्। त्यहाँका अधिकांश व्यक्तिले १ लाखदेखि १० लाख रुपैयाँसम्म उठाएर कम्पनीलाई साढे ४ करोड रुपैयाँ बुझाएका छन्। 'काम नभएको अवस्थामा स्थानीयले गुनासो गर्नु, काम छिटो होस् र पारदर्शी होस् भन्नु स्वाभाविक हो,' उनले भने। स्थानीयमा पैसा डुब्नेभन्दा सुरुङमार्ग नबन्ने चिन्ता बढ्दै गएको श्रेष्ठले बताए।
सुरुङमार्गमा सञ्चय कोषबाट निकालेर १ लाख रुपैयाँ हालेका हेटौंडाका प्रकाश अर्यालले पैसा फिर्ता भए वा मुनाफा नआए पनि आयोजना बन्नुपर्नेमा जोड दिए। 'हाम्रो रकम फिर्ता आउला, नआउला अलग कुरा हो, तर यो बाटो बन्नुपर्छ,' उनले भने।
सुरुङमार्गमा उठाएको रकम कम्पनीले अपारदर्शी रूपमा खर्च गरेको भन्दै बिहीबार हेटौंडामा जम्मा भएका करिब ६५ जनाले यसबारे दबाब दिन संघर्ष समिति गठन गर्ने तयारीसमेत गरेका छन्। १ लाख रुपैयाँसम्म दिएका सस्थापक सेयरधनी प्रकाश अर्याल, एम सिलवाल, काव्यमणि अधिकारी, मनोज ढोढारी, शंकर शर्मा उपाध्याय, अनिल अग्रवाल, रमेश उप्रेती, पूर्ण श्रेष्ठ, रतिस गोर्खाली, कृष्ण कार्कीलगायत दर्जनौं व्यक्तिले नेतृत्वको कमजोरीकै कारण काम सुरु हुन नसकेको बताए।
तोकिएको समयमा लगानी जोहो गर्न नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोग सुरुङमार्गका लागि कम्पनीलाई दिएको अनुमति खारेज गर्ने निष्कर्षमा पुगेको छ। नयाँ वा योग्य कम्पनी आए उसँगको अनुमति खारेज गरेर नयाँ प्रक्रियामा जाने मन्त्रालयका सहसचिव रविन्द्रनाथ श्रेष्ठले बताएका छन्।
स्थानीय सेयर लगानीकर्ताले खर्च पारदर्शिता र नेतृत्वको कमजोरीबारे आवाज उठाइरहँदा क्यानडियन इन्फ्रा बैंक्सले एक महिनाभित्र आयोजना निर्माणको वातावरण तयार नभए लगानीबाट पछि हट्ने चेतावनी दिएको छ। २०७१ भदौमा ६ मा कम्पनी र बैंकबीच ऋण लगानीको सम्झौता भएको थियो।
कम्पनीका अध्यक्ष जोशी स्वयंले समेत आयोजना निर्माणको वातावरण छिटो तयार गर्न दबाब दिइरहेको स्वीकार गरेका छन्। 'बैंकले एक महिनाभित्र आवश्यक वातावरण बनाऊ नत्र हामी यसरी लगानी 'होल्ड' गरेर बस्न सक्दैनौं भनेको छ,' उनले भने।
सुरुङमार्गको कुल लागत ३५ रुपैयाँका आधारमा ८० प्रतिशत ऋणको प्रतिबद्धता आए पनि स्वपुँजी लगानीका लागि हुन आउने ७ करोड रुपैयाँ कम्पनीले जोहो गर्न सकेको छैन। जोशीका अनुसार २ अर्ब रुपैयाँ प्रबर्द्धकबाट प्रतिबद्धता आइसकेको छ भने २ अर्ब रुपैयाँ सर्वसाधारण सेयरका लागि छुट्ट्याइएको छ।
बाँकी ३ अर्ब पूर्वप्रारम्भिक सेयर निष्कासन (प्रि–आइपिओ) बाट जोहो गर्ने तयारी भए पनि सरकारबाट सहयोग नभएको जोशीको तर्क छ। यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत यो कम्पनीले आयोजना अगाडि बढाउन नसक्ने निष्कर्षमा पुगेका छन्।
कम्पनीका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा निकायबाट आयोजनाका नाममा ३० करोड रुपैयाँ उठाइएको छ। तर, उक्त रकम सबै घरभाडा, गाडीलगायत अन्य विलासिताका समान खरिदमा खर्च गरेको कम्पनीकै उच्च अधिकारीले जानकारी दिए।
'१५ दिनभित्र काम देखिन्छ'
नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले अबको १५/२० दिनभित्र परिणाम देखिने गरी सुरुङमार्गको काम अगाडि बढाउने दाबी गरेका छन्।
सर्वसाधारणमा कम्पनीले आवश्यक रकम व्यवस्था गर्न नसकेको र आयोजना नबन्ने भन्ने आलोचना हुन थालेपछि उनले यस्तो दाबी गरेका हुन्।
संस्थापक सेयरको रुपमा उठाएको रकम कम्पनीका कर्मचारीले हिनामिना गरेको आरोप सर्वसाधारणबाटको आरोप छ। तर, यस्तो नभएको र हुन नदिने जोशी प्रतिवद्धता जनाए। 'जे जति पैसा सर्वसाधारणले हालेको छन्, त्यो हिनामिना हुँदैन,' उनले भने, 'हामी सञ्चालकले नै पैसा हालेर काम सुरु गर्ने तयारीमा छौं।'
सञ्चालकबाट २ अर्बको प्रतिवद्धता रहेकाले त्यो रकम तत्काल उठाएर काम सुरु गरिने पनि उनले दाबी गरे। सुरुङमार्गका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उनले भने, 'अब सर्वसाधारणमा अन्योल उत्पन्न हुँदैन।'